Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Dec 31, 2015

काठमाण्डौं ठमेलमा यस्तो ।

ठमेलमा न्यू इयर इभ सुरू हुँदै, १८ वर्ष मुनिकालाई निषेध


काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले पर्यटकीय क्षेत्र ठमेलमा न्यु इयर इभ मनाउने भव्य तयारी गरेको छ। बेलुकी साढे ५ बजे परिषद्ले साँस्कृतिक कार्यक्रमको औपचारिक उद्घाटन समारोहको आयोजना गर्दैछ । नेपाली कांग्रेसका नेतासमेत रहेका युवा सांसद गगन थापाले कार्यक्रमको औपचारिक उद्घाटन गर्ने परिषद्का अध्यक्ष रामशरण थपलियाले बताए।
थापाले उद्घाटन गर्ने औपचारिक कार्यक्रम १ घण्टा चल्ने अध्यक्ष थपलियाले जानकारी दिए। त्यसपछि विभिन्न समुदायका संस्कृति झल्किने मौलिक नेपाली साँस्कृतिक झलकहरू प्रदर्शन गरिने उनले बताए। करिब साढे २ घण्टासम्म चल्ने उक्त शो पछि राती साढे १२ बजेसम्म डिजेले प्रस्तुति दिने उनले जानकारी दिए। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जन दिँदै अंग्रेजी नयाँ वर्षलाई स्वागत गरिसकेपछि ठमेलको व्यापार रातभर चल्ने र बिहान ४ बजेसम्म ठमेल खुल्ला रहने उनले बताए । औपचारिक उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा जो कोही सहभागी हुन सक्ने भए पनि बार तथा रेष्टुरेन्टमा १८ वर्ष मुनिका व्यक्तिलाई प्रवेश निषेध गरिएको उनले जानकारी दिए। ु१८ वर्ष मुनिकालाई बारमा निषेध गरेका छौं,ु अध्यक्ष थपलियाले भने, ुसुरक्षाका लागि साढे ४ सय प्रहरीको प्रबन्ध सरकारले मिलाएको छ।ु त्यस्तै नयाँ वर्षलाई स्वागत गर्ने कार्यक्रमलाई भव्य बनाउन र पर्यटकलाई खुसी तुल्याउन ठमेल क्षेत्रमा बिहीबार राती विद्युत् कटौती नगर्ने लिखित पत्र पनि परिषद्लाई विद्युत् प्राधिकरणले दिएको उनले जानकारी दिए। परिषद्ले रात्री व्यवसायीहरुको सक्रियतामा ठमेललाई चौविसै घण्टा खुला राख्ने गरी तयारी गरिरहेको जानकारी पनि दिए।

Dec 29, 2015

सुर्खेत २९ औं खुल्ला दिसा मुक्त जिल्ला घोषणा

dil
डिलप्रसाद शर्मा
सुर्खेत, १४ पौष ।
 
सुर्खेतलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी जिल्लालाई देशकै २९ औं खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । जिल्लाका ४० गाविस र ३ नगरपालिका गरी ७२ हजार ९ सय ३६ घर धुरीमा पक्की शौचालय र जिल्लाका १२ स्थानमा सार्वजनिक शौचालय बनेपछि खुल्ला दिशा मुक्त जिल्ला घोषणा भएको हो । घोषणा सभाका प्रमुख अथिति उप–राष्ट्रपति नन्दबहादुर पुनले सुर्खेतवासीहरुलाई खुल्ला दिसा नगर्ने प्रतिवद्धता गराउँदै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै उप–राष्ट्रपति पुनले सरसफाइमा भएको उपलब्धीलाई सुर्खेतबासीले गर्व गर्नु पर्ने बताए । उनले हरेक क्षेत्रको विकास, समृद्धि र सभ्यताको लागि सरसफाइ महत्वपूर्ण भएको बताएका थिए । उप–राष्ट्रपति पुनले सम्बोधनका क्रममा जिल्लाका महत्वपूर्ण विकास आयोजनाको निमार्णको काम समयमै गर्न र बाढी पहिरो प्रभावितहरुको पुर्नवासका लागि सरकारलाई गम्भिर बन्न आग्रह समेत गरे ।
सन् २०१७ सम्ममा आधारभूत सरसफाई सुविधामा हरेक नागरिकको पहँुच पु¥याउने सरकारको राष्ट्रिय लक्ष्य अनुरुप सुर्खेतमा २०६६ सालदेखि खुल्ला दिशा मुक्त अभियान शुरु भएको थियो ।  अभियान सञ्चालनका क्रममा शौचालय निमार्ण तथा सरसफाइमा ७ करोड ५३ लाख ४० हजार ८ सय ९२ रुपैयाँ खर्च भएको बताइएको छ ।  उक्त रकम क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय, जिल्ला विकास समिति, स्याक, वातावरण सुधार समाज, सुन्दर नेपाल, एन्फो, नेपाल रेडक्रस सोसाईटी, जनसेवा संघ, किर्डाक नेपाल, महिला शक्ति निकुञ्जलगायत प्रत्येक गाविस र नगरपालिकाले अभियानमा आर्थिक सहयोग गरेका थिए । घोषणा सभालाई भव्य र सभ्य बनाउन जिल्लाका तीन बटै निर्वाचन क्षेत्रबाट झाँकी, पञ्चे बाजा र ¥याली ल्याइएको थियो । घोषणा सभामा सांसद हृदयराम थानी, सीता नेपाली, तप्तबहादुर विष्टलगायत जिल्लास्थित राजनैतिक दलका प्रमुख एवम प्रतिनिधिहरुको उपस्थिति थियो ।

Dec 28, 2015

स्टेचरको अभावले डोकोमै विरामी बोक्न बाँध्य

गर्भवती र विरामी प्रभावित

डिलप्रसाद शर्मा
दैलेख, १३ पुस ।
फोटो: गुगलबाट साभार गरिएको हो ।
  दैलेखको पुर्वी रुम गाविसमा स्टचर हुदाँ विरामीलाई उपचारका लागि स्वास्थ्य सम्म ल्याउन समस्या हुने गरेको छ । स्टेचरको अभाव हुदाँ गाविसमा गर्भवती, विरामी बृद्धबृद्धाहरु प्रभावित भएका छन् । गाविसमा निर्माण गरिएको सडक गाडी गुड्न लायक नभएका वेला स्वास्थ्य सम्म पु¥याउनका लागि प्रयोग गरिदै आएकोे स्टेचर नहुदाँ विरामीहरुले समयमा उपचार पाउन सकेका छैनन् । 
बिरामी ओसारपसारका लागि भरपर्दाे साधन बनेको स्टेचरको करिव १ वर्ष देखि अभाव भएको छ । जसका कारण गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई अस्पताल पु¥याउन कठिनाई हुने गरेको स्थानियहरुको गुनासो छ । प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयमसेबीकाहरुलाई एक÷एक वटा स्टेचर दिइएको भएपनि स्टेचर भाचिदाँ र हराउदाँ यस्तो समस्या आएको हो । स्टेचरको अभाव भएपछि गाबिसका बीरामीलाई बोकेरै उपस्वाथ्य चौकी सम्म पु¥याउनुपर्ने बाध्यता छ । गाविसमा उपस्वास्थ्य चौकी भए पनि त्यहाँसम्म बिरामी पु¥याउन आवश्यक स्टे«चर नहुँदा डोको, डोला र पिठ्युमा बिरामी बोक्नुपर्ने बाध्यता रहेको स्थानय गगनसरा शर्माले बताइन् । उप स्वाथ्य चौकीमा उपचार हुन नसक्ने बिरामीहरुलाई  बेस्तडा सम्म ल्याउनका लागि स्टे«चर नभएपछि समयमा स्वास्थ्य संस्था पु¥याउन नसकिने भएकाले पनि सहज स्वास्थ्य सेवावाट स्थानियहरु वञ्चित हुने गरेका छन् । यता, उप स्वास्थ्य चौकीले गाँउपरिषद्बाट २० हजार छुट्याएको बताएको छ ।

खुल्ला दिसामुक्त घोषणा विषेश अंक ।

सुर्खेत जिल्लालाई यहि पुस १४ गते खुल्ला दिसामुक्त घोषणा गरिँदै छ । यसै सन्दर्भमा खुल्ला दिसा मुक्त घोषणा गर्नेबारे यहाँका राजनीतिक दलका प्रतिनिधी व्यवसायी र विद्यार्थीहरुले दिएको प्रतिक्रियाको सम्पादित अंश ।

 ‘घोषण गर्नु दबाब दिनु पनि हो’

गोविन्द कोइराला

कोषाध्यक्ष

नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेत


जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्नु निश्चित रुपमा सकारात्म पक्ष हो । जन स्वास्थ्य सँग मात्र सम्बन्धित नभई मानविय सभ्यता सँग पनि यो अभियान जोडिएको छ । यो घोषणाले जिल्लाको समग्र एकतालाई प्रतिविम्वित गर्दछ । घोषणाले पुर्ण रुपमा रोक्ने काम नभई सरसफाई प्रति सतर्क हुन् जनचेतना दिने छ । खुल्ला दिसा मुक्त घोषणा पहिले वडा अनि गाविस र अहिले जिल्ला हुदैँछ । यहि १४ गते हुने जिल्ला घोषणा कर्मकाण्डी रुपमा मात्र पुरा नहोस् । जो कि एक दिनको तामझमका साथ मात्र । घोषणाका लागि ठुलो रकम खर्च गरिँदै छ । घोषणा पछि पनि गाविस, नगरपालिका र जिल्लामा सरसफाई तथा खुल्ला दिसा मुक्त दिर्घकालसम्म जिवन्त राख्नका लागि अभियानलाई निरन्तरता दिए मात्र अहिले खर्च हुने रकमले सार्थकता पाउँछ । त्यसैले घोषणलाई दिगो बनाउन नसके लगानी खेर जानसक्छ । लगानी खेर नजाओस् र घोषणमा मात्र सिमित नरहोस् । घोषण गर्नु दबाब दिनु पनि हो, जसले सरोकारवालालाई होसियार बनाउँछ । घोषणा पछि निर्माण नीति निर्माण र योजना बनाउदा घोषणालाई हेक्का राखेर निर्माण गरिनु पर्छ तब मात्र दिर्घकाल सम्म टिक्छ । नगरपालिकामा सार्वजनिक शौचालय थप गर्नु पर्ने बारेमा नगरपालिकाकाले योजना तर्जुमा गर्दा ध्यान दिनुपर्छ । नगर क्षेत्रमा पक्कि घरहरु निर्माण हुन थालेदेखि चर्पि निर्माण भएका छन् । आवश्यक मात्रामा पानी नहुँदा निर्माण भएका शौचालय पनि प्रयोग विहिन बनेका छन् । यसले कता कता सार्थकता नपाउने हो कि भन्ने शंका उब्जाएको छ ।

अनुमानित खर्चको आकार ठुलो हो          
           मोहन बढुवाल
            
सचिव
  नेकपा एमाले जिल्ला कार्यसमिति सुर्खेत

 
खुल्ला दिसा मुक्त घोषणा हुनु मानव सभ्यता सँग जोडिएको विषय हो । यति मात्र नभई मध्यपश्चिमको प्रवेशद्धार अनि संघीय प्रदेश नं. ६ को राजधानिका रुपमा चर्चामा रहेको सुर्खेतका लागि खुदिमु हुनु गौरव एवम् ऐतिहासिक कामका रुपमा लिनुपर्छ । जे जति मात्रामा तयारी भएको छ, सबै परिचालित निकायलाई उच्च सम्मान गर्नुपर्छ । घोषणाका लागि भएका सबै काम पुर्णता नभई सिकाई मात्र हो । यसलाई पुर्ण बनाउन अझै बाँकी नै छ । जिल्लामा प्रर्याप्त मात्रामा सार्वजानिक शौचालय निर्माण नहुनु व्यवस्थापन कमजोरी हो । घोषणा पछि जिल्लामा सार्वजनिक शौचालय निर्माण गर्न सबैले ध्यान दिनुपर्छ । घोषणालाई कागजमा मात्र सिमित नबनाई कार्यान्वयनमा पनि ध्यान दिन आवश्यक छ । सरसफाई र खुल्ला दिसा मुक्त घोषणा गर्नका लागि आवश्यक मापदण्ड पुरा नभएपनि घोषणा हुनुलाई चुनौतिका रुपमा लिनु पर्छ । खुदिमु घोषणाका लागि क्रियाशिल उपसमितिले पेश गरेको अनुमानित खर्चको आकार ठुलो हो । तर, यस खर्चलाई कसरी उपलब्धी मुलक बनाउने भन्ने बारेमा घोषणा पछि पनि चु्नौती बन्ने छ । घोषण गर्ने समयमा लाई कागजमा सिमित बनाई मात्रै घोषणा नगर्नु नै राम्रो हुन्छ  । घोषणा पछि पनि निरन्तर अनुगमन तथा सुपरिवेक्षण गरेमात्र घोषणाले सार्थकता पाउछ । त्यसैले पछिका दिनहरुमा पनि अनुगमन गरियोस् । 

‘शौचालय अपाङ्गमैत्री हुनुपर्छ’

