Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Showing posts with label मध्यपश्चिम. Show all posts
Showing posts with label मध्यपश्चिम. Show all posts

Jan 27, 2016

३६ वर्षदेखि स्कुल,५ पास गर्ने कोही भएनन्


हुम्ला, माघ १४ 
साढे तीन दशकअघि खुलेको विद्यालयमा पढेका एक जनाले पनि पाँच कक्षा उत्तीर्ण गरेका छैनन् । हुम्लाको लिमी गाविसको यथार्थ हो यो ।
हिमपातले आवागमन रोकिँदा झन्डै ६ महिना लिमीका तीन वटा बस्तीको सदरमुकामसँग सम्पर्क टुट्छ । जिल्लाको उत्तरी भेगमा चीनको तिब्बत सीमावर्ती इलाकाका ती बस्तीमा न नियमित पढाइ हुन्छ, न अनुगमन नै । अधिकांश विद्यार्थीले पाँच कक्षा पढिनसकी विद्यालय छाड्छन् । विद्यालय खुलेको ३६ वर्ष पुगिसकेको छ । गाउँका पाँच कक्षा उत्तीर्ण गरेका कोही नभएको गाविसका पूर्वअध्यक्ष छेवाङदोर्जे लामाले बताए । लिमीमा तिल, हल्जी र जाङ गरी तीन गाउँ छन् । ती बस्तीका लागि आव ०३५र३६ मा तीन वटा प्राथमिक विद्यालय स्थापना भएका थिए । तिनमा २र२ शिक्षकको दरबन्दी छ । ‘तीन वटै गाउँमा १र२ जनाले आठ कक्षा उत्तीर्ण गरेका छन् । उनीहरू काठमाडौंमा अध्ययन गरी फर्केका हुन्,’ लामाले भने, ‘विद्यालय छ भन्नु मात्र । गाउँले साक्षर भएबाहेकको उपलब्धि छैन ।’ लिमीका मध्यम र उच्च आर्थिक हैसियतका परिवारले आफ्ना छोराछोरी काठमाडौंका सुविधा सम्पन्न विद्यालयमा पढाउने गरेका छन् । निम्न आय भएकाहरूले मात्र गाउँमै पढाउँछन् । कतिपयले धार्मिक शिक्षा पढाउन गुम्बामा पठाएका छन् । काठमाडौंका  सुविधायुक्त विद्यालयमा पढेका विद्यार्थी गाउँ फर्किन चाहँदैनन् । त्यसको साटो वैदेशिक रोजगारीमा जान्छन् । गाउँमा रोजगारीको अवसर नभएको, सामान्य भौतिक सुविधाबाट पनि वञ्चित रहनुपर्ने र स्थानीय उत्पादनले समेत जीवन निर्वाह गर्न नसकिने भएकाले शिक्षित युवा गाउँ फर्किंदैनन् । स्थानीय विद्यालयमा विद्यार्थी नियमित आउँछन्, शिक्षकको अत्तोपत्तो हुँदैन । हुम्लामा फागुनबाट शैक्षिक सत्र सुरु हुने भए पनि जेठसम्म हिउँले बाटो अवरुद्ध हुनाले शिक्षक ढिलो गाउँ आइपुग्ने गरेको स्थानीय कन्जोकनिमा तामाङले बताए । तर, लामो समय बस्दैनन्, फर्किहाल्छन् । दरबन्दीका शिक्षकले नपढाए पनि गाउँका विद्यालय भने नियमित खुल्छन् । उनीहरूलाई काठमाडौंमा पढेर आएका युवाले पढाउने गरेको तामाङले जानकारी दिए । निजी स्रोतका यस्ता शिक्षकलाई अभिभावकले पैसा उठाएर तलब सुविधा दिने गरेका छन् । तामाङका अनुसार निजी स्तरबाट पढाइ हुने भएकाले कात्तिकमा खेतपाती थन्क्याएपछि गरिने गाउँ बैठकका लागि १५ दिन मात्र बिदा दिने चलन छ । विद्यार्थीको चाप बढ्न थालेपछि हल्जी गाउँमा काठमाडौंमा ८ कक्षा पढेर फर्केका खेन्डाप तामाङले बोर्डिङ स्थापना गरेका छन्, जसमा अंग्रेजी माध्यममा पढाइ हुन्छ । स्थानीय विद्यालयमा पाँच कक्षासम्म पढाउने अनुमति छ, पढाइ भने तीन कक्षासम्म मात्र हुने गरेको जिल्ला शिक्षा अधिकारी धर्मजित शाहीले बताए । ‘सम्पन्न परिवारले सहरका विद्यालयमा पढाउन लैजाने र निम्न आय भएकाहरूले निस्शुल्क धार्मिक शिक्षाका लागि गुम्बामा पुर्‍याउने गरेका रहेछन्,’ उनले भने, ‘गाउँबाट लान नसक्ने अभिाभावकले पढाइ छुटाएर मजदुरीमा लगाउने गरेको पाइयो ।’
(माघ १४ गतेको कान्तीपुर अनलाईन बाट साभार गरिएको हो ।)

