Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Mar 29, 2016

बेरोजगार युवायुवतीलाई ठेला व्यापारीको चुनौती, ‘यहीँ छ काम र दाम, विदेशीने किन ?’


सुर्खेत, १० फागुन ।
जाँगर चलाउने हो, भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन, पहिचान गर्न सके काम र दाम यहीँ छ । वीरेन्द्रनगरका विभिन्न सडक छेउमा ठेला–व्यापार गर्ने महिलाले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन् आफ्नो घर खर्च समेत चलाउनसक्ने भएका छन् । यति मात्र होइन् बालबच्चालाई निजी विद्यालयमा समेत पढाउन सफल भएका छन् । ठेलामा चना–चटपटे बेच्ने मात्र होइन, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागि समेत आफ्नै कमाइले पुग्ने हुँदा खुसी छन् उनीहरू ।

Mar 19, 2016

पत्रकारको न्यूनतम मासिक तलब साढे १९ हजार


चैत्र ५,
सरकारले आगामी वैशाख १ देखि लागू हुने गरी पत्रकारको न्यूनतम मासिक तलब १९ हजार ५ सय रुपैयाँ कायम गर्ने भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न लागेको हो ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शुक्रबार मन्त्रालयमा सञ्चार सम्बन्धी संघसंस्थाका प्रतिनधिसितको छलफलपछि समितिको सिफारिसअनुसार पत्रकारको न्यूनतम पारिश्रमिक मासिक १९ हजार ५ सय  र सञ्चार खर्च १ हजार रुपैयाँ वैशाख १ देखि लागू हुने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागिएको जानकारी दिए ।

पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्यूनतम पारिश्रमिक १० हजार ८ बाट बढाएर १९ हजार ५ सय र सञ्चार खर्च मासिक १ हजार कायम गर्न सिफारिस गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना आह्वान गरी पारिश्रमिक पुनरवलोकनका सम्बन्धमा कुनै राय, सुझाव, प्रतिक्रिया भए सञ्चार गृहहरूलाई एक साताभित्रै बुझाउन आग्रह गर्ने जानकारी छलफलमा सहभागी पारिश्रमिक निर्धारण समितिका सदस्य रामप्रसाद दाहालले दिए ।
को थिए बेलायत पुग्ने पहिलो नेपाली ?
सन् १८५० मा जंगबहादुर राणा बेलायत गएका थिए । उनीसँगै ठूलो टोली थियो, २५ जनाको । त्यति बेला बेलायतीहरूका लागि जंगबहादुर ठूलो सनसनी सावित भएका थिए । द टाइम्सले लेखेको थियो, ‘महारानीसामु प्रस्तुत हुने उच्च जातिका हिन्दु उनी नै पहिलो हुन् ।’

यस्तै भनिएको छ, दक्षिण एसियाबाटै बेलायत भ्रमण गर्ने जंगबहादुर पहिलो उच्च पदका व्यक्ति थिए । सबै स्रोत यस्तै भन्छ । त्यो अर्थमा सबैले मान्ने गरेका छन्, जंगबहादुर नै बेलायत पुग्ने पहिलो नेपाली हुन् । तर, होइनन् । इतिहासमा भेटिएको नवीनतम तथ्यले भन्छ, उनीभन्दा अगाडि कोही अर्कै नेपाली बेलायत पुगिसकेका थिए ।

त्यही तथ्यअनुसार ऐतिहासिक घटनाको यसरी कल्पना गर्न सक्छौं । जंगबहादुर र उनको टोलीले बेलायतमा खुबै मोजमस्ती र घुममाम गर्‍यो । यस्तै कुनै दिन उनी लन्डन घुमिरहेका थिए । उनले बाटोमा भेट्टाए, आफूजस्तै नेपाली । आफूजस्तै नेपाली बोल्ने मोतीलाल सिंह । जंगबहादुर कति उत्साहित भए होलान् रु मोतीलाल कति खुसी भए होलान् रु उनीहरूले कसरी कुराकानी सुरु गरे होलान् रु त्यो कल्पना नै अविश्वसनीय छ ।

