Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Nov 28, 2015

सिँचाई सुविधा नहुदाँ,


धान उत्पादन घट्यो
डिलप्रसाद शर्मा
सुर्खेत, १३ मंसिर ।
सुर्खेतमा यस वर्ष धानको उत्पादनमा कमी आएको छ । गतवर्षको तुलनामा यस वर्षमा १५ प्रतिशतले धानको उत्पादन घटेको छ । धान रोपाइँको समयमा पर्याप्त वर्षा नभएका कारण उत्पादनमा कमी आएको हो । समयमा पानी नपरेकाले बेर्ना तयार भइसक्दा पनि रोपाइँ हुन नसकेको कारण धान उत्पादनमा कमी आएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आ.व. ०७१÷७२ मा १३ हजार २ सय ५२ हेक्टरमा ४२ हजार ८ सय ३ मेट्रिक टन उत्पादन भएको छ । यस्तै, आ.व. ०७०÷७१ मा १४ हजार ६ सय हेक्टरमा ५९ हजार ३ सय २२ मेट्रिक टन उत्पादन भएको थियो  । आ.व. ०७०÷७१ को तुलनामा ७१÷७२ मा एक हजार तीन सय ४८ हेक्टर जमिन बाँझो रहेको थियो भने, १५ प्रतिशतले धानको उत्पादन घटेको स्रोतले जनाएको छ । धान उत्पादनका लागि  जिल्लाका लाटिकोइली, उत्तरगंगा, लेखफर्सा, गुमी, गुटु, छिन्चु बाबियाचौर, कुनाथरी लगायतका गाविस मुख्य पकेट क्षेत्र मानिन्छ । जिल्लामा राधा ४, राधा ७, सुख्खा १ सुख्खा २, डाडामसुरी, वीन्देश्वरी, रामधान, स्थानीय वास्मतीलगायतको धान व्यापक रुपमा लगाउने गरिएको छ । किसानहरूमा खेतीमा अपनाइने उन्नत प्रविधीमार्फत खेती गर्दै आएपनि उत्पादनमा ह्रास आउदा किसानहरु चिन्तीत बनेका छन् । मुख्य अन्नबाली धानको उत्पादन घटेपछि जिल्लामा खाद्य सङ्कट नहुने जिल्ला कृषि बिकास कार्यलयका प्राविधिक सहायक यामलाल गिरीका बताए । यस वर्ष बाँझो रहेको जमिनमा समयमा पानी नपर्नाले गहुँको पनि उत्पादनमा पनि कमि आउने प्रविधिक गिरीको भनाई छ । उनले धानको उत्पादनमा कुनै पनि रोग देखा नपरे पनि प्रयाप्त सिंचाई सुविधा नभएका कारण उत्पादन कमि आएको बताए ।
पछिल्लो समयमा खेतीयोग्य जमिन प्लटिङ् गर्ने प्रवृत्ति बढेकाले क्षेत्रफल घट्दै गएकाले उत्पादनमा पनि प्रत्यक्ष असर पार्ने गरेको छ । धान उत्पादन हुने जग्गामा जथाभावी घर निर्माण र प्लटिङले र सिंचाईको व्यवस्थापन नमिलाउँदा कतिपय जग्गा बाँझिएकोले  उत्पादनमा कमि आएको बताइएको छ । यस बाहेक जिल्लामा ढिलो रोपाई हुनु, समय समयमा प्रयाप्त वर्षा नहुनु जस्ता कारणले जिल्लामा धानको उत्पादन घटेको हो ।  पर्याप्त सिँचाइको सुविधा नहुँदा खेतीयोग्य जमीन बाँझै रहेको किसानहरूको गुनासो छ । सुर्खेतमा धान सहित मकै, गहुँ, कोदो लगायतका अन्य बाली तथा गेडागुडी उत्पादन हुने गर्दछ ।