Dec 28, 2015

स्टेचरको अभावले डोकोमै विरामी बोक्न बाँध्य

गर्भवती र विरामी प्रभावित

डिलप्रसाद शर्मा
दैलेख, १३ पुस ।
फोटो: गुगलबाट साभार गरिएको हो ।
  दैलेखको पुर्वी रुम गाविसमा स्टचर हुदाँ विरामीलाई उपचारका लागि स्वास्थ्य सम्म ल्याउन समस्या हुने गरेको छ । स्टेचरको अभाव हुदाँ गाविसमा गर्भवती, विरामी बृद्धबृद्धाहरु प्रभावित भएका छन् । गाविसमा निर्माण गरिएको सडक गाडी गुड्न लायक नभएका वेला स्वास्थ्य सम्म पु¥याउनका लागि प्रयोग गरिदै आएकोे स्टेचर नहुदाँ विरामीहरुले समयमा उपचार पाउन सकेका छैनन् । 
बिरामी ओसारपसारका लागि भरपर्दाे साधन बनेको स्टेचरको करिव १ वर्ष देखि अभाव भएको छ । जसका कारण गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई अस्पताल पु¥याउन कठिनाई हुने गरेको स्थानियहरुको गुनासो छ । प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयमसेबीकाहरुलाई एक÷एक वटा स्टेचर दिइएको भएपनि स्टेचर भाचिदाँ र हराउदाँ यस्तो समस्या आएको हो । स्टेचरको अभाव भएपछि गाबिसका बीरामीलाई बोकेरै उपस्वाथ्य चौकी सम्म पु¥याउनुपर्ने बाध्यता छ । गाविसमा उपस्वास्थ्य चौकी भए पनि त्यहाँसम्म बिरामी पु¥याउन आवश्यक स्टे«चर नहुँदा डोको, डोला र पिठ्युमा बिरामी बोक्नुपर्ने बाध्यता रहेको स्थानय गगनसरा शर्माले बताइन् । उप स्वाथ्य चौकीमा उपचार हुन नसक्ने बिरामीहरुलाई  बेस्तडा सम्म ल्याउनका लागि स्टे«चर नभएपछि समयमा स्वास्थ्य संस्था पु¥याउन नसकिने भएकाले पनि सहज स्वास्थ्य सेवावाट स्थानियहरु वञ्चित हुने गरेका छन् । यता, उप स्वास्थ्य चौकीले गाँउपरिषद्बाट २० हजार छुट्याएको बताएको छ ।