जंगबहादुरको बेलायत भ्रमणबारे धेरै लेखिएका छन् । अहिले पनि त्यसबारे लेख्ने क्रम जारी छ । तर, त्यसै भ्रमणमा छुटेको एउटा ठूलो तथ्य हो, रहस्यमय मोतीलालबारे । सुरुमा भनिएको थियो, उनी भारतीय हुन् । नेपालका धेरै ऐतिहासिक पात्रलाई विदेशमा भारतीय भनेर लेखिएका छन् । धेरैले मोतीलालबारे यस्तै सम्झे र बुझे । त्यो भ्रम थियो । ‘अहिले प्राप्त तथ्यले हामी के निश्चित ठोकुवा गर्न सक्छौं भने मोतीलाल नेपाली नै हुन् । यसमा अब कुनै विवाद रहेन,’ मोतीलालबारे अनुसन्धान गरिरहेका मानवशास्त्री कृष्णप्रसाद अधिकारी भन्छन् । उनी अक्सफोर्ड युनिभसिर्टीका रिचर्स फेलो हुन् ।

मोतीलालबारे नयाँ जानकारी प्राप्त भएपछि उनी खुबै रोमाञ्चित छन् । पछिल्लो समय जंगबहादुरको बेलायत यात्राबारे अनुबन्धन गरिरहेका पश्चिमेली विद्वान् हुन्, जोन ह्वेल्टन । ‘जंगबहादर इन युरोप, द फस्ट नेपलिज मिसन टु वेस्ट’ उनको चर्चित पुस्तक हो । त्यसमा मोतीलालबारे उल्लेख छैन । तर, अब ह्वेल्टन पनि आफ्नो पुस्तकको नयाँ संस्करणमा मोतीलालको अध्याय थप्ने क्रममा छन् ।

मोतीलालबारे सबैभन्दा पहिले उल्लेख गर्ने विश्व पौडेल हुन् । उनले हिमाल खबर पत्रिकामा ‘बिर्सिएका मोतीलाल’ भनेर लेखेका थिए । त्यसलाई पढेर अनुसन्धानकर्ता अधिकारी खुबै दंग गरे । अनि, पछ्याउन थाले, इतिहासमा रहस्यमय रहेका मोतीलाललाई । सन् २००८ मा बेलायतमा रहेका नेपालीले ठूलो रकम खर्च गरेर मोतीलालबारे अनुसन्धान सुरु गरेका थिए ।

बेलायतमा अचेल एक लाख नेपाली छन् । सायद योभन्दा पनि बढी । यी नेपालीलाई बेलायतमा आफ्नो उपस्थिति जनाउन यस्तो ‘आइकन’ व्यक्तित्व चाहिरहेको थियो, जसबारे उनीहरूले गर्व गर्न सकुन् । उनीहरूका लागि त्यति बेला खुसीको सीमा रहेन, जति बेला मोतीलाल बेलायत पुगेका पहिलो नेपाली हुन् भन्ने तथ्य प्राप्त भयो । अरू नयाँ तथ्य प्राप्त नभएसम्म कम्तीमा अहिलेका लागि उनी नै बेलायत पुगेको पहिलो नेपाली हुन् भनेर दाबी गर्ने स्थिति छ ।

मोतीलालबारे प्राप्त सबैभन्दा ठूलो तथ्य हो, उनले आपैंmले लेखेको लेख । त्यो लेख सन् १८५० जुलाइको ‘न्यु मन्थली म्यागजिन’ मा प्रकाशित भएको थियो । त्यसमा उनको लेखको शीर्षक थियो, ‘लन्डनमा नेपालीको विवरण’ । उनलाई अंग्रेजी भाषाको राम्रै ज्ञान थियो । त्यसैले उनी अंग्रेजीमा लेख्ने पहिलो नेपाली पनि हुन् । पत्रिकाको ‘आर्काइभ’ बाट केही समयअगाडि मात्र त्यो लेखबारे थाहा भएको हो ।

मोतीलाल लन्डनमा सडक सफा गर्दै पैसा थापेर जीविकापार्जन गर्ने कुचीकार थिए । यस्तालाई ‘क्रसिङ स्विपर’ भनिन्थ्यो । भिक्टोरियाको जमानामा लन्डनमा माग्नेहरू थुप्रै हुन्थे । त्यसरी माग्नेभन्दा बाटो सफा गरेर ओहोरदोहोर गर्नेको मन जितेर पैसा माग्नु राम्रै थियो । उनले त्यस लेखमा आफूबारे पनि जानकारी दिएका छन् । उनले आफ्नो लेखमा सम्भावित नेपाली पाठकलाई लिएर उही बेला लेखेका छन्, ‘मेरा टाढा रहेका देशबासीले थाहा पाउन ।’

