Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Showing posts with label पत्रपत्रिका/अनलाईनबाट. Show all posts
Showing posts with label पत्रपत्रिका/अनलाईनबाट. Show all posts

Feb 9, 2016

सुशीलले भने, ‘ऊ प्लेन आयो’

 प्लेन हाइज्याकमा सुशील कोइराला
२०३० साल जेठ २९ गते । वसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुंगेल, जसले विराटनगरबाट उडेको टुइनअटर विमानलाई कोसी ब्यारेजमाथिको आकाशबाट सिधै फर्काएर फारबिसगञ्जतिर पुर्याउँदै थिए।

सुशील कोइराला फारबिसञ्जको एयरपोर्टमा विमान कुरेर बसिरहेका थिए। बिपी, गिरिजाप्रसाद सबैको योजनामा सम्पूर्ण तयारी सुशीलले गरेका थिए।

बिपी, गिरिजाप्रसाद प्रायः बनारस बस्थे । पञ्चायतविरुद्धको सशस्त्र संघर्ष थियो। सबै भूमिगतै थिए । विनोद अर्याल, जसलाई गिरिजाप्रसादले खुबै विश्वास गर्थे । उनी असल लडाकु पनि थिए पञ्चायतविरुद्धको संघर्षका बखत ।

हतियार किन्न कांग्रेसलाई पैसा चाहिएको थियो तर कहाँबाट जुटाउने भन्ने पक्ष महत्वपूर्ण थियो । अर्याललाई गिरिजाबाबुले भनेका थिए, ‘झापा, मोरङ, सुनसरीबाट कति पैसा जुटाउन सकिन्छ रु’

बैंकबाट पैसा लुट्ने योजना भित्रभित्रै बन्दै थियो ।

त्यो बेला पैसाको मेलोमेसोको सुइँको पाउने कमै थिए । तर भाइ मदन राष्ट्र बैंकको कर्मचारी भएका कारण विनोदलाई बेर नै लागेन।

भोजपुरमा धेरै पैसा छ भन्ने कुरो आयो । विनोदले गिरिजाबाबुलाई त्यही सुनाए । तर गिरिजाले प्रसादले भने, ‘भोजपुरबाट ूस्केपू हुन गाह्रो हुन्छ ।’

।।।

पैसा जुटाउने मामलामा योजना अगाडि बढ्दै नै थियो । विनोद विराटनगर, फारविसगञ्ज, नक्सलवाडी, दार्जीलिङ आवतजावत गरिरहन्थे ।

एक दिन । नक्सलवाडी अफिसमा थिए । गिरिजाबाबु राति १० बजेतिर त्यहीँ अचानक पुगे ।

‘पैसाको काम कत्ति गर्‍यौरु,’ गिरिजाबाबुले सोधे ।

‘हुँदैछ, मैले जानकारी लिइरहेको छु,’ विनोदले भने ।

‘हामीलाई चाहिएको एमाउन्ट भइसक्यो,’ गिरिजाबाबुले विस्तारै भने ।

विनोद तीनछक्क परे, किनकि जसलाई त्यो कामको जिम्मेवारी दिइएको थियो, ऊभन्दा गिरिजा प्रसाद एक कदम अगाडि रहेछन् । भित्रभित्रै प्लानिङ गरिरहेका रहेछन्। ‘भोक लाग्यो मलाई,’ त्यहीबेला गिरिजाबाबुले भने, ‘केही खानेकुरा पाइँदैन रु’

विनोद हत्तपत्त बाहिर निस्किए । चिनेजानेको भएका हुनाले त्यतै छेऊका एक जना बंगालीलाई दोकान खोल्न लगाएर खाजा खाए ।

‘लौ अब जाऊँ,’ गिरिजाले भने । कहाँ जाने के गर्ने भन्ने विनोदलाई थाहा थिएन, तर पैसाको व्यवस्था भयो भनेको हुनाले त्यही कामका लागि भन्ने बुझे ।

राति नै पूर्णिया आए, एकछिन त्यहाँ बसे । फेरि हिँडिहाले बनारस ।

भोलिपल्ट विहानै नुहाए । दुई तले घर थियो, बिपी दोस्रो तलामा बस्दा रहेछन् ।

बिपीले विनोदलाई डाके । गिरिजा तल्लो तलामा थिए ।

‘जाऊ, सान्दाजुले के सोध्नुहुन्छ भन्दिनू,’ निर्देशनात्मक तरिकाले गिरिजाले भने ।

त्यहीबेला गिरिजाबाबुले थोरै कुरा खुलाएका थिए ।

‘राष्ट्र बैंक विराटनगरमा एक करोड रुपैयाँ छ रे’ गिरिजाले भने, ‘तिम्रो भाइ मदन पनि इन्भल्ब छ ।’

गर्ने मान्छे तयार छ भने विनोदले इन्कार गरिरहन जरुरी ठानेनन् ।

‘ऊ तयार छ भने मैले भन्न केही छैन,’ विनोदले भने ।

‘सान्दाजुसँग त्यही किसिमले कुरा गर्नू,’ गिरिजाले भने ।

विनोद सरासर दोस्रो तलामा गए । बिपीले सामने बस्न भने ।

‘पैसाको के गर्यौंरु,’ बिपीले छोटकरीमा सोधे ।

विनोदले अँ।। भन्दाभन्दै बिपी आफैंले भने, ‘रंगेलीमा पनि होला पैसा तर विराटनगर राष्ट्र बैंकलाई नै गर्ने हो ।’

।।।

गिरिजाबाबुले प्लेनको कुरा गरेकाले विनोदले हल्का छनक पाइसकेका रहेछन् ।

बिपीले सर्रर नाम सुनाए, दुर्गा, बसन्त र नगेन्द्र ।

‘अरुमाथि धेरै विश्वास छैन, बसन्तले चाहिँ एटेम्प्ट गर्छ,’ बिपीले भने, ‘दुर्गाले गर्छ कि गर्दैन रु’

काम गर्ने, तर पैसा एकै रुपैयाँ तलमाथि गर्न नहुने निर्देशन बिपीको थियो । एउटा चिनो पनि बाँकी नरहोस् भनेका थिए बिपीले ।

भोलिपल्टै बनारसबाट जोगबनी हिँडे । विराटनगरमा पैसा ‘काउन्टिङ’ हुँदैछ भन्ने जवाफ आयो । त्यस्तै ३५ लाख भारु पैसा रहेको पत्ता लाग्यो ।

विनोदले तुरुन्तै गिरिजालाई त्यो कुरा सुनाए । उनले जति छ त्यति नै गर्ने हो अहिले पैसा जसरी नि जुटाउनु छ भने ।

अब भने त्यो पैसा कसरी हात लगाउने भन्ने विषयमा रफ्तारमा योजना बन्न थाल्यो ।

‘टुइनअटर आउँछ कि ठूलो आउँछ पत्तो लगाउनू,’ गिरिजा प्रसादले भनेका थिए ।

विनोदको कमाण्डमा सुवेदी, ढुंगेल र भट्टराई खटिए । दिनैपिच्छे विराटनगर विमानस्थल धाउन थाले ।

राष्ट्र बैंकबाट कहिले पैसा जान्छ त्यही दिन तीन भाइ जाने सल्लाह थियो । त्यसैले दिनैपिच्छे टिकट सारिरहन्थे । त्यो क्रम ५र७ दिनै चल्यो ।

त्यहीबेला फेरि गिरिजाले विनोदलाई डाके । मनहरि बरालका सामने सुशीललाई औंल्याउँदै बिपीले विनोदलाई भने, ‘उसले जहाँ भन्छ त्यहीँ प्लेन उतार्ने हो।’

