Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Showing posts with label surkhet. Show all posts
Showing posts with label surkhet. Show all posts

Feb 5, 2016

बाढीपीडित महिलाको चित्कार ‘अब यसरी बाँचिँदैन’


ललितबहादुर बुढा
हरिहरपुरकी गंगा बुढा हिजोआज पटकपटक तर्सिन्छिन् । आकाशबाट सामान्य पानी पर्दा होस् वा हावाहुरी चल्दा उनलाई डर लाग्छ । उनले गएको साउनमा अविरल वर्षासँगै भेरी नदीमा आएको उर्लंदो बाढीमा बल्लतल्ल आफ्नो ज्यान जोगाएकी थिइन् । बाढीमा ज्यान जोगाउन सफल भए पनि गिरिघाटस्थित विस्थापित शिविरमा बस्दै आएकी गंगालाई अहिलेचाहिँ ज्यान जोगाउन मुस्किल भइरहेको छ ।
१० महिनादेखि त्रिपालमुनि रात काट्दै आएकी गंगा दुई महिनाअघि मात्रै जङ्गलमा रहेको शिविरमै सुत्केरी भएपछि उनको बिचल्ली सुरु भएको हो ।
वर्षौंदेखि दुःख गरेर जोडेको घरखेत एकै रातमा बाढीले बगर बनाइदियो । सँगै घाँसदाउरा गर्दै आएका गाउँका छिमेकी आँखैअगाडि बाढीमा बगे । पूरा गाउँ नै एकाएक हरायो । बाँच्ने कुनै आधार नभएपछि अस्थायी शिविरमा शरण लिन पुगेकी गंगा हिजोआज बिहान र बेलुकी के खाने भन्ने समस्यामा छिन् । सरकारी तथा गैरसरकारी निकायले राहत उपलब्ध गराउन छाडेको पनि महिनौँ भइसक्यो । शिविरका अन्य विस्थापितले मजदुरी गरेर छाक टार्ने गरे पनि साथमा दुई महिनाको बच्चा भएकाले गंगालाई काम गर्न समस्या छ । खानाको समस्या, मजदुरीका लागि श्रीमान् विदेश गएकाले त्रिपालको एक्लो र असुरक्षित बसाइ, बच्चा बिरामी हुँदा उपचार गर्ने पैसाको अभाव र बीचजङ्गलमा टाँगिएको त्रिपालमा रात काट्नुपर्ने बाध्यताका कारण यतिबेला उनी आफ्नो जीवनलाई नै बोझ मान्न थालेकी छिन् ।
3
लेखपराजुलको शनिमोहर विस्थापित शिविरमा बस्दै आएकी पुष्पा रामजालीले केही समय पहिला शिविरमै बच्चा जन्माइन् । वर्षा सुरु भएपछि लामखुट्टे र सर्पबाट जोगिन उनलाई हम्मेहम्मे नै भएको छ । सुत्केरी अवस्थामा त्रिपालमा बस्नुपर्ने बाध्यताले उनलाई काखमा रहेको सन्तान कसरी हुर्काउने भन्ने चिन्ता छ । पुष्पा भन्छिन्, ‘त्रिपालमा रात काट्नुपरेको छ, ओढ्ने र लगाउने राम्रो कपडा पनि छैन । बिहान–बेलुकी खानलाई समस्या छ, अब पोषिलो खाने कुरा कहाँबाट पाउनु ?’
गिरिघाट शिविरमा बस्दै आएकी ४९ वर्षीया डिलसरा विष्टले आफ्नो पीडा सहन नसकेर आँसु झार्दै भनिन्, ‘शरीर कमजोर भयो, काम गर्न सक्ने अवस्था छैन । कसैले राहत पनि दिँदैनन्, अब ११ जनाको परिवार कसरी पाल्ने होला ?’ उनले रातको समयमा महिला शिविरमा असुरक्षित हुने गरेको बताइन् । विस्थापित शिविरमा बस्दै आएकी लेखपराजुलकी पवित्रा विकको पीडा पनि उस्तै छ । शिविरमै सुत्केरी भएकी उनको ज्यान राम्रोसँग तङ्ग्रिन पाएको छैन । सुत्केरी भएको बेलामा खाना र बस्नको ठेगान नभएकाले उनको शरीर कमजोर बन्दै गएको छ ।
गंगा, पुष्पा, डिलसरा र पवित्रा मात्रै होइन, जिल्लाका सबै शिविरमा रहेका महिलाको अवस्था दयनीय छ । गर्मी मौसम र वर्षात्को समयमा सानो त्रिपालमुनि परिवारका सबै सदस्य कोचिएर बस्नुपर्दाको पीडा महिलामाथि झन् धेरै छ । बाढीका कारण विस्थापित भएर अस्थायी शिविरमा बस्न थालेदेखि नै महिलाले विभिन्न समस्या झेल्नु परिरहेको छ । सासू–ससुरा, छोरा–बुहारी र जेठाजु एउटै त्रिपालमुनि कोचिएर सुत्नुपर्ने बाध्यताले आफूहरूलाई अति नै असजिलो हुने गरेको गिरिघाट शिविरकी सन्तकला नेपालीले बताइन् ।
काखमा नौ महिनाको छोरा राखेर शिविरनजिकै गिटी कुट्दै गरेकी उनले भनिन्, ‘पुरुषलाई त खासै समस्या छैन, तर सुत्केरी र महिनावारी भएको बेलामा महिलालाई निकै समस्या छ । हामीलाई त गोपनीयता कायम राख्न पनि मुस्किल हुन थाल्यो, कहिलेसम्म यसरी तनावमा बाँच्ने ?’ किनेर खानुपर्ने समस्याका कारण ऋण बढ्दै गएको भन्दै उनले अब धेरै दिन यही हालतमा शिविरमा बाँच्न नसक्ने बताइन् । सरकारले राहत दिन छोडेपछि अहिले शिविरमा बस्दै आएका सुत्केरी तथा गर्भवती महिलासमेत गिटी कुटेर छाक टार्न बाध्य छन् ।
5
सरकारले पुनस्र्थापनामा गरेको ढिलाइका कारण जिल्लाका विभिन्न अस्थायी शिविरमा पाल टाँगेर बस्दै आएका महिलाको यतिबेला विजोग नै भएको छ । बाढीपहिरोले दिएको पीडा, लामो समयसम्म पनि पुनस्र्थापना नहुनु, शिविरमा खानाको समस्या र प्रायः पुरुष रोजगारीका लागि मुग्लान पसेपछि त्रिपालमा रहेका परिवारका सदस्य र बालबालिकाको रेखदेख तथा पालनपोषणको जिम्मेवारी महिलाको काँधमा आएको छ ।
बाढीपीडित महिलामा अब मानसिक समस्यासमेत देखिन थालेको छ । बाढीपीडित जिल्ला सङ्घर्ष समितिका सचिव बलबहादुर थापा लामो समयसम्म शिविरमै बस्नुपरेका कारण महिला रातको समयमा बर्बराउने, एक्लै बसेर टोलाउने, निराश भएर रुने, आकाशमा बादल लाग्नेबित्तिकै तर्सने र डराउन थालेको बताउँछन् । लामो समयसम्म पनि घरवासको व्यवस्था नहुँदा शिविरमा बस्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई आराम तथा पोषिलो खानाको जरुरी भए पनि बाढीपीडित महिला भने भोकै बस्न बाध्य छन् ।
4

कतिपय सुत्केरी काखमा नाबालकलाई लिएर मजदुरीका लागि भौँतारिरहेका छन् भने गर्भवती महिलाले पनि राम्रो स्याहार पाउन सकेका छैनन् । विस्थापित भएको एक वर्ष पुग्न लाग्दासमेत सरकार बाढीपीडितको पुनस्र्थापनामा गम्भीर नहुँदा त्रिपालको बसाइ महिलाका लागि बढी कष्टकर भएको सचिव थापाको भनाइ छ । थापा भन्छन्, ‘वर्षा हुन थाल्नुअघि नै पुनस्र्थापना नभए आमा र बच्चालाई जोगाउन कठिन हुन्छ ।’
(सञ्चारिका फिचर सेवाबाट)(ललित, सुर्खेतबाट पत्रकारिता गर्छन् ।)
महिला खबर अनलाईन बाट साभार गरिएको हो । 