  किमुसरा खत्री

  सचिव

 अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेत


जिल्लालाई अहिले खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने चटारो परेको छ । तर, नगरपालिका तथा गाविसमा घोषणा गर्दा सार्वजनिक शौचालयको आवश्यकता भएपनि कतै निर्माण भएका छैनन्, भने निर्माण भएका शौचालय पनि कम छन् । त्यति मात्र होइन आवश्यक मात्रामा पानी नहुदाँ कयौं शौचालय प्रयोग विहिन बनेका छन् । नगरक्षेत्रमा बनेका शौचालय अपाङ्ग ब्यक्तिले पनि प्रयोग गर्न सक्ने गरी निर्माण गरेर खुदिमु गर्दा अति उत्तम हुने थियो । शौचालय अपाङ्ग ब्यक्तिका लागि प्रयोग युक्त हुनपर्छ । गाँउघरमा शौचालय निर्माण भएर घोषणा भएपनि खुल्ला रुपमा दिसा गर्ने बानी हटेको छैन् । त्यसका लागि अभियानलाई निरन्तरता दिन जरुरी छ ।  
  

‘कुईनेपानी क्षेत्रको दिसा लुकाऊ’

 दिनेश ढकाल

 सचिव

सुर्खेत हार्डवयर समिति

 
जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्नु मात्र ठूलो कुरा होइन् । घोषणा गर्नका लागि कति सम्मका मापदण्डहरु पुरा भए भएनन् जानकारी पनि राख्नुपर्छ । नगरक्षेत्रको केन्द्रमा रहेको कुईनेपानी क्षेत्रका लागि पहिले सार्वजनिक शौचालय निर्माण गर्नुपर्छ । घोषणाका लागि चुनौति दिने ठाँउ भएकाले त्यहा शौचालय आवश्यक छ । पहिलो कुरो त प्रयाप्त मात्रमा सार्वजानिक शौचालय निमार्ण हुनुपर्छ । नत्र, घोषणले सार्थकता पाउने देखिदैन । बसपार्क तथा भिड भाड हुने ठाँउहरुमा पनि सार्वजनिक शौचालय निर्माण गरि व्यवस्थित रुपमा प्रयोग गरे मात्र खुदिमुले सार्थकता पाउन सक्छ । खुला दिसामुक्त क्षेत्र घोषणाको अभियान अन्य अभियान भन्दा महत्वपूर्ण भएपनि खर्च कम गरियोस् । 


 ‘विद्यालयका शौचालय प्रयोगमा पहल गरियोस्’

कल्पना शर्मा

विद्यार्थी

अम्मरज्योती उच्च माध्यामिक विद्यालय नेवारे, सुर्खेत


खुला दिसामुक्त घोषणा हुनु यो आफैंमा एउटा ठूलो उपलब्धी र खुशीको विषय हो । तर, अहिले पनि घोषणा भएका गाउँमा सञ्चालित सरकारी विद्यालयहरुमा शौचालय पूर्ण रुपमा प्रयोगमा नआएको अवस्था छ । अझ भन्ने हो भने त नगरक्षेत्रका विद्यालयहरुमा समेत शौचालय बनेपनि प्रयाप्त मात्रामा पानी नहुदाँ विद्यार्थीहरु खुल्ला दिसा गर्न बाध्य छन् । यसका बीचमा पनि उपराष्ट्रपति नन्दबहादुर पुन आउनु र खुला दिसामुक्त घोषणा गर्नु गौरवको विषय हो, जिल्लाबासीका लागि । यसरी भएको घोषणालाई टिकाउन प्रयाप्त मात्रामा शौचालयका लागि पानीको आवश्यकता पर्दछ । सरकारी विद्यालय तथा गाविस कार्यालय, चौक, बसपार्कमा तथा मानिसहरुको भिड लाग्ने ठाँउहरुमा सार्वजनिक शौचालय निर्माण नभएसम्म घोषणा गर्नुभन्दा नगर्नु नै उत्तम हो । किन की घोषणा पछि पनि सरसफाईले खुल्ला दिसा मुक्त सम्वन्धि कार्यक्रमहरु आएनन् भने घोषणाका लागि गरिएको खर्च बालुवामा पानी खन्याए जस्तै हुन सक्छ । त्यसैले घोषणा पछि  विद्यालयका शौचालय प्रयोगमा पहल थालियोस् ।

‘लगानी बालुवामा पानी नहोस्’

जन उच्च माध्यामिक विद्यालय वीरेन्द्रनगर, सुर्खेत

कृष्ण प्रसाद दाहाल





जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्नका लागि प्रयाप्त मात्रामा शौचालय निर्माण भएको छैन् । जिल्ला घोषणाका लागि गाविस घोषणा गरिएको छ । जुन गाविस घोषणा भएका छन् ती गाविसहरुमा कतै खाल्डे चर्पी छन् त कतै निर्माण भएका चर्पी पनि प्रयोग विहिन बनेका छन् । यस्तो अवस्थामा पनि जिल्ला खुदिमु घोषणा हुदैँछ । खुदिमु घोषणा भएका गाउँमा केही घरधुरीले खाल्डे चर्पी नै प्रयोग गरिरहेको बेला ठुलो रकम खर्चेर गरेको घोषणा बालुवामा पानी खन्याए जस्तो नबनोस् । यसरी गरिएको घोषणाले खासै सार्थकता पाउला जस्तो लाग्दैन् ।


 

Dec 27, 2015

पशु विकास मन्त्रालय स्थापना कसरी भयो ?