सुशीलले ठाउँ पत्ता लगाइसकेका रहेछन्, फारबिसगञ्ज । जहाँ कच्ची एयरपोर्ट थियो ।

राति त्यस्तै १० बजेको थियो होला । गिरिजाबाबुले भने, ‘तिमीहरू ठूलो मिसनमा जाँदैछौ, त्यसको इञ्चार्ज विनोद हो ।’

तर बिपीलाई भने कहाँ प्लेन उतार्ने भन्नेमा हल्का चिन्ता लागिरहेको रहेछ ।

उनले विनोदलाई भने, ‘फारबिसगञ्जमा भएन भने बंगलादेश हुन्छ कि दार्जीलिङ, खर्साङ जता भए नि हुन्छ ।’

‘सबै मेनेज भइसक्यो,’ विनोदले भने ।

कोहीकोही रक्सी पनि खान्थे । त्यो दिन कसैलाई पनि रक्सी नखान सचेत गराइएको थियो । भोलिपल्ट चक्र बाँस्तोला पटनाबाट आइपुगे, बिपीको कार लिएर। ब्रज सिंह ९बिपीका साथीका भाइ०, विनोद, सुशील एउटा गाडीमा, बिपी, गिरिजा अर्को गाडीमा ।

कांग्रेसको त्यो संघर्षका बेला भारतीय प्रहरीले पनि त्यतिधेरै चेकजाँच गर्दैनथ्यो । सबै जना फारबिसगञ्ज पुगे । त्यो कच्ची रनवेमा गाडी यताउति घुमाउन थाले ।

त्यहीबेला एयरपोर्टका इञ्चार्ज आएर हप्कीदप्की गरे ।

‘रन वेमा के गरेको रु यहाँ गाडी कुदाउन पाइँदैन,’ उनले भने ।

तर विनोदसहितको टिमले त्यसलाई सहजपूर्वक लिएर भने, ‘हामी गाडी सिक्न आएको ।’

एयरपोर्टकै कर्मचारीले हुँदैन भनेपछि गाडी साइड लगाए । प्लेनको प्रतिक्षा गरिरहेका होलान् भन्ने कसैले भेऊ पाएन ।

।।।

एक घन्टा कुरे । प्लेन आउने सुरसार छैन ।

पश्चिमतिरको आकाश हेरेर बसिरहेका थिए । केही समयपछि जहाज आउँदै गरेको विनोदले देखेछन् । तर पाइलटले एक चोटीमा ल्याण्ड गर्न सकेनन् । जहाज फर्कियो ।

अब भने शंका लाग्न थाल्यो । सबै आश्चर्यमा परे ।

‘मिसन फेल त भएन रु, कि कसैले चाल पायो रु,’ सबै गम्भीर भए ।

मनहरि बराललाई त्यतिबेलै सन्का छुटेछ ।

‘पैसा आउँदैछ, हाइज्याक गरेर आउँदैछ, सब तिमीहरू पागल भयौ, फँसिने भइयो,’ बरालले रिसाउँदै भने, ‘गिरिजा पनि पागल नै हो, तिमीहरू पनि पागल हौ ।’

बराल रिसाउँदै गनगनाइरहेका थिए । त्यहीबेला सुशील बोले ।

‘ऊ प्लेन आयो,’ सुशीलले भने ।

विनोदले कमिज फुकाले । दाहिने हातले कमिज फहराए ।

केही बेर नकट्दै पाइलटले ल्याण्ड गरे । पंखा घुमिरहेको थियो । जहाज रोकिएको थिएन । भित्र तीनै जनाले पाइलटलाई जता लान्छौं त्यतै हिँड्न भनेर पहिले नै आफ्नो कब्जामा लिइसकेका थिए, त्यहीबमोजिम निर्देशन गरिरहेका थिए ।

उनीहरूको योजना थियो, ‘पैसा निकाल्नेवित्तिकै प्लेन हिँडोस् ।’ त्यसैले इञ्जिन बन्द गरिरहन जरुरी थिएन ।

सिँढी थिएन । त्यसैले अग्लो मान्छे भित्र छिर्न चाहिएको थियो ।

विनोदले मनहरिलाई अह्राए, ‘तिमी जाऊ ।’

मनहरि अगाडि बढे । ठिक त्यतिबेलै प्लेनको ढोका खुल्यो । मनहरि चढे ।

तीन वटा बक्सा थिए, दस–दस लाख रुपैयाँ भारु पैसाका ।

सबै अलर्ट भए । प्लेनमा रहेका तीनै जना र मनहरि मिलेर पैसा झारे ।

यात्रुहरू रोइकराइ गरिरहेका थिए, किनकि कोसी ब्यारेज माथिको आकाशमै ‘प्लेन हाइज्याक्ड’ भनिसकेका थिए ।

‘तपाईंहरूलाई केही हुँदैन, यो प्लेन तुरुन्तै विराटनगर कि काठमाडौं गइहाल्छ,’ अपहरणकारीहरूले सम्झाइरहेका पनि थिए ।

।।।

दस मिनेटभन्दा बढी समय बस्न अफ्ठेरो थियो । किनकि त्यहाँको पुलिस स्टेशनबाट पहरी आउन त्यति नै मिनेट लाग्थ्यो । यदि प्रहरी आएर समाएको भए सबै जना जेल पर्थे, न पैसा हात लाग्थ्यो न पञ्चायतविरुद्धको संघर्ष नै अघि बढ्थ्यो ।

तीन वटा जीप तयारी अवस्थामा थिए । सबै जना मिलेर एक–एक वटा बक्सा जीपमा हाले । त्यसपछि सिधै फारबिसगञ्ज गए ।

सरकारी छाप लागेका थिए बाकसमा । भारतीय प्रहरीले चेकजाँच गर्दा त्यो खुल्छ भनेर बाकस चाहिँ फारबिसगञ्जको नहरमै फाल्दिए, बोरा बोरामा पैसा हाले ।

कता भाग्ने भन्ने थाहा थिएन ।

त्यहीबेला गिरिजाबाबुले भने, ‘दार्जीलिङतिर लाग्ने हो ।’

गाडीलाई तीव्र रफ्तारमा दौडाउन भनिएको थियो । कम्तीमा ११० को स्पीड होस् । चालकले त्यही किसिमले गाडी दौडाएका थिए । बागडोग्रा पुगे । त्यहाँ गाडीमा तेल हाले । दुर्गा सुवेदी बिपीको साथीका भाइको गाडीमा हिँडे ।

विनोद, नगेन्द्र, वसन्त सिधै दार्जीलिङ हानिए । जहाँ चक्रप्रसाद बाँस्तोला बस्थे । त्यो दस लाख त्यहीँ फटाफट निकाले ।

।।।

पञ्चायतविरुद्धको सशस्त्र संघर्षका बखत सुशील कोइराला धेरै भारत बसे । उनले लामो समय जेलजीवन पनि बिताए । भारतमै अध्ययन गरे । कांग्रेसको बहुचर्चित ‘प्लेन हाइज्याक’ काण्डका एक व्यक्ति कोइराला पनि हुन्, उनले विमान उतार्नेदेखि लिएर हरेक ठाउँको योजना बनाएका थिए ।

‘उहाँले नै हो लोकसन पत्ता लगाउनुभएको,’ प्लेन हाइज्याक काण्डकै अर्का व्यक्ति दुर्गा सुवेदी भन्छन्, ‘विनोद अर्याल इञ्चार्ज हुनुहुन्थ्यो, त्यो योजनाको सम्पूर्ण तयारी सुशीलजीले गर्नुभएको हो ।’