बामे सर्दैछन् खानीखोलाका महिला


समाचार डेक्स सुर्खेत
छलफल केन्द्र सुरु भएको तीन महिनामै यहाँका महिलाले आफ्ना अधिकार र हिंसाका कुरा बुझ्न थालेका छन्, उनीहरू धेरै जिज्ञासु भएका छन्, घरभित्रका समस्या पनि राख्न थालेका छन्।
bame
सुर्खेत जिल्लाकै विकट गाविस हो, खानीखोला जहाँ दैनिक एउटामात्र बस जसोतसो भीरको साँघुरो बाटो छिचोल्दै पुग्छ र फर्किन्छ । वर्षायाम सुरु भएपछि यो सेवा पनि बन्द हुन्छ । जिल्लाको पूर्वी सीमामा रहेको यो गाविस यस भेगकै दुर्गम मानिन्छ ।
भौगोलिक विकटताजस्तै छ, खानीखोलाको शैक्षिक स्तर । ‘शिक्षित पुरुषको संख्या त कम छ, यहाँका महिला कहिले शिक्षित हुने होलान् ?’ लालिगुराँस छलफल केन्द्रकी सहजकर्ता तुलसा खनाल (खत्री) चिन्ता गर्छिन् ।
उनको अनुभवमा महिलालाई सशक्त र अधिकारसम्पन्न गराउनुपर्छ भन्ने पुरुषको उपस्थिति यस गाविसमा निकै कम छ । शिक्षित पुरुष कम भएकै कारण महिलाको वृत्तिविकासमा समस्या छ । यसकै कारण महिलामाथि हुने हिंसाका घटना पनि त्यत्तिकै बढ्दो छ । शिक्षा यहाँको एउटा प्रमुख समस्या हो । अज्ञानताका कारण हुने स्वास्थ्य समस्या स्वाभाविक नै भए ।
‘पाठेघर खस्ने समस्या धेरै छ, घरेलु हिंसा पनि बढी छ,’ खनालले सुनाइन् ।
‘अक्सफाम’ले स्थानीय ‘वाम’ नामक संस्थाको सहयोगमा तीन/ चार महिनाअघिदेखि मात्र खानीखोला गाविसका नौवटै गाविसमा छलफल केन्द्र चलाइरहेको छ । यी केन्द्रका सहजकर्ताले भर्खर काम थालेका छन् । यी केन्द्रका सहजकर्तालाई कक्षामा महिला सहभागिता बढाउनै हम्मेहम्मे परेको छ । ‘कोही महिला आउनै मान्दैन, पुरुषहरू पनि कक्षामा गएर के हुन्छ र भन्छन्, आउनै दिँदैन,’ खनालले भनिन्, ‘जानुपर्छ भन्ने पढेलेखेका पुरुष धेरै कम छन् ।’
कार्यक्रम ६ महिनाअघिबाट सुरु भए पनि वर्षायाम, तालिम र चाडबाडले तीन महिनादेखि मात्र नियमित रूपमा छलफल केन्द्र सञ्चालन भइरहेका छन् यस गाविसमा । कक्षा सुरु भएको तीन महिनामात्रै भए पनि यहाँका महिलामा चेतनाको स्तर भने बढिरहेको छ । लालीगुराँस केन्द्रमा हिजोआज दैनिक २५ जना महिला सहभागी हुन्छन् ।
‘अधिकांश महिला पहिला–पहिला त परिचय आदानप्रदान गर्न पनि सक्दैनथे । हिजोआज त नयाँ मान्छे देखेपछि परिचय गर्न खोज्छन् । आफ्नो विस्तृत परिचय दिन्छन्,’ उनले भनिन् ।
तुलसाको अनुभवमा पहिला–पहिला यहाँका महिला नयाँ पुरुष मान्छे देखेपछि डराउँथे । घरबाट बाहिरै निस्कँदैनथे ।
यहाँको समाजलाई घरेलु हिंसाले पनि त्यत्तिकै गाँजेको छ । श्रीमान र श्रीमती, देवर र भाउजूबीचका झगडा धेरैपटक मिलाएको अनुभव छ तुलसासँग । केन्द्रकी अध्यक्ष तुलसाले सामाजिक महिला नेतृ तथा कक्षाकी सहभागी चन्दा पुन र उनका श्रीमान टीकारामको संयुक्त पहलमा धेरैपटक घरेलु झैझगडा मिलाएकी छन् ।
यस्तै अवस्था छ, खानीखोला गाविस–२ चोल्पाको पनि । यहाँ भोटेचुली सामुदायिक छलफल केन्द्र सञ्चालन भइरहेको छ । नियमित कक्षा सञ्चालन भएको तीन महिनामात्र भयो । यस केन्द्रकी सहजकर्ता ३० वर्षीया भीमा मल्ल आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा धेरै चुनौती सामना गरिरहेकी छन् ।
विवाह भएको एक वर्षमै घर छाडेर माइत बसेकी मल्लले घरभित्रै आफ्नो अधिकारका लागि संघर्ष गरिरहेकी छन् । श्रीमानले विवाहको एक वर्षपछि कान्छी श्रीमती ल्याएपछि उनी माइतै बस्न थालेकी हुन् । ‘श्रीमान कान्छी श्रीमतीसँग बस्नुहुन्छ, म माइतै बस्छु,’ उनले दुखेसो गरिन् ।
श्रीमानसँगको सम्बन्धबारे उनी यसभन्दा बढी खुल्न चाहिनन् । ०५६ मा विवाह भयो, ०५७ मा श्रीमानले अर्की श्रीमती ल्याए । भीमाको एउटा छोरो छ, उनीसँगै बस्छ ।
माइत बसे पनि स्वावलम्बी बन्न सिकाएको छ छलफल केन्द्रले भीमालाई । उनी आफ्नै कमाइबाट दैनिकी चलाउँछिन् । श्रीमानको कुनै पनि सम्पत्ति आफूले नलिएको उनको भनाइ छ । माइतमा उनका बुबा, दिदी, दाइ–भाउजू र दुई भदै छन् ।
आफ्नै परिवारभित्र हिंसा र अधिकारको लडाइँमा रहेकी उनी टोल, समाजका महिलाका अधिकारका लागि पनि उत्तिकै क्रियाशील छिन् । उनको अनुभवमा चोल्पामा पनि धेरै संख्याका महिला अशिक्षित छन् । घरेलु हिंसा त्यत्तिकै छ । ‘महिला सधैँ चुलोचौकोमा सीमित हुनुपर्छ भन्ने सोचले जरा गाडेको छ,’ भीमा भन्छिन्, ‘म आफैँले पनि धेरै पछिमात्र महिला अधिकार र महिला हिंसाबारे बुझ्ने मौका पाएको हुँ ।’ आफू अहिले महिला अधिकार के–के हुन्, यसको प्राप्तिका लागि राज्यबाट के–कस्ता नियम–कानुन बनाइएका छन् भनेर अध्ययन गरिरहेको उनले सुनाइन् ।
bame1
‘म आफैँ महिला अधिकारबारे पढ्दै छु, कक्षामा सहभागी महिलालाई पनि त्यसका आधारमा पढाइरहेकी छु,’ उनले भनिन् । भीमाको कक्षामा २० देखि २५ जना महिला सहभागी हुन्छन् । हरेक दिन घरपरिवार, टोल र छिमेकमा भएको महिला हिंसाका घटनाबारे छलफल हुन्छ । क्षमता अभिवृद्धि, संरचना र महिला नेतृत्वबारे पनि छलफल हुने गरेको भीमा बताउँछिन् ।
‘आफ्ना अधिकार र हिंसाका कुरा बुझ्न थालेपछि महिलाहरू धेरै जिज्ञासु हुन थालेका छन् । आफ्ना घरभित्रका समस्या पनि राख्न थालेका छन्,’ उनले भनिन् । भीमाका अनुसार अहिले महिलाहरू सार्वजनिक चासोका मुद्दा लिएर गाउँ विकास समितिको कार्यालयमा जानसक्ने भएका छन् । आफ्ना माग र समस्या राख्न थालेका छन् । ‘यो तीन महिनाको उपलब्धि हो,’ उनले भनिन् ।
भीमाका अनुसार नाम लेख्न नसक्ने र हस्ताक्षर गर्न नसक्ने अवस्थाका महिला अहिले कुनै पनि कागजमा हस्ताक्षर गर्नुअघि पढ्नसक्ने भएका छन् । पढ्न नसक्नेले अरूलाई पढ्न लगाउँछन् र बुझेपछि मात्र हस्ताक्षर गर्छन् ।
‘यतिमात्र कहाँ हो र ! महिलाहरू विद्यालयका गतिविधि अनुगमन गर्नसमेत जान थालेका छन् । गाविसमा महिलाका नाममा आएको बजेटको हिसाबकिताब पनि गर्छन्,’ भीमाले सुनाइन् ।
त्यसो त भीमालाई नै पहिले–पहिले बैंक पुगेर पैसा निकाल्न गाह्रो हुन्थ्यो । अरूको सहारा लिनुपथ्र्यो । अहिले आफँै बैंक पुगेर पैसा निकाल्नसक्ने भएकी छन् ।
‘अझै धेरै वृत्तिविकास गर्नुपर्ने भएको छ, यहाँका महिलालाई सिकाउनुपर्ने कुरा पनि धेरै छन्, मैले सक्दो मिहिनेत गरिरहेकी छु,’ उनले भनिन् ।
स्थानीय संरचनामा महिलालाई राख्ने क्रम बढेसँगै यहाँका महिलामा वृत्तिविकासको चुनौती थपिएको उनको अनुभव छ ।
भीमा अहिले सहजकर्तामात्र छैनन्, अन्य धेरै संस्थामा संलग्न छिन् । उनी वातावरण बहुउद्देश्यीय सहकारी संस्थाकी उपप्रमुख, कृषि समूहकी सदस्य, खानेपानी उपभोक्ता समूहकी कोषाध्यक्ष, स्थानीय उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिकी सदस्य र महिला सशक्तीकरणकी सचिव पनि छिन् ।
‘सबैभन्दा बढी समय केन्द्र सञ्चालनमै दिएकी छु,’ भीमाले भनिन्, ‘यहाँका अरू महिलालाई पनि नेतृत्व तहमा पु¥याउने अठोट लिएकी छु ।’ खानिखोला गाविसका नौवटै वडामा छलफल केन्द्र सञ्चालन भइरहेका छन् । अन्य केन्द्रका सहजकर्ताले पनि तुलसा र भीमाले जस्तैगरी आफ्नो जिम्मेवारी पूरा गरेका छन् ।
 प्रकाशित मिति :२०७२ माघ १८ गते साेमवार
(साभार ः महिला खबर अनलाईन पत्रिकाबाट )

