Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Showing posts with label लेख/रचना. Show all posts
Showing posts with label लेख/रचना. Show all posts

Mar 19, 2016

को थिए बेलायत पुग्ने पहिलो नेपाली ?
सन् १८५० मा जंगबहादुर राणा बेलायत गएका थिए । उनीसँगै ठूलो टोली थियो, २५ जनाको । त्यति बेला बेलायतीहरूका लागि जंगबहादुर ठूलो सनसनी सावित भएका थिए । द टाइम्सले लेखेको थियो, ‘महारानीसामु प्रस्तुत हुने उच्च जातिका हिन्दु उनी नै पहिलो हुन् ।’

यस्तै भनिएको छ, दक्षिण एसियाबाटै बेलायत भ्रमण गर्ने जंगबहादुर पहिलो उच्च पदका व्यक्ति थिए । सबै स्रोत यस्तै भन्छ । त्यो अर्थमा सबैले मान्ने गरेका छन्, जंगबहादुर नै बेलायत पुग्ने पहिलो नेपाली हुन् । तर, होइनन् । इतिहासमा भेटिएको नवीनतम तथ्यले भन्छ, उनीभन्दा अगाडि कोही अर्कै नेपाली बेलायत पुगिसकेका थिए ।

त्यही तथ्यअनुसार ऐतिहासिक घटनाको यसरी कल्पना गर्न सक्छौं । जंगबहादुर र उनको टोलीले बेलायतमा खुबै मोजमस्ती र घुममाम गर्‍यो । यस्तै कुनै दिन उनी लन्डन घुमिरहेका थिए । उनले बाटोमा भेट्टाए, आफूजस्तै नेपाली । आफूजस्तै नेपाली बोल्ने मोतीलाल सिंह । जंगबहादुर कति उत्साहित भए होलान् रु मोतीलाल कति खुसी भए होलान् रु उनीहरूले कसरी कुराकानी सुरु गरे होलान् रु त्यो कल्पना नै अविश्वसनीय छ ।

जंगबहादुरको बेलायत भ्रमणबारे धेरै लेखिएका छन् । अहिले पनि त्यसबारे लेख्ने क्रम जारी छ । तर, त्यसै भ्रमणमा छुटेको एउटा ठूलो तथ्य हो, रहस्यमय मोतीलालबारे । सुरुमा भनिएको थियो, उनी भारतीय हुन् । नेपालका धेरै ऐतिहासिक पात्रलाई विदेशमा भारतीय भनेर लेखिएका छन् । धेरैले मोतीलालबारे यस्तै सम्झे र बुझे । त्यो भ्रम थियो । ‘अहिले प्राप्त तथ्यले हामी के निश्चित ठोकुवा गर्न सक्छौं भने मोतीलाल नेपाली नै हुन् । यसमा अब कुनै विवाद रहेन,’ मोतीलालबारे अनुसन्धान गरिरहेका मानवशास्त्री कृष्णप्रसाद अधिकारी भन्छन् । उनी अक्सफोर्ड युनिभसिर्टीका रिचर्स फेलो हुन् ।

मोतीलालबारे नयाँ जानकारी प्राप्त भएपछि उनी खुबै रोमाञ्चित छन् । पछिल्लो समय जंगबहादुरको बेलायत यात्राबारे अनुबन्धन गरिरहेका पश्चिमेली विद्वान् हुन्, जोन ह्वेल्टन । ‘जंगबहादर इन युरोप, द फस्ट नेपलिज मिसन टु वेस्ट’ उनको चर्चित पुस्तक हो । त्यसमा मोतीलालबारे उल्लेख छैन । तर, अब ह्वेल्टन पनि आफ्नो पुस्तकको नयाँ संस्करणमा मोतीलालको अध्याय थप्ने क्रममा छन् ।

मोतीलालबारे सबैभन्दा पहिले उल्लेख गर्ने विश्व पौडेल हुन् । उनले हिमाल खबर पत्रिकामा ‘बिर्सिएका मोतीलाल’ भनेर लेखेका थिए । त्यसलाई पढेर अनुसन्धानकर्ता अधिकारी खुबै दंग गरे । अनि, पछ्याउन थाले, इतिहासमा रहस्यमय रहेका मोतीलाललाई । सन् २००८ मा बेलायतमा रहेका नेपालीले ठूलो रकम खर्च गरेर मोतीलालबारे अनुसन्धान सुरु गरेका थिए ।

बेलायतमा अचेल एक लाख नेपाली छन् । सायद योभन्दा पनि बढी । यी नेपालीलाई बेलायतमा आफ्नो उपस्थिति जनाउन यस्तो ‘आइकन’ व्यक्तित्व चाहिरहेको थियो, जसबारे उनीहरूले गर्व गर्न सकुन् । उनीहरूका लागि त्यति बेला खुसीको सीमा रहेन, जति बेला मोतीलाल बेलायत पुगेका पहिलो नेपाली हुन् भन्ने तथ्य प्राप्त भयो । अरू नयाँ तथ्य प्राप्त नभएसम्म कम्तीमा अहिलेका लागि उनी नै बेलायत पुगेको पहिलो नेपाली हुन् भनेर दाबी गर्ने स्थिति छ ।

मोतीलालबारे प्राप्त सबैभन्दा ठूलो तथ्य हो, उनले आपैंmले लेखेको लेख । त्यो लेख सन् १८५० जुलाइको ‘न्यु मन्थली म्यागजिन’ मा प्रकाशित भएको थियो । त्यसमा उनको लेखको शीर्षक थियो, ‘लन्डनमा नेपालीको विवरण’ । उनलाई अंग्रेजी भाषाको राम्रै ज्ञान थियो । त्यसैले उनी अंग्रेजीमा लेख्ने पहिलो नेपाली पनि हुन् । पत्रिकाको ‘आर्काइभ’ बाट केही समयअगाडि मात्र त्यो लेखबारे थाहा भएको हो ।

मोतीलाल लन्डनमा सडक सफा गर्दै पैसा थापेर जीविकापार्जन गर्ने कुचीकार थिए । यस्तालाई ‘क्रसिङ स्विपर’ भनिन्थ्यो । भिक्टोरियाको जमानामा लन्डनमा माग्नेहरू थुप्रै हुन्थे । त्यसरी माग्नेभन्दा बाटो सफा गरेर ओहोरदोहोर गर्नेको मन जितेर पैसा माग्नु राम्रै थियो । उनले त्यस लेखमा आफूबारे पनि जानकारी दिएका छन् । उनले आफ्नो लेखमा सम्भावित नेपाली पाठकलाई लिएर उही बेला लेखेका छन्, ‘मेरा टाढा रहेका देशबासीले थाहा पाउन ।’