सडकबाट : मरेको दिन मात्र गुणगान गाउने नहोस्

86
 
50
 
5
 
अमृत गुरुङ, व्यवसायी, भैँसेपाटी
‘सादा जीवन, उच्च विचार’का उदाहरण हाम्रा पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति सुशील कोइरालाको निधनले दुखित बनाएको छ । आधा रातमा नराम्रो खबर कानमा परेपछि एकछिन विश्वास नै लागेन । छरछिमेकमा हल्ला फैलिन थालेपछि मात्र विस्वस्त भए ।
sadk bata (1)नेपालको राजनीतिक इतिहासमा कोइराला जस्तो राजनीतिज्ञ कमै होलान् । कोइरालाको निधनप्रति मेरो व्यक्तिगततर्फबाट भावपूर्ण हार्दिक श्रद्धान्जली छ । कोइरालाले आजीवन विवाह नगरी आफ्नो सम्पूर्ण मेहनत, ध्यान र लगाव राजनीतिमा समर्पण गरे उनको यस्तो समर्पणप्रति हामीले ताली बजाउनैपर्छ जस्तो लाग्छ । कोइराला सरकारमा हुँदै देशले नयाँ सविंधान पायो । जनतामा नयाँ आशा पलायो, यसलाइ हामीले मनैदेखि मान्नुपर्छ । क्यान्सर जस्तो भयानक रोगबाट लडिरहँदा पनि उनले आफ्नो काम र कर्तव्यलाइ निरन्रता दिइनैरहे । उनको यस्तो इमान्दारिताको हृदयदेखि नै तारिफ गर्दछु । एउटा त्यागी कुशल नेताका रुपमा कोइराला सँधै हाम्रो सम्झनामा रहिरहनेछन् ।
 केशव धिताल, नेपाल प्रहरी, दाङ
काँग्रेस सभापति सुशील कोइरालाको असमहिक निधनले आज हामी सबै नेपालीहरुलाई मर्माहित तुल्याएको छ । आधा रातमा कोइरालको मृत्युको खबर सुनेपछि निदाएको छैन । रातभर उनको जीवनी र राजनितिक योगदानको समिक्षा गरिरहेँ । उनको आत्माले चिर शान्ति पाओस् हामी प्रहरीहरुको तर्फबाट पनि भावपूर्ण श्रदान्जली दिन चाहन्छु । कोइराला अब सम्झनामा मात्र रहे भन्नु पर्दा दुःख लागेको छ । कांग्रेस १३ औँ महाधिवेशनको चटारो चलिरहँदा बीचैमा sadk bata (2)कोइरालाको निधनले महाधिवेशन अलपत्र हुन पुगेको छ । ढिलैगरि बल्ल–बल्ल हुन लागेको महाधिवेशन पनि अड्कियो । देशले कोइराला जस्ता निष्ठावान् नेता गुमाएको छ । उहाँले विहेसमेत गर्नु भएन । आम मानिसले झै घरजम गरेर आफ्नो बाटो लाग्नुभन्दा एकचित्त भएर राजनीतिमा लाग्न मन पराउनुभयो । बीचमा चर्को आलोचनासँग जुधिरहे । उनको यस्तै आत्म विश्वासले उनले पटक–पटक क्यान्सर जस्तो रोगसँग लडेर क्यान्सर जित्न सफल भए । उनको आत्मविश्वास र दृढता साँच्चिकै मान्न लायक थियो झै लाग्छ । कोइरालाकै नेतृत्वमा देशमा नयाँ सविंधान जारी हुनु इतिहासमै उदाहरणीय काम हो भन्न सकिन्छ । जन्म लिएर आएपछि एकदिन सबैलाइ मर्नैपर्छ भनी चित्त बुझाउन बाहेक उपाय पनि छैन । अब उनको राजनीतिक जीवनबाट केहि पाठ सिकेर देश बनाउनतिर लागौँ । यदि हामी यस्तो गर्न सक्छौँ भने मात्र कोइरालाप्रति श्रद्धान्जली काम लाग्नेछ ।
शिशिर शाह, विद्यार्थी, कोपण्डोल
काँग्रेस सभापति सुशील कोइरालाको मृत्युले हामी सबैलाइ स्तब्ध बनाएको छ । उनको आत्मालाई शान्ति मिलोस् यहि नै मेरो हार्दिक श्रदान्जली । म भर्खर प्लस टु पढ्दैछु त्यति राजनीति त मैले बुझेको छैन तर पनि मैले जाने अनुसार कोइराला अरु नेता र मन्त्रीभन्दा फरक नै थिए । हुन त बाँचुञ्जेल गाली गलोज र आलोचना गर्ने अनि मरेको दिन गुणगान मात्र गाउने हाम्रो परिपाटी पुरानै हो । आजको दिन सबैले कोइरालाको sadk bata (3)गुणगान नै गाउँलान् । तर कमजोरी र बलियो पक्ष हामी सबैमा हुन्छ नै । त्यसैले हामी मान्छे हौँ । कोइरालामा पनि यहि कुरा लागु भयो । बाचुन्जेल सबैले उहाँको मुख थाकुन्जेलसम्म आलोचना सुनिन्थ्यो घर नजिकको चिया पसलमा, आज त्यही चिया पसलमा मानिसहरु कोइरालाको भजन गाइरहेको सुनियो । नराम्रो लाग्यो । कमजोर पक्षहरुलाई बिर्सिएर उनको जिवनी र राजनितिक योगदानबाट केहि सिक्नुपर्छ जस्तो लाग्छ । कोइराला नरहेपनि उनले दिएको योगदान जिवितै रहनेछ । त्यसको आदर र संरक्षण गरौँ ।
- See more at: http://www.ratopati.com/news/30736/#sthash.XnUyYvbR.dpuf
अन्तिम स्वास लिनुअघि कोइरालाले भनेका थिए– ‘मैले बुझिसकेँ’
20160209_070605काठमाडौं–नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराती १२ः५० मा उनकै निवास महाराजगञ्जमा निधन भयो ।
उनले अन्तिम पटक आफ्ना निजी सहयोगीका रुपमा कार्यरत कृष्ण अर्याल र निजी चिकित्सक डा। करबीर योगीसंग सम्वाद गरेका थिए भने अन्तिम वाणी ‘मैले बुझिसके ’ भन्ने रहेको कोइराला प्रधानमन्त्री हुँदा प्रेस संयोजक रहेका प्रकाश अधिकारीले जानकारी दिए ।द्दण्ज्ञटण्द्दण्ढ)ण्ठण्टण्छ
उनका अनुसार कोइरालालाई अलिक बढी चापेपछि निजी चिकित्सक डा। योगीलाई बोलाइएको थियो । उनको पल्स कम हुँदै गएपछि उपचारका सम्बन्धमा कुरा हुँदा उनले सो कुरा व्यक्त गरेका हुन् । अन्तिम समयसम्म पनि उनलाई अक्सिजन र नेवुलाइजर दिइएको थियो ।
चिकित्सक योगीका अनुसार पछिल्लो समय निमोनिया र ज्वरो देखिएको थियो । उनलाई निजी चिकित्सक र आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकहरुले सेवा पुर्याउदै आएका थिए । उनमा दमको समेत प्रभाव देखिएकोले उनले केही दिन अगाडिदेखि आवश्यकता अनुसार नेवुलाईजर र अक्सिजन लिने गरेका थिए भने केही दिन यता निद्रा पनि कम हुँदै गएको थियो । यस्तो बेलामा टेलिभिजनमा देश विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसंग चिन्ता व्यक्त गर्थे ।
पार्टीको बाह्रौ अधिवेशनबाट सभापति निर्वाचित भएका सभापति कोइराला त्यस पूर्व कार्यबाहक सभापति,पार्टी महामन्त्री र केन्द्रीय सदस्यको रुपमा रही पार्टी मार्फत देश र जनताको सेवामा संलग्न भएका थिए ।

संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गरेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक नेका सभापति तथा तात्कालिन प्रधानमन्त्री कोइरालाले आफ्नो बचनबद्धता अनुरुप संविधान सभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गरेका छन् ।
प्रधानमन्त्रित्व कालमा भारत, चीन, म्यानमार, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जेम्बर्ग,इण्डोनेशियाको भ्रमण गरेका थिए । प्रधानमन्त्री पदमा रहदा भ्रमण मार्गमा यूएइको अबुधावी, थाइलैण्डको पनि भ्रमण गरेका थिए ।

टाइमलाइनमा सुशीलको राजनीतिः देशले के पायो


२६ माघ, काठमाडौं । Sushil koirala Timelineराणा शासनको अन्त्य भई वि।सं २००७ सालमा प्रजातन्त्र आउँदा सुशील कोइरालाको उमेर ११ वर्षको थियो । १६ वर्षको उमेरमै २०१२ सालमा वीरगञ्जमा कांग्रेसको छैठौं महाधिवशेनमा सहभागी भएका कोइराला ०७२ सालमा हुने तेह्रौं महाधिवेशनमा दोस्रो कार्यकालका लागि दाबी गरिरहेका थिए । समयावधिका हिसाबले विश्लेषण गर्दा कोइरालाको राजनीतिक जीवन ६० वर्षे ९२०१२(२०७२० रह्यो । ०६७ सालदेखि ५ वर्षसम्म उनी पार्टीको कार्यकारी पदमा रहे भने एक वर्ष ९ महिना प्रधानमन्त्रीका रुपमा काम गरे । ६० वर्षे राजनीतिक अवधिमा साढे १९ वर्ष कोइरालाको जीवन निर्वासन र जेलमै बित्यो । जीवनको उत्तरार्धका पाँच वर्षबाहेक अधिकांश समय राजनीतिमा उनको सहायक भूमिका मात्रै रह्यो । वीपी कोइराला र तुलसी गिरीको स्वकीय सचिवको भूमिकाका साथै गिरिजाप्रसाद कोइरालाका पालामा महामन्त्री र कार्यवाहक सभापति बनेर सुशीलले सारथीको भूमिका खेले । कुनै पनि नेतालाई देशले सम्झने भनेको उनले पुर्‍याएको योगदानको हो । ती नेताबाट देशले के पायो र उनको योगदानका कारण मुलुक कति अगाडि बढ्यो भन्ने आधारमा नेताको योगदानको मूंल्याकन हुने गर्छ । यस अर्थमा सुशील कोइरालाले प्रधानमन्त्री भएर संविधान जारी गर्नु र कांग्रेसको सभापति भएपछि सो पार्टीलाई दोस्रोबाट पहिलो दल बनाउनुलाई नै उनको मुख्य राजनीतिक सफलको गणक मान्ने गरिएको छ । उनले गरेका सम्झन लायक काम यिनै हुन् । तैपनि सुशीलले असोज ३ मै संविधान जारी गर्न अन्कनाएको र आफूहरुको जोडबलले मात्रै उनले खुट्टा टेकेको दाबी एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले नेताहरुले गर्दै आएका छन् । तथापि कोइरालाको निधनपछि प्रचण्डले भनिसकेका छन् कि सुशील नभएको भए संविधान बन्दैनथ्यो । र, राप्रपा नेपालका अध्यक्ष कमल थापाले भनेका छन्( कोइरालाको निधनले संविधानको कार्यान्वयनमा चुनौती थपेको छ । संविधान निर्माणमा सुशील कोइरालाको नेतृत्व सम्झन लायकको भूमिका हो ।

भारतको चरम यातना र राष्ट्रिय अडान

कांग्रेस नेताहरुले बताए अनुसार ०३० सालको विमान अपहरण काण्डपछि सुशील कोइरालालाई भारतीय प्रहरीले चरम एवं अमानवीय यातना दिएको थियो ।पक्राउ गरेर तिहाड जेलमा लैजाँदा उनलाई भारतीय प्रहरीले रेलमा आलुको बोराजस्तै बारेमा बाँधेर लगेको थियो । कोइरालाले लामो समय जेलमा बिताएका थिए । लोकतान्त्रिक आन्दोलनका बेलामा मात्रै होइन, प्रधानमन्त्री बनेका बेलामा पनि भारतले सुशील कोइरालाप्रति राम्रो व्यवहार गरेन । पछिल्लो समयमा पनि पार्टी सभापतिमा कोइरालालाई हराउन भारतले भूमिका खेलिरहेकै थियो । तर, महाधिवेशनमा भारतीय चलखेलको सामना नगर्दै उनको निधन भएको छ ।

प्रधानमन्त्री भएका बेलामा सुशीलले भारतको कुरा सुनेनन् र संविधान निर्माणतर्फ लागे । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा प्रधानमन्त्री पदमा उम्मेद्वारी दिँदा सुशीलले भारतीयहरुको कुरो सुनेको आरोप एमाओवादी र एमालेका नेताहरुले लगाउँदै आएका छन् । तथापि भारतले सुशील कोइरालालाई कहिल्यै विश्वास नगरेको इतिहास साक्षी छ । यो तथ्यलाई आधार मान्दा सुशील राष्ट्रवादी नेता थिए भन्न सकिन्छ, यसमा उनले भोगेको भारतीय यातनाले समेत काम गरेको हुन सक्छ । प्रधानमन्त्री बनेका बेला कोइरालालाई निर्णय क्षमता नभएको सुस्त नेताका रुपमा प्रचार गरियो । त्यही बेला उनी क्यान्सरबाट पनि पीडित भए । शारीरिक रुपमा समेत उनी सिथिल बने । बाह्रौं महाधिवशेनपछि उनले पार्टी परिचालन पनि गतिलोसँग गर्न नसकेको आरोप लाग्यो । भलै उनकै नेतृत्वमा कांग्रेसले चुनावलाई आफूलाई पहिलो दल बनाएको थियो । नेपाली कांग्रेस पहिलो दल बन्नु नै मुलुकका लागि सुशीलको योगदान हो भन्न सकिँदैन, यो एउटा दलगत विषय मात्रै हो । तर, कोइरालाले संविधान बनेपछि नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेको विषय अहिलेसम्म बहसकै क्रममा छ । यो उनको राजनीतिक कमजोरी थियो या लोकतन्त्रको मूल्य स्थापित गर्ने जमर्को थियो, यसबारे फैसला नहुँदै उनले विदा लिएका छन् ।तर, मधेसवादी दलहरुलाई पनि विश्वासमा लिएर अघि बढ्ने उनको संविधान निर्माण अघिको चाहनालाई संविधान बनेपछिको संविधान संशोधनले केही सार्थक बनाएको छ ।

सादगी र निष्ठावान नेता

नेपालको राजनीति यतिबेला प्रदुषित एवं भ्रष्ट बन्दै जान थालेको छ । तीनवटा मोबाइलमात्रै सम्पत्तिका रुपमा रहेको भन्दै कोइरालालाई खिल्ली उडाउने कतिपयले प्रयास गरे पनि कोइरालाको सादगी पनलाई चुनौती दिने अवस्था छैन ।प्रधानमन्त्री बनेका बेला कोइरालाको किचेन क्याबिनेटमा रहेको उनका सहयोगीहरुले आर्थिक अनियमितता गरेका समाचारहरु नआएका होइनन् । तर, व्यक्तिगतरुपमा सुशील निश्कलंक नै रहे । श्रीमती र छोराछोरी नभएका उनी व्यक्तिगत विवादमा आएनन् ।पार्टी र देशलाई राम्रोसँग सञ्चालन गर्न नसकेको र सुस्तपन देखाएको असक्षमताको आरोप खेप्नुपरे पनि उनी भ्रष्टाचारमा मुछिएनन् । तैपनि सुशील कोइरालाले पाँच वर्ष पार्टीको सभापति र पौने दुई वर्ष देशको प्रधानमन्त्री बनेका बेला देशमा भ्रष्टाचार नियन्त्रण भएन । सुशीलले वर्षौंदेखि नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीमा तलदेखि माथिसम्म भ्रष्ट र कमिसनखोरी प्रवृत्ति विकास भएको तीतो यथार्थ छ । जसले सुशील कोइरालाको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न थाती राखेको छ ।