काठमाडौं । 
केपी शर्मा ओलीको नेतृत्वको सरकारले कृषि विकास मन्त्रालयलाई टुक्राएर कृषि मन्त्रालय र पशु विकास मन्त्रालय बनाएको छ । कृषि विकास मन्त्रालय टुक्रिएपछि कृषि क्षेत्रका व्यक्तिहरु भित्र भित्र आक्रोशित भएका छन् । कृषि र पशु नङ्ग र मासु जस्तै भएकाले यसलाई टुक्राउन हुंदैनथ्यो भन्ने विश्लेषण कृषि विज्ञहरुले गर्न थालेका छन् । तर, पशु सेवामा कार्यरत धेरै पशुकर्मीहरु भने कृषि मन्त्रालय विभाजन गरेर पशु विकास मन्त्रालय बनाएपछि उत्साहि मात्र होइन निकै नै खुशी देखिएका छन् ।
कृषि पेशा नेपालको अर्थतन्त्रको मेरुदण्ड हो भने पशुपालन कृषिको एक अभिन्न एवं अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । वर्तमान अवस्थामा कृषि क्षेत्रले कूल गार्हस्थ उत्पादनमा करिब ३२% योगदान दिएको छ भने पशुपालन क्षेत्रले मात्र कूल गार्हस्थ उत्पादनमा करिब १२% योगदान पु¥याएको छ । कृषि गार्हस्थ उत्पादनको क्षेत्रमा पशुपालन क्षेत्रको योगदान करिब २८% रहेको छ जसमा पशुहरुबाट प्राप्त हुने छाला, जोत्न तथा गाडा तान्न प्रयोग गरिने राँगा/गोरुहरुको योगदान, प्राङ्गारिक मल जस्ता अति महत्वपूर्ण क्षेत्रलाई समावेश गरिएको छैन । यी सबै क्षेत्रको योगदानलाई समेत समावेश गर्दा पशुपालन क्षेत्रले देशको अर्थतन्त्रमा पु¥याउने योगदान अरु क्षेत्रको तुलनामा अधिक एवँ अत्यन्तै महत्वपूर्ण भएको पुष्टि हुन्छ । यिनै तथ्य एवँ यथार्थताहरुलाई ध्यानमा राखेर नै दिर्घकालिन कृषि विकास योजना (Agriculture Perspective Plan, APP) ले नेपालको पशुपालन क्षेत्रले कृषि क्षेत्रमा पु¥याउने योगदान सन् २०१५ मा ४५% पुग्ने प्रक्षेपण गरेको थियो । विभिन्न आधारहरुलाई ध्यानमा राखी तयार गरिएको दिर्घकालिन कृषि योजनाले प्रक्षेपण गरे अनुसार कृषि क्षेत्रमा पशुपालन क्षेत्रको योगदान ४५% पुग्नुका सट्टा यसमा झनै ह्रास भै हाल केवल २८% मात्र रहेको तितो यथार्थता रहेको छ ।
देशको अर्थतन्त्रलाई मात्र नभै खाद्य तथा पोषण सुरक्षामा सुधार, परम्परा, रहनसहन, जाती, धर्मका साथै विभिन्न पिछडिएको दुर्गम क्षेत्र, तराई, मध्यपहाडदेखि लिएर उच्चपहाडका साथै हिमाली क्षेत्र सम्मको विकास गर्नका लागि एक कोशे ढुङ्गा सावित हुन सक्ने पशुपालन तथा मत्स्यकोे क्षेत्रमा आशातित विकास हुनका लागि नेपालका कृषक, सर्वसाधारण जनता, कर्मचारी, सरोकारवालाहरुमात्र नभै विभिन्न राजनैतिक दलका नेताहरुबाट समेत समय समयमा एउटा अलगै मन्त्रालयको आवश्यकता महसुस गरिएको थियो भने पशु सेवामा काम गर्नेहरुले पनि पशु मन्त्रालय स्थापना हुनु पर्ने माग विगतमा पनि गरेको देखिन्छ । तथापी तात्कालिन कृषि तथा सहकारी मन्त्रालयबाट कृषि विकास र पशुपालन तथा मत्य विकास मन्त्रालय गरी २ अलग अलग मन्त्रालयहरुको अपेक्षा सबैबाट हुँदाहुँदै पनि केही वर्ष पहिलेमात्र मन्त्रालयहरुको पुनर्संरचना हुँदा कृषि विकास मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालय गरी २ मन्त्रालयको गठन भएतापनि पशुपालन तथा मत्स्य विकास जस्तो महत्वपूर्ण क्षेत्रलाई अलगै मन्त्रालयको रुपमा नराखेको भन्दै सो क्षेत्रमा काम गरिरहेका व्यक्तिहरु रुष्ट बनेका थिए ।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि सम्माननीय गठित वर्तमान सरकारले पुनः देशले चाहेको जस्तै विकासको लहर ल्याउनका लागि विभिन्न मन्त्रालयहरुको गठन÷पुनर्गठन गर्न लागेको सन्दर्भमा कृषि क्षेत्रका सरोकारवाला व्यक्तित्वहरु, पेशाकर्मी, व्यवसायीहरु, कर्मचारी, राजनैतिक दलका नेता, आदिहरुबाट कृषि विकास मन्त्रालयबाट पशु सेवालाई अलग गरी अलगै एक पशुपालन तथा मत्स्य विकास मन्त्रालय गठन हुनुपर्ने माग वितगदेखि नै राख्दै आएका थिए । पशु सेवा विभाग पटक पटक कृषि विभागमा गाभिदा सर्वसाधारण जनतादेखि राजनैतिक दलहरुका नेताहरुमा समेत देखिएको नैराश्यताका कारण मिति २०५२/४/१ गतेदेखि कृषि विभागबाट पशु सेवा विभाग अलगै भएको र सो मितिदेखि हालसम्म (२० वर्ष) को अवधिमा पशुपालन क्षेत्रले गरेको प्रगतिलाई मात्र अवलोकन गर्ने हो भने पनि एक अलगै पशुपालन तथा मत्स्य विकास मन्त्रालयको आवश्यकता रहेको पुष्टि गराउन निकै पहल गरिएको थियो । जब जब पशु सेवा विभाग कृषि विभागमा गाभिन गयो, त्यसबेला पशु सेवाका प्रगति ओरालो लागेको तथ्य बाहिर नआएका पनि होइनन् ।
पशु मन्त्रालय निर्माण गर्नका लागि विगतदेखि गरिएका पहल र आवश्यकतालाई पुष्टि गर्ने आधारहरु ः
0. पशुपालन एकमात्र यस्तो व्यवसाय (क्षेत्र) हो जसलाई ग्रामिण अर्थतन्त्रको मेरुदण्ड मानिनेमात्र नभै यस क्षेत्रले प्रत्यक्ष रुपमा वार्षिक दूधबाट करिब ११ अर्ब र मासुबाट ४५ अर्ब रुपैया शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा पुँजीको प्रवाह गर्दछ ।
0 विभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुको अध्ययनले समेत स्पष्ट पारेको छ कि प्रति १० देखि २० लिटर दूध दैनिक प्रशोधन हुँदा १ जना रोजगारीको सिर्जना हुन जान्छ । करिब ८०% कृषकको अभिन्न अंग भएको पशुपालन क्षेत्रले युवादेखि लिएर महिला, दलित, आदिवासी, जनजाती सबैलाई रोजगारीको अवसर सिर्जना गर्न सक्ने एक महत्वपूर्ण क्षेत्र हो ।
0 दिर्घकालिन कृषि योजना (१९९५–२०१५) का अनुसार कृषि क्षेत्रमा सबैभन्दा बढी वृद्धिदर हासिल गर्न सक्ने सम्भावना भएको क्षेत्र पशुपालन नै हो । कूल गार्हस्थ उत्पादनमा १२% र कृषिजन्य ग्राहस्थ उत्पादनमा हाल केवल २८% मात्र योगदान दिएको यो क्षेत्रलाई केही वर्षभित्रमै ४५% मा पु¥याउन सकिने सम्भावना दिर्घकालिन कृषि योजनाले नै प्रक्षेपण गरेको थियो ।
0 कृषि विकासको रणनीति, २०७२ ले कृषिका महत्वपूर्ण ८ क्षेत्रहरुमध्ये डेरी, कुखुरापालन र बाख्रा पालन व्यवसायलाई क्रमशः दोश्रो, सातौं र आठौं प्राथमिकतामा राखेको छ । यसबाट पनि यस क्षेत्रको महत्व स्पष्ट हुन्छ । सन् २०२२ सम्ममा नेपाललाई हालको अति विपन्न मुलुकबाट विकासशिल मुलुकमा रुपान्तरण गर्नका लागि पशुपालन क्षेत्र निश्चित रुपमा महत्वपुर्ण क्षेत्र हुने कुरामा दुईमत छैन् ।
0 राष्ट्रिय समस्याको रुपमा देखिएको मातृ तथा बाल कृपोषणको समस्या न्यूनिकरणमा पशुजन्य उत्पादनले महत्वपूर्ण भुमिका खेल्दछ । हाल प्रति व्यक्ति प्रतिवर्ष ६३ लिटरमात्र दूधको उपलब्धता भएकोमा विश्व स्वास्थ्य संगठनका अनुसार यसलाई ९१ लिटर पु¥याउनुपर्ने, त्यसैगरी मासुको उपलब्धता केवल ११ के.जी. लाई ३३ के.जी. पु¥याउनुपर्नुका साथै अण्डाको उपलब्धता हालको ३४ गोटाबाट ४८ गोटामा पु¥याउनका लागि पशुपालन व्यवसायमात्र यस्तो व्यवसाय हो जसले आम्दानीमा वृद्धि ल्याई क्रयशक्ति बढाई उपभोगको स्तर समेतमा वृद्धि ल्याउन सक्छ ।
0 पशुपालनमा लाग्ने कुल श्रमको हाल करिब ७०% श्रम महिलाहरुले नै गरिरहेको कारणले पशुपालन क्षेत्रलाई प्रोत्शाहन गर्नु र वढवा दिनु भनेको महिलाहरुको विकास र सशक्तिकरण, परिवारको विकास र देशको विकासमा समेत उल्लेखनिय भूमिका निर्वाह गर्नु हो ।
0 हाल नेपालमा करिब १७०० डेरीजन्य सहकारी र अन्य पशुपालनजन्य ५०० सहकारी रहेकोले सहकारी क्षेत्रको विकास र प्रवद्र्धन गर्नका लागि समेत पशुपालन एक महत्वपूर्ण क्षेत्र हुन जान्छ ।
0 विभिन्न विकाससँग सरोकार राख्ने विद्धानहरु, राजनैतिक दलका नेताहरु, पेशाकर्मीहरुबाट समेत गरिबी निवारणका लागि पशुपालन व्यवसाय एक महत्वपूर्ण व्यवसाय हो भनी एकिनका साथ भन्दै आइएको छ । पशुपालन व्यवसाय एकमात्र यस्तो व्यवसाय हो जसले थोरै लगानाीमा र थोरै समयमा नै प्रतिफल दिन सक्दछ । उदाहरणका लागि ब्रोइलर कुखुराबाट ४० दिनमा, बंगुरबाट ६ महिना र बाख्राबाट १ वर्षभित्रमै अपेक्षित योगदान दिन सक्ने उदाहरणीय पेशा हुन् । त्यसैगरी प्रत्येक दिन बिहान र बेलुका नगद प्रवाह गर्न सक्ने डेरी क्षेत्रलाई अति नै महत्वपूर्ण क्षेत्रका रुपमा लिन सकिन्छ ।
0. पशुपालन तथा मत्स्य क्षेत्र यस्तो क्षेत्र हो जसले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन (विशेष गरी दूध, मासु, अण्डा, ऊन, पश्मिना, छाला, आदि) मा उल्लेखनीय योगदान पु¥याउन सक्दछ ।ministry-divide
हाल कृषि विकास मन्त्रालय पशु सेवा विभाग मातहतमा रहेका कर्मचारी तथा विद्यमान पूर्वाधारहरु केके छन् जनु अव पशु विकास मन्त्रालय मातहतमा रहने छ ?
ज्ञ. हाल पशु सेवा सम्बन्धी देशभरमा १३२ कार्यालय, ९९९ पशु सेवा केन्द्रहरु, २६ क्वारेन्टाइन गरी जम्मा ११५७ कार्यालयहरु विद्यमान छन् । यसका साथै विभिन्न महत्वपूर्ण क्षेत्रमा ८५० सामुदायिक पशु प्रजनन् केन्द्रहरु समेत स्थापना भै सकेका छन् ।
0 पशु सेवाका क्षेत्रमा कार्य गर्ने हाल कृषि विकास मन्त्रालय, पशु सेवा विभाग मातहतमा ४२५८ जना कर्मचारी हरुले ७५ जिल्लाभरीमा पशु सेवा पु¥याई रहेका छन् भने १३००० भन्दा बढी निजी भेटेरीनरी तथा लाइभष्टक प्राविधिकहरुले समेत विभिन्न क्षेत्रमा पशु सेवा पु¥याइरहेका छन् । साथै पशुपालन व्यावसायिकरण हुँदै जाँदा देशमा हाल ३००० भन्दा बढी भेटरिनरीयन एवँ लाइभष्टक विज्ञको आवश्यकता महसुस भएको छ ।
0 पशुपालन क्षेत्र वर्षेनी व्यावसायिकतातर्फ अग्रसर छ भने विभिन्न उद्योगधन्दाहरु समेत यसमा आधारित भएको अवस्था छ । कुखुरापालनको क्षेत्रमा मात्र निजी क्षेत्रबाट ६० अर्बभन्दा बढीको लगानी गरेको अवस्था छ भने अन्य क्षेत्रहरु विशेषगरी दुग्ध उत्पादन र प्रशोधन, मासु उत्पादन र प्रशोधन क्षेत्रहरु पनि निरन्तर विकासको क्रममा छन् ।
0 विश्व पशु स्वास्थ्य संगठन (OIE)ले Performance of Veterinary Services (PVS) Gaps Analysis मा हालको भेटरिनरी सेवामा व्यापक सुधार र सुदृढीकरण गर्न सकेमा नेपाललाई South Asia मै राम्रो हुन सक्ने सम्भाव्यता रहेको भनी उल्लेख गरेको छ । सो बमोजिम अलग मन्त्रालय चाहिने गरी प्रष्ट्याएको छ ।
0 जनस्वास्थ्यसँग सरोकार राख्ने रोग मध्ये करिब ७०% रोगहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध पशुपंक्षीहरुसँग रहेको हुन्छ । यसले पनि पशुपालन र पशु स्वास्थ्यको महत्वलाई उजागर गरेको पाइन्छ ।
0 पशुजन्य उत्पादनहरुको विदेशमा निर्यात गर्न सक्ने प्रचुर सम्भावना हुँदाहुँदै पनि विभिन्न रोग (विशेषगरी (FMD, SF, PPR, Ranikhet (TADS) जस्ता रोगहरुबाट मुक्त भएको पशुजन्य पदार्थ भनी प्रमाणिकरण गर्न नसकेसम्म विदेश निकासी गर्न सक्ने अवस्था नभएकोले यसका लागि विशेष पहल गरी रोगमुक्त पशुजन्य उत्पादनको व्यवस्था गर्न लागी पर्नुपर्ने अवस्था आइसकेको छ ।
0 मत्स्य पालनका क्षेत्रमा गर्न सकिने प्रचुर सम्भावना भएतापनि हाल केवल वार्षिक ५७,५२० मे.ट. मात्र माछाको उत्पादन भएको छ । यसलाई सम्भावनाको तुलनामा नगन्य नै मान्नुपर्दछ ।
0 विद्यमान पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई कार्यान्वयन गर्न एवँ हाल देशमा अत्यन्तै आवश्यकीय ऐन कानूनको रुपमा चाहिने भेटनरी औषधी व्यवस्थापन ऐन, पशु कल्याण ऐन लगायत विभिन्न ऐन, नीति, रणनीति आदिलाई छिटो छरितो तर्जुमा र कार्यान्वयन गर्न पनि पशुपालन मन्त्रालयको आवश्यकता भएको देखिन्छ ।
पशुपालन तथा मत्स्य विकास क्षेत्रको यथार्थता, विकासका सम्भावना, भौतिक पूर्वाधार, जनशक्ति, राष्ट्रिय तथा कृषिजन्य गार्हस्थ उत्पादनमा पु¥याएको योगदानलाई मध्यनजर गर्दै र पशु सेवामा कार्यरत विभिन्न तह तप्तका व्यक्ति संघसंस्थाहरुको गोप्य पहलका कारण कृषि मन्त्रालय फुटेको छ । तर विश्वका विभिन्न देशहरुले पशुपालन तथा मत्स्यलाई उच्च प्राथमिकतामा राखी अलगै विभाग, मन्त्रालयको रुपमा स्थापना गरेका भएतापनि नेपालमा त्यसो हुन नसकि रहेको अवस्थामा यसले नयां फड्को मारेको छ । कूल राष्ट्रिय उत्पादनमा १२% भन्दा बढी योगदान पु¥याउने पशु विकासको क्षेत्रमा यस आ.व.मा पनि केवल ४ अर्ब ९२ करोड (कूल बजेट, ८ खर्ब १९ अर्ब ४७ करोडको जम्मा ०.६%) र कृषि क्षेत्रमा छुट्याइएको बजेट, २६ अर्ब ६८ करोड, को केवल १८%) मात्र विनियोजित हुनुका साथै पशुपालन तथा मत्स्यलाई मात्र सम्बोधन गर्ने गरी खासै आयोजना÷परियोजना समेत नहुनुबाट नै यो क्षेत्र राज्यबाट उपेक्षित भएको आरोप विगतदेखि नै लाग्दै पनि आएको थियो ।
तसर्थ समग्र कृषि क्षेत्रमा मात्र नभै राष्ट्रिय अर्थतन्त्र, खाद्य तथा पोषण सुरक्षा, महिला, दलित, जनजाती, मधेसी, उत्पिडीत, सिमान्तकृत क्षेत्र, जाती, वर्ग, लिङ्गलाई प्रभावकारी रुपमा सम्बोधन गर्नका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान लागु भएपछि गठन भएको सरकारले पशुपालन तथा मत्स्य विकासका क्षेत्रमा परिमाणात्मक एवँ गुणात्मक विकास गर्नका लागि एक पशु विकास मन्त्रालयको स्थापना हुनुले यो निर्णयको घोषणा लगतै कृषि क्षेत्रका व्यक्तिहरु रुष्टता व्यक्त गरिरहेका छन् भने पशु सेवाका व्यक्तिहरु उत्साहि भएको देखिन्छ ।
यद्यपी वर्तमान केपी शर्मा ओलीको सरकारले पशु सेवा क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना गरेको नभएर केवल आफ्नो सत्ताको समय लम्ब्याउन यो कदम अगाडि सारेको देखिन्छ । त्यसकारण पशु सेवामा कार्यरत सरोकारवाला व्यक्ति संस्था निर्णयबाट खुशी हुुनु भन्दा पनि यो कति दिन टिक्छ भन्ने तर्फ लाग्नु अनिवार्य छ । पशु विकास मन्त्रालय केपी ओली सरकारसंगैको बर्हिगमनसँगै अन्तै गाभियो भने ? एक पटक सोच्नु अनिवार्य छ । -विशेष रिपोर्ट

