Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Feb 9, 2016

सुशील कोइरालाः दिल्ली कारागारदेखि संविधान निर्माणसम्म



  कोइरालाको पार्थिव शरीरमा पार्टीको झन्डा ओडाउँदै कांग्रेका शीर्ष नेताहरु कोइरालाको पार्थिव शरीरमा पार्टीको झन्डा ओडाउँदै कांग्रेका शीर्ष नेताहरु
काठमाडौं—प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भौतिक शरीर नरहे पनि नेपाली राजनीतिमा उनको योगदान युगौँसम्म अविस्मरणीय रहनेछ।
लभउबष्उिबतचय(लबनबचष्प
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्री थिए। कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख भए। गएराति १२स्५० बजे आफ्नै निवास महाराजगन्जमा ज्वरो र निमोनियाका कारण कोइरालाको निधन भयो।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रही उनी काँग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।

लामो समयदेखि अर्बुद ९क्यान्सर० रोगको उपचाररत ७६ वर्षीय अविवाहित कोइराला पार्टीको १३औँ महाधिवेशन तयारी र नेतृत्वमा अन्तिम समयसम्म लागिरहेका थिए। उनलाई पुनः पार्टी सभापतिका प्रत्यासीका रुपमा समेत हेरिएको थियो। पार्टीमा तीन प्रमुख नेता ९आफू, शेरबहादुर देउवा, रामचन्द्र पौडेल० मध्येका प्रमुख कोइरालाको निधनले काँग्रेसमा अपूरणीय क्षति पुगेको छ। उनको निधनसँगै महाधिवेशनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगन भएको छ।
सहमति, सहकार्य र मेलमिलापका अगुवा
त्यागी र निष्ठावान् नेताका रुपमा स्थापित तथा सादा जीवन एवम् उच्च विचारका धनी कोइराला राजनीतिमा निरन्तर सहमति, सहकार्य, मेलमिलाप र एकताका आधारमा सबै समस्याको छिनोफानो हुनुपर्ने भन्ने मान्यतामा दृढ थिए।

पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो। उनको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने कृष्णप्रसाद कोइरालादेखि जोडिने पारिवारिक शृङ्खलामा सुशील पनि एक हुन्। उनका छ भाइ र तीन दिदीबहिनी छन्।

दोस्रो संविधानसभामा ठूलो काँग्रेस पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भएका थिए। संविधान जारी भएपछि प्रमुख तीन राजनीतिक दलको सहमतिअनुसार उनले प्रधानमन्त्रीबाट राजीनामा दिए।
निर्वासन र कारागार यात्रा
राजनीतिका क्रममा डेढ दशक भारतमा निर्वासन जीवन व्यतित गरेका कोइराला विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा निर्वासनबाटै पक्राउ परेका थिए। पक्राउपछि उनलाई दिल्ली कारागारमा राखिएको थियो। कारागारमा रहँदा उनले अत्यन्त क्रूर र अमानवीय यातना भोग्नुपरेको थियो।

छ वर्ष जेल जीवन र निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रहका समयमा बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किएर उनी सभापति विश्वेश्वरप्रसाद कोइराला र नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा हिँडेका थिए। जननायक विश्वेश्वरप्रसादको निधनपछि पार्टी कामका लागि उनी युरोपेली मुलुकमा खटिए।

युरोपबाट स्वदेश फर्किएर उनी पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा होमिए। विसं २०४६ को प्रथम जनआन्दोलनमा पनि उनको सक्रिय भूमिका थियो। विसं २०४८ को संसदीय निर्वाचनमा उनी बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भए। उसबेला मन्त्री पदका लागि आग्रह गरिँदा उनले सार्वजनिक पदभन्दा पार्टीलाई प्राथमिकता राखेर पार्टीकै काममा खटिएका थिए।

विसं २०५६ को संसदीय निर्वाचनमा उनी पुनः बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भए। विसं ०६२र६३ को जनआन्दोलनमा उनले अहम् भूमिका निर्वाह गरेका थिए।

विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा कोइराला बाँकेबाट पराजित भए। त्यसपछि विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा कोइराला बाँके र चितवनबाट सभासद्मा विजयी भएका थिए।

पार्टीभित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि मानिन्थे।

बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उनी २००७ सालको जहानियाँ राणा शासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भएका थिए। विसं २०१० देखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा काँग्रेस केन्द्रीय सदस्य रहेका थिए। विसं ०४२ को सत्याग्रहदेखि ०४६ र ०६२र६३ को आन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए।

पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशीलले सहमति, सहकार्य र मेलमिलापको मार्गबाट हिँडेर मुलुकलाई नयाँ संविधान दिने प्रण पूरा गरी सरकारको नेतृत्व हस्तान्तरण गरेका थिए। ।

जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनको अगुवाइ गरेका काँग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उनले नजिकबाट हेरेका थिए। सभापति कोइरालाले विसं २०१२ मा सदस्यता लिई पार्टी काममा होमिएका थिए। जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उनले पार्टी सदस्यता लिएका थिए।

विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि उनी भारत निर्वासनमा गएका थिए।

ुराजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै होु, भन्ने कोइराला पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लागिरहे। पार्टीले तत्कालीन रुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उनले स्वर्गीय नेता गिरिजाप्रसादको साथमा रहेर काम गरेका थिए।
सार्कस्तरमा कोइराला
कोइरालाकै प्रधानमन्त्रीत्वकालमा गत ०७१ मङ्सिरमा काठमाडौँमा सम्पन्न १८औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को शिखर सम्मेलनमा कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच सौहार्दता बढाउन भूमिका निर्वाह गरेका थिए।

कोइराला ुसोसलिस्ट इन्टरनेसनलुको उपाध्यक्षसमेत बनेका थिए।

नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गरे। उनले पत्रकारका रुपमा काम गरेका थिए। उनी पार्टीको मुखपत्र ुतरुणु पत्रिकाको सम्पादकसमेत भए। प्रजातान्त्रिक समाजवादका बारेमा उनले लेखेका रचनाले पार्टी वैचारिक रुपमा निर्देशित गरेको थियो।

उनका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गरेका थिए।

कोइरालाले अन्तिम दुई शब्द बोलेका थिए-‘मैले बुझिसकेँ’


नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ। कोइरालाको गएराति १२ बजेर ५० मिनेट जाँदा महाराजगन्जस्थित आफ्नै निवासमा निधन भएको हो। 
 
कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगी कृष्ण अर्याल र निजी चिकित्सक डा‍. करबीर योगीसँग सम्बाद गरेका थिए। उनीहरुको सँगको सम्बादमा कोइरालाले भनेका थिए– दुई शब्द त्यो हो–‘मैले बुझिसकेँ’। कोइरालाले यो भनाईसँगै गएराति संसार छोडे। 
 
कोइरालालाई गएराति अलिक बढी गाह्रो भएपछि निजी चिकित्सक डा। योगीलाई निवासमै बोलाइएको थियो। कोइरालाका निजी चिकित्सक योगीले ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण कोइरालाको निधन भएको जानकारी दिएका छन्। 
 
‘टाइप टु रेस्पिरेटरी फेलियर’मा मानिसको शरिरले हावाबाट अक्सिजन लिन र शरीरमा भएको कार्बनहाइ अक्साइड बाहिर फाल्न असमर्थ हुन्छ।  पल्स एक्कासी कम हुँदै गएपछि उपचारका सम्बन्धमा निजी चिकित्सक योगीसँगको कुराकानीका क्रममा कोइरालाले–‘मैले बुझिसकेँ’ भनेका थिए। 
 
गाह्रो भएपछि अन्तिम समयसम्म पनि कोइरालालाई अक्सिजन र नेवुलाइजर दिइएको थियो। कोइरालालाई पछिल्लो समय निमोनिया र ज्वरो देखिएको थियो। उनलाई निजी चिकित्सक र आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकहरुले सेवा पुर्याउँदै आएका थिए।
 
कोइरालामा दमको समेत प्रभाव देखिएकोले उनले केही दिन अगाडिदेखि आवश्यकता अनुसार नेवुलाईजर र अक्सिजन लिने गरेका थिए। कोइरालामा केही दिन यता निद्रा पनि कम हुँदै गएको थियो।
 
यस्तो बेलामा  टेलिभिजनमा देश विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसंग चिन्ता व्यक्त गर्ने गर्दथे। 
 
पार्टीको बाह्रौ अधिवेशनबाट सभापति निर्वाचित सभापति कोइराला त्यस पूर्व कार्यबाहक सभापति,पार्टी महामन्त्री र केन्द्रीय सदस्यको रुपमा रही पार्टी मार्फत देश र जनताको सेवामा संलग्न  भएका थिए। 
 
संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गरेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक कांग्रेस सभापति तथा तात्कालीन प्रधानमन्त्री कोइरालाले आफ्नो बचनबद्धताअनुरुप संविधान सभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गरेका थिए। 
 
कोइराला अाफू प्रधानमन्त्री हुँदा भारत, चीन, म्यानमार, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जेम्बर्ग,इण्डोनेशियाको भ्रमण गरेका थिए। प्रधानमन्त्री पदमा रहँदा भ्रमण मार्गमा यूएइको अबुधावी, थाइलैण्डको पनि भ्रमण गरेका थिए। 
 
उनले संयुक्त राष्ट्रसंघको ६९ आैं महासभा, अफ्रो एशियाली शिखर सम्मेलनको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजित जकार्ता र वाङडुङ सम्मेलनमा सम्बोधन गरी विश्वमा लोकतन्त्रक व्यवस्थाका माध्यमबाट शान्ति,सद्भाव कायम गर्दै विश्वभर सुख शान्ति र समृद्धि फैलाउन आग्रह गरेका थिए।