लेखमा उनीबारे लगभग यस्तो उल्लेख छ, ‘म मोतीलाल सिंह नेपालको भादगाउँ भन्ने ठाउँमा जन्मेको हुँ । यो राजधानी काठमाडौंबाट धेरै टाढा छैन । त्यो बेला गीर्वाण महाराजा थिए । यसैबीच नेपालले अंग्रेज अधीनस्त भारतसँग युद्ध गर्ने फैसला गर्‍यो । यति बेलासम्म मैले २० कृष्णपक्ष बिताइसकेको थिएँ । गोरखाको एउटा जाति भएको नाताले त्यो युद्धमा मलाई पनि पठाइयो । घमासान युद्धमा म घाइते भएँ र मलाई युद्धबन्दी बनाइयो ।

अभिशप्त र अपहेलित म पछि जित्ने सेनामै भर्ना भएँ र उनीहरूले जस्तै लड्न र अंग्रेजी बोल्न सिकें । जति बेला शान्तिका दिन आए, म आफ्नो मातृभूमिभन्दा धेरै टाढा कलकत्ता सहरमा बसिसकेको थिएँ । त्यहाँ मैले एक महिलालाई आफ्नो श्रीमती छानें । हाम्रा थुप्रै बालबच्चा भए । एउटा पानीजहाजको अंग्रेज कप्तानले सुन दिने लोभ देखाएको कारण मैले धेरै हन्डर खानुपर्‍यो । यात्राको क्रममा जम्मा गरेका सबै रुपैयाँ पनि हराएँ ।

केही समयपछि म लन्डनका चिसा सडकमा भोकै तिर्खाउँदै र जाडोले काँप्दै बिताएँ । पछि मैले सेन्ट पउल चर्चको पूर्वपट्टि पैदलमार्गमा हातमा कुचो च्यापेर खडा हुँदै जीवन गुजारा गरें । अन्त्यमा मेरा देशवासीसँग मेरो जम्काभेट भयो । ममाथि महामहिम जंगबहादुरको नजर पर्‍यो । उनको दयाको कारण मेरी श्रीमतीले कुरिरहेको त्यो भूमिमा फर्कने सुनौलो सम्भावना पलाएको छ । आशा छ, उनी बाँचिरहेकी होलिन् ।’

अधिकारीले पछि मोतीलालबारे सानो पुस्तक पनि तयार पारेका छन्, ‘मोतीलाल सिंहको रहस्यमय जीवन र उनको ऐतिहासिक आलेख’ । अधिकारीका अनुसार जंगबहादुरलाई भेट्दा मोतीलाल सम्भवतस् ५६ वर्षका थिए । त्यति बेलाको चलनचल्तीअनुसार उनले आफ्नो नाम भने ‘मुतिलोल सिङ’ लेखेका छन् । उनले आफ्नो लेखमा जंगबहादुरको बेलायत यात्राबारे लामो विवरण तयार पारेका छन् ।

द इकोनोमिस्टले सन् १८५० को जुलाई १ मा कतिसम्म लेखेको छ भने, ‘महामहिम नेपाली राजदूतले यी हिन्दु कुचीकारलाई उद्धार गरे र यिनको भाग्य चम्किएको छ । उनी नेपाली टोलीसँग दुई महिनाको बसाइमा दोभाषे बन्नेछन् । यिनी हरेक बिहान उनीहरूसँगै सुन्दर हिन्दु पहिरनमा ठाँटिएर हिँड्छन् ।’ अरू धेरै पत्रिकाले उनको नाम उल्लेख नगरे पनि सबैले ती प्रख्यात हिन्दु कुचीकारलाई लन्डनमा देखेको हुनुपर्छ भनेर लेखेका छन् ।

अब प्रश्न उठ्ने गर्छ, के ती मोतीलाल आफ्नो घर फर्कन सफल भए त रु उनको लेखमै पनि नामअगाडि ‘लेट क्रसिङ स्विपर’ जोडिएको छ । त्यसको अर्थ, जंगबहादुरको भ्रमणलगत्तै उनको मृत्यु भएको थियो अथवा उनले त्यो पेसा छाडे, त्यसैले उनी भूतपूर्व कुचीकार भए त रु यसको दुवै अर्थ हुन सक्छ । अधिकारी उनीबारे थप अनुसन्धान गरिरहेका छन् । मार्च २३ मा लन्डनमा हुने इतिहासको एउटा ठूलो कार्यक्रममा उनी मोतीलालबारे पेपर पेस गर्दैछन् ।

अधिकारी सम्मिलित सेन्टर फर नेपाल स्टडिज यूकेले मोतीलालबारे वर्षमा एकपल्ट उनको सम्झनामा कार्यक्रम गर्ने सोच पनि बनाएको छ । यही संस्थाले नेपाल–बेलायतबारे स्नातकोत्तरमा शोध गर्नेलाई छात्रवृत्रि दिने पनि निर्णय गरिसकेको छ । नेपाल र बेलायतबीच सम्बन्ध स्थापनाको दुई वर्ष पुग्न लागेको समयमा मोतीलालबारे जानकारी आउनु अधिकारी ठूलै उपलब्धि मान्छन् । उनी थप्छन्, ‘मोतीलालको भक्तपुरस्थित परिवारका नयाँ पुस्ता अझै छन् होला, तिनलाई मोतीलालबारे केही थाहा छ त ?’ (कान्तीपुरबाट साभार ।।)

कथा ः होली र दिलौरी


हरिमाया भेटवाल
Harimaya 
सानो पसलमा ठूलो स्वरले रेडियो घन्काउँदै दिलौरी चुरोट बेच्छे दिनभरि । हक्की भएर बोल्ने मात्र नभई सुन्दर हुनाले पनि नरेखाल जति खर्लप्पै आउँथे दिलौरीको पसलमा । चुरोटको कमाल हो कि दिलौरीको रु नखानेहरू खान थालेका थिए भने खानेहरूले कोटा बढाएका थिए । दिलौरीलाई हेर्नकै लागि भए पनि चुरोट किन्न आउँथे नरेहरू ।

Mar 14, 2016

के त्यो भ्रष्टाचार होइन् ?