लेखमा उनीबारे लगभग यस्तो उल्लेख छ, ‘म मोतीलाल सिंह नेपालको भादगाउँ भन्ने ठाउँमा जन्मेको हुँ । यो राजधानी काठमाडौंबाट धेरै टाढा छैन । त्यो बेला गीर्वाण महाराजा थिए । यसैबीच नेपालले अंग्रेज अधीनस्त भारतसँग युद्ध गर्ने फैसला गर्‍यो । यति बेलासम्म मैले २० कृष्णपक्ष बिताइसकेको थिएँ । गोरखाको एउटा जाति भएको नाताले त्यो युद्धमा मलाई पनि पठाइयो । घमासान युद्धमा म घाइते भएँ र मलाई युद्धबन्दी बनाइयो ।

अभिशप्त र अपहेलित म पछि जित्ने सेनामै भर्ना भएँ र उनीहरूले जस्तै लड्न र अंग्रेजी बोल्न सिकें । जति बेला शान्तिका दिन आए, म आफ्नो मातृभूमिभन्दा धेरै टाढा कलकत्ता सहरमा बसिसकेको थिएँ । त्यहाँ मैले एक महिलालाई आफ्नो श्रीमती छानें । हाम्रा थुप्रै बालबच्चा भए । एउटा पानीजहाजको अंग्रेज कप्तानले सुन दिने लोभ देखाएको कारण मैले धेरै हन्डर खानुपर्‍यो । यात्राको क्रममा जम्मा गरेका सबै रुपैयाँ पनि हराएँ ।

केही समयपछि म लन्डनका चिसा सडकमा भोकै तिर्खाउँदै र जाडोले काँप्दै बिताएँ । पछि मैले सेन्ट पउल चर्चको पूर्वपट्टि पैदलमार्गमा हातमा कुचो च्यापेर खडा हुँदै जीवन गुजारा गरें । अन्त्यमा मेरा देशवासीसँग मेरो जम्काभेट भयो । ममाथि महामहिम जंगबहादुरको नजर पर्‍यो । उनको दयाको कारण मेरी श्रीमतीले कुरिरहेको त्यो भूमिमा फर्कने सुनौलो सम्भावना पलाएको छ । आशा छ, उनी बाँचिरहेकी होलिन् ।’

अधिकारीले पछि मोतीलालबारे सानो पुस्तक पनि तयार पारेका छन्, ‘मोतीलाल सिंहको रहस्यमय जीवन र उनको ऐतिहासिक आलेख’ । अधिकारीका अनुसार जंगबहादुरलाई भेट्दा मोतीलाल सम्भवतस् ५६ वर्षका थिए । त्यति बेलाको चलनचल्तीअनुसार उनले आफ्नो नाम भने ‘मुतिलोल सिङ’ लेखेका छन् । उनले आफ्नो लेखमा जंगबहादुरको बेलायत यात्राबारे लामो विवरण तयार पारेका छन् ।

द इकोनोमिस्टले सन् १८५० को जुलाई १ मा कतिसम्म लेखेको छ भने, ‘महामहिम नेपाली राजदूतले यी हिन्दु कुचीकारलाई उद्धार गरे र यिनको भाग्य चम्किएको छ । उनी नेपाली टोलीसँग दुई महिनाको बसाइमा दोभाषे बन्नेछन् । यिनी हरेक बिहान उनीहरूसँगै सुन्दर हिन्दु पहिरनमा ठाँटिएर हिँड्छन् ।’ अरू धेरै पत्रिकाले उनको नाम उल्लेख नगरे पनि सबैले ती प्रख्यात हिन्दु कुचीकारलाई लन्डनमा देखेको हुनुपर्छ भनेर लेखेका छन् ।