अब कांग्रेसका नेताहरुले सुशील कोइरालाको स्वच्छ सवि र निष्ठाको राजनीतिलाई कसरी व्यवहारमा प्रयोग गर्ला रु यो गम्भीर प्रश्न कांग्रेसको भविश्यसँगै जोडिएको छ । भीमबहादुर तामाङजस्ता त्यागी नेतालाई बिर्सने कांग्रेसले अब सुशीललाई कसरी सम्झेला रु
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

काेइरालाकाे पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि रंगशालामा

भाेली पशुपति अार्यघाटमा अन्त्यष्टी

माघ २६, २०७२- कांग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि उनको निवास महाराजगञ्जबाट कांग्रेस पार्टी कार्यालय सानेपा पुर्‍याएर केही समय राखि र‌ंगशाला पुर्‍याइएको छ ।
स्व. कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालय सानेपामा कांग्रेस नेता, कार्यकर्ता तथा सर्वसाधारणको ठूलो भिड लागेको थियाे । अहिले पार्टी कार्यालय सानेपाबाट उनकाे पार्थिव शरिरलाई त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पनि नेता कार्यकर्ता र सर्वसाधारणको भीड लागेको छ ।
यसअघि पूर्व राष्ट्रपति रामवरण यादवले समेत पार्टी कार्यालय पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै पूर्व प्रधानमन्त्रीहरु लाेकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, पूर्व सभामुख सुवास नेम्वाङ, तमलाेपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले कांग्रेस पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली दिएका छन् ।
यस्तै काेइरालाकाे निधनकाे खबर पाए लगत्तै उनकाे निवास पुगेका शेरबहादुर देउवा, रामचन्द्र पाैडेल, प्रकाशमान सिंह, सुजाता काेइराला लगायतका नेताले उनकाे पार्थिव शरीरमा पार्टीकाे झण्डा अाेढाएर श्रद्धाञ्जली प्रकट गरेका थिए ।

अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यकर्ताहरु त्यहाँ पुगेका थिए ।

























 

सुशील कोइरालाः दिल्ली कारागारदेखि संविधान निर्माणसम्म



  कोइरालाको पार्थिव शरीरमा पार्टीको झन्डा ओडाउँदै कांग्रेका शीर्ष नेताहरु कोइरालाको पार्थिव शरीरमा पार्टीको झन्डा ओडाउँदै कांग्रेका शीर्ष नेताहरु
काठमाडौं—प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भौतिक शरीर नरहे पनि नेपाली राजनीतिमा उनको योगदान युगौँसम्म अविस्मरणीय रहनेछ।
लभउबष्उिबतचय(लबनबचष्प
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला गणतन्त्र नेपालको छैटौं प्रधानमन्त्री थिए। कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख भए। गएराति १२स्५० बजे आफ्नै निवास महाराजगन्जमा ज्वरो र निमोनियाका कारण कोइरालाको निधन भयो।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रही उनी काँग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।

लामो समयदेखि अर्बुद ९क्यान्सर० रोगको उपचाररत ७६ वर्षीय अविवाहित कोइराला पार्टीको १३औँ महाधिवेशन तयारी र नेतृत्वमा अन्तिम समयसम्म लागिरहेका थिए। उनलाई पुनः पार्टी सभापतिका प्रत्यासीका रुपमा समेत हेरिएको थियो। पार्टीमा तीन प्रमुख नेता ९आफू, शेरबहादुर देउवा, रामचन्द्र पौडेल० मध्येका प्रमुख कोइरालाको निधनले काँग्रेसमा अपूरणीय क्षति पुगेको छ। उनको निधनसँगै महाधिवेशनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगन भएको छ।
सहमति, सहकार्य र मेलमिलापका अगुवा
त्यागी र निष्ठावान् नेताका रुपमा स्थापित तथा सादा जीवन एवम् उच्च विचारका धनी कोइराला राजनीतिमा निरन्तर सहमति, सहकार्य, मेलमिलाप र एकताका आधारमा सबै समस्याको छिनोफानो हुनुपर्ने भन्ने मान्यतामा दृढ थिए।

पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो। उनको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने कृष्णप्रसाद कोइरालादेखि जोडिने पारिवारिक शृङ्खलामा सुशील पनि एक हुन्। उनका छ भाइ र तीन दिदीबहिनी छन्।

दोस्रो संविधानसभामा ठूलो काँग्रेस पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भएका थिए। संविधान जारी भएपछि प्रमुख तीन राजनीतिक दलको सहमतिअनुसार उनले प्रधानमन्त्रीबाट राजीनामा दिए।
निर्वासन र कारागार यात्रा
राजनीतिका क्रममा डेढ दशक भारतमा निर्वासन जीवन व्यतित गरेका कोइराला विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा निर्वासनबाटै पक्राउ परेका थिए। पक्राउपछि उनलाई दिल्ली कारागारमा राखिएको थियो। कारागारमा रहँदा उनले अत्यन्त क्रूर र अमानवीय यातना भोग्नुपरेको थियो।

छ वर्ष जेल जीवन र निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रहका समयमा बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किएर उनी सभापति विश्वेश्वरप्रसाद कोइराला र नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा हिँडेका थिए। जननायक विश्वेश्वरप्रसादको निधनपछि पार्टी कामका लागि उनी युरोपेली मुलुकमा खटिए।

युरोपबाट स्वदेश फर्किएर उनी पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा होमिए। विसं २०४६ को प्रथम जनआन्दोलनमा पनि उनको सक्रिय भूमिका थियो। विसं २०४८ को संसदीय निर्वाचनमा उनी बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भए। उसबेला मन्त्री पदका लागि आग्रह गरिँदा उनले सार्वजनिक पदभन्दा पार्टीलाई प्राथमिकता राखेर पार्टीकै काममा खटिएका थिए।

विसं २०५६ को संसदीय निर्वाचनमा उनी पुनः बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भए। विसं ०६२र६३ को जनआन्दोलनमा उनले अहम् भूमिका निर्वाह गरेका थिए।

विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा कोइराला बाँकेबाट पराजित भए। त्यसपछि विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा कोइराला बाँके र चितवनबाट सभासद्मा विजयी भएका थिए।

पार्टीभित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि मानिन्थे।

बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उनी २००७ सालको जहानियाँ राणा शासन अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भएका थिए। विसं २०१० देखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा काँग्रेस केन्द्रीय सदस्य रहेका थिए। विसं ०४२ को सत्याग्रहदेखि ०४६ र ०६२र६३ को आन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए।

पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशीलले सहमति, सहकार्य र मेलमिलापको मार्गबाट हिँडेर मुलुकलाई नयाँ संविधान दिने प्रण पूरा गरी सरकारको नेतृत्व हस्तान्तरण गरेका थिए। ।

जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनको अगुवाइ गरेका काँग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उनले नजिकबाट हेरेका थिए। सभापति कोइरालाले विसं २०१२ मा सदस्यता लिई पार्टी काममा होमिएका थिए। जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उनले पार्टी सदस्यता लिएका थिए।

विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि उनी भारत निर्वासनमा गएका थिए।

ुराजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै होु, भन्ने कोइराला पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लागिरहे। पार्टीले तत्कालीन रुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उनले स्वर्गीय नेता गिरिजाप्रसादको साथमा रहेर काम गरेका थिए।
सार्कस्तरमा कोइराला
कोइरालाकै प्रधानमन्त्रीत्वकालमा गत ०७१ मङ्सिरमा काठमाडौँमा सम्पन्न १८औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को शिखर सम्मेलनमा कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच सौहार्दता बढाउन भूमिका निर्वाह गरेका थिए।

कोइराला ुसोसलिस्ट इन्टरनेसनलुको उपाध्यक्षसमेत बनेका थिए।

नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गरे। उनले पत्रकारका रुपमा काम गरेका थिए। उनी पार्टीको मुखपत्र ुतरुणु पत्रिकाको सम्पादकसमेत भए। प्रजातान्त्रिक समाजवादका बारेमा उनले लेखेका रचनाले पार्टी वैचारिक रुपमा निर्देशित गरेको थियो।

उनका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गरेका थिए।

कोइरालाले अन्तिम दुई शब्द बोलेका थिए-‘मैले बुझिसकेँ’


नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ। कोइरालाको गएराति १२ बजेर ५० मिनेट जाँदा महाराजगन्जस्थित आफ्नै निवासमा निधन भएको हो। 
 
कोइरालाले अन्तिम पटक आफ्ना निजी सहयोगी कृष्ण अर्याल र निजी चिकित्सक डा‍. करबीर योगीसँग सम्बाद गरेका थिए। उनीहरुको सँगको सम्बादमा कोइरालाले भनेका थिए– दुई शब्द त्यो हो–‘मैले बुझिसकेँ’। कोइरालाले यो भनाईसँगै गएराति संसार छोडे। 
 
कोइरालालाई गएराति अलिक बढी गाह्रो भएपछि निजी चिकित्सक डा। योगीलाई निवासमै बोलाइएको थियो। कोइरालाका निजी चिकित्सक योगीले ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण कोइरालाको निधन भएको जानकारी दिएका छन्। 
 
‘टाइप टु रेस्पिरेटरी फेलियर’मा मानिसको शरिरले हावाबाट अक्सिजन लिन र शरीरमा भएको कार्बनहाइ अक्साइड बाहिर फाल्न असमर्थ हुन्छ।  पल्स एक्कासी कम हुँदै गएपछि उपचारका सम्बन्धमा निजी चिकित्सक योगीसँगको कुराकानीका क्रममा कोइरालाले–‘मैले बुझिसकेँ’ भनेका थिए। 
 
गाह्रो भएपछि अन्तिम समयसम्म पनि कोइरालालाई अक्सिजन र नेवुलाइजर दिइएको थियो। कोइरालालाई पछिल्लो समय निमोनिया र ज्वरो देखिएको थियो। उनलाई निजी चिकित्सक र आवश्यकताअनुसार विशेषज्ञ चिकित्सकहरुले सेवा पुर्याउँदै आएका थिए।
 
कोइरालामा दमको समेत प्रभाव देखिएकोले उनले केही दिन अगाडिदेखि आवश्यकता अनुसार नेवुलाईजर र अक्सिजन लिने गरेका थिए। कोइरालामा केही दिन यता निद्रा पनि कम हुँदै गएको थियो।
 
यस्तो बेलामा  टेलिभिजनमा देश विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसंग चिन्ता व्यक्त गर्ने गर्दथे। 
 
पार्टीको बाह्रौ अधिवेशनबाट सभापति निर्वाचित सभापति कोइराला त्यस पूर्व कार्यबाहक सभापति,पार्टी महामन्त्री र केन्द्रीय सदस्यको रुपमा रही पार्टी मार्फत देश र जनताको सेवामा संलग्न  भएका थिए। 
 
संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गरेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक कांग्रेस सभापति तथा तात्कालीन प्रधानमन्त्री कोइरालाले आफ्नो बचनबद्धताअनुरुप संविधान सभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गरेका थिए। 
 
कोइराला अाफू प्रधानमन्त्री हुँदा भारत, चीन, म्यानमार, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जेम्बर्ग,इण्डोनेशियाको भ्रमण गरेका थिए। प्रधानमन्त्री पदमा रहँदा भ्रमण मार्गमा यूएइको अबुधावी, थाइलैण्डको पनि भ्रमण गरेका थिए। 
 
उनले संयुक्त राष्ट्रसंघको ६९ आैं महासभा, अफ्रो एशियाली शिखर सम्मेलनको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजित जकार्ता र वाङडुङ सम्मेलनमा सम्बोधन गरी विश्वमा लोकतन्त्रक व्यवस्थाका माध्यमबाट शान्ति,सद्भाव कायम गर्दै विश्वभर सुख शान्ति र समृद्धि फैलाउन आग्रह गरेका थिए।

संविधान निर्माणका नायक कोइराला



प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको भौतिक शरीर नरहे पनि नेपाली राजनीतिमा उनका योगदान युगौँसम्म अविस्मरणीय रहनेछ ।
 
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइराला गणतन्त्र नेपालको छैठाैं  प्रधानमन्त्री भए। कोइराला करिब २० महिना मुलुकको कार्यकारी प्रमुख भएका थिए।  गएराति १२ः५० बजे आफ्नै निवास महाराजगन्जमा ज्वरो र निमोनियाका कारण कोइरालाको निधन भएको थियो ।
 
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न रही उनी काँग्रेसको केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यबाहक सभापति हुँदै १२औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।
लामो समयदेखि अर्बुद (क्यान्सर) रोगको उपचाररत ७६ वर्षीय अविवाहित कोइराला पार्टीको १३औँ महाधिवेशन तयारी र नेतृत्वमा अन्तिम समयसम्म जुटिरहेका थिए। उनलाई पुनः पार्टी सभापतिका प्रत्यासीका रुपमा समेत हेरिएको थियो । पार्टीमा तीन प्रमुख नेता (आफू, शेरबहादुर देउवा, रामचन्द्र पौडेल) मध्येका प्रमुख कोइरालाको निधनले काँग्रेसमा अपूरणीय क्षति पुगेको छ। उनको निधनसँगै महाधिवेशनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगन भएको छ।
सहमति, सहकार्य र मेलमिलापका अगुवा
त्यागी र निष्ठावान् नेताका रुपमा स्थापित तथा सादा जीवन एवम् उच्च विचारका धनी कोइराला राजनीतिमा निरन्तर सहमति, सहकार्य, मेलमिलाप र एकताका आधारमा सबै समस्याको छिनोफानो हुनुपर्ने भन्ने मान्यतामा दृढ थिए।  
पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म १९९६ साउन २८ गते मोरङको विराटनगरमा भएको थियो। उनको पुख्र्यौली थलो सिन्धुलीको दुम्जा हो। नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिने कृष्णप्रसाद कोइरालादेखि जोडिने पारिवारिक शृङ्खलामा सुशील पनि एक थिए। उनका ६ भाइ र तीन दिदीबहिनी छन् ।
दोस्रो संविधानसभामा ठूलो काँग्रेस पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भएका थिए।
निर्वासन र कारागार यात्रा
राजनीतिका क्रममा डेढ दशक निर्वासन जीवन व्यतित गरेका कोइराला विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा निर्वासनबाटै पक्राउ परेका थिए। पक्राउपछि उनलाई दिल्ली कारागारमा राखिएको थियो । कारागारमा रहँदा उनले अत्यन्त क्रूर र अमानवीय यातना भोग्नुपरेको थियो ।
६ वर्ष जेल जीवन र निर्वासनपछि २०३६ सालको जनमत सङ्ग्रहका समयमा बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किएर उनी सभापति विश्वेश्वरप्रसाद कोइराला र नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लागेका थिए।  जननायक विश्वेश्वरप्रसादको निधनपछि पार्टी कामका लागि उनी युरोपेली मुलुकमा खटिएका थिए।  
युरोपबाट स्वदेश फर्किएर उनी पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा होमिए।  विसं २०४६ को प्रथम जनआन्दोलनमा पनि उनको सक्रिय भूमिका थियो । विसं २०४८ को संसदीय निर्वाचनमा उनी बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भएका थिए। उसबेला मन्त्री पदका लागि आग्रह गरिँदा उनले सार्वजनिक पदभन्दा पार्टीलाई प्राथमिकता राखेर पार्टीकै काममा खटिएका थिए।
विसं २०५६ को संसदीय निर्वाचनमा उनी पुनः बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भएका थिए। विसं ०६२/६३ को जनआन्दोलनमा उनले अहम् भूमिका निर्वाह गरेका थिए।
विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उनी बाँकेबाट पराजित भएका थिए। त्यसपछि विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी बाँके र चितवनबाट सभासद्मा विजयी भएका थिए।
सार्कस्तरमा कोइराला
कोइरालाकै प्रधानमन्त्रीत्वकालमा गत ०७१ मङ्सिरमा काठमाडौँमा सम्पन्न १८औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को शिखर सम्मेलनमा कोइरालाले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीच सौहार्दता बढाउन भूमिका निर्वाह गरेका थिए।  कोइराला ‘सोसलिस्ट इन्टरनेसनल’को उपाध्यक्षसमेत बन्नेका थिए।  
बिपीदेखि गिरिजाप्रसादसम्म नजिक
नेता कोइरालाले विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद जस्ता नेतासँग निकट रही काम गरेका थिए। उनले पत्रकारका रुपमा काम गरेका थिए। उनका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गरेका थिए। रासस