किन अन्याय र अत्याचार यहाँ ?
नुन् चुक हाले झैँ छ, व्यवहार यहाँ,
कुना, कन्दरा ठुला र गुफामा,
छ्याप्छ्याप्ती छाएको भ्रष्टाचार यहाँ ।
हो, मानिस समाजमा स्थापित हुन र समाज सरह बाँच्नका लागि आफ्नो आर्थिक अवस्था दरिलो र खदिलो बनाउन चाहान्छ । आफ्नो आर्थिक अवस्था बलियो र मजबुत पार्न शारीरिक एवम् मानसिक शक्ति खर्चेर आर्थिक अवस्था दरिलो बनाउनु स्रोह्रै आना ठिकै हो स्वाभाविक हो । यहाँ आफ्नो शारीरिक एवम् मानसिक शक्ति खर्चै नगरेर अरु कुनै व्यक्ति, समाज, संघ, संस्थाबाट फाईदा लिएर आफ्नो आर्थिक अवस्था मजबुत पार्नु दरिलो बनाउनु उचित ठहर्दैन् । ‘फुपुको धन मामाको श्राद्ध’ भने झैँ अर्थात कुनै एक वस्तुसँग साइनो गासेर फाइदा लिदैँ अर्काे वस्तुमा जोडेर उसबाट पनि फाइदा लिनु कस्तो व्यवहार हो ? हाम्रो समाजमा किन यस्तो मनस्थिती रहेको होला मान्छेहरुको ?
यो प्रसङ्ग हो, हामै्र समाजमा रहेका केही शिक्षितहरुको । हाम्रो समाजका केही शिक्षित मान्छेहरु कोही सरकारी कार्यालयमा कोही गैर–सरकारी कार्यालयमा आफ्नो ओहदा वा पद अनुसारको काम गरिरहेका छन् । यी सरकारी वा गैर–सरकारी संघ–संस्थाको नियम कानुन मुताविक काम गरे वापत ति काम गर्ने कामदार वा कर्मचारीहरुको जीवन जीउन पद अनुसार वा तह अनुसार पारिश्रमीक दिने व्यवस्थाको  साथै, उनीहरुलाई काम गर्न हौसला बढाउन थप सेवा सुविधा दिएको छ । अझै पनि पारिश्रमीक एवम् थप सेवा सुविधा पाएका ति संघ–संस्थामा काम गर्ने कामदार वा कर्मचारीहरुले फाइदा लुट्न्  र मोज मस्ति गर्नु ति सरकारी कार्यालय, गैर–सरकारी कार्यालय वा संघ–संस्थामा आफ्नो कामको लागि आउने सेवाग्राहीको छिटो छरितो काम गर्न केही यातायातका साधनहरुको व्यवस्था गरेको हुन्छ । तर, ति साधनहरुको सदुपयोग भन्दा दुरुपयोग बढी हुने गरेको देखिन्छ । सरकारी एवम् गैर–सरकारी संघ–संस्थाको कामकाजको लागि तोकिएको समयमा मात्रै ति यातायातका साधनहरु प्रयोग गर्नुपर्ने हो, तर त्यहाँ काम गर्ने कामदार वा कर्मचारीहरुले आफ्नै मनोमानि ढंगले निजी स्वार्थको लागि ति यातायातका साधनहरुलाई दुरुपयोग गरिरहेका छन् ।
सुर्खेत जिल्लाकै उदारण लिऊँ । यस जिल्लामा रहेका सरकारी वा गैर–सरकारी संघ–संस्थामा यातायातका साधन छन् । जस्तै, कार, जीप र मोटरसाईकलहरु यिनी साधनहरुलाई त शनिवार वा अन्य विदाको दिनमा कार्यालयमा नै राख्नुपर्ने हो नी ? वा हाकिम कै क्वाटरमा राख्नुपर्ने हो नी ? त्यसो नभई शनिवार वा अन्य विदाको दिन पनि प्रयोग गरिरहेका देखिन्छन् । ति सरकारी वा गैर–सरकारी संघ–संस्थामा काम गर्ने कर्मचारीहरुले देउती बज्यैँ दर्शन गर्न, उत्तरगंगामा रहेको जलेश्वर महादेवको दर्शन गर्न, लाटिकोइमा अवस्थित शिव मन्दिरको दर्शन गर्न र काँक्रेविहारका भग्नावशेष हेर्ने ति सरकारी वा गैर–सरकारी यातायातका साधनहरुलाई आफ्नो निजी साधन झै ठानेर गुडाई रहेका हुन्छन् । यति मात्र कहाँ हो र सरकारी साधन एक मुठि खोले साँग किन्न, एक दाना व्रोइलर कुखुराको अण्डा किन्न वजारका गल्ली गल्लीमा गुडाई रहेका हुन्छन् । के कति साधनहरु संघ–संस्था वा कार्यालयको कामको लागि कम प्रयोग गर्ने र कर्मचारीहरुको मोजमस्तिको लागि बढी प्रयोग गर्नु भन्ने माथिल्लो निकाय वा राज्य सञ्चालनको निर्देशन होला त ? यति यो हो भने भाग्यमानी हुन् ति सरकारी वा गैर–सरकारी संघ–संस्थामा काम गर्ने कामदार वा कर्मचारीहरु यति होइन् भने किन त ती यातायातका साधनहरुलाई विदाका दिनमा पनि प्रयोग किन गर्छन् । एक मुठि खोले साँग किन्न जाँदा पनि किन सरकारी साधनको प्रयोग हुन्छ ? यसरी ति यातायातका साधनहरुलाई प्रयोग गर्नु यो के भ्रष्टाचार होईन र ? के सगरमाथाको चित्र अंकित नोटका विटा समात्ने भष्ट्रचारीहरुलाई कार्वाही गरे झैँ यी सरकारी वा गैर–सरकारी कार्यालय वा संघ–संस्थामा रहेका यातायातका साधनहरुलाई कार्यालयका काम वाहेक निजी कामको लागि प्रयोग गर्ने कर्मचारीलाई कानुनको दायरमा ल्याए सकिदैन ? आम जनमानसमा यस्तै धारण उब्जेको छ । खोही कहाँ निदाएको छ अनुगमन र नियमन गर्ने निकाय ? 
                                                                                               कर्णबहादुर बोहरा

