Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Showing posts with label राष्ट्रिय खबर. Show all posts
Showing posts with label राष्ट्रिय खबर. Show all posts

Mar 19, 2016

पत्रकारको न्यूनतम मासिक तलब साढे १९ हजार


चैत्र ५,
सरकारले आगामी वैशाख १ देखि लागू हुने गरी पत्रकारको न्यूनतम मासिक तलब १९ हजार ५ सय रुपैयाँ कायम गर्ने भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न लागेको हो ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शुक्रबार मन्त्रालयमा सञ्चार सम्बन्धी संघसंस्थाका प्रतिनधिसितको छलफलपछि समितिको सिफारिसअनुसार पत्रकारको न्यूनतम पारिश्रमिक मासिक १९ हजार ५ सय  र सञ्चार खर्च १ हजार रुपैयाँ वैशाख १ देखि लागू हुने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागिएको जानकारी दिए ।

पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्यूनतम पारिश्रमिक १० हजार ८ बाट बढाएर १९ हजार ५ सय र सञ्चार खर्च मासिक १ हजार कायम गर्न सिफारिस गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना आह्वान गरी पारिश्रमिक पुनरवलोकनका सम्बन्धमा कुनै राय, सुझाव, प्रतिक्रिया भए सञ्चार गृहहरूलाई एक साताभित्रै बुझाउन आग्रह गर्ने जानकारी छलफलमा सहभागी पारिश्रमिक निर्धारण समितिका सदस्य रामप्रसाद दाहालले दिए ।

Feb 26, 2016

५० वर्षअघिको नेपाल (फोटो फिचर)

- बिल ह्यान्सन, काठमाडौं
फाल्गुन १५, २०७२- म त्यतिबेला पढ्दै थिएँ । एक दिन कक्षामा बाहिरबाट कसैले आएर पिसकर्पका बारे बतायो । म कतै अलि टाढाको दुनियाँमा, नयाँ भाषा भएको ठाउँमा जान चाहन्थें । पिस कर्प भएको ठाउँहरूको नाम हेरेपछि मैले नेपाल छानें । त्यो बेला नेपाल नै किन छानें भन्ने ठोस कारणचाहिँ छैन ।


त्यसपछि म पुस्तकालयमा गएँ र भारतको नक्सा दिनु भनें । पुस्तकालय कि महिलाले मलाई नेपाल भनेको छुट्टै देश हो, भारत होइन भन्ने बताइन् र नक्सा दिइन् ।



सन् १९६५ मा पहिलोपटक नेपाल आएँ । काठमाडौंमा केही समय पिसपर्क स्वयंसेवकको तालिम लिएपछि तनहुँ जिल्ला पञ्चायतमा ‘कम्युनिटी डेभलपमेन्ट भोलेन्टियर’ का रूपमा काम गर्न खटिएँ । ६७ सम्म दुई वर्ष नेपाल बस्दा म नेपालका केही ठाउँ घुमें । काठमाडौं, पोखरादेखि धनकुटा, ओखलढुंगादेखि नाम्चेसम्म पुगें । पदयात्राहरू निकै गरिए । धेरै ठाउँमा बाटो थिएन, त्यसैले पनि पैदल नै हिँडिन्थ्यो ।

मलाई मेरो बुबाले कोडाकको एउटा क्यामेरा दिनुभएको थियो । म त्यही क्यामेरा लिएर नेपाल आएको थिएँ । अहिलेको जस्तो डिजिटल क्यामेरा थिएन, रिल चाहिन्थ्यो । त्यसैले जोगाएर फोटो खिच्नुपथ्र्यो । मेरो सोख भएकाले फोटो खिच्दै हिँड्थें । यी तस्बिरहरू पछि स्लाइडमा उतारेकाले अहिलेसम्म सुरक्षित भए ।


सनोसोले दाँत निकाल्दा


एकपटक ओखलढुंगाबाट नाम्चे जाँदा हाम्रो साथमा भरिया थिए । उनको नाम मैले बिर्सिएँ । बाटोमा उनको दाँत दुख्यो । निकै दुख्यो भनेपछि एउटा बस्तीमा हामीले भारी बिसायौं । गाउँकै एकजनाले सनासोले उनको दुखेको दाँत निकाल्दिए ।

दाँत निकालेपछि उनले अलिकति रक्सी खाए र भारी बोकेर हिँडे । सानासोले दाँत निकालेको फोटो मैले खिचेको थिएँ । केहीअघि पाटनमा भएको फोटो प्रदर्शनीमा पनि यो फोटो दिएको थिएँ ।
बन्दिपुरको सम्झना
म दुई वर्ष तनहुँमा बसें । त्यो बेला बन्दिपुर सदरमुकाम थियो पछि दमौली सर्‍यो । बन्दिपुर त्यो बेलाको ठूलो केन्द्र थियो । वरपरका मानिसहरूको बजारदेखि मेला, पूजा सबै भव्य हुन्थ्यो । सदरमुकाम सरेपछि बन्दिपुर बजार सुक्न थाल्यो । अहिले फेरि बन्दिपुर हराभरा भएको छ ।



पचास वर्षअघि मैले खिचेका बन्दिपुरका तस्बिरहरू म अहिलेको पुस्तालाई हस्तान्तरण गर्न चाहन्छु । त्यो बेलाको तस्बिरमा देखिने सानो बच्चा अहिले हजुरबा हजुरआमा बनिसके । म उनीहरूलाई पनि ती सम्झना दिन चाहन्छु । यसैले मैले अहिले बन्दिपुरमा ती पुराना तस्बिरको प्रदर्शनी गर्न लागेको ।
एक–एकजना खोजेर फोटो दिन गाह्रो हुन्छ । प्रदर्शनी नै गरेपछि सजिलो । यी तस्बिरमा म कुनै क्याप्सन लेख्दिनँ । मानिसहरूले आफैं हेरुन् र चिनुन् भन्ने मेरो अपेक्षा छ ।