Feb 4, 2016

सुर्खेत काँग्रेसको क्षेत्रीय अधिवेशन आज, १ वजेदेखी ४ वजेसम्म मतदान


क्षेत्र नम्बर २ मा सभापतिका उम्मेदवार कोइराला र राना
सुर्खेत, २१ पुस ।

मुलुककै पुरानो र ठूलो दल नेपाली काँग्रेस यतिबेला पार्टीको १३ औं महाधिवेशनमा होमिएको छ । पुरानै नीति र बिधि अनुसार नया नेतृत्व छान्ने प्रकृयामा रहेको काँग्रेसले महाधिवेशनको पहिलो खुड्किलोका रुपमा लिइने गाउँ तथा नगरस्तरको अधिवेशन सम्पन्न गरी सकेको छ । गाँउ र नगरको चुनाबबाट चुनिएका पदाधिकारी र क्षेत्रीय प्रतिनिधी अहिले क्षेत्रीय अधिवेसनको तयारीमा छन् । देशैभर एकसाथ चलिरहेको यही प्रकृया अनुसार सुर्खेतमा पनि काँग्रेसका नेता कार्यकर्ता चुनाबी माहोलमा देखिएका छन् ।
सुर्खेत काँग्रेसको क्षेत्रीय अधिवेशन आज हुँदैछ । तीन वटा निर्वाचन क्षेत्रमा हुने अधिवेशनले काँग्रेसको नयाँ क्षेत्रीय कार्य समिति चयन गर्ने छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार आज विहान ८ बजे मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । अधिवेशनबाट सभापति, सचिव र कोषाध्यक्ष साथै ९ जना सदस्य गरी जम्मा १२ जना पदाधिकारी चयन गरिने छ । उक्त अधिवेशका लागि क्षेत्र नम्बर १ मा अधिवक्ता विवश वस्नेत, २ का लागि पित्ताम्वर ढकाल र ३ का लागी अम्मर रोकायलाई निर्वाचन अधिकृत खटाइएको छ ।  अधिवेशनमा क्षेत्र नम्बर १ बाट २ सय ४३ जना , २ बाट २ सय ३१ जना र क्षेत्र नम्बर ३ बाट २ सय ७ जना गरी जम्मा ६ सय ८१ जना मतदाताले भाग लिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार क्षेत्र नम्बर १ का लागि मेहलकुना, क्षेत्र नम्बर २ का लागि कर्मचारी मिलन केन्द्र वीरेन्द्रनगर र क्षेत्र नम्बर ३ का लागि वावियाचौरमा निर्वाचन स्थल तोकिएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार ८ वजे मतदाता नामावली प्रकाशन, सवा ८ वजेसम्म नामावली उपर दावी विरोध र ८ः२० बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिने छ । यस्तै, साढे ८ वजेसम्म उम्मेदवारको मनोनयन दर्ता, ८ः४० वजेदेखी १० वजेसम्म उम्मेदवारको नामावली उपर दावी विरोध, ११ वजेसम्म उम्मेदवारी फिर्ता, सवा ११ वजे अन्तिम नामावली प्रकाशन र १ वजेदेखी ४ वजेसम्म मतदान कार्यक्रम गरिने छ । क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा नारायणकुमार कोइराला र कर्ण रानाले उम्मेदवारी दिने बताएका छन् । क्षेत्र नम्बर १ र ३ को सभापतिको उम्मेदवारको टुङ्गो विहीबार साझँसम्म लागि सकेको थिएन ।

महोत्सवको संक्षिप्त आय–व्यय सार्वजनिक, पत्रकारद्धारा पुरस्कार अस्वीकार

डिलप्रसाद शर्मा
सुर्खेत, २१ माघ ।

 

राष्ट्रिय कृषि, पर्यटन तथा लघु उद्यम महोत्सव–२०७१ को विहीबार संक्षिप्त आय–व्यय सार्वजनिक गरिएको छ । पर्यटन विकास मञ्च सुर्खेतको आयोजनामा पुस २३ गतेदेखी ३ गतेसम्म सञ्चालन गरिएको महोत्सवको मुल आयोजक समितिले आय–व्यय सार्वजनिक गरेको हो ।  समितिले सार्वजनिक गरेको आय–व्यय अनुसार ६१ लाख ५१ हजार ५ सय ३ रुपैयाँ महोत्सवमा आम्दानी भएको छ । यस्तै, ५७ लाख ४३ हजार ८ सय ११ रुपैयाँ खर्च भएको छ, भने ४ लाख ७ हजार ६ सय ९२ रुपैयाँ नाफा भएको मुल आयोजक समितिका संयोजक हरिप्रसाद अधिकारीले बताए । उनका अनुसार समितिले आगामी वर्षका लागि सुर्खेत जिल्लाको पर्यटन गुरु योजना निर्माणको थालनी गर्ने, समितिका सदस्य तथा पदाधिकारीको क्षमता विकासका लागि तालिम संचालन गर्ने, पर्यटन क्षेत्रको अवलोकन भ्रमण गर्ने र स्थानीय निकायसँगको साझेदारीमा बुलवुले, देउतीबज्यै र काँक्रेविहारको सरसफाई र रङ्गरोगन गर्नेलगायतका कार्यक्रमहरु गरिने छ । महोत्सवमा टिकट विक्रिबाट ३१ लाख ८० हजार ८ सय ५३ रुपैयाँ  र स्टलबाट १३ लाख ५८ हजार ५ सय ५० रुपैयाँ उठेको बताइएको छ । त्यस्तै स्थानीय कलाकारलाई ३ लाख र राष्ट्रिय कलाकारलाई १२ लाख ५५ हजार पारिश्रमिक दिइएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
यसैबीच, पर्यटन विकास मञ्चले सुर्खेतको पर्यटन विकासका लागि कलम चलाएको भनि पुरस्कृत गरेका पत्रकार प्रकाश पन्तले पुरस्कार अस्वीकार गरेका छन् । उज्यालो ९० नेटवर्क, समाचार पत्र र रेडियो भेरीमा कार्यरत पत्रकार पन्तले महोत्सवको वास्तविक आय–व्यय  सार्वजनिक नगरेको भन्दै पुरस्कार र सम्मान पत्र अस्विकार गरेको बताए । पर्यटन विकास मञ्चले हरेक बर्ष आयोजना गर्ने महोत्सवको वास्तविक आय–व्यय सार्वजनिक नगरेको आरोप लाग्ने गरेको छ । 

