Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Feb 26, 2016

५० वर्षअघिको नेपाल (फोटो फिचर)

- बिल ह्यान्सन, काठमाडौं
फाल्गुन १५, २०७२- म त्यतिबेला पढ्दै थिएँ । एक दिन कक्षामा बाहिरबाट कसैले आएर पिसकर्पका बारे बतायो । म कतै अलि टाढाको दुनियाँमा, नयाँ भाषा भएको ठाउँमा जान चाहन्थें । पिस कर्प भएको ठाउँहरूको नाम हेरेपछि मैले नेपाल छानें । त्यो बेला नेपाल नै किन छानें भन्ने ठोस कारणचाहिँ छैन ।


त्यसपछि म पुस्तकालयमा गएँ र भारतको नक्सा दिनु भनें । पुस्तकालय कि महिलाले मलाई नेपाल भनेको छुट्टै देश हो, भारत होइन भन्ने बताइन् र नक्सा दिइन् ।



सन् १९६५ मा पहिलोपटक नेपाल आएँ । काठमाडौंमा केही समय पिसपर्क स्वयंसेवकको तालिम लिएपछि तनहुँ जिल्ला पञ्चायतमा ‘कम्युनिटी डेभलपमेन्ट भोलेन्टियर’ का रूपमा काम गर्न खटिएँ । ६७ सम्म दुई वर्ष नेपाल बस्दा म नेपालका केही ठाउँ घुमें । काठमाडौं, पोखरादेखि धनकुटा, ओखलढुंगादेखि नाम्चेसम्म पुगें । पदयात्राहरू निकै गरिए । धेरै ठाउँमा बाटो थिएन, त्यसैले पनि पैदल नै हिँडिन्थ्यो ।

मलाई मेरो बुबाले कोडाकको एउटा क्यामेरा दिनुभएको थियो । म त्यही क्यामेरा लिएर नेपाल आएको थिएँ । अहिलेको जस्तो डिजिटल क्यामेरा थिएन, रिल चाहिन्थ्यो । त्यसैले जोगाएर फोटो खिच्नुपथ्र्यो । मेरो सोख भएकाले फोटो खिच्दै हिँड्थें । यी तस्बिरहरू पछि स्लाइडमा उतारेकाले अहिलेसम्म सुरक्षित भए ।


सनोसोले दाँत निकाल्दा


एकपटक ओखलढुंगाबाट नाम्चे जाँदा हाम्रो साथमा भरिया थिए । उनको नाम मैले बिर्सिएँ । बाटोमा उनको दाँत दुख्यो । निकै दुख्यो भनेपछि एउटा बस्तीमा हामीले भारी बिसायौं । गाउँकै एकजनाले सनासोले उनको दुखेको दाँत निकाल्दिए ।

दाँत निकालेपछि उनले अलिकति रक्सी खाए र भारी बोकेर हिँडे । सानासोले दाँत निकालेको फोटो मैले खिचेको थिएँ । केहीअघि पाटनमा भएको फोटो प्रदर्शनीमा पनि यो फोटो दिएको थिएँ ।
बन्दिपुरको सम्झना
म दुई वर्ष तनहुँमा बसें । त्यो बेला बन्दिपुर सदरमुकाम थियो पछि दमौली सर्‍यो । बन्दिपुर त्यो बेलाको ठूलो केन्द्र थियो । वरपरका मानिसहरूको बजारदेखि मेला, पूजा सबै भव्य हुन्थ्यो । सदरमुकाम सरेपछि बन्दिपुर बजार सुक्न थाल्यो । अहिले फेरि बन्दिपुर हराभरा भएको छ ।



पचास वर्षअघि मैले खिचेका बन्दिपुरका तस्बिरहरू म अहिलेको पुस्तालाई हस्तान्तरण गर्न चाहन्छु । त्यो बेलाको तस्बिरमा देखिने सानो बच्चा अहिले हजुरबा हजुरआमा बनिसके । म उनीहरूलाई पनि ती सम्झना दिन चाहन्छु । यसैले मैले अहिले बन्दिपुरमा ती पुराना तस्बिरको प्रदर्शनी गर्न लागेको ।
एक–एकजना खोजेर फोटो दिन गाह्रो हुन्छ । प्रदर्शनी नै गरेपछि सजिलो । यी तस्बिरमा म कुनै क्याप्सन लेख्दिनँ । मानिसहरूले आफैं हेरुन् र चिनुन् भन्ने मेरो अपेक्षा छ ।