Feb 8, 2016

सुशील कोइरालाः क्यान्सर जिते, मृत्यु जितेनन्

माघ २६, २०७२- संविधान निर्माणपछि क्यान्सरको अन्तिम रिपोर्ट लिन अमेरिका पुगेका कांग्रेस सभापति सुशील कोइरालाले नेपाली समूदायसँग भनेका थिए- अब क्यान्सर जितें ।
क्यान्सर जितेको खुसीमा लामो समय अमेरिकामै घुमफिरमा बिताएका कोइराला काठमाडौं फर्केलगत्तै महाधिवेशनमा होमिए । आफूलाई बिरामी भएकाले आराम गर्नुपर्ने नेताहरुको दबाब प्रतिवाद गर्दै कोइरालाले केही दिनअघिमात्रै भक्तपुरमा भनेका थिए, 'क्यान्सर जितेर आएको छु, अब म स्वस्थ्य भएको छु ।' उनको संकेत आसन्न महाधिवेशनमा पुनः नेतृत्वको दाबी प्रष्टै थियो ।
तर, महाधिवेशनमा संस्थापन समूहका महाधिवेशन प्रतिनिधि, जिल्ला र क्षेत्रीय प्रतिनिधिले अग्रता लिइरहँदा मंगलबार बिहान एक्कासी झट्का लाग्यो, 'सुशील दा रहनुभएन ।' दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज (सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको महाराजगञ्जमै बिहान १२ बजेर ५० मिनेटमा निधन भएको हो ।
कोइराला परिवारको बिरासत थाम्दै १२ औं महाधिवेशनमा सभापति चुनिएका कोइरालालाई ठूलो जस चाँही संविधान निर्माणको जान्छ । जुन, गिरिजाप्रसाद कोइरालाको जीवनको उत्तरार्धमा सुरु भएर थाति रहेको काम थियो ।
सन् १९३८ फेब्रुअरी ३ तारिखमा पिता बोधप्रसाद र माता कुमुदिनीका जेठा छोरा सुशीलको जन्म विराटनगरमा भएको हो । उनका ६ भाइ र एक बहिनी थिए । अविवाहित सुशील वन अधिकृत बाबुसँगै नेपालगन्ज पुगे । त्यसपछि कोइरालाको स्थायी बसोबास उतै भयो ।
दोस्रो संविधानसभामा ठूलो पार्टी भएपछि कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री निर्वाचित भएका थिए ।
२०१० सालदेखि नै राजनीतिमा सक्रिय कोइराला २०३६ सालमा कांग्रेस केन्द्रीय सदस्य भएका थिए । ०४२ सालको सत्याग्रहदेखि ०४६ र ०६२/६३ को आन्दोलनमा कोइरालाले सक्रिय सहभागिता जनाएका थिए ।
पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालासँग निकट रहेर काम गरेका सुशील पार्टी केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति, कार्यवाहक सभापति हुँदै पार्टीको सर्वोच्च पद सभापति भएका थिए ।

कांग्रेस सभापति सुशील कोइरालाको निधन


माघ २६, २०७२- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मंगलबार बिहान निधन भएको छ । कोइरालाको निमोनियाका कारण मंगलबार बिहान १२ बजेर ५० मिनेटमा निधन भएको कोइरालाका स्वकीय सचिव अतुल कोइरालाले जानकारी दिए ।

दमसम्बन्धि क्रनिक अब्सट्रक्टिव पल्मुनरी डिजिज -सीओपीडी) समस्याले एक्कासी च्यापेपछि अस्पताल लैजान नपाई कोइरालाको निधन भएको हो ।

निधनको खबरपछि राति नै काठमाडौंमा उपलब्ध नेताहरु कोइराला निवास महाराजगञ्ज पुगेका थिए ।
यसैबीच कांग्रेसले महाधिवेशनको पूर्वसन्ध्यामा जारी निर्वाचन प्रक्रिया स्थगन गर्ने निर्णय गरेको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान १० बजे बस्ने आकस्मिक केन्द्रीय समिति बैठकले महाधिवेशनसम्बन्धि औपचारिक निर्णय गर्नेछ ।

अधिकांश नेताहरु महाधिवेशनका लागि काठमाडौं बाहिर छन् ।
अस्वस्थ्य भएपछि कोइराला सोमबार कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । काठमाडौं कांग्रेसको अधिवेशन उदघाटन, प्रधानमन्त्रीले बोलाएको पूर्वप्रधानमन्त्रीहरुको छलफलमा पनि जान सकेका थिएनन् ।



यसैबीच कांग्रेसले शोक विज्ञप्ती जारी गर्दै कोइरालाको आकस्मिक निधनबाट सिंगो देश, नेपाली जनता र पार्टीपंक्ति स्तब्ध र शोकमग्न भएको जनाएको छ ।




सुशीलका भाइ भन्छन्- दाजुलाई पसिना आएको थियो, अस्पताल लैजानु भनेँ


बुहारी किरण भन्छिन्- फोन उठेन, गफै गर्न पाइनँ
काठमाडौं, २६ माघ ।

सुर्खेतरोडस्थित कोइरालानिवासमा सोमबार मध्य राति फोनको घन्टी बजेको बज्यै गर्‍यो । पूर्वप्रधानमन्त्री सुशील कोइरालाका कान्छाभाइ विजय कोइरालालाई लाग्यो, अलार्म बज्दै छ, अब मर्निङवाकमा जानुपर्ला । लगातार घन्टी बजेपछि उनी उठ्न बाध्य भए ।
 फोन उठाउँदा काठमाडौंमा दाजु सुशीललाई पसिना आएको र बिसञ्चो भएको खबर आयो । भाइ विजयले अस्पताल लैजानू भने र उनी बाथरुमतिर गए । तर, बाथरुमबाट फर्केर आउँदा रिसिभ गरेको दोस्रो घन्टीमा उनले दाजुको निधनको खबर सुन्नुपर्‍यो । ‘पटक(पटक फोनको घन्टी बजेपछि उठाउँदा उहाँको स्वास्थ्य अवस्था बिग्रिएको जानकारी पाएँ,’ उनले भने, ‘पसिना आएको भन्ने खबर आयो, अस्पताल लैजानू भनेर बाथरुम गएँ, फर्केर आउँदा फेरि फोन आयो, त्यो फोनमा हामीलाई छाडेको दुःखद खबर आयो, रातको १ बजेको रहेछ, म बिहान भयो होला भनेर मर्निङवाकमा जाने सोच्दै थिएँ ।’ सुशील कोइराला नेपालगञ्ज आउँदा कान्छाभाइ विजय कोइरालाकै घरको माथिल्लो तलाको दाहिने कोठामा बस्ने गर्थे । सुशीलको आफ्नो निजी घर छैन । दाजुको निधनबाट आफूले मात्रै नभई राज्यले नै अभिभावक गुमाएको विजयले प्रतिक्रिया दिएका छन् ।
बुहारी भन्छिन् कुरा गर्न पाइनँ
सुशीलका अर्का भाइ स्व। डा। अरुण कोइरालाकी पत्नी तथा बाँके सभापतिकी उम्मेदवार किरण कोइराला निर्वाचनको चटारोमा व्यस्त थिइन् । सभापतिमा पदका लागि मंगलबार पुनर्निर्वाचनको तयारी हुँदै थियो । चुनावको यही व्यस्तताले गर्दा जेठाजुसँग कुरा हुन नपाएको किरणले दुःखमनाउ गरिन् । उनले भनिन्, ‘साँझ एक(दुईपटक फोन सम्पर्क गरेकी थिएँ, सम्पर्क हुन सकेन । मैले बिहान ४ बजेतिर मात्रै घटना थाहा पाएँ ।