Jan 21, 2016

एकै दिन बीस कार्यालयका एक्चालिस कर्मचारी अनुपस्थित

सरकारी कानुनको यसरी धज्जी उडाउँछन् कर्मचारी

सुर्खेत, ५ माघ ।
           
                राष्ट्रिय सर्तकता केन्द्रका उप–सचिव शेरबहादुर ढुङगाना मंगलबार दिउँसो सुटुक्क मालपोत कार्यालय पुगे । सेवाग्राही झै कालो झोला बोकेर लेखनदासहरु भएतिर गए उनी । लेखनदासहरुले उनलाई देखेका मात्र के थिए, उनको काम गरिदिन्छौ भन्दै चार पाँच जनाले ताना तान गर्न थाले ।
कार्यालय हाताभित्र अफिस जमाएर बसेका लेखनदाससँग उनले आफू जग्गा पास गर्न आएको र त्यसका लागि रजिष्टेशन गर्न लेखनदासको दर कति रुपैयाँ लाग्ने हो भनि सोधे । कोहिले ७ सय भने त कोहिले ७ सय ७० रुपैया लाग्ने र उक्त रकमको २० प्रतिशत कार्यालयको कम्प्यूटर शाखामा भद्र सहमति अनुसार बुझाउनु पर्ने बताए ।
त्यति सुनेका उनी म केहि बेरमा आउँछु है भन्दै मालपोत अधिकृत काशीराम खत्रीको कार्यकक्ष तिर लागे । अधिकांश कोठामा कर्मचारी नदेखेका उनले अधिकृत खत्रीलाई सोधिहाले तपाईका कर्मचारी कहाँ छन् ? जवाफमा खत्रीले भने खाजा खान गएका होलान । खाजा खाने समय कति बेला हो भनि सोधेको प्रश्नमा खत्रीले २ देखि ३ बजे हो भन्ने जवाफ दिए । उप–सचिव ढुङगाना कार्यालय प्रमुखलाई नै खाजा खाने समय थाहा नभएको देखेर एक छिन् दङग परे । खत्रीलाई १ देखि २ बजेको समयमा आलोपालो गरि खाजा खान जानुपर्ने सरकारी नियम भएको ढुङगानाले जानकारी गराए ।
त्यसपछि उनी मालपोतसँगै जोडिएको नापी कार्यालयमा पुगे । सरासर नापी अधिकृत धर्मराज ओझाको कार्यकक्षमा पुग्दा ओझालाई सरकारी पोशाकमा नदेख्दा केहिबेर सरकारी पोशाकको महत्वबारे उनले प्रष्ट्याए । ओझाले आफू भर्खरै फिल्डबाट आएकाले पोशाक नलगाएको मात्रै के भनेका थिए, उप–सचिव ढुङगानाले उनको झाको झारिहाले । र, भने सरकारी कर्मचारीले फिल्ड जादा पोशाक लगाउनु नपर्ने कहाँ लेखेको छ ? त्यसो भए म पनि अहिले फिल्डकै काममा छु के मैले पनि पोशाक नलगाएर अनुगमन गरु ? उनले त्यति के भनेका थिए, ओझा अक्क न बक्क भए । दिनभरजसो सरकारी कार्यालयमा पत्रकारहरुसँगै अनुगमनमा हिडेका उनले हरेक कार्यालयका कर्मचारीलाई निजामति कर्मचारीले पालना गर्नु पर्ने आचारण मात्रै सुनाएनन् धेरै कर्मचारीलाई जनताको काममा सहज र सर्तक हुन सुझाव समेत दिए । सामान्यतया सरकारी अनुगमन गर्ने तरिका कर्मकाण्डिय र फितलो हुने गरेको व्यापक गुनासो सुनिने गरेका बेला सतर्कता केन्द्रका उप सचिवको यो अनुगमन गर्ने शैलीले यहाँ कर्मचारीको चेत खुलेको जस्तो देखिन्थ्यो ।
राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालयले मंगलबार सुर्खेतका सरकारी कार्यालयमा गरेको आकस्मिक अनुगमनमा २० कार्यालयका ४१ जना कर्मचारी अनुपस्थित भेटिए । अधिकाशं क्षेत्रीय कार्यालयका प्रमुखहरुहरु कार्यालयमा अनुपस्थित थिए । क्षेत्रीय कार्यालयमा मात्र होइन दैनिक जसो सेवाग्राहीको अत्याधिक चाप हुने जिल्लाका अन्य सरकारी कार्यालयका त प्रमुख र अधिकृतहरु नै उपस्थित नभएको पाइयो । कार्यालयमा उपस्थित भएका कर्मचारीहरुले पनि कतिले कार्यालय समय पालना नगरेको, तोकिएको पोशाक नलगाएको, हाजिरी खाता अनियमित देखिएको तथ्य पनि सार्वजनिक भएको छ । काज स्वीकृत नगराई काजमा जाने, कार्यालयको काम भनेर बाहिर जाने तर निजी काम र मोजमस्तीमा पनि रमाउने कर्मचारी भेटिने गरेको पाइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रका उप–सचिव शेरबहादुर ढुङगानाले अनुगमनका क्रममा सरकारी कार्यालयका कर्मचारीले चरम लापरबाहि गरेको पाइएको बताए । उप–सचिव ढुङगानाले भने–‘यसले कर्मचारीमा बढ्दो मनोमानी र गैरजिम्मेवारी प्रष्ट भएको छ ।’ उनले थपे–‘सरकारी कर्मचारीले दिने सेवाको प्रभावकारिता पनि छर्लङ्ग भएको छ । यो नियतको भ्रष्टाचार हो ।’ कतिपय कार्यालय प्रमुखहरु महिनामा २० दिनसम्म काज बस्ने गरेको पनि पाइएको छ । सरकारी नियम अनुसार एक दिन काज बस्दा कर्मचारीले तह अनुसार २ हजारदेखि १२ सय रुपैयाँसम्म भत्ता पाउने भएकाले पनि अनावश्यक काजमा बस्ने गरेको स्वयम कर्मचारीहरु नै बताउँछन् । यसरी काजको दुरुपयोग गरि सरकारी कानुनको धज्जी उडाउँने कर्मचारी खरिदारदेखि उप–सचिवसम्मका छन् ।
‘काजमा बस्दा कुन ठाउँ कति दिनसम्म र के काममा गएको हो प्रष्ट खुलाउनु पर्ने सरकारी प्रावधान भएपनि काजमा जादा त्यस्तो कुनै कुरा खुलाउने गरेको पाइएन यसो गर्न नियमले दिदैन’ उप सचिव ढुङगानाले भने । सरकारी कार्यालयका कुनै पनि कागजमा टिपेक्स लगाउने नपाइने भएपनि अधिकांशले टिपेक्स लगाएर हाजिर मिलाउने गरेको पाइएको पनि उनले बताए । कार्यालय समयमा अनुपस्थित हुने र तोकिएको पोशाक नलगाउने कर्मचारीलाई कारबाहिका लागि माथिल्लो निकायमा पत्राचार गर्ने उनले बताए । कर्मचारीले आफ्नो कर्तव्यबोधका साथ नागरिकले तिरेको करबाट तलब लिएर सेवामा खटिएको जिम्मेवारी इमान्दार भएर निर्वाह गर्नु पर्ने उप–सचिव ढुङगानाले बताए ।