अब प्रश्न उठ्ने गर्छ, के ती मोतीलाल आफ्नो घर फर्कन सफल भए त रु उनको लेखमै पनि नामअगाडि ‘लेट क्रसिङ स्विपर’ जोडिएको छ । त्यसको अर्थ, जंगबहादुरको भ्रमणलगत्तै उनको मृत्यु भएको थियो अथवा उनले त्यो पेसा छाडे, त्यसैले उनी भूतपूर्व कुचीकार भए त रु यसको दुवै अर्थ हुन सक्छ । अधिकारी उनीबारे थप अनुसन्धान गरिरहेका छन् । मार्च २३ मा लन्डनमा हुने इतिहासको एउटा ठूलो कार्यक्रममा उनी मोतीलालबारे पेपर पेस गर्दैछन् ।

अधिकारी सम्मिलित सेन्टर फर नेपाल स्टडिज यूकेले मोतीलालबारे वर्षमा एकपल्ट उनको सम्झनामा कार्यक्रम गर्ने सोच पनि बनाएको छ । यही संस्थाले नेपाल–बेलायतबारे स्नातकोत्तरमा शोध गर्नेलाई छात्रवृत्रि दिने पनि निर्णय गरिसकेको छ । नेपाल र बेलायतबीच सम्बन्ध स्थापनाको दुई वर्ष पुग्न लागेको समयमा मोतीलालबारे जानकारी आउनु अधिकारी ठूलै उपलब्धि मान्छन् । उनी थप्छन्, ‘मोतीलालको भक्तपुरस्थित परिवारका नयाँ पुस्ता अझै छन् होला, तिनलाई मोतीलालबारे केही थाहा छ त ?’ (कान्तीपुरबाट साभार ।।)

कथा ः होली र दिलौरी


हरिमाया भेटवाल
Harimaya 
सानो पसलमा ठूलो स्वरले रेडियो घन्काउँदै दिलौरी चुरोट बेच्छे दिनभरि । हक्की भएर बोल्ने मात्र नभई सुन्दर हुनाले पनि नरेखाल जति खर्लप्पै आउँथे दिलौरीको पसलमा । चुरोटको कमाल हो कि दिलौरीको रु नखानेहरू खान थालेका थिए भने खानेहरूले कोटा बढाएका थिए । दिलौरीलाई हेर्नकै लागि भए पनि चुरोट किन्न आउँथे नरेहरू ।