सुशीलको निधनबाट आफ्नो मात्रै होइन, देशकै अभिभावक गुमेको महसुस भइरहेको किरणले बताइन् ।’ कोइरालाको निधनले गृहजिल्ला बाँके शोकमा डुबेको छ । उनको मृत्युको खबरसँगै नेपालगञ्जको सुर्खेत रोडमा रहेको कोइराला निवासमा कार्यकर्ता तथा शुभचिन्तकको बाक्लो उपस्थिति देखिएको छ । सुशील गृहजिल्ला आउँदा आफ्ना विश्वासपात्र लक्ष्मीनारायण साहको ग १ च ३३९५ नम्बरको कालो गाडीमा चढ्ने गर्थे । साह शनिबार बिहान कोइराला निवासबाहिर सुर्खेतरोडमा शोकमग्न अवस्थामा उभिएका थिए ।
खनलाइृन खबर बाट साभार गरिएको ।

Jan 16, 2016

बाबियोको डोरीले फेरियो दैनिकी



कपिलवस्तुको शिवराज नगरपालिका वनकसबासाका सुकुम्वासीले बाबियोलाई आफ्नो मुख्य आयस्रोत बनाएका छन् । उनीहरूले बाबियोबाट डोरी बनाउने तालिम लिएपछि डोरी बनाएर बेच्ने कला र सीपलाई आयआर्जनको राम्रो स्रोत बनाएका हुन् । महेन्द्र राजमार्गको जङ्गल छेउमा विगत २० वर्षदेखि बस्दै आएका ४५ घर सुकुम्वासीलाई बाबियोको डोरी बनाउने व्यावसायिक तालिम दिएपछि उनीहरू दैनिक रुपमा घर व्यवहारका लागि चाहिने रकम डोरी बेचेर कमाउने गरेका छन् ।

विपन्न र गरिब समुदायलाई उनीहरूको क्षमता र ज्ञानले भ्याउन सक्ने सीप र कला दिए जीविकोपार्जनमा सहयोग पुग्ने तथ्यलाई ध्यानमा राखेर स्थानीयस्तरमा प्रशस्त पाइने बाबियोबाट डोरी बनाउने सीप र उपकरण युएनडिपीको लघु उद्यम विकास कार्यक्रमले जुटाइदिएको हो ।

राजमार्ग वरपरका ३५ घर सुकुम्वासी अहिले डोरी बनाइ बिक्री गर्ने जागृति लघु उद्यमी समूहमा आवद्ध भइ दैनिक काम गरिरहेका छन् । डोरी बनाउनका लागि १५ वटा मेसिन र सीप दिई सहयोग पुर्‍याएइको छ । लघु उद्यम विकास कार्यक्रमले समूहका सदस्यहरू पालैपालो गरेर काम बाँडेका छन् । कोही बाबियो काट्न गएका बेला कोही डोरी बनाउने काम गर्दछन् भने कोही बनाएको डोरीलाई मुठा बनाउँछन् ।

पाँच समूहले बेच्छन् डोरी

यता पाँचजनाको समूह स्थानीय बजारमा डोरी लगेर बिक्री गर्ने काममा लागेका छन् । ‘बजारमा डोरीको अत्यधिक माग रहेकाले बिक्री गर्दा कुरेर बस्नु पर्ने अवस्था सिर्जना नभएको सकुम्वासी गीरबहादुर बस्नेत बताए । यो पेशाबाट राम्रो आय गरी आफू सन्तुष्ट भएको उनले बताए । राम्ररी काम गरे दिन दैनिक चारपाँच सय रुपैयाँसम्मको कमाई हुने हुँदा चारजनाको परिवार सञ्चालन गर्न सजिलो भएको स्थानीय हीरामाया घर्तीले बताइन । अहिले बनकसवासाबासीले बाबियोको डोरी नेपालको विभिन्न जिल्ला र छिमेकी मुलुक भारतमा समेत बिक्री गर्दै आएका छन ।

बाबियो जङ्गलमा मंसिरदेखि जेठसम्म पाइने हुँदा डोरी बनाउने काम वर्षमा सात महिना हुने गर्दछ । बाबियोको डोरी खाट बुन्न, घर छाउन र अन्य घरेलु काममा उपयोग आउँछ । यसअघि उनीहरू काठ, दाउरा बिक्री र दैनिक मजदुरी गरी जीविकोपार्जन गदै आएका थिए ।
(अनलाइन खवर बाट साभार गरिएको ।)

Dec 27, 2015

पशु विकास मन्त्रालय स्थापना कसरी भयो ?