कृषि अनलाईनको सहयोगमा साधार गरिएको । 

बन्दुक चलाउने हातःकृषि कर्ममा


पाल्पा ।
purba ladakuपाल्पाको  सिद्धेश्वर   गाविस की सावित्रा कुमाल(बोहोरा) १३ बर्षको करिलो उमेरमा नै तत्कालीन विद्रोही पक्ष (नेकपा माओवादी)मा लागिन् ।  सानै देखि  गीत गाउन  न नाच्न शौखीन कुमाल प्टाटुन सह– कमाण्डर समेत भएकी थिइन । स्वाथ्य र परिस्थीले साथ दिएको भए उनी यतिखेर नेपाली सेनाको कुनै उच्च पदमा पुग्थीन् हो । तर अहिले  उनी रुपन्देही जिल्लाको पश्चिम सालझण्डी गाविस सालझण्डी–३ पानबारीमा आफ्नै खेतवारी, पुशपालनमा रमाईरहेकी छिन् ।  उनी भन्छीन्–‘सेनामा लागेर सेवा गर्ने ईच्छा थियो, तर परिस्थीतिले दिएन अहिले आफ्नै खेतबारीमा रमाएकी छु । ’
हुम्ला जिल्लाको दराम गाविस–९ का धनलाल बोहोरा संग २०६३ मंसिर ९ गतेमा वैवाहिक सम्बन्ध गाँसेकी कुमालको विवाह अन्तरजातिय विवाह हो । उनी भन्छीन्–‘स्वच्छिक अवकास पाउन भन्दा पहिला देखि नै जम्मा गरेको केही रकमबाट यहाँ(पानवारी)मा ८ कठ्ठा जमिन किनेका छौ, सानो पसल छ, लुगा पनि सिलाउने गरेकी छु  के गर्ने गोडाफाट सर्तक गर्ने हात खुट्टा अहिले गोवर सोत्तर गर्दै  वितेका छन् ।’ वि.स.२०६३ सालमा मंसिर देखि कृष्णसेन स्मृती विग्रेडमा बसेका उनका श्रीमान प्लाटुन कमान्डर थिए । उनले पनि स्वच्छीक अवकास लिएका छन् । पहिला ऋण खाजेर पसल गरेकी वोहोराले पछि शान्तीका लागि संवाद परियोजना  अन्र्तगत २० हजार  विना व्याजमा ऋण पाईन  ।
 त्यसबाट सानो पसल सुरु गरेकी उनले आफ्नो व्यववसाय पढाउदै लगेकी छिन् । उनी भन्छीन्–‘अहिले पसलबाट राम्रो आम्दानी हुन्छ,  गाउका सबै सामान किन्न यहि आउछन्, भैसी पालेकी छु,  आम्ँदानीको पाटोको रुपमा सिलाई काटाई समेत गर्दे आएकी छु ।’ २५ हजारकोता केही समय पहिला फ्रिज जोडेकी छिनन् भने घरमा डीस होम समेत जडान गरेकी छिन् ।  सानो पविार छ  सुखी परिवार छ  कम गर्दे जाँदा आफै आत्मनिर्भर भएको छु  उनीले भनिन् ।  
देवले अर्चेली माविमा पढ्दै गर्दा  पढेकी थिईन । पढ्दै गर्दा गीत संगीतको मोहको कारण माओवादीमा लागेको उनको भनाई रहेको छ ।  दर्जन भन्दा बढि स्थानमा लडाई लडेकी उनी पाल्पाको तीलगीरे, वि.स.२०६२ चैत २४  तौलिहवा,अन्तमी लडाई हुन ।  ‘पहिला यिनी माओवादी हुन् मार्छनकाट्छन् भन्ने समाजका मान्छेहरुले अहिले समान्य व्यावार गरेकोमा खुसिलागेको उनको भनाई रहेको छ ।
उता पुर्व लडाकु सह कमान्डर उनी सह कमान्डर सावित्रा वोहोराका श्रीमान् पुर्व लडाकु  प्लाटुन कमाण्डर धनलाल बोहोरा भन्छन्–‘हामी संगै ८  जना जोडीको विवाह भएको थियो , अन्य सबैको डिभोर्स भयो तर हाम्रो  जोडी नमुना जोडी भएका छन् । ’  अन्तरजातिय विवाह गरेको भएपनि परिवारमा कुनै पनि जातपातको कुरा कहिल्यै नआउने उनको भनाई रहेको छ ।
  अहिले उनको गाउमा ८ जना पुर्व लडाकुहरु रहेका छन् । बसन्त रावल र राधीका रावल(कुमाल) को जोडी, बलमान विका र बासु थापाक्षेत्री को जोडी, तुल्य विक र कल्पाना विकको जोडी र ऋषिराम थापा  र मायाँ पौडेलले अविवाहित छन् ।
शान्तीका लागि संवाद परियोजनाको साझलण्डी गाविसकी सहजकर्ता तथा द्वन्द्व पिडीत गोमा बस्यालले संवाद परियोजना आएपछि द्वन्द्व प्रभावितहरु एक जुट भएर प्रत्येक महिनाको एक निश्चित गते बस्ने, पिर मर्का साटासाट गर्ने कसरी आर्याआर्जन गर्ने लगायतका विषयमा जानकारी लिने र दिने गर्ने गरेको बताए ।
युएसएआईडीको आर्थिक सहयोगमा केयर नेपाल र नमुनको साझदारीमा सञ्चालनभ एको शान्तिका लागि संवाद परियोजनाले रुपन्देहीका १२ गाविस र ५ नगरपालिकामा काम गर्दै आएको स्थानिय शान्ती समितिका संयोजक ज्ञानु पौडेले बताउँछिन् ।
२ सय ५० जना शान्ती स्व्म सेवक छनोट र परिचालन गरी १७ वटा सहकारी मार्फत कुल ४६ लाख २५ हजार रुपैयाँ द्वन्द्व प्रभावितहरुलाई विउपुँजी कोष मार्फत प्रदान गरिएको परियोजनाले जनाएको छ । अहिले उक्त परियोजना अन्र्तगत रुपन्देहीमा १ सय ७५ जना द्वन्द्व प्रभावित परिवारमा ८० जना महिलाहरुले जिविकोपार्जन गरेका छन् ।

Dec 24, 2015

सरोकारवाल निकायबाट अनुगमन


कमल शर्मा
दैलेख, ९ पुस ।
केड सुर्खेत र महिला सशक्तिकरण मञ्च दैलखको साझेदारीमा संचालीत महिला प्रजन््न अधिकार कार्यक्रम संचालन भएका रुम , कटि , लाकुरी बेलपटा , चौराठा , सल्लेरी बिन्ध्याबासीनी भवानी गाबिसहरुमा संचालीत महिला प्रजन्न अधिकार कार्यक्रमको जिल्ला स्तरिय सरोकारवाला निकाय बाट अनुगमन गरिएको छ । अनुगमन टोलीले बिन्धयाबासीनी गाबिसको रैना देबी माबि टाटामाखुमा संचालन भएको किशोर किशोरी यौन तथा प्रजन्न  स्वास्थ्य मेलाको अवोलाकन संगै गाबिस स्तरिय प्रजन्न अधिकार मञ्च छात्रा सहयोग पाएका किशोर किशो्री दौतारी समुह , शिक्षक र बिद्यालय ब्यबस्थापन समिति स्वास्थ्य चौकीमा पाठेघर जाँच गर्ने तथाङ्कको अबस्थाका , छात्रा सहयोग पाएका अभिभावक संग घरभेट,र करेसा बारी तरकारीको अबस्था  पाठेघर पिडित महिला संग भेट, गर्भवती र सुत्केरी महिलाको घर भेट आमा समुह संग छलफल गरेको छ । अनुगमनमा जिल्ला बिकास समिति , जिल्ला स्वास्थ्य कार्यालय , जिल्ला शिक्षा , पत्रकार महिला तथा बालबालीका कार्यालय , केड सर्खुेतको टीमले अनुगमन गरेको थियो ।  अनुगमनमा गएको टोलीले महिला प्रजन्न अधिकार कार्यक्रमले स्थानीय स्तरमा महिलाका सवाल लाई सशक्तिकरणको माध्यम बाट स्वास्थ्य चौकी सम्म जान सक्ने क्षमता र उनीहरुको सवाल लाई गाउँ बिकास समितिमा समाबेश गरी कार्यक्रम संचालन गरको प्रति धन्यबाद दिएका थिए । साथै यस्ता कार्यक्रम जिल्लाका अन्य गाबिसमा समेत कार्यक्रम बिस्तार गर्नु पर्ने बताएका थिए ।  कार्यक्रम संचालन पश्चात बिपन्न परिवारका किशोरी , पाठेघर खसेका महिला दलित ,अपाङ्ग जनजाती दन्द पीडित र आमा बाबु नभएका पिडित बालीकाहरुले कार्यक्रम बाट माबि स्तर सम्म शिक्षा लिन पाएकोमा जिल्ला स्तरिय अनुगमन टोलीले सस्थालाई धन्यबाद दिएका थिए ।
ू(शर्मा राजधानि दैनिक दैलेख जिल्ला सम्वादाता हुन् )

स्वास्थ्य मेला सम्पन्न

कमल शर्मा (राजधानि दैनिक)
दैलेख, ९ पुस ।
 

किशोर किशोरी यौन तथा प्रजन्न स्वास्थ्य मेला बिन्ध्याबासीनीको रैनादेबी माध्यामिक विद्यालय टाटामाखुमा सम्पन्न भएको छ । केड सुर्खेत र महिला सशक्तिकरण मञ्च दैलखको साझेदारीमा
संचालीत महिला प्रजन््न अधिकार कार्यक्रम अन्र्तगत किशोरी सशक्तिकरण कार्यक्रम  लागी किशोर किशोरी यौन तथा प्रजन्न स्वास्थ्य मेला गरिएको छ ।  उक्त मेलामा प्रजन्न स्वाथ्य सम्बन्धि ११ वटा स्टल राखी बिद्यार्थी र स्वास्थ्यकर्मी शिक्षकद्धारा सहजीकरण गरिएको थियो । स्टलमा किशोर किशोरी अबस्थामा शाररिक मानसिक सामाजीक परिबर्तन अबस्थाका पोष्टर पम्पलेट महिनावारी चक्र, पाठेघर संचित्रहरु, परिवार नियोजनका स्थायी साधन, बाल बिवाहा र बाल बिवाहाको कानुनी प्राबधान स्वप्न दोष यौन प्रस्तावमा नाई कसरी खेल  देखाएर उक्त मेला संचालन गरिएको थियो । मेलामा रैना दबी निमाबि काँडा, वडाभैरव निमाबि जुफियाका निमाबि स्तरका बिद्यार्थी र शिक्षकको सहित उपस्थिती रहको थियो । जिल्लामा पछिल्ला दिनहरुमा बाल बिवाहा बढ्दै जाने बिभिन्न तथाङ्कहरु सार्वजानीक  भएपछि बाल बिवाह न्युनिरकरण गर्नका लागी उक्त मेलाको आयोजना गरिएको महिला प्रजन्न अधिकार कार्यक्रमकी कार्यक्रम संयोजक दुर्गा खत्रीले बताइन् । मेलामा बिद्यार्थीहरुले महिनावारी हुदा प्रयोग गर्ने प्याड , प्याड घरेलु प्याड निर्माण गरी प्रगोग कसरी गर्ने भन्ने विषयमा  स्टल राखी सहजीकरण गरेका थिए ।

हुम्लामा आगलागी, एकै घरमा रहेका चारको मृत्यु

डिलप्रसाद शर्मा
९ पुस, हुम्ला ।


हुम्लामा भएको आगलागीमा परी चार जनाको मृत्यु भएको छ । हुम्लाको श्रीमष्ठा एक पीपलाङमा सडक निर्माण गर्ने कामदार बसेको घरमा आगलागी हुँदा चार जनाको जलेर मृत्यु भएको हो । आगलागीमा परेर कालिकोटको लालु गाविसका जया मिजार, नयाँ सुनार, मानबहादुर विक र गगन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परी अन्य सात जना घाइते भएका छन् । घाइतेहरु पनि सबै कालीकोटकै रहेका छन् । घाइते हुनेहरुमा जसबहादुर सुनार, गोविन्द सुनार, लोकबहादुर सुनार, गोविन्द सुनार, रमेश सार्की र लोग सुनार रहेको प्रहरीले जनाएको छ । घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेको थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा र्पुयाउन काठमाडौंबाट हेलिकोप्टर झिकाइएको र हेलिकोप्टर काठमाडौंबाट उडिसकेको छ । मृतकको शवलाई पनि बिहीबार नै कालिकोट पठाउने तयारी भइरहेको छ । बाटो खन्न कालीकोटबाट आएका कामदारले श्रीमष्ठा एकमा बनाएको खरको सानो झुप्रोमा राति एक्कासी आगो लागेको थियो ।


Dec 21, 2015

सुर्खेतमा पनि अटो रिक्साको आधिकारीक डिलर


डिलप्रसाद शर्मा
सुर्खेत, ६ पुस ।

भारतमा बनेको ई–रिक्साको आधिकारीक विक्री सुर्खेतमा पनि शुुरु भएको छ । हालसम्म चाईनिज ई –रिक्साको विक्री भैरहेकोमा आईतबारदेखी भारतमा बनेको आर आर ब्राण्डको ई –रेक्साको आधिकारीक रुपमा विक्रि वितरण थालिएको हो । सुर्खेतका लागी जुम्लारोडमा चाइनापुल नजिक रहेको आशिष टेडिङ्गले अबदेखी यो रिक्साको विक्री गर्ने बताएको छ । यहि पुस मसान्तसम्म रिक्सा बुकिंङ्ग गर्नेलाई विशेष छुटको व्यवस्था रहेको समेत जनाईएको छ । पेटोलको विकल्पमा व्याट्रिबाट चल्ने अटो रिक्साको देशैभरी माग बढिरहेका बेला सुर्खेतमा पनि आधिकारीक रुपमा विक्री गर्न लागिएको डिलरका सञ्चालक कृष्ण आचार्यले बताए । वीरेन्द्रनगर लगायत जिल्लाको उकालो ओरालोमा पनि चल्न सक्ने ई रिक्सा भारतमा बनेकोले अन्य सुविधाहरु पनि भरपर्दो भएको सञ्चालक आचार्यले जानकारी दिए । हाल रिक्सामा जडान गरिएको व्याट्रिले एकपटक चार्ज गरेमा १ सय २० किलोमिटरसम्म दौडन सक्ने आधिकारीक विक्रेता आचार्यको भनाई छ । ६ महिनासम्म रिक्साको व्याटि, चार्जर, टायर, कन्ट्रोलर र च्येसीस विग्रीएमा फिर्ता गरेर नयाँ जडान गर्नेसम्मको सहुलियत भएको कम्पनिको दावी छ ।

ओत लाग्न भत्किएकै घर

बाढी पीडितको बाध्यता की रहर ?