Dec 21, 2015

सुर्खेतमा पनि अटो रिक्साको आधिकारीक डिलर


डिलप्रसाद शर्मा
सुर्खेत, ६ पुस ।

भारतमा बनेको ई–रिक्साको आधिकारीक विक्री सुर्खेतमा पनि शुुरु भएको छ । हालसम्म चाईनिज ई –रिक्साको विक्री भैरहेकोमा आईतबारदेखी भारतमा बनेको आर आर ब्राण्डको ई –रेक्साको आधिकारीक रुपमा विक्रि वितरण थालिएको हो । सुर्खेतका लागी जुम्लारोडमा चाइनापुल नजिक रहेको आशिष टेडिङ्गले अबदेखी यो रिक्साको विक्री गर्ने बताएको छ । यहि पुस मसान्तसम्म रिक्सा बुकिंङ्ग गर्नेलाई विशेष छुटको व्यवस्था रहेको समेत जनाईएको छ । पेटोलको विकल्पमा व्याट्रिबाट चल्ने अटो रिक्साको देशैभरी माग बढिरहेका बेला सुर्खेतमा पनि आधिकारीक रुपमा विक्री गर्न लागिएको डिलरका सञ्चालक कृष्ण आचार्यले बताए । वीरेन्द्रनगर लगायत जिल्लाको उकालो ओरालोमा पनि चल्न सक्ने ई रिक्सा भारतमा बनेकोले अन्य सुविधाहरु पनि भरपर्दो भएको सञ्चालक आचार्यले जानकारी दिए । हाल रिक्सामा जडान गरिएको व्याट्रिले एकपटक चार्ज गरेमा १ सय २० किलोमिटरसम्म दौडन सक्ने आधिकारीक विक्रेता आचार्यको भनाई छ । ६ महिनासम्म रिक्साको व्याटि, चार्जर, टायर, कन्ट्रोलर र च्येसीस विग्रीएमा फिर्ता गरेर नयाँ जडान गर्नेसम्मको सहुलियत भएको कम्पनिको दावी छ ।

ओत लाग्न भत्किएकै घर

बाढी पीडितको बाध्यता की रहर ?

डिलप्रसाद शर्मा  
सुर्खेत, १६ भदौ ।
गत बर्ष साउन २९ र ३० गतेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोले जिल्लामा ठुलो धन जनको क्षति ग¥यो । विनाशकारी बाढीले हजारौैं घर डुवानमा परे । धेरैले आफ्ना प्रियजन गुमाए । वीेरेन्द्रनगरको खोर्के खोला र इत्राम खोलामा आएको बाढी तथा जिल्लाका अन्य गाविसहरुमा गएको पहिरोका कारण घरबार विहिन भएकाहरु कोही अझै त्रिपाल मुनी बसिरहेका छन् भने कतिले आधा भत्किएको घरमा ओत लाग्नु पर्ने बाध्यता छ । मनसुन कहिले वरदान भएर आउँछ, भने कहिले अभिषाप ।
एक बर्षसम्म सुत्केरी, बृद्धबृद्धा र वालवालिकाले त्रिपालमुनीको कष्टकर दैनिकी विताउँदा समेत राज्यले उनीहरुको उचित प्रबन्ध गर्न नसक्दा त्यही भत्किएको घरमा फर्कनु पीडितहरुको रहर नभई बाध्यता थियो ।
कुसुम सुनारको विननपा– १८ को खोर्के खोलाको छेउमा ४ कोठाको पक्की घर थियो । खोला किनारका बस्ति त्यसै पनि जोखिममा हुन्छन् । उनको घर पनि किनारमै थियो । घरमा बाढी पसेपछि ३ कोठा बगायो । बाँकी रहेको एक कोठा पनि धराप थापे झै तुरुलुङ्ग भएपछि उनका चार जना परिवार विस्थापित शिविरमा ७ महिना दुःखजिलो गरी बसे ।
विस्थापितका पिडा लेख्ने मात्रै काम गरेको कुसुम वताउँछिन् । उनले भनिन् –‘हाम्रो पिडा धेरैले देखे र लेखे पनि तर, समस्या समाधान गर्ने निकायका आँखा खुलेनन् । घर बाढीले बगाएपछि कति सरकारी र एनजीओका थरिथरि मान्छे आएपनि कसैले पीडा नबुझेको उनको गुनासो छ । ३३ वर्षिय कुसुमको परिवार अहिले त्यही आधा भत्किएरको घरमा बसेर जोखिम मोलिरहेका छन् । ‘विस्थापित भएको एक महिना जति त सहयोग गर्नेहरु पनि आउथे पछि अहिले त उनीहरु पनि आउन छाडे’ कुशुमले भनिन् । सरकारले पुनस्थापन गर्ला भन्ने आशमा महिनौं शिविरमा बसे पनि पुर्नस्थापना गर्ने छाटँ नदेखिएपछि शिविर छाड्न बाध्य भएको उनले बताइन् । ‘सरकारले पुर्नस्थापनाका नाममा दस हजार रुपैयाँ मात्र दिएको छ । यहि दश हजारले कहाँ जग्गा किन्ने कसरी घर बनाउने ?’ उनले थपिन् ।
सुर्खेतका वाढी र पहिरो पीडितहरु अहिले ओत लाग्न भएपनि भत्किएकै घर फर्किन बाध्य भएका छन् । कतिपय अझै पनि शिविरमै बस्न बाध्य छन् भने कतिले आधा भत्किएकै घर र पुर्णरुपमा घर वगाएका पिडितहरु बाँकी रहेको जग्गामा छाप्रा हालेर बसेका छन् ।
बजारमा कोठा भाडामा लिएर बस्ने नसकिने भएकाले आफु भत्केको घरमा बस्न बाध्य भएको अर्का बाढी पीडित टिका नेपालीले बताइन् । आधा घर वाढिले वगाएपनि बाँकी रहेको घरमा उनले अहिले कपडा सिलाउने काम गर्दै ४ जनाको परिवार पाल्दै आएकी छिन् । वाढीले घर वगाएपछि शिविरदेखि भत्केको घरमा बस्दाको वाध्यता र पीडा कसैले नबुझेको टिकाले बताइन् । ‘खोर्के खोला किनारमा सानो झुुप्रो  बनाएर बसेकाले छोरा÷छोरी डराइरहन्छन् । आफूहरु पनि पानी पर्न थाल्यो भने गत बर्ष झै हुने हो की भन्ने डरले वाहिर निस्केर वस्छौ ।’ उनले भनिन् । वाढीले ४ कोठाको घर पुरै वगाए पछि बाँकी रहेको जग्गामा  छाप्रो हालेर उनको परिवार वसेका छन् ।
भूकम्पबाट राजधानी काठमाण्डौंलगायत थुप्रै जिल्लाहरुमा ठूलो धनजनको क्षति भएका कारण बाढी प्रभावितको राहत, पुर्नबास तथा अन्य पुनलाभ कार्यक्रम ओझेलमा परेको कतिपय जानकारहरु बताउँछन् । यसरी वस्नु विस्थापितहरुको रहन नभई बाध्यता बनेको छ । निरन्तरको दबाब पछि सरकारले मन्त्रिपरिषदको चैत १३ गतेको बैठकले बाढी प्रभावित ५ जिल्लामा पुनःस्थापना तथा पुनर्निर्माण कार्यक्रम संचालनका लागि एक अर्ब बजेटसहित कार्ययोजना पारित गरेको थियो । सरकारले शहरी विकास तथा भबन निर्माण बिभाग मार्फत बाढी तथा पहिरो प्रभावितको पुनःस्थापनाका लागि कार्ययोजना पारित गरेको डेढ महिनाभन्दा पछि २ करोड बजेट निकाशा भएपनि सो रकम अझै प्रभावितसम्म पुगेको छैन । कतिपय पीडितले रकम पाएपनि त्यति थोरै रकमले आफूहरुको पुनःस्थापना हुन नसक्ने भन्दै रकम बुझ्न मानेका छैनन् ।
सरकारले बाढी पहिरोबाट घरमा आंशिक क्षति भएका परिवारलाई घर मर्मतका लागि ५ हजार उपलब्ध गराउने, त्यसैगरी घर पूर्ण रूपमा क्षति भए पनि जग्गा भएका परिवारलाई घर निर्माणका लागि तीन किस्तामा ७५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसैगरी बाढी तथा पहिरोबाट घर र जग्गा दुबै पुर्ण रुपमा क्षति भएका र अन्य कुनै पनि स्थानमा जग्गा जमिन नभएका परिवारलाई जग्गा खरिदका लागि ५० हजार पहिलो किस्तामा र जग्गा खरिद गरेपछि घर निर्माणका लागि तीन किस्तामा गरी ७५ हजारसहित १ लाख २५ हजार दरले राहात रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तर, यो निर्णयप्रति पीडितहरु सन्तुष्ट देखिदैनन् । पीडितहरु भन्छन् – ‘५० हजारमा कहाँ जग्गा पाउनु र घर बनाउनु ।’ राहतको आडमा बाँचेका प्रलयको सिकार पीडितहरू स्थायी समाधानको प्रतीक्षामा महिनौं शिविरमा बस्दा पनि केहि उपलब्धी नहुने  देखिएपछि जुन ठाउँबाट विस्थापित भएका हुन् त्यहि फर्किन थालेका छन् ।

बाढीप्रभावितको दैनिकी कष्टकर

‘हिउँदे जाडो कसरी काट्ने ?’