काठमाडौं । 
केपी शर्मा ओलीको नेतृत्वको सरकारले कृषि विकास मन्त्रालयलाई टुक्राएर कृषि मन्त्रालय र पशु विकास मन्त्रालय बनाएको छ । कृषि विकास मन्त्रालय टुक्रिएपछि कृषि क्षेत्रका व्यक्तिहरु भित्र भित्र आक्रोशित भएका छन् । कृषि र पशु नङ्ग र मासु जस्तै भएकाले यसलाई टुक्राउन हुंदैनथ्यो भन्ने विश्लेषण कृषि विज्ञहरुले गर्न थालेका छन् । तर, पशु सेवामा कार्यरत धेरै पशुकर्मीहरु भने कृषि मन्त्रालय विभाजन गरेर पशु विकास मन्त्रालय बनाएपछि उत्साहि मात्र होइन निकै नै खुशी देखिएका छन् ।
कृषि पेशा नेपालको अर्थतन्त्रको मेरुदण्ड हो भने पशुपालन कृषिको एक अभिन्न एवं अत्यन्तै महत्वपूर्ण क्षेत्र हो । वर्तमान अवस्थामा कृषि क्षेत्रले कूल गार्हस्थ उत्पादनमा करिब ३२% योगदान दिएको छ भने पशुपालन क्षेत्रले मात्र कूल गार्हस्थ उत्पादनमा करिब १२% योगदान पु¥याएको छ । कृषि गार्हस्थ उत्पादनको क्षेत्रमा पशुपालन क्षेत्रको योगदान करिब २८% रहेको छ जसमा पशुहरुबाट प्राप्त हुने छाला, जोत्न तथा गाडा तान्न प्रयोग गरिने राँगा/गोरुहरुको योगदान, प्राङ्गारिक मल जस्ता अति महत्वपूर्ण क्षेत्रलाई समावेश गरिएको छैन । यी सबै क्षेत्रको योगदानलाई समेत समावेश गर्दा पशुपालन क्षेत्रले देशको अर्थतन्त्रमा पु¥याउने योगदान अरु क्षेत्रको तुलनामा अधिक एवँ अत्यन्तै महत्वपूर्ण भएको पुष्टि हुन्छ । यिनै तथ्य एवँ यथार्थताहरुलाई ध्यानमा राखेर नै दिर्घकालिन कृषि विकास योजना (Agriculture Perspective Plan, APP) ले नेपालको पशुपालन क्षेत्रले कृषि क्षेत्रमा पु¥याउने योगदान सन् २०१५ मा ४५% पुग्ने प्रक्षेपण गरेको थियो । विभिन्न आधारहरुलाई ध्यानमा राखी तयार गरिएको दिर्घकालिन कृषि योजनाले प्रक्षेपण गरे अनुसार कृषि क्षेत्रमा पशुपालन क्षेत्रको योगदान ४५% पुग्नुका सट्टा यसमा झनै ह्रास भै हाल केवल २८% मात्र रहेको तितो यथार्थता रहेको छ ।
देशको अर्थतन्त्रलाई मात्र नभै खाद्य तथा पोषण सुरक्षामा सुधार, परम्परा, रहनसहन, जाती, धर्मका साथै विभिन्न पिछडिएको दुर्गम क्षेत्र, तराई, मध्यपहाडदेखि लिएर उच्चपहाडका साथै हिमाली क्षेत्र सम्मको विकास गर्नका लागि एक कोशे ढुङ्गा सावित हुन सक्ने पशुपालन तथा मत्स्यकोे क्षेत्रमा आशातित विकास हुनका लागि नेपालका कृषक, सर्वसाधारण जनता, कर्मचारी, सरोकारवालाहरुमात्र नभै विभिन्न राजनैतिक दलका नेताहरुबाट समेत समय समयमा एउटा अलगै मन्त्रालयको आवश्यकता महसुस गरिएको थियो भने पशु सेवामा काम गर्नेहरुले पनि पशु मन्त्रालय स्थापना हुनु पर्ने माग विगतमा पनि गरेको देखिन्छ । तथापी तात्कालिन कृषि तथा सहकारी मन्त्रालयबाट कृषि विकास र पशुपालन तथा मत्य विकास मन्त्रालय गरी २ अलग अलग मन्त्रालयहरुको अपेक्षा सबैबाट हुँदाहुँदै पनि केही वर्ष पहिलेमात्र मन्त्रालयहरुको पुनर्संरचना हुँदा कृषि विकास मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालय गरी २ मन्त्रालयको गठन भएतापनि पशुपालन तथा मत्स्य विकास जस्तो महत्वपूर्ण क्षेत्रलाई अलगै मन्त्रालयको रुपमा नराखेको भन्दै सो क्षेत्रमा काम गरिरहेका व्यक्तिहरु रुष्ट बनेका थिए ।
अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि सम्माननीय गठित वर्तमान सरकारले पुनः देशले चाहेको जस्तै विकासको लहर ल्याउनका लागि विभिन्न मन्त्रालयहरुको गठन÷पुनर्गठन गर्न लागेको सन्दर्भमा कृषि क्षेत्रका सरोकारवाला व्यक्तित्वहरु, पेशाकर्मी, व्यवसायीहरु, कर्मचारी, राजनैतिक दलका नेता, आदिहरुबाट कृषि विकास मन्त्रालयबाट पशु सेवालाई अलग गरी अलगै एक पशुपालन तथा मत्स्य विकास मन्त्रालय गठन हुनुपर्ने माग वितगदेखि नै राख्दै आएका थिए । पशु सेवा विभाग पटक पटक कृषि विभागमा गाभिदा सर्वसाधारण जनतादेखि राजनैतिक दलहरुका नेताहरुमा समेत देखिएको नैराश्यताका कारण मिति २०५२/४/१ गतेदेखि कृषि विभागबाट पशु सेवा विभाग अलगै भएको र सो मितिदेखि हालसम्म (२० वर्ष) को अवधिमा पशुपालन क्षेत्रले गरेको प्रगतिलाई मात्र अवलोकन गर्ने हो भने पनि एक अलगै पशुपालन तथा मत्स्य विकास मन्त्रालयको आवश्यकता रहेको पुष्टि गराउन निकै पहल गरिएको थियो । जब जब पशु सेवा विभाग कृषि विभागमा गाभिन गयो, त्यसबेला पशु सेवाका प्रगति ओरालो लागेको तथ्य बाहिर नआएका पनि होइनन् ।
पशु मन्त्रालय निर्माण गर्नका लागि विगतदेखि गरिएका पहल र आवश्यकतालाई पुष्टि गर्ने आधारहरु ः