डिलप्रसाद शर्मा  
सुर्खेत, १६ भदौ ।
गत बर्ष साउन २९ र ३० गतेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोले जिल्लामा ठुलो धन जनको क्षति ग¥यो । विनाशकारी बाढीले हजारौैं घर डुवानमा परे । धेरैले आफ्ना प्रियजन गुमाए । वीेरेन्द्रनगरको खोर्के खोला र इत्राम खोलामा आएको बाढी तथा जिल्लाका अन्य गाविसहरुमा गएको पहिरोका कारण घरबार विहिन भएकाहरु कोही अझै त्रिपाल मुनी बसिरहेका छन् भने कतिले आधा भत्किएको घरमा ओत लाग्नु पर्ने बाध्यता छ । मनसुन कहिले वरदान भएर आउँछ, भने कहिले अभिषाप ।
एक बर्षसम्म सुत्केरी, बृद्धबृद्धा र वालवालिकाले त्रिपालमुनीको कष्टकर दैनिकी विताउँदा समेत राज्यले उनीहरुको उचित प्रबन्ध गर्न नसक्दा त्यही भत्किएको घरमा फर्कनु पीडितहरुको रहर नभई बाध्यता थियो ।
कुसुम सुनारको विननपा– १८ को खोर्के खोलाको छेउमा ४ कोठाको पक्की घर थियो । खोला किनारका बस्ति त्यसै पनि जोखिममा हुन्छन् । उनको घर पनि किनारमै थियो । घरमा बाढी पसेपछि ३ कोठा बगायो । बाँकी रहेको एक कोठा पनि धराप थापे झै तुरुलुङ्ग भएपछि उनका चार जना परिवार विस्थापित शिविरमा ७ महिना दुःखजिलो गरी बसे ।
विस्थापितका पिडा लेख्ने मात्रै काम गरेको कुसुम वताउँछिन् । उनले भनिन् –‘हाम्रो पिडा धेरैले देखे र लेखे पनि तर, समस्या समाधान गर्ने निकायका आँखा खुलेनन् । घर बाढीले बगाएपछि कति सरकारी र एनजीओका थरिथरि मान्छे आएपनि कसैले पीडा नबुझेको उनको गुनासो छ । ३३ वर्षिय कुसुमको परिवार अहिले त्यही आधा भत्किएरको घरमा बसेर जोखिम मोलिरहेका छन् । ‘विस्थापित भएको एक महिना जति त सहयोग गर्नेहरु पनि आउथे पछि अहिले त उनीहरु पनि आउन छाडे’ कुशुमले भनिन् । सरकारले पुनस्थापन गर्ला भन्ने आशमा महिनौं शिविरमा बसे पनि पुर्नस्थापना गर्ने छाटँ नदेखिएपछि शिविर छाड्न बाध्य भएको उनले बताइन् । ‘सरकारले पुर्नस्थापनाका नाममा दस हजार रुपैयाँ मात्र दिएको छ । यहि दश हजारले कहाँ जग्गा किन्ने कसरी घर बनाउने ?’ उनले थपिन् ।
सुर्खेतका वाढी र पहिरो पीडितहरु अहिले ओत लाग्न भएपनि भत्किएकै घर फर्किन बाध्य भएका छन् । कतिपय अझै पनि शिविरमै बस्न बाध्य छन् भने कतिले आधा भत्किएकै घर र पुर्णरुपमा घर वगाएका पिडितहरु बाँकी रहेको जग्गामा छाप्रा हालेर बसेका छन् ।
बजारमा कोठा भाडामा लिएर बस्ने नसकिने भएकाले आफु भत्केको घरमा बस्न बाध्य भएको अर्का बाढी पीडित टिका नेपालीले बताइन् । आधा घर वाढिले वगाएपनि बाँकी रहेको घरमा उनले अहिले कपडा सिलाउने काम गर्दै ४ जनाको परिवार पाल्दै आएकी छिन् । वाढीले घर वगाएपछि शिविरदेखि भत्केको घरमा बस्दाको वाध्यता र पीडा कसैले नबुझेको टिकाले बताइन् । ‘खोर्के खोला किनारमा सानो झुुप्रो  बनाएर बसेकाले छोरा÷छोरी डराइरहन्छन् । आफूहरु पनि पानी पर्न थाल्यो भने गत बर्ष झै हुने हो की भन्ने डरले वाहिर निस्केर वस्छौ ।’ उनले भनिन् । वाढीले ४ कोठाको घर पुरै वगाए पछि बाँकी रहेको जग्गामा  छाप्रो हालेर उनको परिवार वसेका छन् ।
भूकम्पबाट राजधानी काठमाण्डौंलगायत थुप्रै जिल्लाहरुमा ठूलो धनजनको क्षति भएका कारण बाढी प्रभावितको राहत, पुर्नबास तथा अन्य पुनलाभ कार्यक्रम ओझेलमा परेको कतिपय जानकारहरु बताउँछन् । यसरी वस्नु विस्थापितहरुको रहन नभई बाध्यता बनेको छ । निरन्तरको दबाब पछि सरकारले मन्त्रिपरिषदको चैत १३ गतेको बैठकले बाढी प्रभावित ५ जिल्लामा पुनःस्थापना तथा पुनर्निर्माण कार्यक्रम संचालनका लागि एक अर्ब बजेटसहित कार्ययोजना पारित गरेको थियो । सरकारले शहरी विकास तथा भबन निर्माण बिभाग मार्फत बाढी तथा पहिरो प्रभावितको पुनःस्थापनाका लागि कार्ययोजना पारित गरेको डेढ महिनाभन्दा पछि २ करोड बजेट निकाशा भएपनि सो रकम अझै प्रभावितसम्म पुगेको छैन । कतिपय पीडितले रकम पाएपनि त्यति थोरै रकमले आफूहरुको पुनःस्थापना हुन नसक्ने भन्दै रकम बुझ्न मानेका छैनन् ।
सरकारले बाढी पहिरोबाट घरमा आंशिक क्षति भएका परिवारलाई घर मर्मतका लागि ५ हजार उपलब्ध गराउने, त्यसैगरी घर पूर्ण रूपमा क्षति भए पनि जग्गा भएका परिवारलाई घर निर्माणका लागि तीन किस्तामा ७५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसैगरी बाढी तथा पहिरोबाट घर र जग्गा दुबै पुर्ण रुपमा क्षति भएका र अन्य कुनै पनि स्थानमा जग्गा जमिन नभएका परिवारलाई जग्गा खरिदका लागि ५० हजार पहिलो किस्तामा र जग्गा खरिद गरेपछि घर निर्माणका लागि तीन किस्तामा गरी ७५ हजारसहित १ लाख २५ हजार दरले राहात रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तर, यो निर्णयप्रति पीडितहरु सन्तुष्ट देखिदैनन् । पीडितहरु भन्छन् – ‘५० हजारमा कहाँ जग्गा पाउनु र घर बनाउनु ।’ राहतको आडमा बाँचेका प्रलयको सिकार पीडितहरू स्थायी समाधानको प्रतीक्षामा महिनौं शिविरमा बस्दा पनि केहि उपलब्धी नहुने  देखिएपछि जुन ठाउँबाट विस्थापित भएका हुन् त्यहि फर्किन थालेका छन् ।

बाढीप्रभावितको दैनिकी कष्टकर

‘हिउँदे जाडो कसरी काट्ने ?’


डिलप्रसाद शर्मा
सुर्खेत, ६ पुस ।

 
dil sharma
महिला प्रशिक्षण केन्द्रमा रहेको वाढी प्रभावित ।
पुसे जाडो त्यसै त थुर थुर कमाउँछ । त्रिपाल मुनिको बसाई त्यो पनि पाल च्यातियर ठाउँ ठाउँमा ठुलठुला भुवाङ छन् । बैरी रात किन आउदो हो । दिन त जसोजतो गुजरा चल्छ ।  पुस भर्खरै शुरु भो । माघको जाडोमा झन् के होला ?
वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रको बाढीप्रभावित शिविरमा बस्दै आएकाहरुको आवाज हो यो । शिविरमा बस्दै आएकी मनरुपा थापामगर सोमबार मध्यान्न यस्तै भन्दैथिइन् ।
शिविरमा बस्दै आएकाहरुले दैनिक गुजराका लागि अन्य समस्या त झेलेका छन् नै यति बेला उनीहरुले जाडोको सामना पनि गर्नु परेको छ । डेढ वर्ष पुग्न लाग्दा समेत पालको ओत फेरिएको छैन । छाक जुटाउने चिन्ता टर्नु त उनीहरुका लागि टाढा कै कुरा । सरकारले पुनःस्थापनाको लागि उचित पहल नगर्दा जिल्लाका बाढी तथा पहिरो प्रभावितको दैनिकी कष्टकर बन्दै छ । बाढीले लखेटिएको १८ महिना बित्दा पनि सरकारले उनीहरूलाई उचित राहत र पुनःस्थापनाको व्यवस्था गर्न सकेको छैन् ।
‘जति दिन बढ्दै छन्, बाँच्न उति गाह्रो हुँदै छ’ भन्छन् महिला प्रशिक्षण केन्द्रका विस्थापितहरु । पेटभरी खाना जुटाउनै उनीहरूलाई हम्मे छ । पाल टाँगेर बसेका पीडितलाई बढ्दो जाडोसँगै चिसोले सताउन थालिसकेको छ । बसाइको गतिलो व्यवस्था नहुँदा विस्थापित शिविरमा स्वास्थ्य समस्या देखिन थालेका छन् । सरकारले पुनःस्थापनाका लागि ५० हजार रुपैँया दिए पनि त्यति रकमले पुर्नवास गर्न नसकिने भन्दै अधिकाशं विस्थापितहरुले रकम बुझ्न मानेका छैनन । तर, राज्यले पुर्नवास योजनामा रकम बढाउलाकी भनने आशा भने उनीहरुले मारेका छैनन । महिलना प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका झन्डै एक सय परिवार सरकारले दिएको रकम लिएर शिविर छाडिसकेका छन् ।  मनरुपा थापा मगर भन्छिन् –‘अझै पनि सरकारले गतिलो बास देला भन्ने आस मरेको छैन् ।’ पुनःस्थापना बापत पाएको राहत रकमले घर जग्गा किन्न नपुगे पछि शिविरमा बस्न बाँध्य भएको उनले बताइन । गत वर्ष साउन २९ गते आएको बाढीले इत्राम खोला नजिक रहेको घर बगाएको थियो । मनरुपाका सात जना परिवार प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका  छन् । विहानपख सुतेको ओछ्यान पालबाट चुहिएको शीतले पूरै भिजेको हुन्छ । उनले भनिन्–‘शितले भिजेका कपडा विहान घाम लागेपछि सुकाउछौं, साझँ ओछ्याउछौं ।’ उनले थपिन्–‘पालबाट रातभर चुहिएको शीत अब बाँचिदैन कि जस्तो लाग्छ ।’ परिवारका सदस्यलाई ओढ्न र ओछ्याउनका लागि कपडा नभएको उनले वताइन् । चिसोका कारण शिविरमा बस्ने केटाकेटी र बूढाबूढीलाई धेरै समस्या पारेको प्रभावितहरुको गुनासो छ ।
त्रिपालको वास छोडेर धेरैजसो पिडितहरु सामान्य टहरा तथा कोठा भाडामा लिएर वसोवास गर्न थालेको भएपनि उनीहरुले जाडोलाई थेग्नसक्ने वसोवासको प्रबन्ध गर्न सकेका छैनन् ।  दलबहादुर थापा मगरका परिवारले यस्तै मध्येका हुन् । ‘ऋण ल्याएर घर बनाउन नसक्दा आफ्ना जाहान केटाकेटी भाडाको एउटा कोठामा दुखेजिलो गरि बसेका छन्  । सुत्ने ठाउँ नहुँदा म त शिविरमै बस्छु ।’ उनले भने । त्रिपालमा बस्नुपर्दाको बाध्यता सुनाउँदै उनले भने– ‘गतिलो वास नभएर दिन कटाउनै मुस्किल भइसक्यो । उनले थपे,–‘एक त पुसको चिसो, त्यसैमा त्रिपाल, त्यो पनि ठाउँठाउँमा च्यातिएको, न ढोका,न झ्याल, न आगो वाल्नलाई दाउरा, नत न्यानो कपडा नै, अब भन्नुस् हामी कसरी वाँच्ने ।’ सरकारले गतिलो बास दिए बाँचिएला नत्र मर्नुबाहेक उपाय छैन्, चिसो बढ्दै छ, केटाकटी विरामी भएर सताएका छन् ।’ शित चुहिने त्रिपाल मुनि बस्नुपर्दा दैनिकी निकै असहज भएको उनले वताए । उनलाई यो हिउँदको चिसो कसरी काट्ने भन्ने चिन्ता छ । उनले भने–‘ हाम्रो यत्तो दुःख पनि कसैले देख्दैन, शुरुमा सरकारले सहयोग गर्छ भन्नेहरु धेरै आउँथे तर, अहिलेसम्म पाएका छैनौं, खै कहाँ छ सरकार ? वाढीले घरविहिन वाढी पिडितको दिनचर्या साढे एक वर्ष पुगी सक्दा पनि उस्तै कष्टकर ।’
चिसोका कारण शिविरका वाल वालिकालाई रुघाखोकी, मासी पर्ने, आँखा सुन्निनेलगायतका समस्या देखिने गरेको छ । मनरुपा र दलबहादुर जस्ता ४२ घरपरिवार केन्द्रकै त्रिपालको बासमा छन् । विस्थापितहरुका लागि पुर्नवास कार्यक्रम अन्तर्गत एक सय ४० घरपरिवारकालाई नेपाल रेडक्रस सोसाइटीले र ४९ घरपरिवारका लागि नवज्योती केन्द्रको समन्वयमा पुनःस्थापना गरिएको छ भने, ८ सय ३२ घरपरिवारका लागि नेपाल सरकार सँग सिपारिश गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार जिल्लाका एक हजार २१ घरपरिवारलाई पुर्नवासका लागि सिपारिस गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार आ.व. ०७१÷७२ पुर्नवासका लागि ४ करोड ५० लाख रकम मध्ये ४ सय घरपरिवारलाई ५० हजारका दरले र १ सय ५० घरपरिवारलाई २५ हजारका दरले दुई करोड ६२ लाख वितरण गरिएको छ । निवेदन कम आएका कारण एक करोड ८८ लाख रकम फ्रिज भएको कार्यालयका शाखा अधिकृत मणिराम खरालले वताए । उनका अनुसार यस आवमा पुर्नवासका लागि १५ लाख रकम निकासा भएको छ ।