Feb 8, 2016

सोनाम ल्होछार, शुभचिन्तकमा शुभकामना


  शान्ती तामाङ्ग
          नेपाल एक बहुभाषिक, बहुधार्मिक, बहुसाँंस्कृतिक र बहुजातीय विविधता यूक्त विषेशता र संस्कार भएको मुलुक हो । हाम्रो देश नेपालमा विभिन्न जातजातिहरु बसोबास गरी आईरहेको सबैलाई छर्लङ्गै छ । आदिम कालदेखि वसोवास गर्दै आइरहेको विभिन्न आदीवासी जनजाती मध्येमा तामाङ्ग, जाती मुल आदिवासी जनजातीको रुपमा मानिन्छ । यस जातिको आफ्नै किसिमको मौलिकता छ । तामाङ्ग जातीहरु अरु जाती भन्दा भिन्न छ किनभने तामाङ्ग जातीको आफ्नै किसिमको चाडपर्वहरु छन् । जस अनुसार तामाङ्ग जातीहरुको मुल पर्वको रुपमा सोनाम ल्होछार पर्व मनाईन्छ । नेपालमा मुलभुत रुपमा तीन किसिमको ल्होछार मनाईन्छ । पहिलो तोला ल्होसार, दोस्रो सोनाम ल्होछार र ग्याल्वो ल्होछार । हाल नेपालमा मनाङ्गे ह्योल्मोली, शेर्पा, थकाली आदी जातीहरुले ग्याल्वो ल्होछारपर्व मान्छन् । भने तामाङ्ग जातिले सोनाम ल्होछारपर्व मान्ने गर्दछन् । यो पर्व प्रत्येक वर्षको माघ शुक्ल पक्षको पहिलो प्रतिप्रदाका दिन मनाइन्छ । यसको पाँचैं दिनपछि पञ्चमि वा सरस्वती पुजा (बसन्त पञ्चमी) पर्ने गर्दछ । तामाङ्ग जातिले मान्ने सोनाम ल्होछार बाहेक तोला ल्होछार मान्ने जातजाति पनि छन् । तर, यसलाई विश्लेषणको रुपमा ल्याउन मैले उचित ठान्दिन् । त्यसो गर्नपनि हुदैँन् । संसारभरी एकै उत्सव वा पर्वको रुपमा मनाइआएको ल्हो फेरिने परम्पराको प्राम्भर उत्पति र विकासको गहन पुर्वक अध्यान विना हामीले तामाङ्गको छ्याल्योको गुरुङ्गको शेपा, तिब्वतीको या चिनको भन्ने र मेरो यति हजार हजार वर्ष पुरानो, मैले मानेको ल्होछार चाही ठिक हो । भन्ने तर्क वितर्कको श्रजना गर्नु मेरो विचारमा गलत हो । किनकी ल्हो भनेको वर्ष हो । छार भनेको नयाँ हो । यसलाई ल्होछार वा नयाँ वर्ष भनेर भनिन्छ । यो नयाँ वर्ष ल्होछार पर्वको परम्परा विश्वभरी प्रचलनमा रहेको चन्द्र नयाँ वर्ष अथवा चन्द्र वर्ष र चन्द्र मासको आधारमा प्रचलिन पश्चिमी ग्रगोरिएन र भारतीय काल चक्र अथवा चन्द्र तथा सौर्य पात्रोसँग मेल खान्छ । साल, संवत्, वर्ष, महिना, दिन, रात, फेरिने कुरा आधुनिक र वैज्ञानिक भाषामा खगोल शास्त्र र ज्योतिष विज्ञानसँग गाँसिएको कुरा हो । ज्योतिष विज्ञान कुनै जाती वा समुदायको भन्ने हुदैँन त्यसैले चन्द्र पात्रोको नयाँ वर्ष अथवा ल्होछो फेरिने परम्पराको आफ्नै छुट्टै मुल्य र मान्यता छ । यहि मान्यताले विश्वभर चन्द्र नयाँ वर्षको उत्सवका रुपमा मनाईन्छ । तामाङ्ग जातीको यो सोनाम ल्होछारको पर्व तामाङ्ग जातीले आफ्नो बोल्ने भाषाबाट ल्होछार भनिन्छ । यहाँ ल्हो शव्दको शाव्दिक अर्थ परम्परागत रुपमा प्रचलनमा रहेको विभिन्न १२ वटा जीवजन्तुको नामाकरण गरिएको वर्ष चक्रलाई बुझाँउदछ । जसलाई ल्हो खोलो वर्ष चक्र भनिन्छ १२ वर्ष चक्र ल्हो खोलो मा निम्न अनुसारको जीवजन्तुहरुको नामाकरण गरिएको छ । मुसा, गोरु, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बादर, चरा, कुकुर बँदेल यसलाई हाम्रो भाषामा जीवा, लाङ, ताम, छ्योई, ढुक, दुल, ताक, लुक, डे, झैयर, रियो, फाक भनिन्छ । यसलाई १२ वर्ष चक्र ल्हो खोर च्याअीनी पनि भनिन्छ । ल्होले साल र सम्वत् उमेर पनि बुझाउँछ । डिल्लीसँग गुरुङ्गको तमु नेपाली अँग्रजी शव्दकोष अनुसार गुरुङ्ग भाषामा पनि ल्होले वर्ष वा वर्गलाई छार ले नयाँ हो भन्ने बुझाउँछ । यी दुई शब्दावली मेलि ल्होछार शब्द नै नयाँ वर्ष हो भन्ने बुझाँउछ । तामाङ्ग भाषामा ल्होले वर्ष पोवा फेरिनु अर्थात ल्हो पोवा वर्ष फेरिनु र छार नयाँ दिङ, साल अर्थात् छार दिङ नयाँ साल भन्ने बुझाउँछ । तामाङ्ग भाषामा ल्हो छोवा ल्हो पोवा र छार दिङ भनिन्छ । त्यसैगरी १२ चन्द्र महिनाको नाम आफ्नै भाषामा नामाकरण गरिराखेको पाइन्छ । तामाङ्ग भाषामा चन्द्रमालाई लाङ्गी भनिन्छ । चन्द्रमा लानिबाटे तामाङ्ग भाषामा महिनालाई ला भनिन्छ । ति हुन् खोला, वेतेला, नाम्दुङ्गा, दुगुला, डोवाफ्रेला, ठ्याल्वोला, गोनेला, यान्देला, म्हेनीङ्ला, सेरातिला, वोअीनायाला, तापाला हुन् । चन्द्रवर्षको तामाङ्ग पहिलो महिना खोला हो । यो तामाङ्ग चन्द्र महिनाको पहिलो दिनलाई नै तामाङ्गहरुको वर्षारम्भको दिन मान्दछन् । अर्थात् १२ औं चन्द्र महिना तापाला सकेर नयाँ चन्द्रमा उदाँउने दिनबाट ल्हो फेर्दछ । तामाङ्ग चन्द्र महिनाको प्राम्भ दिनबाट माघ शुक्ल पक्ष प्रतिपदा परेवा हो जसलाई छेपागी भनिन्छ । त्यसरी नै तामाङ्ग चन्द्र महिनाको अनितम दिन आंैसी हो । जसलाई दोम्पा भनिन्छ । ल्होछारको समयमा गाँउ टोल बाटो घााटो आगन चौतारा, सफासुगर र लिप पोत गर्दछन् । खानपीनका लागि आवश्यक सामग्रीहरु तयार पार्दछन् । अन्तिम ल्होछारको दिन हरेक परिवारले कुलदेवताको थान वा देवीदेउताको थानमा आगामी वर्ष खेतीबाली राम्रो होस् भनि प्रार्थना गरी विऊविजन पानीमा भिजाई टुसा उमार्ने गर्दछन् । त्यसैगरी गुम्बामा गई वत्तिबाल्नु प्रसाद चढाउनुका साथै दिउँसोमा सञ्चालन हुने उत्सवमा भाग लिन्छन् । लामाहरुले मार माथि सत्यको विजय देखाउने खालका मुकुण्डो नाँच देखाउने गर्दछन् । ल्होछारको दिनमा मुलतः छो चढाउने दर्जु उठाउने र आर्शीवाद र शुभकामना लिने दिने काम गर्छन् । ल्होछार पश्चात् उक्त चाडलाई हर्श उल्लास पुर्वक सम्पन्न गर्न मान्यजन नातागोता, कुलकुटुम्व, इष्टमिट्र सबै सँग भेटघाट गरी टिका लगाई खादा सहित शुभकामना आदान प्रदान सहित गच्छे अनुसार भोजभतेर गर्दछन् । विशेषत खाद्य परिकारहरु दुचि, छेमार, खाम्से, वाल्दु, आलुम, वावर, कन्दमुल, फलफुल, माछा, मासु र गुथुक खाने गर्दछन् । यसरी नै हामी तामाङ्ग जातीहरुले लहोछार पर्व मनाउने गर्दछौं । यस वर्ष हामी तामाङ्ग जातीहरुले महान साँस्कृतिक पर्व मञ्जुश्री सम्वत् २८५२ आंै सोनाम लहोछार (टे ल्हो÷बाँदर वर्ष) मनाउदैँ छौ । अन्तमा ल्होछार पर्व को अवसरमा सम्पुर्ण तामाङ्ग बन्धुहरु तथा सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक शुभकामना ।