Dec 24, 2015

सरोकारवाल निकायबाट अनुगमन


कमल शर्मा
दैलेख, ९ पुस ।
केड सुर्खेत र महिला सशक्तिकरण मञ्च दैलखको साझेदारीमा संचालीत महिला प्रजन््न अधिकार कार्यक्रम संचालन भएका रुम , कटि , लाकुरी बेलपटा , चौराठा , सल्लेरी बिन्ध्याबासीनी भवानी गाबिसहरुमा संचालीत महिला प्रजन्न अधिकार कार्यक्रमको जिल्ला स्तरिय सरोकारवाला निकाय बाट अनुगमन गरिएको छ । अनुगमन टोलीले बिन्धयाबासीनी गाबिसको रैना देबी माबि टाटामाखुमा संचालन भएको किशोर किशोरी यौन तथा प्रजन्न  स्वास्थ्य मेलाको अवोलाकन संगै गाबिस स्तरिय प्रजन्न अधिकार मञ्च छात्रा सहयोग पाएका किशोर किशो्री दौतारी समुह , शिक्षक र बिद्यालय ब्यबस्थापन समिति स्वास्थ्य चौकीमा पाठेघर जाँच गर्ने तथाङ्कको अबस्थाका , छात्रा सहयोग पाएका अभिभावक संग घरभेट,र करेसा बारी तरकारीको अबस्था  पाठेघर पिडित महिला संग भेट, गर्भवती र सुत्केरी महिलाको घर भेट आमा समुह संग छलफल गरेको छ । अनुगमनमा जिल्ला बिकास समिति , जिल्ला स्वास्थ्य कार्यालय , जिल्ला शिक्षा , पत्रकार महिला तथा बालबालीका कार्यालय , केड सर्खुेतको टीमले अनुगमन गरेको थियो ।  अनुगमनमा गएको टोलीले महिला प्रजन्न अधिकार कार्यक्रमले स्थानीय स्तरमा महिलाका सवाल लाई सशक्तिकरणको माध्यम बाट स्वास्थ्य चौकी सम्म जान सक्ने क्षमता र उनीहरुको सवाल लाई गाउँ बिकास समितिमा समाबेश गरी कार्यक्रम संचालन गरको प्रति धन्यबाद दिएका थिए । साथै यस्ता कार्यक्रम जिल्लाका अन्य गाबिसमा समेत कार्यक्रम बिस्तार गर्नु पर्ने बताएका थिए ।  कार्यक्रम संचालन पश्चात बिपन्न परिवारका किशोरी , पाठेघर खसेका महिला दलित ,अपाङ्ग जनजाती दन्द पीडित र आमा बाबु नभएका पिडित बालीकाहरुले कार्यक्रम बाट माबि स्तर सम्म शिक्षा लिन पाएकोमा जिल्ला स्तरिय अनुगमन टोलीले सस्थालाई धन्यबाद दिएका थिए ।
ू(शर्मा राजधानि दैनिक दैलेख जिल्ला सम्वादाता हुन् )

स्वास्थ्य मेला सम्पन्न

कमल शर्मा (राजधानि दैनिक)
दैलेख, ९ पुस ।
 

किशोर किशोरी यौन तथा प्रजन्न स्वास्थ्य मेला बिन्ध्याबासीनीको रैनादेबी माध्यामिक विद्यालय टाटामाखुमा सम्पन्न भएको छ । केड सुर्खेत र महिला सशक्तिकरण मञ्च दैलखको साझेदारीमा
संचालीत महिला प्रजन््न अधिकार कार्यक्रम अन्र्तगत किशोरी सशक्तिकरण कार्यक्रम  लागी किशोर किशोरी यौन तथा प्रजन्न स्वास्थ्य मेला गरिएको छ ।  उक्त मेलामा प्रजन्न स्वाथ्य सम्बन्धि ११ वटा स्टल राखी बिद्यार्थी र स्वास्थ्यकर्मी शिक्षकद्धारा सहजीकरण गरिएको थियो । स्टलमा किशोर किशोरी अबस्थामा शाररिक मानसिक सामाजीक परिबर्तन अबस्थाका पोष्टर पम्पलेट महिनावारी चक्र, पाठेघर संचित्रहरु, परिवार नियोजनका स्थायी साधन, बाल बिवाहा र बाल बिवाहाको कानुनी प्राबधान स्वप्न दोष यौन प्रस्तावमा नाई कसरी खेल  देखाएर उक्त मेला संचालन गरिएको थियो । मेलामा रैना दबी निमाबि काँडा, वडाभैरव निमाबि जुफियाका निमाबि स्तरका बिद्यार्थी र शिक्षकको सहित उपस्थिती रहको थियो । जिल्लामा पछिल्ला दिनहरुमा बाल बिवाहा बढ्दै जाने बिभिन्न तथाङ्कहरु सार्वजानीक  भएपछि बाल बिवाह न्युनिरकरण गर्नका लागी उक्त मेलाको आयोजना गरिएको महिला प्रजन्न अधिकार कार्यक्रमकी कार्यक्रम संयोजक दुर्गा खत्रीले बताइन् । मेलामा बिद्यार्थीहरुले महिनावारी हुदा प्रयोग गर्ने प्याड , प्याड घरेलु प्याड निर्माण गरी प्रगोग कसरी गर्ने भन्ने विषयमा  स्टल राखी सहजीकरण गरेका थिए ।