0. पशुपालन एकमात्र यस्तो व्यवसाय (क्षेत्र) हो जसलाई ग्रामिण अर्थतन्त्रको मेरुदण्ड मानिनेमात्र नभै यस क्षेत्रले प्रत्यक्ष रुपमा वार्षिक दूधबाट करिब ११ अर्ब र मासुबाट ४५ अर्ब रुपैया शहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा पुँजीको प्रवाह गर्दछ ।
0 विभिन्न अन्तराष्ट्रिय संघ संस्थाहरुको अध्ययनले समेत स्पष्ट पारेको छ कि प्रति १० देखि २० लिटर दूध दैनिक प्रशोधन हुँदा १ जना रोजगारीको सिर्जना हुन जान्छ । करिब ८०% कृषकको अभिन्न अंग भएको पशुपालन क्षेत्रले युवादेखि लिएर महिला, दलित, आदिवासी, जनजाती सबैलाई रोजगारीको अवसर सिर्जना गर्न सक्ने एक महत्वपूर्ण क्षेत्र हो ।
0 दिर्घकालिन कृषि योजना (१९९५–२०१५) का अनुसार कृषि क्षेत्रमा सबैभन्दा बढी वृद्धिदर हासिल गर्न सक्ने सम्भावना भएको क्षेत्र पशुपालन नै हो । कूल गार्हस्थ उत्पादनमा १२% र कृषिजन्य ग्राहस्थ उत्पादनमा हाल केवल २८% मात्र योगदान दिएको यो क्षेत्रलाई केही वर्षभित्रमै ४५% मा पु¥याउन सकिने सम्भावना दिर्घकालिन कृषि योजनाले नै प्रक्षेपण गरेको थियो ।
0 कृषि विकासको रणनीति, २०७२ ले कृषिका महत्वपूर्ण ८ क्षेत्रहरुमध्ये डेरी, कुखुरापालन र बाख्रा पालन व्यवसायलाई क्रमशः दोश्रो, सातौं र आठौं प्राथमिकतामा राखेको छ । यसबाट पनि यस क्षेत्रको महत्व स्पष्ट हुन्छ । सन् २०२२ सम्ममा नेपाललाई हालको अति विपन्न मुलुकबाट विकासशिल मुलुकमा रुपान्तरण गर्नका लागि पशुपालन क्षेत्र निश्चित रुपमा महत्वपुर्ण क्षेत्र हुने कुरामा दुईमत छैन् ।
0 राष्ट्रिय समस्याको रुपमा देखिएको मातृ तथा बाल कृपोषणको समस्या न्यूनिकरणमा पशुजन्य उत्पादनले महत्वपूर्ण भुमिका खेल्दछ । हाल प्रति व्यक्ति प्रतिवर्ष ६३ लिटरमात्र दूधको उपलब्धता भएकोमा विश्व स्वास्थ्य संगठनका अनुसार यसलाई ९१ लिटर पु¥याउनुपर्ने, त्यसैगरी मासुको उपलब्धता केवल ११ के.जी. लाई ३३ के.जी. पु¥याउनुपर्नुका साथै अण्डाको उपलब्धता हालको ३४ गोटाबाट ४८ गोटामा पु¥याउनका लागि पशुपालन व्यवसायमात्र यस्तो व्यवसाय हो जसले आम्दानीमा वृद्धि ल्याई क्रयशक्ति बढाई उपभोगको स्तर समेतमा वृद्धि ल्याउन सक्छ ।
0 पशुपालनमा लाग्ने कुल श्रमको हाल करिब ७०% श्रम महिलाहरुले नै गरिरहेको कारणले पशुपालन क्षेत्रलाई प्रोत्शाहन गर्नु र वढवा दिनु भनेको महिलाहरुको विकास र सशक्तिकरण, परिवारको विकास र देशको विकासमा समेत उल्लेखनिय भूमिका निर्वाह गर्नु हो ।
0 हाल नेपालमा करिब १७०० डेरीजन्य सहकारी र अन्य पशुपालनजन्य ५०० सहकारी रहेकोले सहकारी क्षेत्रको विकास र प्रवद्र्धन गर्नका लागि समेत पशुपालन एक महत्वपूर्ण क्षेत्र हुन जान्छ ।
0 विभिन्न विकाससँग सरोकार राख्ने विद्धानहरु, राजनैतिक दलका नेताहरु, पेशाकर्मीहरुबाट समेत गरिबी निवारणका लागि पशुपालन व्यवसाय एक महत्वपूर्ण व्यवसाय हो भनी एकिनका साथ भन्दै आइएको छ । पशुपालन व्यवसाय एकमात्र यस्तो व्यवसाय हो जसले थोरै लगानाीमा र थोरै समयमा नै प्रतिफल दिन सक्दछ । उदाहरणका लागि ब्रोइलर कुखुराबाट ४० दिनमा, बंगुरबाट ६ महिना र बाख्राबाट १ वर्षभित्रमै अपेक्षित योगदान दिन सक्ने उदाहरणीय पेशा हुन् । त्यसैगरी प्रत्येक दिन बिहान र बेलुका नगद प्रवाह गर्न सक्ने डेरी क्षेत्रलाई अति नै महत्वपूर्ण क्षेत्रका रुपमा लिन सकिन्छ ।
0. पशुपालन तथा मत्स्य क्षेत्र यस्तो क्षेत्र हो जसले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन (विशेष गरी दूध, मासु, अण्डा, ऊन, पश्मिना, छाला, आदि) मा उल्लेखनीय योगदान पु¥याउन सक्दछ ।ministry-divide
हाल कृषि विकास मन्त्रालय पशु सेवा विभाग मातहतमा रहेका कर्मचारी तथा विद्यमान पूर्वाधारहरु केके छन् जनु अव पशु विकास मन्त्रालय मातहतमा रहने छ ?
ज्ञ. हाल पशु सेवा सम्बन्धी देशभरमा १३२ कार्यालय, ९९९ पशु सेवा केन्द्रहरु, २६ क्वारेन्टाइन गरी जम्मा ११५७ कार्यालयहरु विद्यमान छन् । यसका साथै विभिन्न महत्वपूर्ण क्षेत्रमा ८५० सामुदायिक पशु प्रजनन् केन्द्रहरु समेत स्थापना भै सकेका छन् ।
0 पशु सेवाका क्षेत्रमा कार्य गर्ने हाल कृषि विकास मन्त्रालय, पशु सेवा विभाग मातहतमा ४२५८ जना कर्मचारी हरुले ७५ जिल्लाभरीमा पशु सेवा पु¥याई रहेका छन् भने १३००० भन्दा बढी निजी भेटेरीनरी तथा लाइभष्टक प्राविधिकहरुले समेत विभिन्न क्षेत्रमा पशु सेवा पु¥याइरहेका छन् । साथै पशुपालन व्यावसायिकरण हुँदै जाँदा देशमा हाल ३००० भन्दा बढी भेटरिनरीयन एवँ लाइभष्टक विज्ञको आवश्यकता महसुस भएको छ ।