डिलप्रसाद शर्मा
सुर्खेत, ६ पुस ।

 
dil sharma
महिला प्रशिक्षण केन्द्रमा रहेको वाढी प्रभावित ।
पुसे जाडो त्यसै त थुर थुर कमाउँछ । त्रिपाल मुनिको बसाई त्यो पनि पाल च्यातियर ठाउँ ठाउँमा ठुलठुला भुवाङ छन् । बैरी रात किन आउदो हो । दिन त जसोजतो गुजरा चल्छ ।  पुस भर्खरै शुरु भो । माघको जाडोमा झन् के होला ?
वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रको बाढीप्रभावित शिविरमा बस्दै आएकाहरुको आवाज हो यो । शिविरमा बस्दै आएकी मनरुपा थापामगर सोमबार मध्यान्न यस्तै भन्दैथिइन् ।
शिविरमा बस्दै आएकाहरुले दैनिक गुजराका लागि अन्य समस्या त झेलेका छन् नै यति बेला उनीहरुले जाडोको सामना पनि गर्नु परेको छ । डेढ वर्ष पुग्न लाग्दा समेत पालको ओत फेरिएको छैन । छाक जुटाउने चिन्ता टर्नु त उनीहरुका लागि टाढा कै कुरा । सरकारले पुनःस्थापनाको लागि उचित पहल नगर्दा जिल्लाका बाढी तथा पहिरो प्रभावितको दैनिकी कष्टकर बन्दै छ । बाढीले लखेटिएको १८ महिना बित्दा पनि सरकारले उनीहरूलाई उचित राहत र पुनःस्थापनाको व्यवस्था गर्न सकेको छैन् ।
‘जति दिन बढ्दै छन्, बाँच्न उति गाह्रो हुँदै छ’ भन्छन् महिला प्रशिक्षण केन्द्रका विस्थापितहरु । पेटभरी खाना जुटाउनै उनीहरूलाई हम्मे छ । पाल टाँगेर बसेका पीडितलाई बढ्दो जाडोसँगै चिसोले सताउन थालिसकेको छ । बसाइको गतिलो व्यवस्था नहुँदा विस्थापित शिविरमा स्वास्थ्य समस्या देखिन थालेका छन् । सरकारले पुनःस्थापनाका लागि ५० हजार रुपैँया दिए पनि त्यति रकमले पुर्नवास गर्न नसकिने भन्दै अधिकाशं विस्थापितहरुले रकम बुझ्न मानेका छैनन । तर, राज्यले पुर्नवास योजनामा रकम बढाउलाकी भनने आशा भने उनीहरुले मारेका छैनन । महिलना प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका झन्डै एक सय परिवार सरकारले दिएको रकम लिएर शिविर छाडिसकेका छन् ।  मनरुपा थापा मगर भन्छिन् –‘अझै पनि सरकारले गतिलो बास देला भन्ने आस मरेको छैन् ।’ पुनःस्थापना बापत पाएको राहत रकमले घर जग्गा किन्न नपुगे पछि शिविरमा बस्न बाँध्य भएको उनले बताइन । गत वर्ष साउन २९ गते आएको बाढीले इत्राम खोला नजिक रहेको घर बगाएको थियो । मनरुपाका सात जना परिवार प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका  छन् । विहानपख सुतेको ओछ्यान पालबाट चुहिएको शीतले पूरै भिजेको हुन्छ । उनले भनिन्–‘शितले भिजेका कपडा विहान घाम लागेपछि सुकाउछौं, साझँ ओछ्याउछौं ।’ उनले थपिन्–‘पालबाट रातभर चुहिएको शीत अब बाँचिदैन कि जस्तो लाग्छ ।’ परिवारका सदस्यलाई ओढ्न र ओछ्याउनका लागि कपडा नभएको उनले वताइन् । चिसोका कारण शिविरमा बस्ने केटाकेटी र बूढाबूढीलाई धेरै समस्या पारेको प्रभावितहरुको गुनासो छ ।
त्रिपालको वास छोडेर धेरैजसो पिडितहरु सामान्य टहरा तथा कोठा भाडामा लिएर वसोवास गर्न थालेको भएपनि उनीहरुले जाडोलाई थेग्नसक्ने वसोवासको प्रबन्ध गर्न सकेका छैनन् ।  दलबहादुर थापा मगरका परिवारले यस्तै मध्येका हुन् । ‘ऋण ल्याएर घर बनाउन नसक्दा आफ्ना जाहान केटाकेटी भाडाको एउटा कोठामा दुखेजिलो गरि बसेका छन्  । सुत्ने ठाउँ नहुँदा म त शिविरमै बस्छु ।’ उनले भने । त्रिपालमा बस्नुपर्दाको बाध्यता सुनाउँदै उनले भने– ‘गतिलो वास नभएर दिन कटाउनै मुस्किल भइसक्यो । उनले थपे,–‘एक त पुसको चिसो, त्यसैमा त्रिपाल, त्यो पनि ठाउँठाउँमा च्यातिएको, न ढोका,न झ्याल, न आगो वाल्नलाई दाउरा, नत न्यानो कपडा नै, अब भन्नुस् हामी कसरी वाँच्ने ।’ सरकारले गतिलो बास दिए बाँचिएला नत्र मर्नुबाहेक उपाय छैन्, चिसो बढ्दै छ, केटाकटी विरामी भएर सताएका छन् ।’ शित चुहिने त्रिपाल मुनि बस्नुपर्दा दैनिकी निकै असहज भएको उनले वताए । उनलाई यो हिउँदको चिसो कसरी काट्ने भन्ने चिन्ता छ । उनले भने–‘ हाम्रो यत्तो दुःख पनि कसैले देख्दैन, शुरुमा सरकारले सहयोग गर्छ भन्नेहरु धेरै आउँथे तर, अहिलेसम्म पाएका छैनौं, खै कहाँ छ सरकार ? वाढीले घरविहिन वाढी पिडितको दिनचर्या साढे एक वर्ष पुगी सक्दा पनि उस्तै कष्टकर ।’
चिसोका कारण शिविरका वाल वालिकालाई रुघाखोकी, मासी पर्ने, आँखा सुन्निनेलगायतका समस्या देखिने गरेको छ । मनरुपा र दलबहादुर जस्ता ४२ घरपरिवार केन्द्रकै त्रिपालको बासमा छन् । विस्थापितहरुका लागि पुर्नवास कार्यक्रम अन्तर्गत एक सय ४० घरपरिवारकालाई नेपाल रेडक्रस सोसाइटीले र ४९ घरपरिवारका लागि नवज्योती केन्द्रको समन्वयमा पुनःस्थापना गरिएको छ भने, ८ सय ३२ घरपरिवारका लागि नेपाल सरकार सँग सिपारिश गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार जिल्लाका एक हजार २१ घरपरिवारलाई पुर्नवासका लागि सिपारिस गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार आ.व. ०७१÷७२ पुर्नवासका लागि ४ करोड ५० लाख रकम मध्ये ४ सय घरपरिवारलाई ५० हजारका दरले र १ सय ५० घरपरिवारलाई २५ हजारका दरले दुई करोड ६२ लाख वितरण गरिएको छ । निवेदन कम आएका कारण एक करोड ८८ लाख रकम फ्रिज भएको कार्यालयका शाखा अधिकृत मणिराम खरालले वताए । उनका अनुसार यस आवमा पुर्नवासका लागि १५ लाख रकम निकासा भएको छ ।

