सुर्खेत, १८ जेठ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले थुनामा राखिएका आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै २१ र २७ गते बन्दको आव्हान गरेको छ । विप्लव माओवादीले २१ गते मेची, चाम्सालिङ र कर्णाली तथा २७ गते नेपाल बन्दको आव्हान गरेको हो ।
पार्टी प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ ले जारी गरेको विज्ञप्तिमा विभिन्न जिल्लाहरुबाट पक्राउ गरेर थुनामा राखिएका आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै बन्द आव्हान गरिएको हो । भेरी कर्णाली प्रादेशिक जनपरिषद् प्रमुख एटम विसीले झापा जिल्लाका पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी, पुष्प अधिकारी, नवीन अधिकारी, जुम्ला जिल्लाका जनपरिषद् प्रमुख रामप्रसाद शर्मा, धादिङका कृष्ण खतिवडा, हरिशरण नेपाललगायतलाई पक्राउ गरेर कारागारमा राखिएको भन्दै त्यसका विरुद्ध बन्दको आव्हान गरिएको बताए ।
‘२१ गतेको बन्द पक्राउ परेका सम्वन्धीत व्यूरोहरुमा केन्द्रीत छ’ उनले भने, ‘२७ गते देशै बन्दको आव्हान गरेका छौं ।’ उनले बन्दको उलंघन गरिए जनकारवाही हुने चेतावनी दिए । २१ गतेको बन्द कर्णाली ब्यूरो अन्र्तगत दैलेख, जुम्ला, कालीकोट, मुगु र हुम्लामा प्रभाव पर्ने छ ।
0 comments:
Post a Comment