हुम्लामा आगलागी, एकै घरमा रहेका चारको मृत्यु

डिलप्रसाद शर्मा
९ पुस, हुम्ला ।


हुम्लामा भएको आगलागीमा परी चार जनाको मृत्यु भएको छ । हुम्लाको श्रीमष्ठा एक पीपलाङमा सडक निर्माण गर्ने कामदार बसेको घरमा आगलागी हुँदा चार जनाको जलेर मृत्यु भएको हो । आगलागीमा परेर कालिकोटको लालु गाविसका जया मिजार, नयाँ सुनार, मानबहादुर विक र गगन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परी अन्य सात जना घाइते भएका छन् । घाइतेहरु पनि सबै कालीकोटकै रहेका छन् । घाइते हुनेहरुमा जसबहादुर सुनार, गोविन्द सुनार, लोकबहादुर सुनार, गोविन्द सुनार, रमेश सार्की र लोग सुनार रहेको प्रहरीले जनाएको छ । घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेको थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा र्पुयाउन काठमाडौंबाट हेलिकोप्टर झिकाइएको र हेलिकोप्टर काठमाडौंबाट उडिसकेको छ । मृतकको शवलाई पनि बिहीबार नै कालिकोट पठाउने तयारी भइरहेको छ । बाटो खन्न कालीकोटबाट आएका कामदारले श्रीमष्ठा एकमा बनाएको खरको सानो झुप्रोमा राति एक्कासी आगो लागेको थियो ।


Dec 21, 2015

ओत लाग्न भत्किएकै घर

बाढी पीडितको बाध्यता की रहर ?