वीरेन्द्रनगरमा रहेको जिएमआर कार्यालयमा बम विष्फोट

डिलप्रसाद शर्मा ।
सुर्खेत, ६ पुष ।
वीरेन्द्रनगर कालुन्चोक स्थित भारतीय कम्पनी जिएमआरको कार्यालयमा बम विष्फोट भएको छ । सोमबार साँझ ६ः३० बजे सुतली बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण स्वीकृति पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा बम प्रहार भएको हो । कार्यालयको गेट नजिकै अज्ञात समूहले बम प्रहार गरेर फरार भएको प्रहरीको भनाई छ ।
बम विस्फोटनबाट कार्यालयमा कुनैपनि क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका  डिएसपी बहादुरजंग मल्लले जानकारी दिए । बम कसले र किन प्रहार गरेको त्यसबारेमा अनुसन्धान भैरहेको उनले जानकारी दिए ।


Dec 20, 2015

मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी

डिलप्रसाद शर्मा
सुर्खेत, ५ पुस ।
 
आफ्ना माग पूरा नगरेको भन्दै विद्यार्थीहरुले वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयका पदाधिकारीहरु शैक्षिक गुणस्तर सुधार गर्नुको साटो भ्रमण र सुखसयलमा मात्र व्यस्त भएको भन्दै उनीहरुले उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा आइतवार विहान तालाबन्दी गरेका हुन् । एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा विद्यार्थीहरुले विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र रजिस्ट्रार डा.महेन्द्रकुमार मल्लको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेका छन् । आफ्ना माग पूरा नभए सोमवारदेखि रिले अनसन शुरु गरिने विद्यार्थीहरुले बताएका छन् । यस्तै आमरण अनशनदेखि विश्वविद्यालय नै बहिस्कार गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरु समेत उनीहरुले अगाडि सारेका छन् । विद्यार्थीहरुले विश्वविद्यालयमा बृद्धि गरिएको १० प्रतिशत शुल्क तत्काल खारेज गर्नुपर्ने र अवैधानिक रुपमा भर्ना भएका प्राध्यापकहरुलाई हटाउनु पर्ने माग गरेका छन् । विद्यार्थीहरुले विश्वविद्यालयका पदाधिकारीहरु विदेश भ्रमण र जिल्ला भ्रमणमा मात्र व्यस्त भएको भन्दै तत्काल यसलाई रोक्न माग गरेका छन् । विश्वविद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार गर्नेतर्फ भन्दा पनि पदाधिकारीहरु व्यक्तिगत सुखसयलमा रमाउन थालेको भन्दै विद्यार्थीहरुले काठमाण्डौमा रहेको सम्पर्क कार्यालयका लागि कार खरिद गर्ने निर्णय खारेज हुनुपर्ने बताएका छन् । यस्तै उनीहरुले पदाधिकारीहरुले गरेको विदेश र जिल्ला भ्रमणको खर्च सार्वजनिक गर्नुपर्ने, पाँचजना भन्दा कम विद्यार्थी भएको विषय नपढाउने भन्ने निर्णय फिर्ता लिनुपर्ने र तत्काल स्ववियू निर्वाचन घोषणा गर्नुपर्ने लगायतका विभिन्न १३ बुँदे माग राखेर आन्दोलन शुरु गरेका हुन् । अखिल क्रान्तिकारी मप विश्वविद्यालयका इन्जार्ज तथा निर्वतमान स्ववियु सभापति केशव शाहीले माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताए । ‘जनताले आफ्नो छाक कटाएर यो विश्वविद्यालय स्थापना गरे, आज पदाधिकारीहरु जनताको रगत र पसिनामा स्थापित विश्वविद्यालयमा फजुल खर्च गरिरहेका छन्’, उनले भने, ‘यहाँ पढ्ने राम्रो व्यवस्थापन र सुविधा छैन, तर पदाधिकारीहरु भने भ्रमणमा मात्र व्यस्त छन् ।’ उनले आफूहरुका माग पूरा गरेर पढ्ने राम्रो व्यवस्थापन नगरिए पुस ९ गतेबाट भर्ना शुल्क फिर्ता मागरे विश्वविद्यालय नै बहिस्कार गर्ने जानकारी दिए । पटक पटक वार्ता र छलफल गर्दा समेत माग पूरा नभएपछि आफूहरु आन्दोलनमा उत्रिएको उनको भनाइ छ । यता विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले भने विद्यार्थीका ९५ प्रतिशत माग पूरा गरिसकेको बताए । विश्वविद्यालयलाई दीर्घकालिन असर पुग्ने केही माग बाहेक सबै माग पूरा गर्न आफूहरु तयार रहेको भन्दै मल्लले वार्ता र छलफलबाट निकास खोज्न समेत विद्यार्थीहरुलाई आग्रह गरे ।

Dec 19, 2015

बालिका बिहे गर्ने बेहुलासहित तीनजना पक्राउ

ललितबहादुर बुढा,   सुर्खेत,
सुर्खेत बालिका बिहे गरेको आरोपमा प्रहरीले सुर्खेतमा बेहुलासहित तीनजनालाई पक्राउ गरेको छ ।
जिल्ला बाल कल्याण समितिले उजुरी दिएपछि प्रहरीले बेहुला तेजबहादुर सुनार, उनकी आमा सरस्वती सुनार र बालिकाकी सानीआमा गीता जोशीलाई पक्राउ गरेको हो ।
बेहुलाका बावु लिलाराम सुनार भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीको भनाई छ । मंसिर २८ गते विवाह भएपनि प्रहरीले उनीहरुलाई बुधवार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उक्त विवाहका लागि अभिभावकको मञ्जुरी भए पनि केटीको उमेर १५ वर्ष मात्र भएकाले आफूहरुले प्रहरीमा उजुरी दिएको जिल्ला बाल कल्याण समितिले जनाएको छ ।
जिल्ला बाल अधिकार अधिकृत रमा भण्डारीले केटीको विवाह गर्ने उमेर नपुगेको र विवाहका लागि अभिभावकहरु समेत संलग्न रहेकाले उनीहरुविरुद्ध उजुरी दिएको बताईन् ।
कानुन् अनुसार केटा र केटीको विवाह गर्ने उमेर २० वर्ष पुगेको हुनुपर्दछ । तर अभिभावकहरुको मञ्जुरी भएमा भने १८ वर्ष पुगेको हुनुपर्ने उल्लेख छ । बेहुला तेजबहादुरको उमेर १९ वर्ष पुगको भएपनि केटीको उमेर नपुगेकाले उनीहरुलाई बालविवाह गरेको आरोपमा पक्राउ गर्न लगाइएको भण्डारीले बताईन् ।
बाल कल्याण समितिले उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखेको छ । यस्तै अदालतबाट समेत म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।
बुढा, पत्रकार महासंघ शाखाका सचिव हुन् ।

डेढ कठ्ठा जमिनमा दैनिक एक कुण्डल तरकारी उत्पादन

रचना बुढा
सुर्खेत, ५  मंसिर ।


कडा परिश्रम र लगाव भए डेढ कठ्ठा जमिनमा दैनिक एक व्यक्तिले तरकारीबाट कति आम्दानी गर्ला ? सोच्नुहोस्त ।  दैनिक रु. पाँच सय, एक हजार वा एक हजार पाँच सय । तर, वीरेन्द्रनगरका एक महिलाले भने दैनिक दुइ हजार बढी रुपैया आम्दानी गर्दै आएकी छन् । वीरेन्द्रनगर–२० फलाटेका दिलकुमारी बुढाथोकीले डेढ कठ्ठा जमिनबाट नियमित दुइ हजार पाँच सय रुपैयाको तरकारी विक्री गर्दै आएकी छन् । ‘सुरु–सुरुमा दैनिक घरपरिवारका लागि तरकारी उत्पादन गर्थे’ कृषक बुढाथोकीले भनिन्,–‘विस्तारै व्यवसायीक रुपमा तरकारी खेतीतर्फ सोच आएपछि दैनिक आम्दानी स्तर बढ्दैछ ।’
सधै श्रीमानको आम्दानीको भर पर्ने बुढाथोकी दैनिक करिव तीन कुन्टल तरकारी वीरेन्द्रनगर बजार पठाउँदै आएकी छन् । बुढाथोकीको बारी यतिबेला फुलगोभी, बन्दा काउली लगायतका तरकारीले हरियाली बनेको छ । डेढ कठ्ठामा मनग्य धान उव्जनी नहुने भएकाले बजारकै चामल किनेर छार्क बुढाथोकीको परिवारलाई तरकारी खेतीले आत्मसन्तुष्टि दिएको छ ।

तरकारीबाट मात्र मासिक करिव ४० हजारसम्म आम्दानी गर्नेगरेको अनुभव बुढाथोकीले सुनाईन् । सामान्य परिवारकी बुढाथोकीलाई तरकारी व्यवसायले छोराछोरीको लत्ताकपडादेखि पढाई खर्च जुटाउनमा सहयोग पुगेको छ ।

बढुथोकीले उत्पादन गर्ने तरकारी वीरेन्द्रनगरमा रहेका सव्जी मण्डीमा नियमिति तरकारी पठाउने गरेकी छन् । ‘डोकोमा तरकारी बोकेर शुरु–शुरुमा बजारसम्म डुलाउथे’ कृषक वुढाथोकीले थपिन्,–‘तरकारी उत्पादनमा राम्रो हुँदै गएपछि साहुहरु तरकारी किन्न बारीमै आइपुग्छन् ।’ मौसमी तरकारी भन्दा बुढाथोकीको बारीमा बेमौसी तरकारी बढी उव्जाउन हौसिएको बताईन् । मौसम अनुसारका तरकारी जहाँ पनि पाइन्छन, बेमौसी तरकारी उत्पादन गरे माग बढी भएकाले त्यसतर्फ ध्यान दिन थालेकेको दिलकुमारीले उल्लेख गरीन् । उच्च मल्य कृषि वस्तु आयोजनाको मल, विउ लगायतका सामग्रीमा अनुदान दिदाँ तरकारी उत्पादनमा थप हौसला मिलेको बुढाथोकीको भनाई छ । सहयोग भन्दापनि मेहनत आवश्यक पर्ने भएकाले परिश्रम गरे आम्दानी गर्न बाहिर जान नपर्ने तर्क उनको छ । २०६६ सालमा फलाटेमा स्थापना भएको हरियो हिरा कृषि तथा जडिबुटी विकास सहकारी संस्थाले कृषि उपज संकलन केन्द्र समेत सञ्चालन गरेपछि यहाँका कृषकहरुलाई तरकारी उत्पादनमा हौसला जागेको छ ।
गाउँमा बुढाथोकीले राम्रो तरकारी आम्दानी गरेको देखेपछि अन्यले पनि यो पेशा अँगाल्न थालेका छन् । आयोजनाले कृषकहरुले उत्पादन गरेका तरकारीलाई बजारिकरण गर्दै आएकाले उत्पादनमा टेवा पुगेको छ ।
प्राविधिक सहयोग र विउ, मलमा अनुदान दिने भएकाले तरकारी उत्पादन गर्न सहज भएको कृषकहरुले बताएका छन् । विगतका दिनमा तरकारी उत्पादन गरेर बजारको समस्या हुने गरेको बताउने बुढाथोकीले हाल त्यो समस्या नरहेको बताइन् ।
कहिले काँही तरकारी बढी उत्पादन हुँदा बजारीकरणमा सास्ती भने रहेको उनको तर्क छ ।