Feb 4, 2016

नयाँ शक्तिको अपरिहार्यता


मानसिंह ठकुरी        
                                
सक्छौ गर, सक्दौनौं नबिगार, जब जब मानिस अगाडी बढ्न सक्दैन् त्यसपछि अरुको इष्र्या गर्न थाल्छ । डा.बाबुराम भट्टराईले भर्खरै माघ १० मा नयाँ शक्तिको अन्तरिम केन्द्रिय परिषद् सार्वजनिक गरे । लोकतन्त्र राष्ट्रिय एकता प्रगतिशील राष्ट्रबाद सुशासन, समावेशीता, समृद्धि र समाजबादको अवधारण आत्मसाथ गर्दै नयाँ शक्ति अगाडि बढ्ने मुलुकको राजनीतिलाई जन उत्तरदायी, रचनात्मक, सुशासित, र सद्भाव पूर्ण बनाउन नयाँ शक्ति निमार्ण गरिएको स्पष्ट भयो । यति हँुदाहुदैँ पनि विभिन्न पत्रपत्रिकामा भट्टराईको यात्रा आफैमा चुनौतीपुर्ण छ भन्ने खालका टिकाटिप्पणी शुरु भएका छन् । मानिसलाई भ्रम नहोस् कि बाटोले के हो भनेर बाटो स्पष्ट देखिएको छ । लक्ष्मी र सरस्वतीसँगै नबस्नेलाई सँगै बसाल्ने प्रयोगात्मक अभ्यासमा अठोटका साथ लागेको देखिन्छ । डा. बाबुरामको विशिष्ठ र विषय विज्ञ क्षमतावान मानिसले नयाँ पाठ्यक्रम निर्माण गर्नु नै पर्छ । त्यसैको रुप हो नयाँ शक्ति । कुनै पनि कर्मचारी आफ्नो पेशाबाट समय अवधि पूरा गरि वाहिरिन्छ । त्यो त समयको माग हो । त्यसलाई बिग्रीएको भनिदैँन् । यसमा सबैले राम्रो गरेर निस्केको भन्ने हैन् । नराम्रो पनि पक्ष हुन्छ तर, आफ्नो कार्यभार भने पुरा गरेरै आएको भने र भन्न सकिन्छ । त्यसै गरी बाबुरामले पनि आफ्नो जनयुद्धको कार्यभार त्यो पुरानै घरबाटै भएपनि संस्थागत गर्दै बाँकी रहेका कार्यलाई र नयाँ युगका नयाँ मान्छेलाई आवश्यकता पुरा गर्ने मनसायका साथ अवको आन्दोलन सडकमुखी नभई निर्माणमुखी आन्दोलन हुनेछ । नयाँ शक्तिको लक्ष्य विकास र समृद्धि बाबुरामले चुनौतीपुर्ण कदम चाल्नु अनौंठो होइन् विश्वास छ । परिश्रम र समयमाथि विजय पाउन सक्छ । भाग्यलाई चुनौती दिन सक्छ । मानवीय सभ्यातामा नयाँ आयाम थप्न सक्छ । विपन्नताबाट सम्पन्नतामा पुग्न अभावबाट पुर्णता तिर असफलताबाट सफलताको शिखरमा पुग्न आफ्ना महोत्वकांक्षालाई मुर्तरुप दिन चाहाने भए परिश्रम गर्नुपर्छ । आज बाबुराम परिश्रम गर्ने यात्रा गर्दैछन् । उनको विचार आफ्नो जीवन राजनीति परिश्रम नै हो । अथक प्रयास पछि माओवादी जनयुद्धलाई पराजयबाट रोक्दै २०६४ को चुवानमा विजयको उचाईमा पु¥याउँदै गर्दा यसरी मानिसको भिड भयो । तत्पश्चात विस्तारै असन्तुष्ट र असहमति बढ्दै गयो समयले यसरी दौडायो, लिकलिके दौड प्रतियोगिताबाट राजा छानिए जस्तै अहिले फेरी नयाँ शक्तिमा चुनौती र शंका गरिएको छ । एक थरीले नयाँ शक्ति ठिक भन्छ, अर्काे थरीले बेठिक भन्छ, भन्नेले जे भनेपनि यात्रामा सफलता पूर्वक हिड्नु छ । बाबुरामले नेपालमा राजनीति पाठ्यक्रम नयाँ लागु गर्नु छ  । यसका लागि माओवादी आएनन् कस्ता राजनितिक पृष्ट बोकेका मान्छे आए भन्ने भन्दा पनि नयाँ शक्ति भनेकै फरक–फरक विषय संगालेका मान्छेको शक्ति हो । फराकिलो सोच, फरक ढंगले हेर्न सक्ने सदस्यको यतिबेला नयाँ शक्तिले आवश्यक ठानेको छ । माआवादीबाट गएर बाबुराम कसरी नयाँ भए भन्ने प्रश्नहरु उठेका छन् । बाबुरामले बनाउने संस्था नयाँ हो । ‘शान्ति भनेको शिशिरको प्रहार हो, भने विकास भनेको बगैँचा हो किनभने शिशिरमा पानी नझरी वसन्तमा केही र कहिल्यै पालुवा आउँदैन ।’ माघ १२, १३ को भेला र १४ गते यूवाहरुले गरेको पत्रकार सम्मेलन पनि नयाँ शक्तिको पुष्ट्याई गरेको देखिन्छ । अहिलेका यूवाहरु देशको लागी ध्वंश होइन्, निर्माण गरेर अराजक होइन्, सिर्जनाशिल बनेर अरुबाट हैन् आफुवाट शुरुवात गरेर देश निर्माणमा जुट्ने प्रष्ट देखिन्छ । राजनीतिमा मान्ने र मनाउने होइन् । राजनीति त प्रतिस्पर्धामा उभिएको देखिन्छ । अहिलेको नयाँ शक्ति, देशभर आएको हलचल, विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । नेपालमा क्रियाशिल थुप्रै क्रियाशिल पार्टी होलान तर, ती आँखा सबैलाई हेर्न मान्ने हुने हुँदैन् । त्यो मान्छेको आँखा सबैलाई हेर्ने दृष्ट्रिकोण एकै प्रकारले होइन् । त्यो आँखाको विश्वास हुँदैन् । आँखा विश्वास तपाई हाम्रो जिव्रोले गर्ने भए स्वादलाई परिक्षण गर्दैन थियो । अहिले नयाँ पुस्ताको माग नै नयाँ शक्ति रुपान्तरण भएको देखिन्छ । सबै जँुटे बाबुरामकै पालामा छिटो भन्दा छिटो सकारात्मक परिवर्तन दिने नीति कार्यक्रम र नेतृत्वको निर्माण अवश्यक हुन्छ । बाबुराम कार्यकारी सत्तामा पुगेर पनि अहिले आफ्नो जिम्मेवारीलाई सफलता पुर्वक संचालन गर्दै देश निर्माणको दौडानमा छन् । हिजोको अवस्था परिवर्तनशिल छ । नयाँ शक्तिले खोक्रो नक्कली राष्ट्रबाद होइन्, प्रगतिशील राष्ट्रयताको पक्षपोषण गर्दै त्यसका निम्ती नेपाललाई दुई ठूला छिमेकी चीन र भारतबीच दुई ढुङ्गा बीचको तरुल होइन् । नेपाललाई गतिशील पुल बनाउने नीति लिनुपर्छ भन्ने आधार सहित देश भित्रको आन्तरिक राष्ट्रिय एकता बलियो पार्ने र आर्थिक रुपले समृद्ध बनेर विदेशी परनिर्भता र प्रभुत्व अन्त्य गर्ने नीति अनुसरण गर्ने देखिन्छ । सबै देशसँग पञ्चशीलताको आधारमा मैत्री पुर्ण सम्वन्ध कायम गरेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्नु नयाँ शक्तिले आवश्यक ठानेको छ । नयाँ शक्तिका अभियान्ता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भन्छन् आउनुहोस् अभियानमा सक्रिय सहभागि बनौं ! घरघरमा टोलटोलमा गाँउमा, शहरमा, क्याम्पसमा, फ्याक्ट्रीमा, कार्यालयमा देशमा र विदेशमा अर्थात हामी जहाँ–जहाँ छौं त्यहाँ नयाँ शक्तिबारे बहस छलफल गर्दै र सुझाव लिदैँ नयाँ शक्ति अगाडी वढिसक्यो । अव रोकेर पनि रोकिने देखिदैन् । नयाँ शक्ति अभियानमा सहभागि बनौं ! स्वाधिन, समृद्ध, समावेशी नयाँ नेपाल निर्माण गरौं ! भन्ने मुल नाराका साथ नयाँ शक्ति निमार्ण भैरहेको छ । माओवादी जनयुद्धमा जाँदा पनि धेरै मानिस घृणा गर्थे । विस्तारै समयले मानिसलाई माओवादीको आकर्षण बढ्यो, देशको पहिलो पार्टी भयो । आज नयाँ शक्तिलाई पनि विभिन्न कोणबाट व्याख्या र विश्लेषण गरेको भेटिन्छ । व्याख्या गर्नु कुनै दुःखद होइन् तर, व्याख्या र भविष्यवाँणी यिनै विश्लेषण सँग पनि गरिएको छ । व्याख्या र विश्लेषणसँग टुङ्गिएको छ नयाँ शक्तिको भविष्यवाँणी गर्ने बेला होइन् । यो समय नयाँ शक्तिको सदस्य बन्ने र बनाउने समय हो । नयाँ शक्ति एउटा पार्टी मात्र नभएर एउटा विशाल र दीर्घकालीन अभियान र आन्दोलन पनि हो । पुरानो शक्ति झंै नयाँ शक्तिमा नेता र कार्यकर्ता बिच श्रेणीगत विभेद हुने छैन् । खाली श्रम विभाजन भन्ने स्पष्ट छ । पुराँनो शक्तिमा झंै जागिरे व्यवसायीक मानसिकता नभएर स्वयंसेवी चरित्र र भाव हुने भन्ने देखिन्छ ।
(नोट ः साभार गरिएको लेख २२ गतेको काँक्रेविहार दैनिकमा प्रकाशित छ ।)