डिलप्रसाद शर्मा  
सुर्खेत, १६ भदौ ।
गत बर्ष साउन २९ र ३० गतेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोले जिल्लामा ठुलो धन जनको क्षति ग¥यो । विनाशकारी बाढीले हजारौैं घर डुवानमा परे । धेरैले आफ्ना प्रियजन गुमाए । वीेरेन्द्रनगरको खोर्के खोला र इत्राम खोलामा आएको बाढी तथा जिल्लाका अन्य गाविसहरुमा गएको पहिरोका कारण घरबार विहिन भएकाहरु कोही अझै त्रिपाल मुनी बसिरहेका छन् भने कतिले आधा भत्किएको घरमा ओत लाग्नु पर्ने बाध्यता छ । मनसुन कहिले वरदान भएर आउँछ, भने कहिले अभिषाप ।
एक बर्षसम्म सुत्केरी, बृद्धबृद्धा र वालवालिकाले त्रिपालमुनीको कष्टकर दैनिकी विताउँदा समेत राज्यले उनीहरुको उचित प्रबन्ध गर्न नसक्दा त्यही भत्किएको घरमा फर्कनु पीडितहरुको रहर नभई बाध्यता थियो ।
कुसुम सुनारको विननपा– १८ को खोर्के खोलाको छेउमा ४ कोठाको पक्की घर थियो । खोला किनारका बस्ति त्यसै पनि जोखिममा हुन्छन् । उनको घर पनि किनारमै थियो । घरमा बाढी पसेपछि ३ कोठा बगायो । बाँकी रहेको एक कोठा पनि धराप थापे झै तुरुलुङ्ग भएपछि उनका चार जना परिवार विस्थापित शिविरमा ७ महिना दुःखजिलो गरी बसे ।
विस्थापितका पिडा लेख्ने मात्रै काम गरेको कुसुम वताउँछिन् । उनले भनिन् –‘हाम्रो पिडा धेरैले देखे र लेखे पनि तर, समस्या समाधान गर्ने निकायका आँखा खुलेनन् । घर बाढीले बगाएपछि कति सरकारी र एनजीओका थरिथरि मान्छे आएपनि कसैले पीडा नबुझेको उनको गुनासो छ । ३३ वर्षिय कुसुमको परिवार अहिले त्यही आधा भत्किएरको घरमा बसेर जोखिम मोलिरहेका छन् । ‘विस्थापित भएको एक महिना जति त सहयोग गर्नेहरु पनि आउथे पछि अहिले त उनीहरु पनि आउन छाडे’ कुशुमले भनिन् । सरकारले पुनस्थापन गर्ला भन्ने आशमा महिनौं शिविरमा बसे पनि पुर्नस्थापना गर्ने छाटँ नदेखिएपछि शिविर छाड्न बाध्य भएको उनले बताइन् । ‘सरकारले पुर्नस्थापनाका नाममा दस हजार रुपैयाँ मात्र दिएको छ । यहि दश हजारले कहाँ जग्गा किन्ने कसरी घर बनाउने ?’ उनले थपिन् ।
सुर्खेतका वाढी र पहिरो पीडितहरु अहिले ओत लाग्न भएपनि भत्किएकै घर फर्किन बाध्य भएका छन् । कतिपय अझै पनि शिविरमै बस्न बाध्य छन् भने कतिले आधा भत्किएकै घर र पुर्णरुपमा घर वगाएका पिडितहरु बाँकी रहेको जग्गामा छाप्रा हालेर बसेका छन् ।
बजारमा कोठा भाडामा लिएर बस्ने नसकिने भएकाले आफु भत्केको घरमा बस्न बाध्य भएको अर्का बाढी पीडित टिका नेपालीले बताइन् । आधा घर वाढिले वगाएपनि बाँकी रहेको घरमा उनले अहिले कपडा सिलाउने काम गर्दै ४ जनाको परिवार पाल्दै आएकी छिन् । वाढीले घर वगाएपछि शिविरदेखि भत्केको घरमा बस्दाको वाध्यता र पीडा कसैले नबुझेको टिकाले बताइन् । ‘खोर्के खोला किनारमा सानो झुुप्रो  बनाएर बसेकाले छोरा÷छोरी डराइरहन्छन् । आफूहरु पनि पानी पर्न थाल्यो भने गत बर्ष झै हुने हो की भन्ने डरले वाहिर निस्केर वस्छौ ।’ उनले भनिन् । वाढीले ४ कोठाको घर पुरै वगाए पछि बाँकी रहेको जग्गामा  छाप्रो हालेर उनको परिवार वसेका छन् ।
भूकम्पबाट राजधानी काठमाण्डौंलगायत थुप्रै जिल्लाहरुमा ठूलो धनजनको क्षति भएका कारण बाढी प्रभावितको राहत, पुर्नबास तथा अन्य पुनलाभ कार्यक्रम ओझेलमा परेको कतिपय जानकारहरु बताउँछन् । यसरी वस्नु विस्थापितहरुको रहन नभई बाध्यता बनेको छ । निरन्तरको दबाब पछि सरकारले मन्त्रिपरिषदको चैत १३ गतेको बैठकले बाढी प्रभावित ५ जिल्लामा पुनःस्थापना तथा पुनर्निर्माण कार्यक्रम संचालनका लागि एक अर्ब बजेटसहित कार्ययोजना पारित गरेको थियो । सरकारले शहरी विकास तथा भबन निर्माण बिभाग मार्फत बाढी तथा पहिरो प्रभावितको पुनःस्थापनाका लागि कार्ययोजना पारित गरेको डेढ महिनाभन्दा पछि २ करोड बजेट निकाशा भएपनि सो रकम अझै प्रभावितसम्म पुगेको छैन । कतिपय पीडितले रकम पाएपनि त्यति थोरै रकमले आफूहरुको पुनःस्थापना हुन नसक्ने भन्दै रकम बुझ्न मानेका छैनन् ।
सरकारले बाढी पहिरोबाट घरमा आंशिक क्षति भएका परिवारलाई घर मर्मतका लागि ५ हजार उपलब्ध गराउने, त्यसैगरी घर पूर्ण रूपमा क्षति भए पनि जग्गा भएका परिवारलाई घर निर्माणका लागि तीन किस्तामा ७५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसैगरी बाढी तथा पहिरोबाट घर र जग्गा दुबै पुर्ण रुपमा क्षति भएका र अन्य कुनै पनि स्थानमा जग्गा जमिन नभएका परिवारलाई जग्गा खरिदका लागि ५० हजार पहिलो किस्तामा र जग्गा खरिद गरेपछि घर निर्माणका लागि तीन किस्तामा गरी ७५ हजारसहित १ लाख २५ हजार दरले राहात रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तर, यो निर्णयप्रति पीडितहरु सन्तुष्ट देखिदैनन् । पीडितहरु भन्छन् – ‘५० हजारमा कहाँ जग्गा पाउनु र घर बनाउनु ।’ राहतको आडमा बाँचेका प्रलयको सिकार पीडितहरू स्थायी समाधानको प्रतीक्षामा महिनौं शिविरमा बस्दा पनि केहि उपलब्धी नहुने  देखिएपछि जुन ठाउँबाट विस्थापित भएका हुन् त्यहि फर्किन थालेका छन् ।

बाढीप्रभावितको दैनिकी कष्टकर

‘हिउँदे जाडो कसरी काट्ने ?’