0 पशुपालन क्षेत्र वर्षेनी व्यावसायिकतातर्फ अग्रसर छ भने विभिन्न उद्योगधन्दाहरु समेत यसमा आधारित भएको अवस्था छ । कुखुरापालनको क्षेत्रमा मात्र निजी क्षेत्रबाट ६० अर्बभन्दा बढीको लगानी गरेको अवस्था छ भने अन्य क्षेत्रहरु विशेषगरी दुग्ध उत्पादन र प्रशोधन, मासु उत्पादन र प्रशोधन क्षेत्रहरु पनि निरन्तर विकासको क्रममा छन् ।
0 विश्व पशु स्वास्थ्य संगठन (OIE)ले Performance of Veterinary Services (PVS) Gaps Analysis मा हालको भेटरिनरी सेवामा व्यापक सुधार र सुदृढीकरण गर्न सकेमा नेपाललाई South Asia मै राम्रो हुन सक्ने सम्भाव्यता रहेको भनी उल्लेख गरेको छ । सो बमोजिम अलग मन्त्रालय चाहिने गरी प्रष्ट्याएको छ ।
0 जनस्वास्थ्यसँग सरोकार राख्ने रोग मध्ये करिब ७०% रोगहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध पशुपंक्षीहरुसँग रहेको हुन्छ । यसले पनि पशुपालन र पशु स्वास्थ्यको महत्वलाई उजागर गरेको पाइन्छ ।
0 पशुजन्य उत्पादनहरुको विदेशमा निर्यात गर्न सक्ने प्रचुर सम्भावना हुँदाहुँदै पनि विभिन्न रोग (विशेषगरी (FMD, SF, PPR, Ranikhet (TADS) जस्ता रोगहरुबाट मुक्त भएको पशुजन्य पदार्थ भनी प्रमाणिकरण गर्न नसकेसम्म विदेश निकासी गर्न सक्ने अवस्था नभएकोले यसका लागि विशेष पहल गरी रोगमुक्त पशुजन्य उत्पादनको व्यवस्था गर्न लागी पर्नुपर्ने अवस्था आइसकेको छ ।
0 मत्स्य पालनका क्षेत्रमा गर्न सकिने प्रचुर सम्भावना भएतापनि हाल केवल वार्षिक ५७,५२० मे.ट. मात्र माछाको उत्पादन भएको छ । यसलाई सम्भावनाको तुलनामा नगन्य नै मान्नुपर्दछ ।
0 विद्यमान पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई कार्यान्वयन गर्न एवँ हाल देशमा अत्यन्तै आवश्यकीय ऐन कानूनको रुपमा चाहिने भेटनरी औषधी व्यवस्थापन ऐन, पशु कल्याण ऐन लगायत विभिन्न ऐन, नीति, रणनीति आदिलाई छिटो छरितो तर्जुमा र कार्यान्वयन गर्न पनि पशुपालन मन्त्रालयको आवश्यकता भएको देखिन्छ ।
पशुपालन तथा मत्स्य विकास क्षेत्रको यथार्थता, विकासका सम्भावना, भौतिक पूर्वाधार, जनशक्ति, राष्ट्रिय तथा कृषिजन्य गार्हस्थ उत्पादनमा पु¥याएको योगदानलाई मध्यनजर गर्दै र पशु सेवामा कार्यरत विभिन्न तह तप्तका व्यक्ति संघसंस्थाहरुको गोप्य पहलका कारण कृषि मन्त्रालय फुटेको छ । तर विश्वका विभिन्न देशहरुले पशुपालन तथा मत्स्यलाई उच्च प्राथमिकतामा राखी अलगै विभाग, मन्त्रालयको रुपमा स्थापना गरेका भएतापनि नेपालमा त्यसो हुन नसकि रहेको अवस्थामा यसले नयां फड्को मारेको छ । कूल राष्ट्रिय उत्पादनमा १२% भन्दा बढी योगदान पु¥याउने पशु विकासको क्षेत्रमा यस आ.व.मा पनि केवल ४ अर्ब ९२ करोड (कूल बजेट, ८ खर्ब १९ अर्ब ४७ करोडको जम्मा ०.६%) र कृषि क्षेत्रमा छुट्याइएको बजेट, २६ अर्ब ६८ करोड, को केवल १८%) मात्र विनियोजित हुनुका साथै पशुपालन तथा मत्स्यलाई मात्र सम्बोधन गर्ने गरी खासै आयोजना÷परियोजना समेत नहुनुबाट नै यो क्षेत्र राज्यबाट उपेक्षित भएको आरोप विगतदेखि नै लाग्दै पनि आएको थियो ।
तसर्थ समग्र कृषि क्षेत्रमा मात्र नभै राष्ट्रिय अर्थतन्त्र, खाद्य तथा पोषण सुरक्षा, महिला, दलित, जनजाती, मधेसी, उत्पिडीत, सिमान्तकृत क्षेत्र, जाती, वर्ग, लिङ्गलाई प्रभावकारी रुपमा सम्बोधन गर्नका लागि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान लागु भएपछि गठन भएको सरकारले पशुपालन तथा मत्स्य विकासका क्षेत्रमा परिमाणात्मक एवँ गुणात्मक विकास गर्नका लागि एक पशु विकास मन्त्रालयको स्थापना हुनुले यो निर्णयको घोषणा लगतै कृषि क्षेत्रका व्यक्तिहरु रुष्टता व्यक्त गरिरहेका छन् भने पशु सेवाका व्यक्तिहरु उत्साहि भएको देखिन्छ ।
यद्यपी वर्तमान केपी शर्मा ओलीको सरकारले पशु सेवा क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना गरेको नभएर केवल आफ्नो सत्ताको समय लम्ब्याउन यो कदम अगाडि सारेको देखिन्छ । त्यसकारण पशु सेवामा कार्यरत सरोकारवाला व्यक्ति संस्था निर्णयबाट खुशी हुुनु भन्दा पनि यो कति दिन टिक्छ भन्ने तर्फ लाग्नु अनिवार्य छ । पशु विकास मन्त्रालय केपी ओली सरकारसंगैको बर्हिगमनसँगै अन्तै गाभियो भने ? एक पटक सोच्नु अनिवार्य छ । -विशेष रिपोर्ट