बाह्र प्रधानमन्त्री हाँक्ने एक्ला चालक

काठमाडौं, ४ पुस ।

बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि मुलुकले अहिलेसम्म १३ प्रधानमन्त्री पायो । मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर, तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक भने काठमाडौं, वसुन्धराका माधव कार्की  हुन् । मुलुक हाँक्नेलाई पनि हाँक्ने चानचुने जिम्मेवारी हैन । त्यो महत्वपूर्ण जिम्मेवारीलाई चालक कार्कीले कुशलतापूर्वक पूरा गरेका छन् । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई चालक कार्कीले एक्लै हाँकेका छन् । मुलुकको शासनको बागडोर सम्हाल्ने प्रधानमन्त्री एक–दुई हैन १२ जनालाई सुरक्षित गन्तव्यमा पु¥याउँदा चालक कार्कीका विभिन्न अविष्मरणीय र रोचक अनुभूति र अनुभव छन् ।
कार्कीले विसं २०५६ देखि तत्कालीन प्रधानमन्त्री भट्टराईको गाडी चलाए । त्यसपछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, खिलराज रेग्मी(मन्त्रिपरिषद् अध्यक्ष), सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी चलाएका छन् । विसं २०४२ मा कृषि मन्त्रालयमा सवारी चालकका रुपमा सेवा प्रवेश गर्नुभएका कार्कीले २०४७ सालमा गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा सरुवा भई प्रधानमन्त्रीको सवारी चलाउने महत्वपूर्ण जिम्मेवारी पाए । त्यसो त चालक कार्कीले कुनै संस्थाबाट तालिम लिएका छैनन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको समयमा मिलन बस्नेतले उनलाई तालिम दिएका थिए । प्रधानमन्त्रीको गाडी सुरक्षा कारकेडको गतिअनुसार चलाउनु आफैंमा चुनौतीपूर्ण हो । निकै सचेतपूर्वक सवारी चलाउनुपर्ने हुन्छ । त्यतिका चुनौतीबाट विचलित नभइकन कार्कीले जिम्मेवारी पूरा गरिरहेका छन् । कुनै प्रधानमन्त्रीलाई तीव्र गति  मन पर्ने र कसैलाई कम गति मन पर्ने, त्यसैले व्यक्तिको चाहना र आवश्यकतानुसार सवारीको गति सन्तुलन गर्नुपर्ने बाध्यता उनलाई थियो र छ । बाह्र प्रधानमन्त्रीको निरन्तर सवारी चलाउँदा त्यसबीचमा फेरबदल भइरहने प्रधानमन्त्रीसँगका विभिन्न अनुभूति कार्कीमा छ । प्रधानमन्त्रीको सवारी चलाउन नेपाली सेनाका कर्णेल र नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकले प्रशिक्षण दिन्थे । सवारीका बेला कहीँ कतै गाडी भगाउनुपरेमा कारकेड मोटरसाइकलको गतिमा (५० देखि ८०) को गतिमा हाँक्नुपर्छ । चालक कार्कीलाई भने अन्य हँकाइभन्दा कार्यकारी प्रमुखको गाडी हाँक्न सजिलो र मज्जा हुन्छ । ‘प्रधानमन्त्रीको सवारीमा हर्न बजाउनु पर्दैन, कतै रोक्नु पनि पर्दैन र जाम पनि हुँदैन,’ कार्की भने । यतिका प्रधानमन्त्रीसँग हिमचिम हुँदा पनि त्यस्तो कुनै लाभ लिन नसकेका उनलाई पेसाप्रति सदैव गौरवको अनुभूति हुन्छ । ‘मलाई गौरव लाग्छ, म आफ्नै मेहनतले आज यो ठाउँमा पुगेको छु, देशको प्रधानमन्त्रीको सवारी हाँक्न पाउँदा असाध्यै खुसी र गर्व लागेको  छ’ कार्कीले भने । अबको छ महिनापछि उमेर हदका कारण सेवानिवृत्त हुन लागेका कार्कीले बाँकी जीवन सानोतिनो व्यवसाय गरेर बिताउने योजना सुनाए । उनी निजामती सेवा अन्तर्गत पाँचौँ तहबाट सेवानिवृत्त हुँदैछन् । कार्कीको परिवारमा श्रीमतीसहित दुई छोरा र चार छोरी छन् । चालक कार्कीको अनुभवमा मुलुक हाँक्ने प्रधानमन्त्रीजस्तो व्यक्तिको सवारी हाँक्ने एउटै चालक हुनु राम्रो हो, व्यक्तिपिच्छे चालक फेरिँदा सवारी दक्षता कम हुने हुँदा जोखिम निम्तन सक्छ । बाह्र प्रधानमन्त्रीका अहिलेसम्म चार वटा मात्र सवारी फेरिएका छन् । अहिलेका प्रधानमन्त्रीको नयाँ सवारी छ । हालसम्म प्रधानमन्त्रीले चढ्ने महँगो गाडी भनेको करिब सात करोड मूल्यको छ । सबैभन्दा महँगो बिएमडब्लु कार हो जसको आठ करोड मूल्य पर्छ । परराष्ट्र मन्त्रालयको यो कार विशेष समारोहका बेला मात्र प्रयोग गरिन्छ । सामान्यतःप्रधानमन्त्रीको सवारीमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)का गाडी र ट्राफिक प्रहरीको कारकेड मोटरसाइकल हुन्छन् । दैनिक ३२ देखि ३४ जना सुरक्षार्थ खटिन्छन्  तर, विशेष समारोहमा गाडी पनि बढी हुन्छन् । मोटरसाइकल कारकेड नौ वटा अघिपछि र दायाँबायाँ १० वटा हुन्छ ।

प्रधानमन्त्रीका आफ्नै सोख

चालक कार्कीले अहिलेसम्मका प्रधानमन्त्री थरिथरि सोखका पाएका छन् । वर्तमान प्रधानमन्त्री ओली तथा तत्कालीन प्रधानमन्त्री देउवा, दाहाल र  भट्टराईलाई बढी गति मन पर्छ । थापा र निवर्तमान प्रधानमन्त्री सुशीललाई भने कम गति मनपर्छ । यतिका प्रधानमन्त्रीमध्ये गिरिजाप्रसादले मात्र चालक कार्कीका बारे बढी चासो लिएका थिए । प्रधानमन्त्री हुँदा कोइरालाले त तीन पटक उनको घरमा पुगी अवस्थाबारे सोधेका थिए । अहिलेका प्रधानमन्त्री ओलीले पनि घरपरिवारको अवस्थाबारे चासो लिने गरेका छन् । कार्कीले भने, ‘प्रधानमन्त्री ओलीले आफ्नो परिवारका सबैलाई बालुवाटारमै बोलाएर सामूहिक तस्बिर खिंचाउनुभयो । अरुसँग त्यस्तो क्षण रहेन । ’ चालक कार्कीको निपुणतालाई देखेर तत्कालीन प्रधानमन्त्री दाहालको समयमा उनलाई निजामती पुरस्कार–२०६५ बाट सम्मान गरिएको थियो । राससबाट

वीउमा आत्मनिर्भर बनाउन जुट्दै सहकारी

डिलप्रसाद शर्मा
सुर्खेत, ४ पुष ।

वीउ उत्पादनमा सुर्खेत जिल्लालाई आत्मनिर्भर बनाउन एक सहकारी जुटेको छ । कल्याण–४ को समृद्धि कृषि सहकारी संस्था उन्नत जातको वीउ उत्पादनमा जुटेको हो । सहकारी संस्थाले गत आर्थिक बर्षमा मात्रै १७ क्वीन्टल उन्नत जातको मकै वीउ विक्रि गरेको जनाइएको छ । सहकारी संस्थाको छैटौं बार्षिक साधारणसभाका अवसरमा शनिबार उक्त जानकारी गराइएको हो । सहकारीका अध्यक्ष देवबहादुर रानाले सहकारीले मकैको वीउ उत्पादन, प्रशोधन, ग्रेडिङ, विक्रि सहितको काम गर्दै आएको बताए । सहकारीले जिल्लालाई मकै र गहुँको उन्नत वीउ उत्पादनमा आत्मनिर्भर गराउने लक्ष्ये लिइएको समेत अध्यक्ष रानाले जानकारी दिए । सहकारीले उत्पादन गरेको गहुँ र मकैको वीउ सुर्खेत सहित यस क्षेत्रका ३९ बढी जिल्लाबाट माग आएको जनाइएको छ । वीउ उत्पादन मार्फत कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपति सम्मान तथा अन्य विभिन्न क्षेत्रीय स्तरका सम्मापनहरु सहकारीले प्राप्त गरेको छ । सहकारीका अध्यक्ष देव रानाको सभापतित्व तथा जिल्ला सहकारी संघका अध्यक्ष अमृतबहादुर विसीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सभामा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन पेश गरिएको थियो । सोही अवसरमा जेष्ठ नागरिक, बाल बचत, वीउ उत्पादन गर्ने कृषकहरुलाई समेत सम्मान गरिएको थियो ।

पर्यटन कृषि तथा लघुउद्यम महोत्सव हुँदै

डिलप्रसाद शर्मा
सुर्खेत, ४ पुस ।
वीरेन्द्रनगरमा पर्यटन कृषि तथा लघुउद्यम महोत्सव हुने भएको छ । महोत्सव मुल आयोजक समितिले शनिबार दिएको जानकारी अनुसार यहि पुस २३ देखि माघ ३ गतेसम्म महोत्सव लाग्ने छ । पर्यटकीय संस्थाहरुको सञ्जाल पर्यटन विकास मञ्चको आयोजनामा हुन लागेको महोत्सवमा लघुउद्यम उत्पादन र प्रविधिको प्रदर्शनी, कृषि मेला प्रर्दशनी, निःशुल्क माटो परिक्षण, साँस्कृतिक सम्मेलन, पर्यटन गुरुयोजना निमार्णका लागि प्रचार प्रसार र पहल  गरिने मुल आयोजक समितिका संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिए । महोत्सवमा ३ सय (स्टल) प्रदर्शनी कक्ष रहने बताइएको छ । महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको पर्यटन विकास मञ्चका अध्यक्ष चिन्तामणि शर्माले बताए । समग्र कृषि, पर्यटन तथा लघुउद्यमको विकास र प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाइएको छ । महोत्सव जिल्ला विकास समितिको खुल्ला मञ्चमा लाग्ने छ ।  

बुढेउलीको सहारा बन्दै वृद्धा आश्रम

डिलप्रसाद शर्मा
सुर्खेत, ४ पुस ।
प्रशान्ति वृद्धाश्रामको १७ साधारण सभामा सहभागि वृद्धवृद्धाहरु । फेटो: डिलप्रसाद शर्मा 
सन्तानहरुले बुढेशकालमा राम्रो लालानपालन गर्लान, सुख देलान र बुढेसकालका साहरा बन्लान भन्ने आशा सबैका बाबुआमाले गरेका हुन्छन् । यस्तै आशा गरेकी थिइन् साल्कोट फलाटेकी कौशीला पाण्डेको पनि । दुई सन्तानकी आमा पाण्डे अहिले पालनपोषण गर्ने कोही नभएपछि वीरेन्द्रनगरमा रहेको प्रशान्ती वृद्धाश्रममा बसिरहकी छन् । छोरा बुढेशकालको सहारा बन्ला भनेको त, आफ्नो खुट्टामा उभिने भएपछि छोडेर बेपत्ता भयो पाण्डेले भनिन् । उमेरले ७० बर्ष नाघिसकेकी उनी अहिले बृद्धाश्रममा आएर बसेकी छिन् । उनले भनिन्– ‘धेरै भयो, छोरा बम्बै तिर गएको थियो । अहिले दैलेख आएर बसेको छ भन्छन् ।’ छोराले छोडेपछि केहि समय उनी छोरीसँगै बसिन । छोरीको विहे भएपछि उनको सहारा कोही भएन । छोराले छोडेपछि सबै आशा र भरोशा छोरीलाई मानेर बसेकी पाण्डे छोरीको विबाह भएपछि एक्लिनु परेको बताउछिन् । उनले भनिन्–‘ छोरी चेलि विहे गरेर अर्काको घर जानुपर्ने, छोरीले विबाह गरेर भारतको बम्मै तिर छ ।’ ७० वर्षिय पाण्डेका श्रीमानको मृत्यु भएको २१ बर्ष भयो । पाण्डेले भनिन् –‘आफ्ना हातपाउ चलुन्जेल र काम गर्न सकुन्जेल काम गरेर खाए, काम गर्न नसक्ने भएपछि बृद्धाश्रममा आएर बसेकी छु ।’ उनी आश्रममा आएर बसेको ६ महिना भयो । आखाँभरी आशुपार्दै उनले भनिन्– ‘छोराछोरी भएपनि आफ्नो खोजी नगरेपछि मेरा कोही छैनन् भन्ने लाग्यो अनि बुद्धाश्रममा बस्नु परेको छ ।’
यसरी आफ्ना सन्तानबाट एक्लिनु परेका मात्र नभई आफ्नै श्रीमानले अपमान गरेपछि २ वर्षदेखि वृद्धाश्रममा आश्रित छन्, ६० बर्षिय लक्ष्मी गौतम । आफ्नो शरिर अपाङ्ग भएकाले विवाह गरेको ३ वर्षमा श्रीमानबाट अपमानित भएर बस्नुपरेको गौतम बताउँछिन् । श्रीमान नै आफ्नो नभएपछि माइतीले आफुलाई अपाङ्ग भएकै कारण आश्रममा आएर बस्नुपरेको उनले बताइन् । श्रीमानले बेवास्था गरेपनि केही समयमा माइतीमा बसिन उनी ।  माइतीमा बस्दा आफ्नो–आफ्नो परिपाटीमा लागेका भाइबुहारीले आफुलाई सधै हेप्ने, गालि गर्ने र अपमान सहनुपरेको उनले बताइन् । उनले भनिन्–‘माइतीमा भाईहरु छुट्टिएर बसेका छन्, तर, कसैले पनि वास्ता गर्दैनन् ।’ यसरी आफ्नो हेरदेख र लालनपालन गर्ने कोही नभएका १३ जना बृद्धाहरुको आश्रय थलो बनेको छ, प्रशान्ती बृद्धाश्रम । बृद्धाश्रमले अहिलेसम्म करिव ८ जना वृद्धवृद्धाहरुलाई पुनःस्थापना गरिसकेको छ भने ५ जना वृृद्धवृद्धाको मृत्यु भएको केन्द्रको १७ औं वार्षिक साधारण सभामा सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख गरिएको छ । सम्मान र श्रृद्धा अनमोल प्रतिक अवस्थाका धरोहर, हाम्रा जेष्ठ नागरिक भन्ने मुल  नाराका साथ केन्द्रले शनिवार साधारण सभा सम्पन्न भएको छ । केन्द्रका सचिव चेतबहादुर अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार साप्ताहिक भजन तथा भोजन, चेतनामुलक एवम् पुनस्थापना, नियमित स्वास्थ्य जाँच एवम् निःशुल्क औषधी वितरणलगायतका कार्यक्रमहरु गर्दै आएको छ । केन्द्रका कोषाध्यक्ष चन्द्रप्रसाद सापकोटाद्धारा प्रस्तुत प्रतिवेदन अनुसार आ.व. ०७१÷७२ मा ६४ लाख ४० हजार ६ सय ८५ रुपैँया बरावरको आय–व्यय रहेको छ । यसैगरी आ.व. ०७२÷७३ का लागि ८८ लाख ६२ हजार ७ सय बराबरको अनुमानित आय–व्यय प्रस्तुत गरिएको थियो । सोही अवसरमा उत्कृष्ठ छोराबुहारीमा थानी पौड्याल र चन्द्रादेवी पौड्याललाई र असल छोरी ज्वाईमा वीरेन्द्रनगर– ८ का जमुना तिवारीका छोरीज्वाई कमला सुवेदी र रत्नप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो ।

मध्यपश्चिमाञ्चल विश्व विद्यालयमा

dil prasad sharma .