कोइरालाको पार्थिव शरीर पार्टी कार्यालयमा (तस्बिरहरू)



नेपाली कांग्रेसका सभापति एंवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपा ल्याइएको छ। सोमबार राति निधन भएका कोइरालाको शव मंगलबार िबहान महाराजगञ्जबाट लाजिम्पाट, लैनचौर, त्रिपुरेश्वर बल्खु हुँदै सानेपामा रहेको पार्टी कार्यालयमा ल्याएको हो। कोइरालालाई श्रद्धाञ्जली दिन अाजै उनको शव दशरथ रंगशालामा राखिने छ। 
७९ वर्षिय कोइरालाको सोमबार राति १२  बजेर ५० मिनेट जाँदा निधन भएको थियो। 




बिजयको खुसी साट्न नपाउँदै शोक


नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखामा सोमबार भएको निर्वाचनको मत परिणाम सार्वजानिक गर्नु र केन्द्रीय सभापति सुशील कोइरालाको निधनको खबर बाहिर आउनु एकै समयजस्तो भयो। चार जना उमेद्वारबीच सभापति पदका लागि निर्वाचन भएको र कसले निर्वाचन जित्ला भन्ने चासो बढेपछि नेता, कार्यकर्ताहरु चासोपूर्वक मत परिणामको सुन्न प्रतिक्षारत थिए। 
 
३७३ मतसहित हरिबहादुर घले अर्को कार्यकालका लागि पनि सभापति निर्वाचित भए। निकटतम प्रतिद्वन्द्वी पूर्व सचिव किरणबाबु श्रेष्ठ, ईश्वर पाण्डे र फणिन्द्र धिताललाई पछि पार्दै घले सभापतिमा बिजयी त भए तर खुसी साँटासाँट गर्न पाएनन्। मंगलबार बिहान दुई बजेसम्म केन्द्रिय सभापतिको निधन भएको खबर नेता, कार्यकर्ताको कानमा पुगेको थियो। बिजयको खुसी साट्न नपाउँदै संस्थापन पक्षको प्रतिनिधित्व गर्दै बिजयी बनेका घले गहिरो शोकमा डुबे। 
 
सभापतिसहित सचिव र कोषाध्यक्ष पदमा संस्थापन (कोइराला) र देउवा पक्षका नेताहरु चुनावी प्रतिस्पद्र्धामा थिए। सभापतिमा उठेका श्रेष्ठले १५५ मत प्राप्त गरे भने पाण्डेले १२९ मत प्राप्त गरेका छन्। धितालले ५७ मत मात्रै प्राप्त गरे। उनीहरु मध्ये घले र श्रेष्ठ संस्थापन, पाण्डे र धिताल देउवा पक्षका मानिन्थें। चार जनाबीच चुनावी प्रतिष्पर्धा भएको र भोट बाँडिने आँकलन गर्दै सभापतिका लागि फेरि निर्वाचन गर्नुपर्ने अनुमानका बीच घले सभापतिमा बिजयी भएका थिए। 
 
सचिव पदमा २९१ मतका साथ पूर्णबहादुर दाहाल निर्वाचित भए। उनका प्रतिस्पर्धी निवर्तमान नगर सभापति राजनराज पन्तले २७० मत ल्याए भने, जिल्ला सदस्य रहेका रामशरण अधिकारीले ८४ मतका साथै तारानाथ पुडासैनीले ४९ मत प्राप्त गरे। सचिव पदमा संस्थापन पक्षका दाहाल बिजयी भए। कोषाध्यक्षमा २५९ मतका साथ पूर्वसहसचिव कृष्णबहादुर आले निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी चेतबहादुर अधिकारीको भन्दा ३ मत बढी ल्याए भने अर्का उमेद्वार बलराम खड्काले १७४ मत ल्याएका हुन्।
 
अधिवेशनले जिल्ला कार्यसमितिका २१ सदस्य पनि निर्वाचित गरेको छ। निर्वाचन क्षेत्र नम्वर १ मा महिलातर्फ ललिता अधिकारी र बिना श्रेष्ठ, २ मा मीना अधिकारी र गौरीमाया तामाङ निर्वाचित भइन् भने क्षेत्र नम्वर ३ मा फूलमाया गुरुङ र अम्बिकादेवी थापा निर्विरोध चयन भए। आदिवासी जनजाति तर्फ क्षेत्र नम्वर १ बाट हिराबहादुर थापा, २ बाट भक्तबहादुर गुरुङ र ३ बाट टिकाराम गुरुङ निर्वाचित भएका हुन्। 
 
दलित कोटामा १ बाट लालबहादुर विक, २ बाट जोगबहादुर कोइराला र क्षेत्र नम्वर ३ बाट संगीता सुर्खेती निर्वाचित भए। अल्पसंख्यक तर्फ क्षेत्र नम्वर १ बाट सलाउद्धिन मिया र ३ बाट लुत्रबहादुर बराम निर्वाचित भएको कांग्रेस गोरखाले जनायो। क्षेत्र नम्वर २ बाट मीना कुमाल थापा निर्विरोध चयन भइन् खुल्ला तर्फको २/२ सदस्यमा क्षेत्र नम्वर १ बाट नारायण लामिछाने र तोकमान श्रेष्ठ, २ बाट रामप्रसाद भण्डारी र भेजराज पाण्डे निर्वाचित भएका छन्। 
 
क्षेत्र नम्वर ३ को खुल्ला तर्फ राजु गुरुङ ११८ मतका साथ निर्वाचित भए। अर्का सदस्यमा सन्तोष गुरुङ र तान्द्राङका ठाकुर भट्टको बराबर ९५ मत प्राप्त भएको निर्वाचन अधिकृत परशुराम घिमिरेले बताए। निर्वाचन मण्डलले उनीहरुमध्ये कसलाई कुन विधि अनुसार विजेता चयन गर्ने भन्ने टुंगोपछि लगाउनेछ। कुल ७७२ मतदातामध्ये ७३२ जना मतदानमा निर्वाचनमा सहभागी रहे। 
 