कृषि अनलाईनको सहयोगमा साधार गरिएको । 

बन्दुक चलाउने हातःकृषि कर्ममा


पाल्पा ।
purba ladakuपाल्पाको  सिद्धेश्वर   गाविस की सावित्रा कुमाल(बोहोरा) १३ बर्षको करिलो उमेरमा नै तत्कालीन विद्रोही पक्ष (नेकपा माओवादी)मा लागिन् ।  सानै देखि  गीत गाउन  न नाच्न शौखीन कुमाल प्टाटुन सह– कमाण्डर समेत भएकी थिइन । स्वाथ्य र परिस्थीले साथ दिएको भए उनी यतिखेर नेपाली सेनाको कुनै उच्च पदमा पुग्थीन् हो । तर अहिले  उनी रुपन्देही जिल्लाको पश्चिम सालझण्डी गाविस सालझण्डी–३ पानबारीमा आफ्नै खेतवारी, पुशपालनमा रमाईरहेकी छिन् ।  उनी भन्छीन्–‘सेनामा लागेर सेवा गर्ने ईच्छा थियो, तर परिस्थीतिले दिएन अहिले आफ्नै खेतबारीमा रमाएकी छु । ’
हुम्ला जिल्लाको दराम गाविस–९ का धनलाल बोहोरा संग २०६३ मंसिर ९ गतेमा वैवाहिक सम्बन्ध गाँसेकी कुमालको विवाह अन्तरजातिय विवाह हो । उनी भन्छीन्–‘स्वच्छिक अवकास पाउन भन्दा पहिला देखि नै जम्मा गरेको केही रकमबाट यहाँ(पानवारी)मा ८ कठ्ठा जमिन किनेका छौ, सानो पसल छ, लुगा पनि सिलाउने गरेकी छु  के गर्ने गोडाफाट सर्तक गर्ने हात खुट्टा अहिले गोवर सोत्तर गर्दै  वितेका छन् ।’ वि.स.२०६३ सालमा मंसिर देखि कृष्णसेन स्मृती विग्रेडमा बसेका उनका श्रीमान प्लाटुन कमान्डर थिए । उनले पनि स्वच्छीक अवकास लिएका छन् । पहिला ऋण खाजेर पसल गरेकी वोहोराले पछि शान्तीका लागि संवाद परियोजना  अन्र्तगत २० हजार  विना व्याजमा ऋण पाईन  ।
 त्यसबाट सानो पसल सुरु गरेकी उनले आफ्नो व्यववसाय पढाउदै लगेकी छिन् । उनी भन्छीन्–‘अहिले पसलबाट राम्रो आम्दानी हुन्छ,  गाउका सबै सामान किन्न यहि आउछन्, भैसी पालेकी छु,  आम्ँदानीको पाटोको रुपमा सिलाई काटाई समेत गर्दे आएकी छु ।’ २५ हजारकोता केही समय पहिला फ्रिज जोडेकी छिनन् भने घरमा डीस होम समेत जडान गरेकी छिन् ।  सानो पविार छ  सुखी परिवार छ  कम गर्दे जाँदा आफै आत्मनिर्भर भएको छु  उनीले भनिन् ।  
देवले अर्चेली माविमा पढ्दै गर्दा  पढेकी थिईन । पढ्दै गर्दा गीत संगीतको मोहको कारण माओवादीमा लागेको उनको भनाई रहेको छ ।  दर्जन भन्दा बढि स्थानमा लडाई लडेकी उनी पाल्पाको तीलगीरे, वि.स.२०६२ चैत २४  तौलिहवा,अन्तमी लडाई हुन ।  ‘पहिला यिनी माओवादी हुन् मार्छनकाट्छन् भन्ने समाजका मान्छेहरुले अहिले समान्य व्यावार गरेकोमा खुसिलागेको उनको भनाई रहेको छ ।
उता पुर्व लडाकु सह कमान्डर उनी सह कमान्डर सावित्रा वोहोराका श्रीमान् पुर्व लडाकु  प्लाटुन कमाण्डर धनलाल बोहोरा भन्छन्–‘हामी संगै ८  जना जोडीको विवाह भएको थियो , अन्य सबैको डिभोर्स भयो तर हाम्रो  जोडी नमुना जोडी भएका छन् । ’  अन्तरजातिय विवाह गरेको भएपनि परिवारमा कुनै पनि जातपातको कुरा कहिल्यै नआउने उनको भनाई रहेको छ ।
  अहिले उनको गाउमा ८ जना पुर्व लडाकुहरु रहेका छन् । बसन्त रावल र राधीका रावल(कुमाल) को जोडी, बलमान विका र बासु थापाक्षेत्री को जोडी, तुल्य विक र कल्पाना विकको जोडी र ऋषिराम थापा  र मायाँ पौडेलले अविवाहित छन् ।
शान्तीका लागि संवाद परियोजनाको साझलण्डी गाविसकी सहजकर्ता तथा द्वन्द्व पिडीत गोमा बस्यालले संवाद परियोजना आएपछि द्वन्द्व प्रभावितहरु एक जुट भएर प्रत्येक महिनाको एक निश्चित गते बस्ने, पिर मर्का साटासाट गर्ने कसरी आर्याआर्जन गर्ने लगायतका विषयमा जानकारी लिने र दिने गर्ने गरेको बताए ।
युएसएआईडीको आर्थिक सहयोगमा केयर नेपाल र नमुनको साझदारीमा सञ्चालनभ एको शान्तिका लागि संवाद परियोजनाले रुपन्देहीका १२ गाविस र ५ नगरपालिकामा काम गर्दै आएको स्थानिय शान्ती समितिका संयोजक ज्ञानु पौडेले बताउँछिन् ।
२ सय ५० जना शान्ती स्व्म सेवक छनोट र परिचालन गरी १७ वटा सहकारी मार्फत कुल ४६ लाख २५ हजार रुपैयाँ द्वन्द्व प्रभावितहरुलाई विउपुँजी कोष मार्फत प्रदान गरिएको परियोजनाले जनाएको छ । अहिले उक्त परियोजना अन्र्तगत रुपन्देहीमा १ सय ७५ जना द्वन्द्व प्रभावित परिवारमा ८० जना महिलाहरुले जिविकोपार्जन गरेका छन् ।