Jan 25, 2016

पुरानो पार्टी विशेषको पुर्नगठन होइन नयाँ शक्ति अभियान


   मान सिंह ठकुरी


वास्तमा कर्म गरे अवस्य फल प्राप्ति हुन्छ । प्रत्येक मान्छे आफ्नो भाग्य निर्माण गर्ने भाग्य निर्माता एवम आफ्नो भविष्य निर्माता स्वंयम ब्यक्ति आफै हो, भन्ने कुरा बिर्सन हुदैन जस्ले आफ्नो ब्यक्तिगत भाग्य मात्र होइन राष्ट्रकै भाग्य निर्माण गर्ने अभियानका डाःबाबुरामभट्टराइ पट्क पट्क जनताले गरेको परिवर्तनको संघर्ष जहानीय राणाशासन ,राजतन्त्रत्मक शासन प्रणाली संसदीय राजतन्त्र लगायतका शासन प्रणाली वाट देशले समृद्द र सुशासन प्राप्त गर्न सक्नु । समय फेरियो तर समाजका निर्मल सपनामा सजिएको जनताको आकांक्षा फेरी पनि निराशा र असन्तुष्टिको तरेलीमा वहकिरहेको छ ।
नेपाली समाजमा ब्याप्त रहेको वर्गिय,जातिय क्षेत्रीय ,लैगिक भाषिक सास्कृतिक अन्त्य गर्दै समृद्द देश सभ्य समाज सदाचारी र समर्पित शुशासन र सचनात्मक नेपाल र नेपाली वनाउने सपना अझै पुरा भएका छैनान । कुनै पनि शासन प्रणालीले कित जनताले जीवन फेर्ना सक्नु पर्छ कित राज्यको प्रणाली वदल्न सक्नु पर्छ । झन्डै अढाइ सय वर्ष सम्ंम नेपालमा रहेको सामन्त वादी संस्कार संस्कृति र परम्पराकै निरन्तरता दिने पार्टी वा प्रणालीले विकसित हनै पर्ने आजको आवश्यक्ता र बाध्यतालाई सम्वोधन गर्न सक्दैन । अहिलेका राजनितिक दलहरुको अभ्यास पुरानो भइसकेको हुनाले ७० वर्ष अघिको परिवेशमा स्थापित संस्था र संयन्त्रहरु देश र विश्वमा भएका परिवर्तन र विकास अनुसार फेरिनु आवश्यक थियो । तर यसो हुन सकेन । पछिल्लो चरणमा उदायका परिवर्तनका शक्तिहरु पनि कालन्तरमा पुरानै प्रणाली र संरचनामा विलिन हुन पुगेका छन । अहिले नेपालको गति हिनतालाई चिर्नु नेपालको सन्र्दभमा एक प्रगतिशील युगीन र अपरिहार्य बनेको पुरानो विचार बोकेर नयाँ अभियानमा होइन ७० वर्ष पुरानो निरंकुश राज्य प्रणाली बदल्दै लोकतान्त्रिक राजनीतिक परिवर्तन मुलत सम्पन्न भयो । संविधान बाट नयाँ संविधान बनाएपछि राजनीतिक परिवर्तनको एउटा कार्य भार पुरा भएको निष्कर्ष निकाल्दै परन्ततु अगाडि बढेको छ । अत्यान्त पिछडिएको आर्थिक सामाजिक र सास्कृतिक आधारवीच गम्भिर असन्तुलन कायमै छ । तसर्थ नयाँ शक्ति अवको कार्यभार आम नागरिक र राष्ट्रको समृद्दि र विश्व मंचमा प्रभावकारी पहिचान स्थापित गर्नु नै हो । नयाँ राजनीतिक संगठन गति र नेतृत्व चाहिन्छ ,जो काम पुराना राजनीतिक दल तथा नेतृत्व बाट प्राय सम्भव हुदैन,भन्ने कुराको निचोडकमा पुगेको छ, नयाँ शक्ति अभियान । पट्क पटक् प्रयोगात्मक परिक्षणले यो सिद्द भइसकेको छ । पुराना दलहरु खास समयमा खास प्रयोजनका लागि क्रियाशिल थिए ।त्यो समयमा ठिकै काम गरे त्यो समय परिवेश सरहाउँदो थियो । वर्तमान र भविष्यको नेपाली आवश्यक्ता पुरा गर्न सक्ने परिवर्तनको खास विन्दु र ऐतिहासिक आवश्यक्ताले नयाँ शक्तिको माग गरिसकेको स्पष्ट छ । तराईमा हालै भएको आन्दोलनलाई आफ्नै जनताको आन्दोलनका रुपमा बुझ्ने भन्दा पनि आरोपित गर्ने र घोषित–अघोषित राज्य संयन्त्र प्रयोग गर्नु दुखद कुरा हो । सवै खाले आन्दोलनलाई शान्तिपूर्ण पहलकदमी  र सम्बोदनको बाटोबाट समाधान खोज्नमा नयाँ शक्तिको प्रयत्न रहेको छ । आलोचना र जिज्ञासाहरु चौतर्फी नउठेकात होइनान पूर्व पार्टीको निरन्तरता मात्रै हुने होकी भन्ने जिज्ञासा एकातिर अर्को तिर मान्यताहरु छाडेर नयाँ कसरी बन्छ भन्ने चासो नभएको होइन । कुनै पनि सिद्दान्त आविस्कार विज्ञान संगत प्रमाणीत भएको छ भने त्यसलाई छोड्ने वा अँगालने  भन्ने कुरा हुदैन । डार्विनको जीव विकासको माकर््सको द्दान्द्धात्मक भौतिक वादी सिद्दान्त ,न्यूटनको गुरुत्वकर्षणको सिद्दान्त, हाकिन्सको क्वान्टम भौतिक सिद्दान्त लगायत कुनै “वाद” मात्र नभएर विज्ञानद्धारा प्रमाणीत विषयहरु हुन । थुप्रै सिद्धान्त र प्रमाणीत वैज्ञानिक विषयहरुमा नयाँ आविस्कार प्रयोग र निरन्तर विकास गर्दै सक्वृद्दि संग जोडेर लैजानु पर्दछ, भन्ने कुराम नयाँ शक्तिको स्पस्टता रहेको छ ।