Nov 1, 2015

नाना, खाना र गानामै खर्च

डिलप्रसाद शर्मा
सुर्खेत, १२ कात्तिक ।

यस पटकको दशैंमा सुर्खेतमा मात्रै झण्डै चौध करोड रेमिटेन्स भित्रिएको छ । विदेशका विभिन्न खाडीमूलकमा रहेका यस क्षेत्रका युवाहरुले दशैं खर्च स्वरुप रकम घर परिवारलाई पठाएका हुन । दशैंतिहार तथा छठलगायतका महत्वपूर्ण चाडपर्वहरु नजिकिदै गर्दा रेमिटेन्स बद्धि हुने गरेको छ । खाडि मुलुकमा रहेका यूवा कामदारहरुले अरु बेला तलबबाट थोरै÷थोरै बचत गरेको दसैंको बेला घर पठाउने हुँदा चाडपर्व नजिकिदै गर्दा रेमिटेन्स बृद्धि हुने गरेको पाइन्छ ।  जिल्लामा सञ्चालनमा आएको रेमिटेन्स सेन्टरहरु तथा बैंकहरुबाट १४ करोड ५० लाख ९२ हजार ४ सय ९० रेमिटान्स भित्रिएको हो । जसमध्ये सुरज ट्राभल्स, सुर्खेत आइ.एम.ई सेन्टर, गौतम ट्रेड लिंक, प्रभुमनि ट्रान्सफर, हिमाल, अन्नपूर्ण, र रिलाइवल मनि ट्रान्सफर, सुनामी रेमिटेन्स लगायतका रेमिटेन्स सेन्टर र राष्ट्रिय वाणिज्य बैंकबाट  रेमिटेन्स भित्रिएको हो । जस मध्ये १ लाख ३७ हजार २ सय ७० रुपैंया बरावरको रेमिटेन्स भित्रिएको सुरज रेमिट ट्राभल्सका प्रमुख सुरज गौतमले वताए ।  त्यस्तै, गौतम ट्रेड लिकंमार्फत १ करोड ४९ लाख ५० हजार, हिमाल रेमिटेन्समार्फत १ करोड २० लाख ५१ हजार ७ सय ५०, अन्नपूर्ण  रेमिटेन्समार्फत ३७ लाख, रिलाईवल रेमिटेन्स मार्फत १ करोड रेमिटेन्स भित्रिएको छ । त्यस्तै, सुनमी रेमिटेन्स सेन्टर मार्फत ३ करोड ५० लाख बरावरको रेमिटेन्स भित्रिएको सञ्चालक लोकजंघ रोकायका बताए । यसैगरी राष्ट्रिय वाणिज्य बैंक मार्फत ९ लाख ५७ हजार ७ सय १९ रुपैंया बराबरको रेमिटेन्स भित्रिएको सहायक प्रबन्धक लीलाराम ढुङ्गानाले वताए । त्यस्तै सुर्खेत आइएमई सेन्टरका प्रवन्ध निर्देशक केपी गौतमाका अनुसार ६ करोड ३२ लाख ९५ हजार ७ सय ५१ रुपैया रेमिटेन्स भित्रिएको छ । गत वर्षको भन्दा यस वर्षको दशैमा करिव १५ देखि २० प्रतिशत रेमिटेन्स बृद्धि भएको उनले वताए । आइएमई मार्फत पैसा पठाउन र निकाल्न सहज हुने भएकाले आईएमईमा सेवाग्रहीहरुको बढी आउने गरेको गौतमको भनाई छ । गौतमका अनुसार विशेष गरि भारत, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (दुबई), अमेरिका, जापान, बहराइन, कुवेत, बेलायत, क्यानडा, कोरिया, अष्ट्रेलिया, लेवनान, इजरायल लगायतका  खाडी मुलुकबाट रेमिटेन्स भित्रिएको छ ।

यसरी चाडपर्वको समयमा भित्रिएको रेमिटेन्स रकमको झन्डै ९५ प्रतिशत अंश दैनिक उपभोग्य वस्तु, मोबाइल, लुगा, तथा मनोरञ्जन लगायतमा खर्च हुने गरेको सुनमी रेमिटेन्सका सञ्चालक लोकजंघ रोकायले वताए । यसरी दसैं तिहारलगायतका चाडपर्वमा आउने रेमिटान्स विशेषगरि नाना, खाना र गानामै खर्च हुने गरेको पाइन्छ । खाना खर्च बाटै बचेको पैसा बालबालिकाको शिक्षा, स्वास्थ्य, जग्गा तथा आवास, व्यवसायमा लगानी हुन उनको भनाई छ । वैदेशिक रोजगारमा गएका कामदारले पठाएको रकम पुँजी निर्माणको काममा खर्च हुन नसके पनि परिवारको जीवनस्तर भने सुध्रिने गरेको राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रवन्धक लीलाराम ढुङ्गानाले वताए । कामदारको कमाइ सुरक्षित रुपले परिवारसम्मा पु¥याउने काम रेमिटेन्स कम्पनी र बैंकहरुले गरेकाले कामदार, सरकार, रेमिटेन्स कम्पनी र वित्तीय संस्था सबैलाई फाइदा पुग्ने गरेको उनको भनाई छ ।

शान्ति सुरक्षामा ध्यान दिन्छु ः श्रेष्ठ

 डिलप्रसाद शर्मा



सुर्खेत, १३ कात्तिक ।

वीरेन्द्रनगर वजार क्षेत्रको शान्ति सुरक्षामा विशेष ध्यान दिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक वीरेन्द्र श्रेष्ठले वताएका छन् ।

कम्प्यिुटर एसोसियसन नेपाल शाखा सुर्खेतले शुक्रबार आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा श्रेष्ठले यस्तो वताएका हुन् । जिल्लाको अपराध अनुसन्धानमा इमेल÷ इन्टरनेटको ठूलो भुमिका रहेको भन्दै श्रेष्ठले शान्ति सुरक्षा कायम गर्न एसोसियसनको पनि सहयोग गर्नु आवश्यक रहेको बताए । अपराध अनुसन्धा गर्न र जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफु सबै जनताको साथमा रहेको उनको भनाई छ । नजिकिदै गरेको तिहारमा हुने अपराधिक घटनाको रोकथाम गर्नका लागि कार्यालयमा उपलब्ध भएको साधन श्रोतलाई परिचालन गरिएको उनले वताए । कार्यक्रममा एसोसियसन सुर्खेतका अध्यक्ष पूर्णदेव अधिकारीले वीरेन्द्रनगरको वजार क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्नु पहिलो आवश्यकता भएको बताए ।