Dec 19, 2015

बालिका बिहे गर्ने बेहुलासहित तीनजना पक्राउ

ललितबहादुर बुढा,   सुर्खेत,
सुर्खेत बालिका बिहे गरेको आरोपमा प्रहरीले सुर्खेतमा बेहुलासहित तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला बाल कल्याण समितिले उजुरी दिएपछि प्रहरीले बेहुला तेजबहादुर सुनार, उनकी आमा सरस्वती सुनार र बालिकाकी सानीआमा गीता जोशीलाई पक्राउ गरेको हो ।
बेहुलाका बावु लिलाराम सुनार भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीको भनाई छ । मंसिर २८ गते विवाह भएपनि प्रहरीले उनीहरुलाई बुधवार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उक्त विवाहका लागि अभिभावकको मञ्जुरी भए पनि केटीको उमेर १५ वर्ष मात्र भएकाले आफूहरुले प्रहरीमा उजुरी दिएको जिल्ला बाल कल्याण समितिले जनाएको छ ।
जिल्ला बाल अधिकार अधिकृत रमा भण्डारीले केटीको विवाह गर्ने उमेर नपुगेको र विवाहका लागि अभिभावकहरु समेत संलग्न रहेकाले उनीहरुविरुद्ध उजुरी दिएको बताईन् ।
कानुन् अनुसार केटा र केटीको विवाह गर्ने उमेर २० वर्ष पुगेको हुनुपर्दछ । तर अभिभावकहरुको मञ्जुरी भएमा भने १८ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । बेहुला तेजबहादुरको उमेर १९ वर्ष पुगको भएपनि केटीको उमेर नपुगेकाले उनीहरुलाई बालविवाह गरेको आरोपमा पक्राउ गर्न लगाइएको भण्डारीले बताईन् ।
बाल कल्याण समितिले उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखेको छ । यस्तै अदालतबाट समेत म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।
बुढा, पत्रकार महासंघ शाखाका सचिव हुन् ।

वीउमा आत्मनिर्भर बनाउन जुट्दै सहकारी

डिलप्रसाद शर्मा
सुर्खेत, ४ पुष ।

वीउ उत्पादनमा सुर्खेत जिल्लालाई आत्मनिर्भर बनाउन एक सहकारी जुटेको छ । कल्याण–४ को समृद्धि कृषि सहकारी संस्था उन्नत जातको वीउ उत्पादनमा जुटेको हो । सहकारी संस्थाले गत आर्थिक बर्षमा मात्रै १७ क्वीन्टल उन्नत जातको मकै वीउ विक्रि गरेको जनाइएको छ । सहकारी संस्थाको छैटौं बार्षिक साधारणसभाका अवसरमा शनिबार उक्त जानकारी गराइएको हो । सहकारीका अध्यक्ष देवबहादुर रानाले सहकारीले मकैको वीउ उत्पादन, प्रशोधन, ग्रेडिङ, विक्रि सहितको काम गर्दै आएको बताए । सहकारीले जिल्लालाई मकै र गहुँको उन्नत वीउ उत्पादनमा आत्मनिर्भर गराउने लक्ष्ये लिइएको समेत अध्यक्ष रानाले जानकारी दिए । सहकारीले उत्पादन गरेको गहुँ र मकैको वीउ सुर्खेत सहित यस क्षेत्रका ३९ बढी जिल्लाबाट माग आएको जनाइएको छ । वीउ उत्पादन मार्फत कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपति सम्मान तथा अन्य विभिन्न क्षेत्रीय स्तरका सम्मापनहरु सहकारीले प्राप्त गरेको छ । सहकारीका अध्यक्ष देव रानाको सभापतित्व तथा जिल्ला सहकारी संघका अध्यक्ष अमृतबहादुर विसीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सभामा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन पेश गरिएको थियो । सोही अवसरमा जेष्ठ नागरिक, बाल बचत, वीउ उत्पादन गर्ने कृषकहरुलाई समेत सम्मान गरिएको थियो ।

Dec 18, 2015

हचुवाका भरमा घोषणाको तयारी


खुल्ला दिशा मुक्त घोषणा, जिल्लावासीलाई जिस्क्याउने मेलो

सुर्खेत, ३ पुस ।
जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अन्तिम तयारी गरिए पनि यस्तो अवस्थामा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नु जिल्लाबासीलाई जिस्काउने मेलो जस्तो भएको छ । आवश्यक पूर्वाधारको विकास गरेर मात्र खुला दिशा मुक्त क्षेत्र घोषणा गरिनुपर्ने भएपनि हचुवाको भरमा प्रचार मात्र गरि कागजी रुपमा सबै क्षेत्रमा शौचालय बनेको रिपोर्ट बनाउदा जिल्लाका नागरिक झन् पीडित बनेका छन् । यहि मंसिर १४ गते जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गर्न सरोकारवाला निकाय यतिबेला कम्मर कसेर लागेका छन् । क्षेत्रीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति (आरवास–सीसी) ले अनुुगमन गरि घोषणाका लागि अनुमति दिइसकेको छ । गत बैशाख १ गते नै जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने मिति तोकिए पनि प्राविधिक कारण देखाउदै पटक–पटक मिति     सारिएको हो । घोषणाको मिति र प्रमुख अतिथि कसलाई बनाउने भन्ने तिर मात्रै ध्यान दिइरहेका सरोकारवालाहरु यसपटक तोकिएको मितिमा जसरी पनि घोषणा गर्ने बताउँछन् । तर, जिल्लाबासीको पहुँच शौचालयमा पुगेको छ या छैन भन्ने तर्फ भने कसैको ध्यान गएको देखिदैन । वीरेन्द्रनगरको बसपार्क जस्तो भिडभाड र चहलपहल हुने सार्वजनिक स्थानमा समेत एउटा पनि शौचालय नहुँदा यात्रुहरु खुल्ला ठाउँमा शौच गर्न बाध्य छन् । काँक्रेविहार यातायातका एक कर्मचारीले भने –बसपार्कमा शौचालय नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ, उनले थपे– यात्रुहरु शौचालय छैन भन्दै सोध्छन् हामीलाई समेत शौचालय छैन भन्न असजिलो लाग्छ ।’ आफ्नो नगर क्षेत्रमा एउटा नागरिकले दिशा पिसाब गर्न कहाँ जानु पर्ने हो, कुन ठाउँमा उसले प्राकृतिजन्य सुविधा पाउने अधिकार राख्दछ भन्नेसम्म नगरभित्रकै नागरिकलाई थाहा छैन । जिल्लाका अन्य स्थानहरुमा कति सार्वजनिक शौचालय छन् र कतिले लाभ लिएका छन् भन्नेबारे सरोकारवाला निकाय अनविज्ञ छन् ।
नगर र गाविस सबै तिर यो अभियानको जोडतोडले घोषणा गरियोे । झट्ट हेर्दा यस्तो राम्रो कार्यक्रमको कसैले पनि विरोध गर्नु वा सरसफाईको कुरामा अन्यथा भन्नु सुहाउने कुरा होइन । घोषणा हुने तर, शौचालय र सरसफाइको अवस्था उस्तै हुनुले अभियानको प्रभावकारीतामा प्रश्न उठ्ने गरेको छ । प्रशस्त सार्वजनिक शौचालयहरू नबनाई खुल्ला दिसामुक्त घोषणा गर्दा नगरभित्रकै कतिपय स्थानमा लाजमर्दो अबस्था छ । खुल्ला दिशा मुक्त भैसकेका जिल्लाका कतिपय गाविसमा सरकारले तोकेको मापदण्ड अझै पुरा हुन नसकेको पाइएको छ । सरसफाईमा नागरिक अग्रसरता र शौचालय निमार्ण नै अहिले प्रमुख चुनौतीका रुपमा रहेको सरोकारवालाहरु बताउँछन् । यता क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयले भने घोषणाको मिति तय भैसक्दासम्म जिल्लामा बनेका र बन्न बाँकि रहेका शौचालयको तथ्याङक संकलन अझै बाँकि रहेको बताएको छ ।

के हो खुल्ला दिशा मुक्त अवस्था ?