नयाँ शक्तिको यात्रा र खोजि त्यो हुन पुगेको छ,वाद र विचार के हो भन्ने भन्दा पनि नेपालीको सम्वृद्धि का लागि कुन विचारले नेतृत्व गर्नसक्छ त्यस्को निरन्तर खोजी आजको आवश्यक्ता भन्ने ठानेको छ । देशलाइ स्वाधिनता समृद्धि,सुशासन सदाचार समावेशी र समानुपातिक प्रणाली सहित नयाँ शक्ति निमार्ण अभियानलाई संगठित सुस्पष्ट र निर्दिष्ट गर्नका लागी कार्ययोजना  पत्रहरु तयार भइसकेको छ । नेपालको संविधान २०७२ जारी भए पछि नेपाली जनता नयाँ युगमा प्रवेश गरेको । नयाँ शक्ति स्पष्ट छ ,तिब्र उत्पादनमा र समन्यक साथ समाजवादको निर्माण, दलाल नोकरशाही पुजीवादलाई राष्ट्रिय औद्योगिक पुजीवादले प्रतिस्थापित गर्दैै उत्पादनमा वृद्धि समाजवाद सम्वृदिकालागि काम गर्नु अवको मुख्य राजनितिक दायित्व रहेको छ । राष्ट्रिय औद्योगिक पुँजीबादको जग निर्माण गर्दै समुन्नत समाजबादको रचना गर्नु नेपाली राजनितिमा मुख्य कार्यभार रहेको छ । उत्पादन र उत्पादकत्वको तिब्र बृद्धि गर्दै श्रम समवन्धमा व्यपाक फेरबदल सहित गरिव बेरोजगार महिला दलित, पिछडिएको क्षेत्र जनजाती र मेधेशी समुदायको सांमेलीमा देशलाई समृद्ध बनाउनु आजको लोकतान्त्रिक प्रगतिशील र राजनितिको पहिलो काम हो । समाजमा परिवर्तनका राजनीतिक विचार प्रवृति र कार्यक्रम विच सन्तुलन छैन् । यसको अन्तरविरोध आवश्यकता र मुद्धाहरु फेरिय तर, राजनीतिक ज्ञान नारा आन्दोलनहरु उस्तै छन् । यहि राजनितिक अन्तरद्धन्दको अन्त्यका लागि नयाँ शक्ति आवश्यक देखिएको छ । विशिष्ठ उद्देश्यका निम्ती गठन भएका पार्टीहरु अर्काे परिवेश र उद्देश्यका लागि जस्ताको तस्तै नहुने हुदाँ परिस्थितिमा आएको परिवर्तन सँगै पार्टी संरचनामा पनि परिवर्तन आवश्यक हुन्छ । नयाँ पार्टीमा अस्वीकारको व्यवस्था नेतलाई फिर्ता बोलाउने हक ( राईट टू रिजेक्ट एण्ड राइज टू रिकल) जस्ता नयाँ व्यवस्था विभिन्न आन्दोलनको उच्चतम रुप  माओवादी जनयुद्धको जगमा सम्पन्न २०६२÷०६३ को आन्दोलनले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर महत्वपूर्ण काम पुरा गर्दै यि सबै आन्दोलनहरु आशतित रुपमा सफल हुन नसकेको विगतका राजनीतिक उपलब्धीलाई कसंस्थागत गर्ने कुरा पनि विगतमा दलहरु कमजोर रहे । अवको यात्रा राष्ट्रिय समृद्धि आत्मनिर्भता बाट समाजबादी लोकतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्नु नै नयाँ शक्ति मुलभुत लक्ष्य हो । जीवन र जगतमा प्रयोग हुने सिद्धान्तहरु तथ्य सहितको आलोचना र प्रमाणित विषयहरुको विकास गर्ने युगमा नयाँ अवसर बनेर आएको छ । यो अभियान पुरानो पार्टी विशेषको पुर्नगठन होइन् । नितान्त नयाँ वैकल्पिक धार सहितको नव निर्माण हो । नयाँ शक्ति जिज्ञाशा, छलफल र बहश बाट अगाडी बढ्ने, एमाओवादी छलफल होइन् एमालेसँग कार्यगत एकता गर्दै अगाडी बढ्ने फरक यही देखिएको छ ।
नयाँ शक्ति बहशलाई केन्द्र देखि गाँउ सम्म पु¥याई पार्टी निर्माणको देश व्यापी नविन र व्यवस्थित आधार तयार पार्ने समन्वय समितिको सचिवालयको रुपमा केन्द्र, प्रदेश, जिल्ला र नगर तथा गाँउ सम्म सम्पर्क कार्यालय स्थापित गर्ने बाटो स्पष्ट देखिएको छ । नयाँ शक्ति अभियानमा डा. बाबुराम भट्टराईले त्यसै आफ्नो समयलाई खर्च गरेका छैनन् । अब्दुल्ले भने–‘ झैं सपना त्यो होइन, जून निद्रामा देखिन्छ, सपना त्यो हो, जसले तिमीलाई निदाँउन दिदैन् ।’ प्रशिद्ध बैज्ञानिकले भने जस्तै त्यो सपनाले डा. बाबुरामलाई कयौं रात जागराम बसाएको थयो । बाबुरामको कुरा मात्रै होइन् कार्य पनि हेर्न सकिन्छ । लक्ष्मी र सरस्वती सँगै नबसेझैँ सतय सत्ता अवसरसँगै बस्दैनन् भन्ने थाहा भएपनि तिनीहरुलाई सँगै राख्ने नयाँ घरको खोजीको यात्रामा दश देखि एक लाख अभियान्ता सदस्यको तयारीमा पुगि सकेका छन् नयाँ शक्ति निर्माण अभियानका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई ।
    ‘म नयाँ शक्ति, बनौं सबै नयाँ शक्ति’
ब्लगमा अपलोड गरिएको लेख २०७२/१०/११ गतेको काँक्रेविहार दैनिकमा प्रकाशित गरिएको छ ।
डिलप्रसाद शर्मा (संवाददाता) काँक्रेविहार दैनिक सुर्खेत ।