डिलप्रसाद शर्मा
सुर्खेत, ६ पुस ।

 
dil sharma
महिला प्रशिक्षण केन्द्रमा रहेको वाढी प्रभावित ।
पुसे जाडो त्यसै त थुर थुर कमाउँछ । त्रिपाल मुनिको बसाई त्यो पनि पाल च्यातियर ठाउँ ठाउँमा ठुलठुला भुवाङ छन् । बैरी रात किन आउदो हो । दिन त जसोजतो गुजरा चल्छ ।  पुस भर्खरै शुरु भो । माघको जाडोमा झन् के होला ?
वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रको बाढीप्रभावित शिविरमा बस्दै आएकाहरुको आवाज हो यो । शिविरमा बस्दै आएकी मनरुपा थापामगर सोमबार मध्यान्न यस्तै भन्दैथिइन् ।
शिविरमा बस्दै आएकाहरुले दैनिक गुजराका लागि अन्य समस्या त झेलेका छन् नै यति बेला उनीहरुले जाडोको सामना पनि गर्नु परेको छ । डेढ वर्ष पुग्न लाग्दा समेत पालको ओत फेरिएको छैन । छाक जुटाउने चिन्ता टर्नु त उनीहरुका लागि टाढा कै कुरा । सरकारले पुनःस्थापनाको लागि उचित पहल नगर्दा जिल्लाका बाढी तथा पहिरो प्रभावितको दैनिकी कष्टकर बन्दै छ । बाढीले लखेटिएको १८ महिना बित्दा पनि सरकारले उनीहरूलाई उचित राहत र पुनःस्थापनाको व्यवस्था गर्न सकेको छैन् ।
‘जति दिन बढ्दै छन्, बाँच्न उति गाह्रो हुँदै छ’ भन्छन् महिला प्रशिक्षण केन्द्रका विस्थापितहरु । पेटभरी खाना जुटाउनै उनीहरूलाई हम्मे छ । पाल टाँगेर बसेका पीडितलाई बढ्दो जाडोसँगै चिसोले सताउन थालिसकेको छ । बसाइको गतिलो व्यवस्था नहुँदा विस्थापित शिविरमा स्वास्थ्य समस्या देखिन थालेका छन् । सरकारले पुनःस्थापनाका लागि ५० हजार रुपैँया दिए पनि त्यति रकमले पुर्नवास गर्न नसकिने भन्दै अधिकाशं विस्थापितहरुले रकम बुझ्न मानेका छैनन । तर, राज्यले पुर्नवास योजनामा रकम बढाउलाकी भनने आशा भने उनीहरुले मारेका छैनन । महिलना प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका झन्डै एक सय परिवार सरकारले दिएको रकम लिएर शिविर छाडिसकेका छन् ।  मनरुपा थापा मगर भन्छिन् –‘अझै पनि सरकारले गतिलो बास देला भन्ने आस मरेको छैन् ।’ पुनःस्थापना बापत पाएको राहत रकमले घर जग्गा किन्न नपुगे पछि शिविरमा बस्न बाँध्य भएको उनले बताइन । गत वर्ष साउन २९ गते आएको बाढीले इत्राम खोला नजिक रहेको घर बगाएको थियो । मनरुपाका सात जना परिवार प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका  छन् । विहानपख सुतेको ओछ्यान पालबाट चुहिएको शीतले पूरै भिजेको हुन्छ । उनले भनिन्–‘शितले भिजेका कपडा विहान घाम लागेपछि सुकाउछौं, साझँ ओछ्याउछौं ।’ उनले थपिन्–‘पालबाट रातभर चुहिएको शीत अब बाँचिदैन कि जस्तो लाग्छ ।’ परिवारका सदस्यलाई ओढ्न र ओछ्याउनका लागि कपडा नभएको उनले वताइन् । चिसोका कारण शिविरमा बस्ने केटाकेटी र बूढाबूढीलाई धेरै समस्या पारेको प्रभावितहरुको गुनासो छ ।