Mar 15, 2016

कृषि उपज केन्द्रको सञ्चालनसँगै कृषकहरु उत्साहित


सुर्खेत, ३ चैत ।
वीरेन्द्रनगरमा कृषि उपज थोक बजार केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रका कृषकहरु उत्साहित भएका छन् । बजार पूर्वाधार अभावका कारण बजारमा छरिएर रहेका व्यापारी र उत्पादक कृषकहरुबीच कारोबार गर्न समस्या भइरहेका बेला उपज केन्द्र सञ्चालनमा आएपछि कृषकहरु उत्साहित भएका हुन् ।
कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने र स्थानीय उत्पादनलाई बढवा दिने उद्देश्यले सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणामा कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको हो । उत्पादित वस्तुको विक्रि बजार स्थल भएपछि कृषकहरु व्यवसायीक खेतीतर्फ पनि अग्रसर हुँदै गएको बताइएको छ । मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाहरुबाट संकलन भएका कृषि उपजहरु जुम्ला, दैलेख, कालीकोट, बाँके, बर्दिया, दाङ्ग, पोखरा, बुटवल, चितवन कञ्चनपुरलगायतका जिल्लाहरुमा विक्रि वितरण हँुदै आएको बुलबुले क्षेत्रीय कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष हर्कबहादुर खत्रीले बताए । स्थानीय कृषकले उत्पादन गरेको कृषि उपज सङ्कलन गरी सहज रूपमा बजारसम्म पु¥याउने उद्देश्यले कृषि विकास मन्त्रालय र कृषिका क्षेत्रमा काम गर्ने अन्य संस्थाहरुको सहयोगमा केन्द्र स्थापना गरिएको हो । नगरविकास समितिबाट लिइएको १८ कठ्ठा क्षेत्रफलको जग्गामा पूर्वाधार निमार्ण गरी सञ्चालनमा ल्याइएको उक्त उपज केन्द्रको पूर्वाधार निमार्णका लागि झण्डै १ करोड ४० लाख लगानी भएको बताइएको छ । लगानी भएको रकम मध्ये ९५ प्रतिशत सरकारको मात्रै लगानी छ ।
उपज केन्द्रमा हाल केहि तरकारी तथा फलफूल मण्डी मात्रै सञ्चालन गरिएको छ । ‘अन्य मण्डीहरु संचालनका लागि १० वटा कोठा निमार्णको काम सम्पन्न भईसकेकाले केहि दिनभित्र अन्य व्यवसायीहरुले पनि उपज केन्द्रभित्र मण्डी सञ्चालन गर्न पाउँछन्,’ सञ्चालक समितिका उपाध्यक्ष प्रवल शाहीले भने । उनका अनुसार वीरेन्द्रनगरमा छरिएर रहेका तरकारी तथा फलफुल व्यवसाय धेरै भएकाले हाल केन्द्रमा निमार्ण गरिएका भवनहरु प्रयाप्त भने छैनन् । शाहीले भने,‘ हामीसँग १० कोठा छन् । २८ निवेदन परेका छन् । सबैलाई समेट्न गाह्रो छ ।’ उनले समितिले निर्देशिका र कार्यविधि बनाएर केन्द्रलाई व्यस्थित गर्न लागेको पनि जानकारी दिए ।
सञ्चालक समितिले परेका निवेदनहरुको छनोट समिति बनाई टुंगो लगाउने तयारी गरेको छ । उपज केन्द्रमा हाल सञ्चालनमा रहेका मण्डीहरुबाट ४१ हजार ३ सय ५० क्वीन्टल तरकारी तथा फलफुलको कारोबार हुने गरेको छ । बुलबुले क्षेत्रीय कृषि उपज थोक बजार केन्द्रले कृषि उपजको मूल्य एग्रीबीज मार्फत जानकारी दिने, कृषकहरुलाई एकद्धार प्रणालीबाट उत्पादित वस्तुहरु विक्रि गर्न प्रोत्साहन गर्ने र प्रांगारिक उपज विक्रिका लागि छुट्टै स्टलको व्यवस्था गर्नेलगायतका प्रयासहरु गरिरहेको छ । यस्तै जिल्ला कृषि विकास कार्यालय र उच्च मूल्य कृषि वस्तु विकास आयोजनालगायतका कार्यालयहरुसँग समन्वय गरी कृषि वस्तुको बजारीकरणका लागि काम गरिरहेको समितिले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख विजयकुमार गिरीले उपज केन्द्र पूर्णरुपमा सञ्चालनमा आएपछि बजार पूर्वाधार अभावका कारण व्यापारी र उत्पादक कृषकहरुले आफ्नो कृषि उपज डुलाएर विक्रि गर्नुपर्ने बाध्यता केही हदसम्म भएपनि कम हुने बताए । उपज केन्द्रका लागि शौचालय, कम्पोस्ट विट, लेबलिङ र ढल निकासको लागि नाला निमार्ण जस्ता अत्यावश्यक पूर्वाधारको भने निमार्ण हुन सकेको छैन ।
यसैबीच, कृषि विकास मन्त्रालयको टोलीले उक्त उपज केन्द्रको मंगलबार अनुगमन तथा निरिक्षण गरेको छ । अनुगमनका क्रममा तरकारी तथा फलफूल व्यवसायी र विषयगत कार्यालयका प्रतिधिहरुबीच आयोजना गरिएको अन्तरक्रियाका सहभागिले उपज केन्द्रले व्यवसायीक योजना बनाएर केन्द्र सञ्चालन गर्नुपर्ने बताएका छन् । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले कृषि उपज केन्द्रको संचालक समितिलाई केन्द्रलाई व्यवस्थित र दिगो बनाउन व्यवसायीक योजना बनाएर काम गर्न सुझाव दिए । उनले युवाहरुलाई कृषि कर्ममा टिकाईराख्न बजार, कृषक समुह र सहकारीको सम्बन्ध मजबुत बनाउँदै लैजानु पर्ने बताए । सचिव भट्टराईले यस क्षेत्रको कृषिलाई व्यवसायीक र बजारीकरण गर्न मन्त्रालयले सहयोग गर्ने बचन पनि दिए । उक्त अन्तरक्रियामा कृषि विभागका महानिर्देशक डा.युवकध्वज जिसी, नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक रामबहादुर केसी, राष्ट्रिय योजना आयोगका सह– सचिव बालकृष्ण घिमिरे, उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्र भारी, उच्च मुल्य कृषि वस्तु विकास आयोजनाका क्षमता विकास अधिकृत हरिमदन अधिकारी, जिल्ला कृषि सहकारी संघका अध्यक्ष अमृतबहादुर विसीलगायतको उपस्थिती रहेको थियो ।