जहाजका घाइते भन्छन्– पाइलटले आफू मरेर पनि हामीलाई बचाए


फाल्गुन १४, २०७२- आज (शुक्रबार) कालिकोटको चिल्खयामा दुर्घटना भएको एयर काष्ठमाण्डपको विमानका एक यात्रु गोविन्द्रप्रसाद अधिकारी (धु्रव)ले पाइलटले अन्तिमसम्म पनि यात्रुलाई नआत्तिन भनिरहेको सम्झिन्छन् । उपचारका लागि कोहलपुर अस्पताल ल्याइएका जुम्लाका अधिकारीले  ठाकुरसिंह थारुलाई दुर्घटनाबारे यसरी बताए :
मेरो घर जुम्ला हो । जुम्ला जानका लागि १२ : १५ को जहाज चढियो । सानो जहाज थोरै थियौं । ५–१० मिनेटसम्म सबै ठीकै थियो । एकछिनमा जहाजमा पट–पट गरेको आवाज आयो । हामीले पाइलटलाई के हो भनेर सोध्यौं । उनीहरुले ‘खास केही होइन, नआत्तिनुस्’ भने । तर, यस्तो आवाज फेरि पनि आइरह्यो ।

चौथो पटक पनि आवाज आएपछि जहाज ‘डिस्ब्यालेन्स’ भयो । तलमाथि दायाँबाया गरेर हल्लिन थाल्यो । हामी सबै डरले चिच्च्यायौं । जहाज कहिले पहरातिर कहिले जंगलतिर पुग्यो । म त बेहोशै हुन्छु कि जस्तो भयो । पाइलटहरुले हामी केही हुन दिँदैनौं, नआत्तिनुस् भनिरहेका थिए ।

जहाज एकैचोटि निकै माथि गयो । त्यसपछि के–कसो भयो मलाई राम्ररी राम्ररी याद छैन । म बेहोश भएछु । होशमा आउँदा मलाई जहाजबाट बाहिर निकालिएको थियो । नजिकैको हेल्थपोष्ट नेर मेरो उपचार भइरहेको थियो । पछि थाहा पाएँ, एकजना पाइलट जहाजमै बितेछन् । अर्का पनि पछि बितेछन् ।

उनीहरुले हामीलाई केही हुँदैन भनेका थिए । साँच्चिकै हामीलाई बचाए तर आफू बने बाँच्न सकेनन् ।