त्रिपालको वास छोडेर धेरैजसो पिडितहरु सामान्य टहरा तथा कोठा भाडामा लिएर वसोवास गर्न थालेको भएपनि उनीहरुले जाडोलाई थेग्नसक्ने वसोवासको प्रबन्ध गर्न सकेका छैनन् ।  दलबहादुर थापा मगरका परिवारले यस्तै मध्येका हुन् । ‘ऋण ल्याएर घर बनाउन नसक्दा आफ्ना जाहान केटाकेटी भाडाको एउटा कोठामा दुखेजिलो गरि बसेका छन्  । सुत्ने ठाउँ नहुँदा म त शिविरमै बस्छु ।’ उनले भने । त्रिपालमा बस्नुपर्दाको बाध्यता सुनाउँदै उनले भने– ‘गतिलो वास नभएर दिन कटाउनै मुस्किल भइसक्यो । उनले थपे,–‘एक त पुसको चिसो, त्यसैमा त्रिपाल, त्यो पनि ठाउँठाउँमा च्यातिएको, न ढोका,न झ्याल, न आगो वाल्नलाई दाउरा, नत न्यानो कपडा नै, अब भन्नुस् हामी कसरी वाँच्ने ।’ सरकारले गतिलो बास दिए बाँचिएला नत्र मर्नुबाहेक उपाय छैन्, चिसो बढ्दै छ, केटाकटी विरामी भएर सताएका छन् ।’ शित चुहिने त्रिपाल मुनि बस्नुपर्दा दैनिकी निकै असहज भएको उनले वताए । उनलाई यो हिउँदको चिसो कसरी काट्ने भन्ने चिन्ता छ । उनले भने–‘ हाम्रो यत्तो दुःख पनि कसैले देख्दैन, शुरुमा सरकारले सहयोग गर्छ भन्नेहरु धेरै आउँथे तर, अहिलेसम्म पाएका छैनौं, खै कहाँ छ सरकार ? वाढीले घरविहिन वाढी पिडितको दिनचर्या साढे एक वर्ष पुगी सक्दा पनि उस्तै कष्टकर ।’
चिसोका कारण शिविरका वाल वालिकालाई रुघाखोकी, मासी पर्ने, आँखा सुन्निनेलगायतका समस्या देखिने गरेको छ । मनरुपा र दलबहादुर जस्ता ४२ घरपरिवार केन्द्रकै त्रिपालको बासमा छन् । विस्थापितहरुका लागि पुर्नवास कार्यक्रम अन्तर्गत एक सय ४० घरपरिवारकालाई नेपाल रेडक्रस सोसाइटीले र ४९ घरपरिवारका लागि नवज्योती केन्द्रको समन्वयमा पुनःस्थापना गरिएको छ भने, ८ सय ३२ घरपरिवारका लागि नेपाल सरकार सँग सिपारिश गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार जिल्लाका एक हजार २१ घरपरिवारलाई पुर्नवासका लागि सिपारिस गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार आ.व. ०७१÷७२ पुर्नवासका लागि ४ करोड ५० लाख रकम मध्ये ४ सय घरपरिवारलाई ५० हजारका दरले र १ सय ५० घरपरिवारलाई २५ हजारका दरले दुई करोड ६२ लाख वितरण गरिएको छ । निवेदन कम आएका कारण एक करोड ८८ लाख रकम फ्रिज भएको कार्यालयका शाखा अधिकृत मणिराम खरालले वताए । उनका अनुसार यस आवमा पुर्नवासका लागि १५ लाख रकम निकासा भएको छ ।