पार्टी सभापतिको निधनको खबर पाएका केन्द्रीय, जिल्ला र गाउँस्तरका कार्यकर्ता बिहानै राजधानी फर्किसकेका छन्। सभासद चीनकाजी श्रेष्ठ, कमला पन्त, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेसहित जिल्लास्तरका नेता, कार्यकर्ता राजधानी गइसकेका छन्।

राजनीतिमा सुशीलका सात दशक



सादगी सुशील कोइराला ६ दाजुभाइ र ६ दिदीवहिनीको परिवारमा हुर्किए। तर उनी आफैंले भने परिवारको संख्या बढाएनन्। उनले अविवाहित जीवन नै रुचाए।
 
पारिवारिक थातथलो नेपालगञ्ज भएपनि सुशील विराटनगरमा जन्मिए। अध्ययन गर्न वीरगञ्ज पुगे। त्यहाँस्थित ठाकुरराम हाइस्कुलमा अध्ययन गर्ने क्रममा उनी २००७ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनबाट राजनीतिमा लागे। त्यसयता उनले राजनीतिबाट कहिल्यै विराम लिएनन्। पिता बोधप्रसाद सरकारी डी एफ ओ भएकाले उनी कहिले नवलपरासी पुगे, कहिले पाल्पा पुगे।
 
तर जहाँ पुगे त्यहाँ पार्टीको संगठन विस्तारमा लागे। काँग्रेसका संस्थापक नेता विपी कोइरालाको संगतबाट पार्टी काममा लाग्न हौसिए। तर २०१७ सालमा तत्कालीन राजा महेन्द्रले १० वर्षे प्रजातन्त्रलाई अपदस्थ गरेपछि सुशील मुलुकको राजनीतिक अवस्थाबारे पार्टी नेता सुवर्ण शमशेरलाई जानकारी गराउन भारत गए। र, भारतमा २० वर्ष निर्वासित जीवन विताए। भारतमै रहँदा उनी विमान अपहरण काण्डमा संलग्न भए। त्यसवापत उनी तीन वर्ष जेल परे।
 
तत्कालीन राजा महेन्द्रले २०३७ सालमा जनमत संग्रहको घोषणा गरेर आममाफी दिएसँगै उनी गिरिजाप्रसाद कोइरालासँगै स्वदेश फर्किए। स्वदेश फर्किनासाथ वहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न लागे। तर वहुदलीय व्यवस्था भने उनी स्वदेश फर्किएको ९ वर्षपछि मात्र आयो। २०४६ सालमा वहुदलीय व्यवस्था आउनु पहिले नै उनले पार्टीको केन्द्रीय सदस्य तथा विदेश विभागको प्रमुखको जिम्मेवारी पाइसकेका थिए।
 
प्रजातन्त्र पुर्नबहालीपछि भएको पहिलो संसदीय निर्वाचनमा उनी आफ्नो गृहजिल्ला बाँकेबाट विजयी भए। नेपाली काँग्रेसको एकल नेतृत्वमा वहुमतीय सरकार गठन भएपनि सुशिल सरकारमा सहभागी भएनन्। सरकारमा सहभागी पार्टीका नेताहरु भ्रष्टाचारमा मुछिए। त्यसकै परिणाम २०५१ सालको मध्यावधि निर्वाचनमा काँग्रेस दोस्रो दलमा खुम्चियो, सुशीलले पनि पराजय व्यहोरे। मध्यावधि निर्वाचनमा पराजित उनी पार्टीको नवौं महाधिवेशनबाट महामन्त्री बने। २ वर्षमै पार्टी उपसभापतिमा बढुवा भएका उनी २०५६ सालको निर्वाचनमा सांसद् पदमा विजयी भए। काँग्रेसको एकल नेतृत्वमा फेरि पनि वहुमतीय सरकार गठन हुँदा सुशील सरकारबाट बाहिरै बसे।  
 
प्रजातन्त्र पुर्नबहालीदेखि  गणतन्त्र स्थापना हुनुअघिको अवधिमा काँग्रेसले सात पटक सरकारको नेतत्व ग¥यो। तर पार्टीको प्रवावशाली नेता भएर पनि सुशीलले सरकारमा जान आशक्ति देखाएनन्। बरु तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उपप्रधानमन्त्रीसहित मन्त्री बन्न गरेको प्रस्तावलाई अस्वीकार गरे। त्यागको राजनीति गरेका सुशील २०६७ सालमा सभापति चुनिए। उनकै सभापतित्वमा कांग्रेसले पहिलो संविधानसभाको हार विर्साइ दोस्रो संविधानसभामा २५ लाख १८ हजार ७ सय ३० मतसहित  १ सय ९६ सीट हासिल ग¥यो, उनी आफैं पनि चितवन ४ र बाँके ३ बाट निर्वाचित भए।
 
पार्टीलाई सबैभन्दा ठूलो दलको रुपमा उभ्याएको परिणाम पार्टीभित्र उनको वाहवाही भयो। र, वरिष्ठ नेता शेरबहादुर देउवाको चुनौती चिर्दै संसदीय दलको नेता हुँदै २०७२ साल माघ २७ गते उनी मुलुकको कार्यकारी प्रमुख बने। कार्यकारी प्रमुख बनेकै दिन उनले भने–एक वर्षभित्र संवधान जारी गरी संविधान जारी भएको भोलिपल्ट पद त्याग गर्छु। तर एक वर्षभित्र संविधान जारी हुन सकेन। संविधान नआएपछि सुशील सत्तामै रहे।
 
सत्तामा रहँदा सुशीलले पार्टीबाट सोचे अनुरुपको सहयोग पाउन सकेनन्। वरिष्ठ नेता शेरबहादुर देउवाले भागबण्डा खोजिरहे। सत्ता साझेदारी गरेको दोस्रो ठूलो दल नेकपा एमालेलाई पनि चित्त बुझाउनुपर्ने वाध्यता थियो। तर वाध्यताका बीच पनि क्यान्सर रोगबाट पीडित सुशिलले हार खाएनन्। अमेरिका गएर उपचार गराए। क्यान्सरलाई पराजित गरे। उनले सल्लाहकारको समूह गतिलो नहुँदा तथा संयुक्त सरकारको सीमा रेखामा सीमित हुनुपर्ने अवस्थाले सरकारलाई प्रभावकारी बनाउन सकेनन् तर संविधानमा सबैजसो दललाई सहमत गराए। र, असोज ३ गते नेपाली जनताको सात दशक लामो चाहना पूरा गरेर देखाए। इमान्दार, सरल जीवन शैली भएका र त्यागी नेताको छविका सुशीलले संविधान जारी गरेर आफ्नो उचाइ अझ बढाए।
 
यद्यपि, सानो समूह बनाएर रणनीति बनाउने स्वभाव नत्यागेको तथा संविधान जारी भएपछि प्रधानमन्त्री पद्मा पुनः उम्मेद्वारी दिएको विषयलाई लिएर भने उनको आलोचना हुने गरेको छ। पार्टीको १३ औं महाधिवेशनबाट सभापतिमा फेरि दोहोरिने आशयका अभिव्यक्ति दिदै आएका सुशिल महाधिवेशन आउन २४ दिन बाँकी रहँदा संसारबाटै बिदा भए। उनको निधनमा सिंगो मुलुक शोकमा डुबे पनि ओछ्यान नपरी, कसैलाई सास्ती नदिइ मृत्युवरण गर्नुलाई भने इमान्दारी, निष्ठा र सादगी जीवनको प्रतिफलका रुपमा लिइएको छ।