क्याप्टेन मरेर ९ जना बचाए, अधुरै भयो क्याप्टेनको सुर्खेतमा पार्टी गर्ने योजना

  सुर्खेत ।

 शुक्रबार दिउसो १२.२० बजे बाँकेको नेपालगंन्जबाट जुम्लाका लागि उडेको काष्टमाण्डप एयरको बिमान दिउँसो १ बजे कालिकोटको चिलखायामा दुर्घटना हुँदा चालकदलका दुईजनाको मृत्यु भएको  छ । 
चालक दलका सदस्यहरु क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको उक्त दुर्घटनामा मृत्यु भएको छ
। चालक दलका सदस्य सहित ११ यात्रु रहेको विमानमा खरावी आएपछि क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको निर्णय गरेका थिए । आकस्मिक अवतरण गर्दा विमानको अघिल्लो भाग तीन टुक्रा हुँदा क्याप्टेन र को–पाइलटले मुत्यु भयो । जहाजमा सवार अन्य यात्रु घाइते भएका छन् ।
कालिकोटका चिलखाया गाविस वडा नम्बर–३ को आकाशमा विमान थियो । त्यहाँ गहुँबारीमा विमान अवतरण गर्नु अघी क्याप्टेन दिनेश न्यौपानेले यात्रुहरुलाई नआत्तिन आग्रह गरेका थिए । विमानको अवस्था ठिक नभएको भन्दै न्यौपानेले यात्रुहरुलाई आकस्मिक अवतरण गर्न लागेको जानकारी गराउँदै यसरी नआत्तिन आग्रह गरेका हुन । त्यहाँका जिल्ला प्रहरी कार्यालयका डिएसपी किशान सिंह वुडालका अनुसार विमान गहुँबारीको कान्लोमा ठोक्किएको छ । 
दुर्घटनापछि घाईतेको उपचारका लागी घटनास्थल पुगेका चिलखाया स्वास्थ्य चौकीका अहेव जंगबहादुर रावलले घाईतेको भनाई उदृत गर्दै भने,–‘तपाईहरु नआत्तिनुस, सुरक्षित ठाउँमा विमान अवतरण गराउँदैछौं’ भन्दै यात्रुलाई सचेत गराएको केही छिनमै विमान खेतमा आकस्मिक अवतरण गरिएको थियो । यस्तै घाइतेहरुको भनाई उद्धृत गर्दै उद्धारमा खटिएका पादमघाट प्रहरीले भने,–‘विमान चालकले आफू मरे पनि हामीहरुलाई बचाउने आश्वासन दिएका थिए ।’’ 
अवतरणको क्रममा विमानको अघिल्तीरको भाग खेतको कान्लोमा धस्सिँदा चालक दलका दुवै सदस्यले ज्यान गुमाए । तर अरुलाई बचाए । घटनामा बाँच्न सफल भएकाहरुले भने–‘‘पाईलट आफू गए, भगवान रहेछन त्यस्तो पहाडमा खस्न लागेको प्लेन गहुँबासीमा ल्याएर, हामीलाई बचाए ।’’ 
उक्त दुर्घटनामा चन्द्रनाथ नगरपालिका–५ जुम्लाका धनन्जय  केसि, ६ का गणेशराज गिरी, ६ कै जगदम्बा गिरी उनी छोरी पुना गिरी, ७ नं. वठाका गणेशराज भटचन्द, उनकी छोरी सोलिना भट्टचन, नुवाकोट जिल्ला निवासी धुब्रप्रसाद भण्डारी, चन्दनाथ नगरपालिकाकै लक्ष्मी सुनार र पोटमारा गाविस–७ जुम्लाका लक्ष्मण भण्डारी घाइते भएका छन् ।
यो दुर्घटनमा घाइतेहरुको विवरण 
धनन्जय  केसि– चन्द्रनाथ नगरपालिका–५ जुम्ला
गणेशराज गिरी चन्दनाथ नगरपालिका–६ जुम्ला 
जगदम्बा गिरी चन्दनाथ नगरपालिका–६ जुम्ला 
जगदम्बाकी छोरी पुना गिरी 
गणेसराज भटचन्द चन्द्रनाथ नगपालिका–७ जुम्ला 
उनकी छोरी सोलिना भट्टचन
धुब्रप्रसाद भण्डारी–नुवाकोट
लक्ष्मी सुनार चन्दनाथ नगरपालिका–जुम्ला 
र लक्ष्मण भण्डारी, पोटमारा गाबिस–७ जुम्ला 


अधुरै भयो क्याप्टेनको सुर्खेतमा पार्टी गर्ने योजना
क्याप्टेन दिनेश न्यौपानेले शुक्रबार सुर्खेतमा आफन्तहरुसंग बस्ने योजना बनाएका थिए । आफू पाइलट भएको खुसियाली मनाउन उनले सुर्खेतमा आफ्ना दिदीका परिवारसंगै बसेर पाटी गर्ने भनेका थिए । तर उनको यो सपना अधुरै रहेको छ । न्यौपानेले अरुलाई बचाए पनि आफु रहेनन् । भाइलाई पर्खिएका उनका दिदीहरु शुक्रबार सुर्खेत एयरपोर्टमा मुर्छित हुनु प¥र्याे । शुक्रबार बाँकेको नेपालगंजबाट जुम्लाको लागि उडेको जहाज कालिकोटमा दुर्घटना हुँदा उनी संगै कोपाइलट सन्तोष रानको पनि मृत्यु भयो ।