Dec 19, 2015

बाह्र प्रधानमन्त्री हाँक्ने एक्ला चालक

काठमाडौं, ४ पुस ।

बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि मुलुकले अहिलेसम्म १३ प्रधानमन्त्री पायो । मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर, तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक भने काठमाडौं, वसुन्धराका माधव कार्की  हुन् । मुलुक हाँक्नेलाई पनि हाँक्ने चानचुने जिम्मेवारी हैन । त्यो महत्वपूर्ण जिम्मेवारीलाई चालक कार्कीले कुशलतापूर्वक पूरा गरेका छन् । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई चालक कार्कीले एक्लै हाँकेका छन् । मुलुकको शासनको बागडोर सम्हाल्ने प्रधानमन्त्री एक–दुई हैन १२ जनालाई सुरक्षित गन्तव्यमा पु¥याउँदा चालक कार्कीका विभिन्न अविष्मरणीय र रोचक अनुभूति र अनुभव छन् ।
कार्कीले विसं २०५६ देखि तत्कालीन प्रधानमन्त्री भट्टराईको गाडी चलाए । त्यसपछि सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, खिलराज रेग्मी(मन्त्रिपरिषद् अध्यक्ष), सुशील कोइराला र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी चलाएका छन् । विसं २०४२ मा कृषि मन्त्रालयमा सवारी चालकका रुपमा सेवा प्रवेश गर्नुभएका कार्कीले २०४७ सालमा गृह मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयमा सरुवा भई प्रधानमन्त्रीको सवारी चलाउने महत्वपूर्ण जिम्मेवारी पाए । त्यसो त चालक कार्कीले कुनै संस्थाबाट तालिम लिएका छैनन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको समयमा मिलन बस्नेतले उनलाई तालिम दिएका थिए । प्रधानमन्त्रीको गाडी सुरक्षा कारकेडको गतिअनुसार चलाउनु आफैंमा चुनौतीपूर्ण हो । निकै सचेतपूर्वक सवारी चलाउनुपर्ने हुन्छ । त्यतिका चुनौतीबाट विचलित नभइकन कार्कीले जिम्मेवारी पूरा गरिरहेका छन् । कुनै प्रधानमन्त्रीलाई तीव्र गति  मन पर्ने र कसैलाई कम गति मन पर्ने, त्यसैले व्यक्तिको चाहना र आवश्यकतानुसार सवारीको गति सन्तुलन गर्नुपर्ने बाध्यता उनलाई थियो र छ । बाह्र प्रधानमन्त्रीको निरन्तर सवारी चलाउँदा त्यसबीचमा फेरबदल भइरहने प्रधानमन्त्रीसँगका विभिन्न अनुभूति कार्कीमा छ । प्रधानमन्त्रीको सवारी चलाउन नेपाली सेनाका कर्णेल र नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकले प्रशिक्षण दिन्थे । सवारीका बेला कहीँ कतै गाडी भगाउनुपरेमा कारकेड मोटरसाइकलको गतिमा (५० देखि ८०) को गतिमा हाँक्नुपर्छ । चालक कार्कीलाई भने अन्य हँकाइभन्दा कार्यकारी प्रमुखको गाडी हाँक्न सजिलो र मज्जा हुन्छ । ‘प्रधानमन्त्रीको सवारीमा हर्न बजाउनु पर्दैन, कतै रोक्नु पनि पर्दैन र जाम पनि हुँदैन,’ कार्की भने । यतिका प्रधानमन्त्रीसँग हिमचिम हुँदा पनि त्यस्तो कुनै लाभ लिन नसकेका उनलाई पेसाप्रति सदैव गौरवको अनुभूति हुन्छ । ‘मलाई गौरव लाग्छ, म आफ्नै मेहनतले आज यो ठाउँमा पुगेको छु, देशको प्रधानमन्त्रीको सवारी हाँक्न पाउँदा असाध्यै खुसी र गर्व लागेको  छ’ कार्कीले भने । अबको छ महिनापछि उमेर हदका कारण सेवानिवृत्त हुन लागेका कार्कीले बाँकी जीवन सानोतिनो व्यवसाय गरेर बिताउने योजना सुनाए । उनी निजामती सेवा अन्तर्गत पाँचौँ तहबाट सेवानिवृत्त हुँदैछन् । कार्कीको परिवारमा श्रीमतीसहित दुई छोरा र चार छोरी छन् । चालक कार्कीको अनुभवमा मुलुक हाँक्ने प्रधानमन्त्रीजस्तो व्यक्तिको सवारी हाँक्ने एउटै चालक हुनु राम्रो हो, व्यक्तिपिच्छे चालक फेरिँदा सवारी दक्षता कम हुने हुँदा जोखिम निम्तन सक्छ । बाह्र प्रधानमन्त्रीका अहिलेसम्म चार वटा मात्र सवारी फेरिएका छन् । अहिलेका प्रधानमन्त्रीको नयाँ सवारी छ । हालसम्म प्रधानमन्त्रीले चढ्ने महँगो गाडी भनेको करिब सात करोड मूल्यको छ । सबैभन्दा महँगो बिएमडब्लु कार हो जसको आठ करोड मूल्य पर्छ । परराष्ट्र मन्त्रालयको यो कार विशेष समारोहका बेला मात्र प्रयोग गरिन्छ । सामान्यतःप्रधानमन्त्रीको सवारीमा तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)का गाडी र ट्राफिक प्रहरीको कारकेड मोटरसाइकल हुन्छन् । दैनिक ३२ देखि ३४ जना सुरक्षार्थ खटिन्छन्  तर, विशेष समारोहमा गाडी पनि बढी हुन्छन् । मोटरसाइकल कारकेड नौ वटा अघिपछि र दायाँबायाँ १० वटा हुन्छ ।

प्रधानमन्त्रीका आफ्नै सोख

चालक कार्कीले अहिलेसम्मका प्रधानमन्त्री थरिथरि सोखका पाएका छन् । वर्तमान प्रधानमन्त्री ओली तथा तत्कालीन प्रधानमन्त्री देउवा, दाहाल र  भट्टराईलाई बढी गति मन पर्छ । थापा र निवर्तमान प्रधानमन्त्री सुशीललाई भने कम गति मनपर्छ । यतिका प्रधानमन्त्रीमध्ये गिरिजाप्रसादले मात्र चालक कार्कीका बारे बढी चासो लिएका थिए । प्रधानमन्त्री हुँदा कोइरालाले त तीन पटक उनको घरमा पुगी अवस्थाबारे सोधेका थिए । अहिलेका प्रधानमन्त्री ओलीले पनि घरपरिवारको अवस्थाबारे चासो लिने गरेका छन् । कार्कीले भने, ‘प्रधानमन्त्री ओलीले आफ्नो परिवारका सबैलाई बालुवाटारमै बोलाएर सामूहिक तस्बिर खिंचाउनुभयो । अरुसँग त्यस्तो क्षण रहेन । ’ चालक कार्कीको निपुणतालाई देखेर तत्कालीन प्रधानमन्त्री दाहालको समयमा उनलाई निजामती पुरस्कार–२०६५ बाट सम्मान गरिएको थियो । राससबाट