खुला दिशा भन्नाले खुला ठाउँमा दिसा गर्ने र त्यसलाई त्यसै छोडिदिने अवस्थालाई जनाउँदछ । खुला दिशा मुक्त भन्नाले खुला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिशामा झिंगा पस्न नसक्ने गरी खाल्डोमा ढकन लगाइएको अवस्थाले खुला दिशा मुक्त जनाउँछ । तर, ढकन नभएको खाल्डोमा दिसा संकलन गरे पनि त्यस अवस्थाले खुला दिशायुक्त अवस्था जनाउँछ । कुनै तोकिएको स्थानलाई खुला दिशा मुक्त भनी घोषणा गर्नका लागि यस्ता आधारहरु चाहिन्छन् । जस्तै ः तोकिएको क्षेत्रमा कुनै पनि समयमा खुल्ला दिसा नदेखिनु, सुधारिएको सरसफाइ चर्पी सुविधामा सबै घरधुरीको पहुँच हुनुको साथै ती सुविधाहरुको पूर्ण सदुपयोग, संचालन र मर्मत संभार भइरहेको हुनुपर्छ । त्यस्तै तोकिएको क्षेत्रमा अवस्थित सबै सार्वजनिक संघसंस्थाहरु जस्तै विद्यालय, कार्यालयहरु आदिमा चर्पी सुविधा उपलब्ध हुनु, यसका अतिरिक्त खुला दिसा मुक्त घोषणा प्रक्रियाका चरणमा सबै घरधुरीमा साबुन र साबुन राख्ने बट्टा सहितको हातधुने स्थानको उपलब्धता र तोकिएको क्षेत्रमा पशुजन्य फोहोर, ठोस र तरल फोहर मैलाको व्यवस्थापन लगायत वातावरणीय  सरसफाइ कायम रहेको हुनु पदर्छ ।

शिक्षाको घुस प्रकरणप्रति आयोग गम्भिर ः डाँगी

सुर्खेतमा बिद्यालय भवन निर्माण गर्दा जिल्ला शिक्षा कार्यालयका कर्मचारीले घुस खाएको समाचारप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यश्चिमाञ्चल क्षेत्रीय कार्यालयले गम्भिरता पूर्वक लिएको आयोग क्षेत्रीय कार्यालय सुर्खेतका प्रवक्ता जंगबहादुर डाँगीले बताएका छन् । यस बिषयमा सबै स्रोत परिचालन गरि अनुसन्धान थालिसकेका छौ, प्रवक्ता डाँगीले भने । आर्थिक बर्ष २०७०र०७१ मा सुर्खेत जिल्लाका सामुदायिक बिद्यालयहरुमा निर्माण भएका बिद्यालय भवन र शौचालयहरुबाट जिल्ला शिक्षा कार्यालय सुर्खेतका प्राबिधिकहरुले अनुगमन खर्चका नाममा प्रति आयोजना ५ देखि १५ प्रतिशतसम्म रकम कमिशन खाएको, तोकिएको पसलबाट निर्माण सामाग्रि खरिद गर्न दबाब दिएको र सदरमुकाममै बसेर बिद्यालय भवन निर्माण सम्पन्न भएको प्रतिवेदन तयार पारेको करतुत खोज पत्रकारिता केन्द्रले केहि समय पहिले सार्वजनिक गरेको थियो । यस बिषयमा जिल्ला शिक्षा कार्यालय सुर्खेत मार्फत जानकारी माग गर्ने काम भइसकेको र अपुग बिषयमा थप अनुसन्धान भईरहेको डाँगीको भनाई छ । घुस प्रकरण अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा अहिल्यै भन्न नमिल्ने भन्दै आयोगका क्षेत्रीय निमित्त प्रमुख समेत रहेका डाँगीले यो सम्बन्धि अनुसन्धानलाई प्रभावकारी र पारदर्शि बनाउन अनुसन्धान कार्यमा सहयोग पु¥याउन सरोकारवाला सबैलाई आग्रह समेत गरेका छन् ।

जेनेट सुर्खेतको पहिलो बाेर्ड बैठक सम्पन्न

 डिलप्रसाद शर्मा  
पुस ४ सुर्खेत
 पत्रकारिता क्षेत्रमा आर्कषण बढेसँगै सम्वादातालाई निरन्तर क्रियाशिल बनाउने उद्देश्यले सुर्खेतमा गठन भएको पत्रकार सञ्जाल  (जेनेट) सुर्खेतको शनिरबार पहिलो बैठक सम्पन्न भएको छ ।सञ्जालका अध्यक्ष यज्ञबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकमा आगामी दिनमा के कस्ता कार्यक्रम गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ । बैठकले एक महिना भित्रै अर्को मासिक बैठक बस्ने, पत्रकार महासंघ शाखा सुर्खेतसंग समन्वय गर्ने तथा अन्य विभिन्न विषयमा छलफल गरिएको छ ।

जिल्लामा भए गरेका काममा पारदर्शि बनउन पत्रकारलाई क्रियाशिल बनाउने र क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम, गोष्ठी, सेमिनार सञ्चालन गर्ने संजालले निर्णय गरेको छ । संजालको पहिलो बैठकले नै मानार्थ सल्लाहाकारका रुपमा पत्रकार खेमराज वलीलाई मनोनित गरेको छ ।

खानेपानी, सरसफाई तथा अधिकार तालिम

डिलप्रसाद शर्मा
सुर्खेत, ३ पुस ।
गाविस सचिव तथा खानेपानी, सरसफाई उपभोक्ता समितिहरुलाई दुई दिने खानेपानी, सरसफाई तथा अधिकार तालिम वीरेन्द्रनगरमा शुरु भएको छ । तालिम खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा सुर्खेतको आयोजनामा शुरु भएको हो । तालिमको पहिलो दिन शुक्रबार खानेपानी सरसफाई अधिकार, अन्तराष्ट्रिय प्रावधान र नेपालमा भएको व्यवस्था, खानेपानी र स्वच्छताको क्षेत्रमा सुशासन, मानव अधिकारका आधारभुत अवधारणा र खानेपानी र सरसफाईको अधिकार लगायतका विषयमा छलफल भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा सुर्खेतका सचिव रत्नबहादुर बुढाले जानकारी दिए । यस्तै तालिमको दोस्रो दिन खानेपानी तथा सरसफाईमा अधिकारमुखी अवधारणा तथा गरिब तथा सिमान्तकृत र पछाडी पारिएका समुदायको खानेपानी तथा सरसफाई अधिकार, खानपानी तथा सरसफाईमा बजेट पैरवी १४ चरणको योजना तर्जुमा र भूमिका, राष्ट्रिय तथा जिल्लाको खानेपानी सरसफाईको अवस्था तथा खानेपानी तथा सरसफाई अधिकार सुनिश्चितताका लागि भुमिका लगायतका विविध विषयहरुमा छलफल हुने बुढाले जानकारी दिए । तालिम खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा सुर्खेतका अध्यक्ष मानबहादुर खत्रीको अध्यक्षतामा सुरु भएको हो ।

योजना तर्जुमा सम्बन्धी अभिमूखीकरण

 डिलप्रसाद शर्मा
सुर्खेत, ३ पुस ।
एकीकृत योजना तर्जुमा समितिका पदाधिकारीहरुका तीन दिने लागि अभिमूखीकरण कार्यक्रम शुक्रबार नेटामा सम्पन्न भएको छ । गाविस समितिको कार्यालय र स्याक नेपालले सञ्चालन गरेको साझेदारी परियोजनाको संयुक्त आयोजनामा अखिमूखीकरण सम्पन्न भएको हो । योजनाको प्राथमिकीकरण तथा वडा स्तरमा योजना तर्जुमा गर्दा पदाधिकारीहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयमा कार्यक्रममा छलफल गरिएको थियो । गाविस सचिव श्यामलाल खरालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको सामुदायिक स्वंसेवक यशोदा घर्तीले जानकारी दिएकी छन् ।