क्याप्टेन न्यौपानेलाई लिन उनका भिनाजु दिपेन भुषाल केही दिन अगाडि नै बाँकेको नेपालगञ्जमै पुगेका थिए । क्याप्टेन न्यौपाने परिवारसहित बाँकेमा बस्दै आएका थिए । क्याप्टेन न्यौपानेले सुर्खेतमा दिदी, भान्नजाभान्जीलाई भेट्न संगै बसेर बाहिर खाना खाने योजना दिदी कृष्णा न्यौपानेका ससुरा हेमप्रकाश भुषाललाई विमान उड्नु भन्दा अगाडि मात्रै सुनाएका थिए । ‘‘आज सुर्खेतमै बस्ने योजना थियो, विहान मलाई फोन आएको थियो,’ क्याप्टेन न्यौपानेका दिदीका ससुरा भुषालले भने–‘बुवा म आउँछु साँझ बाहिर खाना खाउला भन्नुभयो, आफ्नै छोरा जस्तो लाग्थ्यो, यस्तो घटना भयो ।’’ केही महिना अगाडि मात्रै काष्ठमाण्डपको जहाजमा पाइलट भएका क्याप्टेन न्यौपानेले राम्रोसंग खुसीयाली बाँड्न नपाउँदै विदा भएका छन् । 

२८ वर्षे क्याप्टेल न्यौपाने दक्षिन अफ्रिकाबाट क्याप्टेनको कोर्ष सकेर अमेरिका पुगेका थिए । अमेरिकामै बस्ने सोच बनाएका न्यौपानेलाई कास्ठमाण्डब एयरले नै बोलाएको थियो । केही महिना अगाडि मात्रै उनी काष्ठठमाण्डपमा पाइलटका रुपमा काम गर्न सुरु गरेका थिए । ६ महिना अगाडि मात्रै उनी नेपाल आएका हुन् । डोल्पा घर भएका न्यौपानेको धेरै आफन्तहरु सुर्खेतमै छन् । दिदीहरु कृष्णा न्यौपाने सुर्खेतमा विद्यालय संचालक हुन्, यस्तै दिदी अर्चना न्यौपाने पनि सुर्खेतकै लेखगाउँमा स्टाफनर्स छन् । उनको परिवारमा भाई रमेश न्यौपाने, (हिमालयन एयरमा काम गर्ने), बुवा मानभक्त न्यौपाने (६५) र आमा लक्ष्मी न्यौपाने (५६) रहेका छन् । न्यौपानेले चार वर्ष अघी विहे गरेका थिए । भुषालसंग गरिएको कुराकानीमा आधारित  । 