COMP. ENG. 311
Year : First
Semester: Frist                                                                                                                               Cre.hours 3
General Description: This course introduces the students to the reading of Nepali society and culture through a novel. It also develops grammatical knowledge of the students.

1st Module:                                                                                                        16 hours                                              
Muglan by Govinda Raj Bhattarai (translated into English by Lekhnath S Pathak)               
               
Following units from Cambridge Advanced English by Leo Jones, Cambridge University Press
2nd Module:                                                                                                        16 hours
That’s show business
Put it in writing
The third age
Communication
The English speaking world

3rd Module:                                                                                                        16 hours
Body and mind
The natural world
Here is the news
Education
Science and technology

Textbook
Leo Jones - Cambridge Advanced English, Cambridge University Press: Cambridge (Published in South Asia by Foundation Books, 1998)
Govinda Raj Bhattarai – Muglan, Oriental Publication: Kathmandu, 2012 (English Translation by Lekhnath S Pathak)











BJMC 312 COMMUNICATION AND MASS MEDIA


Course Description
Communication covers the broad spectrum of communication activities ranging from intrapersonal to mass engagements. Mass Media cover all institutions and technologies designed to reach the large, widely dispersed and heterogeneous audience. Though journalism is only a function of mass media, it has the largest impact in the society. Therefore, communication, mass media and journalism are integrally linked to each other. This course seeks to clarify the basics of communication, mass communication, mass media and their relation to journalism.
 Course Objectives
At the completion of this course, the students will be able to:
·        introduce the concepts of communication, mass communication and mass media
·        identify the types and levels of communication
·        define communication and mass communication
·        elaborate the elements of communication
·        categorize the mass media

Course Contents
Unit 1. Introduction to communication
i)        Origin, meaning and definition
ii)      Functions of communication
iii)    Elements of Communication: Sender, receiver, message, Channel
iv)    Process of Communication: Encoding and decoding
v)        Communication barriers: Physical, psychological, semantic and environmental
vi)    Computer mediated communication

Unit 2. Types of Communication
i)        Verbal: Oral and written
ii)      Non-verbal:
·        Kinesics or Body language,
·        Proxemics or space
·        Paralanguage or vocal characteristics
·        Time language
·        Physical Context

Unit 3. Levels of Communication
i)        Intra-personal Communication
ii)      inter-personal Communication
iii)    group Communication
iv)    organizational Communication
v)      mass communication
Unit 4 Mass communication
i)        Meaning, definition and features
ii)      the mass concept
iii)    the mass audience
iv)    Elements: sender, message, channel, Receiver, Feedback
v)      Noise: Physical, psychological, Semantic, technical

Unit 5 Mass media
i)         Context and Definitions
ii)       Types: print, radio, television, online
iii)      Evolution of Mass Media (National and International Perspectives)
iv)      Sociological implications of the mass media

Unit 6 Practicum: 
Project work 1: Students should write a project (approximately 3000 words) on the historical development and present context of mass media. Students can choose to write from Printing Press or Books, newspapers, radio, television, online and social media.

Project work 2: Students write a critical essay on the sociological impacts of the mass media with focus on how, with the arrival of new media and communication medium, life of the people in their village/town has changed.

Outline of the project work:
The project work should be structured in the following way:
Cover page, Acknowledgement, Table of content, i) Introduction, ii) Historical development (international perspective), iii) Development in the national context) (along with recent data, photos), iv) Strengths and weaknesses, v) Prospects and challenges, vi) Conclusion, References, Annexes (if any).
References:
Baran, Stanley j. and Davis, Dennis k. (2002). Mass Communication Theory: Foundations, Ferment, and Future. Singapore; Thomson Asia Pvt  Ltd
Gerald Stone, Michael Singletary & Virginia P. Richmond. Clarifying Communication Theories. Delhi: Surjeet Publications. 2003
McQuail, Denis (2005). McQuail's Mass Communication Theories. Sixth Edition. New Delhi: Vistaar Publications.
Narula, Uma (1994, Reprint 2012), Mass Communication: Theory and Practice. New Delhi: Har Anand Publications.
Regmi, Shiva and Kharel, P. (2002). Nepalma aam Sanchaarko bikas. Kathmandu: Nepal Aam Sanchar Prashikshak Sangh.


BJMC 313 INTRODUCTION TO JOURNALISM

Course Description
Journalism has been known as widely impact oriented medium in the society. Journalism is a fashionable profession to the new generation. This course will clarify the concept of journalism and its professional principle and practices. This subject familiarizes the students to the practical work as the media day to day practice. This subject matter will furnish students with the fundamental practical knowledge and theory of journalism and make possible them to apply these concepts and methods in their journalistic life in future.

Course Objectives
At the completion of the course, the students will be able to:
·         Understand the definition and concept of journalism and relationship with society;
·         Clarify the functions, principles, theories and canons of journalism;
·         Internalize values, principle and ethics of journalism in day to day practice;
·         Possess skills to be familiar in various forms of journalistic content and medias
·         Be familiar to write in diverse journalistic forms.

Course Contents:
Unit I: Basic concept
Meaning and definitions, principles and objectives, nature and scopes, types of journalists, historical background (international and national), journalistic process (reporting, editing, publication/broadcasting), importance of journalism

Unit II: Theories of journalism
Four theories of press (Authoritarian, Libertarian, Soviet Communist, Social Responsibility), basic concept of normative theories (magic bullet, agenda setting, spiral of silence, medium theory), watchdog and lapdog concepts

Unit III: Concept of News
Meaning and definitions, news elements and structure, news source, news values, newsroom operation, media organizations and structures, editorial writing and gate keeping, various interests groups in news making process

Unit IV: Various forms of journalism
Hard news and soft news, editorial and op-ed pieces, letter to editor, investigative reporting, features and column, news photo and caption, entertainment and sports, PSA, advertisement and advertorial.

Unit VI: Ethical Principles
Canons of journalism, need of ethics in journalism, international code of conduct (ASNE, IFJ, CPJ), code of ethics for Nepali journalists.

Practical:
  1. Group work to assess the media code of conduct in the local media (newspapers, radio or television), and presentation in the classroom.
  2. Prepare and make a presentation in classroom about the various theories of press and their implications in Nepalese context.

Reference books:
Mencher, Melvin (2002). Basic News Writing. New Delhi: Universal Books Stall.
Kamath, M. V. (2002). Professional Journalism. New Delhi: Vikash Publishing House.
Kamath, M.V. (1990). The Journalist’s Handbook. New Delhi: Vikas Publishing House
Kharel,  P. (2001). Media Practices in Nepal. Kathmandu: Nepal Press Institute.
Pant, N.C. (2004). Modern Journalism: Principles and Practice. New Delhi: Kanishaka Publications, Distributors.
Sharma S.R. (1999). Elements of modern Journalism. New Nelhi: S.S. Publishers.
Stein, M.L. and Paterno, Susan F. (2003). The news writer’s Handbook: An Introduction to Journalism. New Delhi: Surjeet Publications


BJMC 314 HISTORY OF JOURNALISM

Course description:
History is a foundation of any domain of knowledge. This course presents a brief outline of journalism from the historical perspective, of national and international scenario. Similarly, this course presents an in-depth understanding of history of journalism in Nepal.

Course objectives:
At the completion of this course, the students will be able to:
·         Know about the historical development of media in Nepal and also briefly about the world history of press.
·         Compare media and journalism practices in the various political phases of Nepal
·         Locate evolution and development of printing technology in Nepal.
·         Develop a prespective view about the present status of media and press freedom of Nepal

Course Details:
Unit I: World history of journalism 
        i.            Guttenberg press and revolution in publication
Preliminary practices of journalism in Europe,
      ii.            Print, Radio and Television journalism in Europe and other countries (US, India, South Africa, Japan)
    iii.            Evoluation and practices of online journalism

Unit 2: News Agency
        i.            History of news agency
      ii.            Major news agencies in the world (Reuters, AFP, AP, Xinhua, Kyodo, PTI)
    iii.            Recent practices of news agencies (audio, video and online services)

Unit 3: Journalism in South Asia
        i.            Brief history of journalism in SA countries
      ii.            Ethical issues and challenges of journalism
Unit 4: History of Nepali journalism
        i.            Pre-Gorkhapatra era
      ii.            Gorkhapatra and Rana Regime (1901-2007 BS)
    iii.            Democratic Decade (2007-2017 BS)
     iv.            Panchayat Regime (2017-2046BS)
       v.            Period of Restoration of democracy
     vi.            Journalism during the Royal Coup (2061-2063BS)
   vii.            Present trends of journalism in Nepal

Unit 5: Journalism institutions in Nepal
        i.            Brief history of Government media (Gorkhapatra, Radio Nepal, Nepal Television and RSS)
      ii.            Brief history of Ministry of Communication, Press Council Nepal, FNJ, Information Commission
    iii.            A scenario of private media institutions of Nepal

Unit 6. Practicum
Write an essay on the development of media over any period or about a single media organization that has historical importance.
Visit and observe different Media Houses (at least three: radio, TV, online and newspaper) and write a diary about the visit.

References:
Devkota, Grishma Bahadur (2051 BS). Nepalko Chhapakhana ra Patrakarita ko Itihas. Kathmandu: Sajha Prakashan.
Fang, Irving E. (1997). A history of Mass Communication. Michigan: Focal Press.
Gunaratne, Shelton A. (2000). Handbook of the Media in Asia. New Delhi: Sage Publications.
Pathak, Yek Raj and Adhikari, Krishna. RaSaSako Itihas. Kathmandu: Rastriya Samachar Samati.
Dahal, Kashi Raj. Aam Sanchar ra kanun. Kathmandu: Nepal Press Institute.
Pande, Yubraj (ed.) (2055 B.S.). Nepalma Patrakaritako Bikaskram. Kathmandu: Press Council Nepal.


BJMC 315. PROFILE, EVENT COVERAGE AND NARRATION

Course description:
Profile, event coverage and narration are the integral parts of journalism of any form. Profile making can help a holistic understanding of a person, institution or an object, in which a journalist must be careful to develop the personality of the given profile. Similarly, event coverage is a task of communication professional, where effective and impressive languages are expected. However, narration like profile making, works at any part of journalism. Without narration no journalism can function in true sense. This course has been designed to shape the student of journalism grow with the practical ideas of making a profile, covering an event and scripting a proper narration. 
Course objectives
At the completion of the course, the students will be able to:
·         cover every day event properly and effectively,
·         Write profiles of individuals and institutions
·         develop effective narrative strategies in any form of journalism
·         Be able to act as a professional communicator as per the market demand

Course Details:
Unit 1: Profile writing                                                                                              
Introduction to profile writing, use of interview, quotes and facts in profile, types of profiles (personal or institutional), writing technique (conversation/ dialogue, flashback, dramatic presentation, use of humor and interesting facts), first or third person narrative, importance of profile in journalism, preparation of a profile (selecting subject, appropriate media and angle of presentation, use of language and audio/visuals).
Unit 2: Event Coverage                                                        
Introduction to event coverage, fundamentals of event coverage (knowing the event, participation, objectives, understanding main events and actors), opportunities, risks and risk management, pros and cons of event coverage. Different modalities of event coverage in various media: Print, radio, television, online and social media.
Unit 3: Narration                                                                              
Introduction to narration, types, methods and modalities of narrations, narration job in print, broadcast and online, narrating an event, a fiction and a documentary, tips for effective narration.
Practicum:
Project work 1. Students must prepare two profiles (personal and institutional) as per the following requirements:
Personal profile (tentative 1000 words), anecdotes, his/her achievements/ failures, best experiences to share, way forwards (any suggestions to audience), two photos (one pp size, next, a full photo that demonstrate action and related to the profile), 2-3 pages.
Institutional profile (Tentative 2000 words):  1. Introduction, 2. background, 3. mission, vision and goals, 4. organogram and human resource, 5. function, 6. financial status, 7. achievements and failures, 8. future plan. This profile includes at least two photos, one table, one figure, a cover page, reference materials, information source quoted,
Requirements:
·         Times new roman, 12 font, 10-12 A-4 pages excluding cover page, table of content, acknowledgement and annexes (if any).
·         Students must print and submit a hard copy to the academic unit for evaluation before the final examination.
·         Along with the given criteria, the profile must be evaluated on the light of creativity, originality, appropriate quote, facts and figures, and effective presentation,
·         The profile topic must be chosen with the guidance and consent of subject teacher or the assigned authority,

Project work 2. Prepare a coverage of an event (such as public or private ceremony) with action photos or audio collection and prepare a chronological description (2-3 pages).
References:
Adams, Paul (1998). Writing right for today's mass media: A Textbook and Workbook with Language Exercises. Nelson-Hall Publishers.
Stovall, James Glen (ed.) (2008). Writing for the Mass Media. Delhi: Dorley Kindersley.