Dec 11, 2015

प्रहरीबाट झन् पीडित

आयोगले पत्र पठायो

शंकाका भरमा जाहेरी–प्रहरी

नेपालगञ्ज, २५ मंसिर ।
नेपालगञ्ज–१७, मसानघाटका मो. वसिम मनिहारलाई प्रहरीले झन् पीडित बनाएको छ । छोरी सोनीलाई बेपत्ता बनाउनेको नाममा दिएको जाहेरी प्रहरीले दर्ता नगरेपछि मनिहार उल्टै पीडित भएका हुन् । स्थानीय मुन्नी खाँ, मिस्त्राइन भन्ने नूरजहा खाँ, उनका छोराहरु नसिम र बब्बुले मिलेर मंसीर ३ गते सोनीलाई बेपत्ता बनाएको मनिहारको भनाई छ । अपहरण तथा शरीर बन्धकमा मनिहारले दिएको जाहेरी प्रहरीले दर्ता नगरेपछि हुलाकबाट पठाइएको थियो । हुलाबाट आएको पत्र बुझेपनि प्रहरीले दर्ता गरेन । ‘प्रहरीकहाँ जान्छु उल्टै मलाई नै हप्काएर भगाइदिन्छन्, मनिहारले भने– उतातिर स्थानीय नेताहरु मिलेकाले प्रहरीले उनीहरुकै कुरा सुन्छ ।’ छोरीलाई बेपत्ता बनाइएपछि मनिहारको परिवारमा रुवाबासी छ । विरामी श्रीमती रुदारुदै झन् थलिएकी छन् । मजदुरी गरेर खाने मनिहार प्रहरी, मानवअधिकार आयोग, महिला विकास, संघ संस्थामा धाइरहेका छन् । ‘घरमा गयो श्रीमती–छोराछोरी रुन्छन्, काम गर्न मन लाग्दैन, मनिहारले दुःख पोखे – घरमा खानेखर्च छैन ।’
राष्ट्रिय मानव अधिकार आयोगले मनिहारको जाहेरी दर्ता नहुनु र घटनाका बारेमा यथार्थ बुझेर खबर पठाउन प्रहरीलाई पत्र लेखेको छ । यसअघि महिला विकास कार्यालयले जिप्रकामा पत्र लेखेको थियो ।

प्रहरीले दुवै पक्षलाई सँगै राखेर छलफल गरिरहेको जनाएको छ । ‘दुवै पक्षलाई राखेर छलफल गरिएको छ, जिप्रका बाँकेका प्रहरी निरीक्षक बीरबहादुर थापाले भने– आरोपितले खोज्न सहयोग गर्ने बताएका छन् ।’ मनिहारले आफ्नो १५ वर्षकी छोरीलाई उल्लेखित व्यक्तिले बेचेको आशंका गरेका छन् । ‘मेरो छोरीलाई कसैले विवाह गरेको भए या कसैसँग विवाह गराइदिएको भए पनि देखाइदिए हुन्छ, मनिहारले भने । टोलका सबै मान्छेले सोनी असल केटी थिई । लप्पन–छप्पन गर्थिन भन्छन् । प्रहरीले भने यत्तिका चर्चा परिचर्चा हुँदा पनि टोलमा गएर बुझ्ने काम गरेको छैन । छोरीले प्रेम विवाह गरेर भाग्ने र बाबु आमाले अपहरण, शरीर बन्धकको जाहेरी हाल्ने प्रवृत्ति रहेकाले मनिहारको घटनालाई पनि त्यहीसँग जोडेर हेरिएको छ । गरीव मनिहारको पक्षमा बोल्ने मान्छे नभएकाले पनि सम्बन्धित निकायले बेवास्ता गरिरहेको देखिन्छ । मनिहारले जाहेरी दिएका व्यक्तिले दुई पटकसम्म ‘तिम्रो छोरी ल्याइदिन्छु कसैलाई नभन्नु’ भनेर थम्थम्याएका थिए । उनीहरुले भनेको समयमा पनि छोरीलाई नल्याइएपछि मनिहार प्रहरीकहाँ पुगेका थिए । अहिले उल्टै खाँ परिवारले मनिहारलाई इल्लीबिल्ली बनाइरहेका छन् । प्रहरीले पनि आरोपितले नलगेको बरु कसै पठाइदिन सहयोग गरेको हो कि भन्ने आशंका गरेको छ । आरोपितलाई दबाब दिएर केरकार नगरेको बरु आफूलाई थर्काउने, चार–चार घण्टासम्म नियन्त्रणमा राख्ने काम भएको मनिहारको भनाई छ । सोनीसँगै बेपत्ता भएका खाँ परिवार केही दिनयता आएका छन् । प्रहरीलाई भने भारतमा चुनाव भएकाले मत हाल्न गएको विश्वास दिलाएका छन् ।