नेपाल क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलनको तयारी पुरा

सुर्खेत चैत्र ३ ।
 यही चैत्र ५ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुने नेपाल मदुर किसान पार्टीको नेपाल क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । 
सम्मेलन सम्मेलन तयारी समितिले आज विहान पत्रकार सम्मेलनको आयोजना गरी तयारी करिब पुरा भएको जानकारी दिएको छ । 
सात गतेसम्मा चल्ने सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन गर्ने नेपाल क्रान्तिकारी युवा संघले जनाएको छ । 
सम्मेलनका बारेमा जानारी दिदै सम्मेलन तयारी समितिका संयोजक उकेश कवाँले सम्मेलनले राष्ट्रियतालाई जोड दिदै भुअखण्डताका पक्षमा आवाज उठाउने बताए । 
अहिले भारतले नेपालमाथी थिचोमिचो गरिरहेको भन्दै संयोजक कवाँले सम्मेलन त्यसैमा केन्द्रित हुने र युवाहरुको भूमिकाका विषयमा पनि छलफल गरिने बताए ।
 सम्मेलनको उद्घाटन पूर्व स्थानीय मंगलगढीबाट बृहत ¥याली निकाली बजार परिक्रमा गरिने आयोजकले जनाएको छ । सम्मेलनका लागि देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधी बिहिबार देखि नै आउने क्रम सुरु भएको नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सदस्य तथा सुर्खेतका अध्यक्ष गोविन्दनाथ योगीले जानकारी दिए । 

Mar 14, 2016

आयोग घुनपुत्ला कसैलाई छाड्दैनः डाँगी


सुर्खेत, १ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय सुर्खेतका उप–सचिव एवम् प्रवक्ता जंगबहादुर डाँगीले भ्रष्टचार गर्ने कुनै पनि दर्जाको व्यक्तिलाई आयोगले नछाँड्ने बताएका छन् । 
उनले सुशासनका पहरेदार भनिएकाहरुले नै भ्रष्ट्रआचारण देखाउने गरेको भन्दै सेवाग्रहीबाट यो या त्यो बहानामा घुस लिने र अनुचित कार्य गर्नेहरुलाई अख्तियारले नछाड्ने बताए ।

काँग्रेस १३ औं महाधिवेशन, पूर्णबहादुर खड्का केन्द्रिय सदस्यमा निर्वाचित

काँग्रेस खुला तर्फका २५ केन्द्रिय सदस्यको टुंगो
काठमाडौं, १ चैत ।




नेपाली काँग्रेसको खुला तर्फका २५ केन्द्रिय सदस्यको टुंगो लागेको छ । सुर्खेत क्षेत्र नम्बर १ का सांसद एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । 
सोमवार सम्पन्न मतगणनाको परिणाम अनुसार खड्काले १ हजार ६ सय ८६ मत ल्याएर दशौँ स्थान प्राप्त गरेका हुन् ।  

