Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Sep 19, 2015

छेकेन अभावले पर्व

त्रिपालमुनि तीजको रौनक

डिलप्रसाद शर्मा
सुर्खेत, २९ भदौ ।
बाढीपिडित विस्थापित शिविरमा वस्दै आएका महिलाहरुलाई अभावकाबीच पनि तीजको रौनकले छोएको छ । विहान बेलुकीको छाक टार्न मुस्किल भएपनि हिन्दु नारीहरुका लागि महत्वपुर्ण मानिने तीज पर्वमा भने उनीहरुले रुखो सुखो भएपनि नाचगान र रमाइलो गरेर मनाइरहेका छन् ।
मंगलबार दिउँसो महिला प्रशिक्षण केन्द्रमा रहेको विस्थापित शिविरमा बस्दै आएका महिलाहरु तीजि भाकामा नाचगान गरिरहेका भेटिए । प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएकी गिता विकले भनिन् –‘दर खाने र एक सरो नयाँ कपडा किन्न नसकिएपनि जे जस्तो छ त्यसैमा सन्तोष मानेर तीज मनाइरहेका छौ ।’ गत वर्ष वाढीले घर वगाएको पिडाले आफुहरुलाई तिज आए नआएको थाहा भएन गीताले सुनाइन्–‘मिठो मिठो पकाएर खाने र राम्रो किनेर लगाउने पैसा छैन्, नाँचेरै भएपनि तीज मनाउछौं ।’ उनले विगतका बर्षहरुमा तीज मनाएको सम्झिन् –‘पहिले घर थियो, कपडा थिए, सबै थियो तर अहिले त्रिपाल मुनिको तिज मनाउनु परेको छ ।’ तिजमा राम्रो लगाउने र मिठो खाने चाहाना भएपनि चाहानमै सिमित रहेको गीताले बताइन् ।
अहिले ७५ परिवार रहेको शिविरका महिलाहरु माइती गएर तीजमा छमछमि नाँच्ने र सबै सँग रमाइलो गर्ने इच्छा भएपनि आफुसँग माइती जाने भाडासम्म नभएको बताउछन् । परिक्षण केन्द्रकै शिविरमा बस्दै आएकी शशी नेपालीको माइती घर धनगढी हो उनी भन्छिन् –‘यहाँ बाट धनगढी जाने भाडा छैन्, बरु शिविरमा रहेका सबै दिदिबहिनी मिलेर रमाइलो गर्ने सोचमा छौ ।’ आफ्नो मन बुझाउन त सजिलो छ शशीले भनिन् –‘तर, छोराछारीले राम्रो कपडा किन्न भनि जिद्धी गरेर हैरान पार्ने गरेका छन् ।’
को बेला भोली किनौला भन्ने गरेको उनले वताईन् । गत वर्ष राम्रो सँग कुनै चाडपर्व मनाउन नपाए पनि यसपालिको तीजलाई पिडा दबाएरै भएपनि मनाउने कोशिस गरेको शिविरका महिलाहरु बताउँछन् । वाढीले घरवार विहिन बनाएपछि गत बर्ष तीज आएको पत्तो नपाएका जिल्ला स्थित विभिन्न विस्थापित शिविरमा बस्दै आएका महिलाहरु यसपालिको तीजमा भने पिडालाई दवाएरै भएपनि नाँच्ने गाउँने गरिरहेका छन् ।

Sep 11, 2015

वाल विवाह रोक्ने प्रतिवद्धता

वाल विवाह रोक्ने प्रतिवद्धता

डिलप्रसाद शर्मा
सुर्खेत, २४ भदौ ।
जिल्लामा क्रियाशिल सरकारी तथा गैर सरकारी संघ–संस्थाहरुले वालविबाह रोक्ने प्रतिवद्धता जायर गरेका छन् । बाल बिवाह न्यूनिकरणका लागि सरोकारवालाहरुको भुमिका विषयक बहस कार्यक्रमका सहभागिहरुले यस्तो प्रतिवद्धता जायर गरेका हुन् । कार्यक्रमका सहभागिहरु जिल्लाका सरोकारवाला निकायका प्रमुखहरु विच अन्तरक्रिया भएको थियो । जिल्लाका ग्रामिण क्षेत्रमा बाल विबाह बढ्न थाले पछि न्युनिकरणका लागि सरोकारवाला निकायको ध्यान गएको छ ।
जिल्ला बाल कल्याण समितिका वाल संरक्षण अधिकृत रमा भण्डारीले वर्षेनी ६० प्रतिशत बालबिबाह हुने गरेको वताईन् । उनले बालविबाह न्युनिकरणका लागि जिल्ला वाल कल्याण समितिले मात्र एक्लो पहलले सम्भव नभएको वताईन् । जिल्लामा बालबिबाह अवस्था र यसको न्युनिकरणमा थुप्रै चुनौति रहेको भण्डारीको भनाई छ ।
त्यस्तै, जिल्ला विकास समिति सामाजिक विकास अधिकारी टंक लामिछानेले  हरेक वर्ष हुने जिल्ला परिषद्बाट कुल बजेटको १० प्रतिशत वालबालिकाकालागि रकम छुट्याउने गरेको वताए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि प्रभा भण्डारी, जिल्ला बाल मञ्च सुर्खेतका अध्यक्ष बाशुदेव शर्मा, जिल्ला शिक्षा कार्यालय विद्यालन निरीक्षक वलवीर सुनार, आवाज संस्थाका कार्यक्रम संयोजक पवित्रा शाही, लगाएतले सहभागिहरुका प्रश्नमाथि प्रकाश पारेका थिए । आशा नेपाल सुर्खेतको आयोजना र स्ट्रोम फउण्डेसन, किडार्क नेपाल तथा समाज जागरण केन्द्र (स्याक) नेपालका सहयोगमा कार्यक्रम समपन्न भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारतीले गरेका थिए ।