१२ औं महाधिवेशनबाट पनि खुलातर्फ केन्द्रिय सदस्यमा निर्वाचित भएका खड्का सहमहामन्त्रीमा मनोनीत भएका थिए । खड्काले केही समयअघि सहमहामन्त्रीबाट राजीनामा दिएका थिए । 
यद्यपी पार्टीले भने उनको राजीनामा स्वीकृत गरेको थिएन । 
सोमबार सकिएको मतगणना अनुसार डा. शेखर कोइरालाले सबैभन्दा बढी १ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै, खुमबहादुर खड्काले १ हजार ८ सय ४६ मत र प्रकाशमान सिंहले १ हजार ७ सय ९५ मतसहित दोस्रो र तेस्रो भएका छन् । 
निर्वाचित हुनेहरुमा देउवा पक्षका खुमबहादुर खड्का, कुलबहादुर गुरूङ, पूर्णबहादुर खड्का, बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, प्रदीप गिरी, रमेश लेखक, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, चन्द्र भण्डारी र प्रकाशशरण महत छन् ।
 त्यस्तै पौडेल पक्षबाट डा. शेखर कोइराला, प्रकाशमान सिंह, महेश आचार्य, डा. रामशरण महत, सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, नारायण खड्का, प्रदीप पौडेल, धनराज गुरुङ र बद्री पाण्डे निर्वाचित भएका छन् । निर्र्वाचित हुनेमा अधिकांश पुरानै र पाका अनुहार छन् । 
खुलातर्फको केन्द्रिय सदस्यमा, रमेश लेखक, विश्वप्रकाश शर्मा नयाँ अनुहार हुन् । मत परिणाम अनुसार नवनिर्वाचित सभापति शेरबहादुर देउवा समूहका १४ जना विजयी भएका छन् भने रामचन्द्र पौडेल समूहका ११ जना विजयी भएका छन् । ९० जना प्रतिस्पर्धीमध्ये १४ सय २० भन्दा धेरै मत पाउने २५ जना केन्द्रिय सदस्यमा चयन भएका हुन । उम्मेदवारमध्ये ७ जनाले १ सय मत पनि कटाउन सकेनन् ।
प्रदेश केन्द्रिय सदस्यमा थानी र शाही विजयी
काँग्रेसको १३ औं महाधिवेशनमा प्रदेशतर्फको नतिजा पनि सार्वजनिक भएको छ । सोमबार साँझ सार्वजनिक मतपरिणामअनुसार ७ वटै प्रदेशबाट नवनिवाचित सभापति शेरबहादुर देउवा र सभापतिमा पराजित रामचन्द्र पौडेल प्यानलका बराबर ७–७ जना निर्वाचित भएका छन् । 
केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश ७ बाट हृदयराम थानी र जीवनबहादुर शाही निर्वाचित भएका छन् । यस्तै प्रदेश नम्बर १ बाट गुरुराज घिमिरे र भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । २ नम्बर प्रदेशबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल, ३ नम्बर प्रदेशबाट नविन्द्रराज जोशी र मोहनबहादुर बस्नेत विजयी भएका छन् । ४ नम्बर प्रदेशबाट गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डे, ५ नम्बर प्रदेशबाट दीपक गिरी र देवेन्द्रराज कँडेल, र ७ नम्बर प्रदेशबाट दिलेन्द्रप्रसाद बडु र बीरबहादुर बलायर निर्वाचित भएका छन् ।

के त्यो भ्रष्टाचार होइन् ?


किन अन्याय र अत्याचार यहाँ ?
नुन् चुक हाले झैँ छ, व्यवहार यहाँ,
कुना, कन्दरा ठुला र गुफामा,
छ्याप्छ्याप्ती छाएको भ्रष्टाचार यहाँ ।
हो, मानिस समाजमा स्थापित हुन र समाज सरह बाँच्नका लागि आफ्नो आर्थिक अवस्था दरिलो र खदिलो बनाउन चाहान्छ । आफ्नो आर्थिक अवस्था बलियो र मजबुत पार्न शारीरिक एवम् मानसिक शक्ति खर्चेर आर्थिक अवस्था दरिलो बनाउनु स्रोह्रै आना ठिकै हो स्वाभाविक हो । यहाँ आफ्नो शारीरिक एवम् मानसिक शक्ति खर्चै नगरेर अरु कुनै व्यक्ति, समाज, संघ, संस्थाबाट फाईदा लिएर आफ्नो आर्थिक अवस्था मजबुत पार्नु दरिलो बनाउनु उचित ठहर्दैन् । ‘फुपुको धन मामाको श्राद्ध’ भने झैँ अर्थात कुनै एक वस्तुसँग साइनो गासेर फाइदा लिदैँ अर्काे वस्तुमा जोडेर उसबाट पनि फाइदा लिनु कस्तो व्यवहार हो ? हाम्रो समाजमा किन यस्तो मनस्थिती रहेको होला मान्छेहरुको ?
यो प्रसङ्ग हो, हामै्र समाजमा रहेका केही शिक्षितहरुको । हाम्रो समाजका केही शिक्षित मान्छेहरु कोही सरकारी कार्यालयमा कोही गैर–सरकारी कार्यालयमा आफ्नो ओहदा वा पद अनुसारको काम गरिरहेका छन् । यी सरकारी वा गैर–सरकारी संघ–संस्थाको नियम कानुन मुताविक काम गरे वापत ति काम गर्ने कामदार वा कर्मचारीहरुको जीवन जीउन पद अनुसार वा तह अनुसार पारिश्रमीक दिने व्यवस्थाको  साथै, उनीहरुलाई काम गर्न हौसला बढाउन थप सेवा सुविधा दिएको छ । अझै पनि पारिश्रमीक एवम् थप सेवा सुविधा पाएका ति संघ–संस्थामा काम गर्ने कामदार वा कर्मचारीहरुले फाइदा लुट्न्  र मोज मस्ति गर्नु ति सरकारी कार्यालय, गैर–सरकारी कार्यालय वा संघ–संस्थामा आफ्नो कामको लागि आउने सेवाग्राहीको छिटो छरितो काम गर्न केही यातायातका साधनहरुको व्यवस्था गरेको हुन्छ । तर, ति साधनहरुको सदुपयोग भन्दा दुरुपयोग बढी हुने गरेको देखिन्छ । सरकारी एवम् गैर–सरकारी संघ–संस्थाको कामकाजको लागि तोकिएको समयमा मात्रै ति यातायातका साधनहरु प्रयोग गर्नुपर्ने हो, तर त्यहाँ काम गर्ने कामदार वा कर्मचारीहरुले आफ्नै मनोमानि ढंगले निजी स्वार्थको लागि ति यातायातका साधनहरुलाई दुरुपयोग गरिरहेका छन् ।
सुर्खेत जिल्लाकै उदारण लिऊँ । यस जिल्लामा रहेका सरकारी वा गैर–सरकारी संघ–संस्थामा यातायातका साधन छन् । जस्तै, कार, जीप र मोटरसाईकलहरु यिनी साधनहरुलाई त शनिवार वा अन्य विदाको दिनमा कार्यालयमा नै राख्नुपर्ने हो नी ? वा हाकिम कै क्वाटरमा राख्नुपर्ने हो नी ? त्यसो नभई शनिवार वा अन्य विदाको दिन पनि प्रयोग गरिरहेका देखिन्छन् । ति सरकारी वा गैर–सरकारी संघ–संस्थामा काम गर्ने कर्मचारीहरुले देउती बज्यैँ दर्शन गर्न, उत्तरगंगामा रहेको जलेश्वर महादेवको दर्शन गर्न, लाटिकोइमा अवस्थित शिव मन्दिरको दर्शन गर्न र काँक्रेविहारका भग्नावशेष हेर्ने ति सरकारी वा गैर–सरकारी यातायातका साधनहरुलाई आफ्नो निजी साधन झै ठानेर गुडाई रहेका हुन्छन् । यति मात्र कहाँ हो र सरकारी साधन एक मुठि खोले साँग किन्न, एक दाना व्रोइलर कुखुराको अण्डा किन्न वजारका गल्ली गल्लीमा गुडाई रहेका हुन्छन् । के कति साधनहरु संघ–संस्था वा कार्यालयको कामको लागि कम प्रयोग गर्ने र कर्मचारीहरुको मोजमस्तिको लागि बढी प्रयोग गर्नु भन्ने माथिल्लो निकाय वा राज्य सञ्चालनको निर्देशन होला त ? यति यो हो भने भाग्यमानी हुन् ति सरकारी वा गैर–सरकारी संघ–संस्थामा काम गर्ने कामदार वा कर्मचारीहरु यति होइन् भने किन त ती यातायातका साधनहरुलाई विदाका दिनमा पनि प्रयोग किन गर्छन् । एक मुठि खोले साँग किन्न जाँदा पनि किन सरकारी साधनको प्रयोग हुन्छ ? यसरी ति यातायातका साधनहरुलाई प्रयोग गर्नु यो के भ्रष्टाचार होईन र ? के सगरमाथाको चित्र अंकित नोटका विटा समात्ने भष्ट्रचारीहरुलाई कार्वाही गरे झैँ यी सरकारी वा गैर–सरकारी कार्यालय वा संघ–संस्थामा रहेका यातायातका साधनहरुलाई कार्यालयका काम वाहेक निजी कामको लागि प्रयोग गर्ने कर्मचारीलाई कानुनको दायरमा ल्याए सकिदैन ? आम जनमानसमा यस्तै धारण उब्जेको छ । खोही कहाँ निदाएको छ अनुगमन र नियमन गर्ने निकाय ? 
                                                                                               कर्णबहादुर बोहरा