तस्बीरहरु  : अनलाइन खबरबाट

Feb 22, 2016

शिवालय चौकमा सार्वजनिक शौचालयको उद्घाटन, निर्माणका लागि एघार लाख खर्च


सुर्खेत, ७ माघ ।
वीरेन्द्रनगर–७ शिवालय चौकमा एघार लाख ८० हजार ९ सय ११ रुपैयाँको लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । जिल्ला खानेपानी तथा ससफाईका क्षेत्रमा काय गर्दै आएका सरकारी तथा गैर–सरकारी संघसंस्थाको लगानीमा शौचालय निर्माण गरिएको हो । जसमा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयले दुई लाख पचास हजार, जिल्ला विकास समिति सुर्खेतले एक लाख, वीरेन्द्रनगर नगरपालिकाले एक लाख सहयोग गरेको थियो । यस्तै, वातावरण तथा जनस्वास्थ्य संस्था –एन्फो)ले दुई लाख, उपभोक्ता समितिले ५९ हजार ५ सय २० रुपैयाँ र निजी क्षेत्रबाट ४ लाख ७१ हजार तीन सय ९१ रुपैयाँ गरी जम्मा एघार लाखमा शौचालय निर्माण गरिएको हो । यसैगरी उक्त शौचालय निर्माण गर्नका लागि सुर्खेत उपत्यका नगर विकास समितिले दुई कट्टा जग्गा सहयोग गरेको थियो भने, केपी व्यवसायीक सेवा प्रा.लीले निर्माण गरिएको शौचालयमा वायोग्यास जडानमा सहयोग गरेको थियो ।  उक्त सार्वजनिक शौचालयको शुक्रबार एक कार्यक्रमका माझ उद्घाटन गरिएको छ । इत्राम टोल विकास संस्थाका अध्यक्ष रुपमणी रेग्मीका अनुसार उक्त शौचालय महिला र पु्रुषका लागि छुट्टा–छुट्टै शौच गर्न मिल्ने छ । यसैगरी, नुहाउने स्थान, पिसाव संकलन केन्द्र, आठ घनमिटर बरावरको बाँयोग्यास जडान गरिएको र दुई वटा दिशा गर्ने चर्पी रहेको छन् ।
निर्माण समितिका अध्यक्ष धर्मदत्त गौतमले दिएको जानकारी अनुसार शौचालयमा प्र्रयोग गरिने पानीका लागि झुप्रा बृहत खानेपानी, सरफाई तथा उपभोक्ता समितिसँग समन्वय गरिएको छ । उनले भने–‘हामीले सार्वजनिक शौचालयमा दिसा गरेवात पाँच रुपैयाँ र पिसाव गने वापत तीन रुपैयाँ शुल्क लिने गरेका छौं । शौचालयबाट जडान गरिएको बाँयो ग्यासबाट नजिकमा रहेका व्यपारीमा दिने र निश्चत शुल्क तोकिने छ । कार्यक्रममा मध्यपश्चिमाञ्चल यातायात व्यवसाय संघका अध्यक्ष विष्णु खड्काले शौचालय निर्माण भएपछि वीरेन्द्रनगरमा ओहोरदोहोर गर्ने यात्रुहरुले शौच  गर्नका लागि दुःख पाउने पर्ने स्थितिको निराकरण हुने विश्वास लिएको वताए । उनले  जिल्लामा सार्वजनिक शौचालय निर्माण भएपनि विभिन्न समस्याका कारण दिर्घकाल सम्म प्रयोगमा ल्याउने  गा¥हो हुने गरेको बताए । उनले शौचालयलार्य दिर्घकाल सम्म प्रयोग नल्याउन निर्माण गरेको कुनै औचित्य नहुने बताए । यस्तै, वीरेन्द्रनगर नगरपालिकाका योजना अनुगमन तथा प्रशासकिय अधिकृत प्रकाश पौड्यालले नगरपालिकालाई खुल्ला दिसा मुक्त घोषण गर्दा गरिएका  प्रतिबद्धताहरु केही मात्रामा पुरा भएको बताए । उनले भने–‘नगरपालिकालाई खुदिमु गर्दा चार वटा सार्वजनिक शौचालय निर्माण गर्ने पतिबद्धता गरेका थियौं । बसपार्क नजिक निर्माण गरियो ।’ उनले थपे–‘खुल्ला मञ्चमा निर्माण भएको छ । अव च्याम्वर मार्गमा रहेको हटियाँ लाइनलाई केन्द्रित गरी शौचालय निर्माण गर्न बाँकी  छ ।’ शिवालय चौकमा दैलेख–सुर्खेत गर्ने यात्रुहरुको चाँपलाई मध्येनजर गरी शौचालय निर्माण गरिएको हो  ।
जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषाण गरेको दुई महिना पुग्नै लाग्दा जिल्लामा तीन वटा सार्वजनिक शौचालय निर्माण गरिएको छ । उद्घाटन कार्यक्रममा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका जीतबहादुर सारुलगायत इत्राम टोल विकास संस्था प्रमुख एवम् प्रतिनीधि, जिल्ला विकास समितिका प्रतिनीधि, वातावरण तथा जन स्वास्थ्य संस्थाका प्रतिनीधिको उपस्थिती रहेको थियो ।

स–साना लगानीमा जिवनकै नयाँ मोड, ‘यहीँ छ काम, दाम र नाम विदेशीने किन ?’


डिलप्रसाद शर्मा
सुर्खेत, १० फागुन । 

 
जाँगर चलाउने हो, भने थोरै लगानीबाट पनि धेरै गर्न सकिन्छ । दाम कमाउन, नाम राख्न र जिवनलाई नै नयाँ मोडमा लिन । त्यसको गतिलो उदाहरण बनेका छन्, वीरेन्द्रनगरका चौकहरुमा ठेला–व्यापार गर्नेहरु । 

 
वीरेन्द्रनगरका सडक छेउमा ठेला–व्यापार गर्नेहरुले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन्, बालबच्चाको पढाई र आफ्नो घर खर्च चलाउँदै धेरथोर बचतसमेत गर्दै आएका छन् ।
यति मात्र होइन् ठेलामा चना–चट्पटे, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका मात्र छैनन् नाम र दाम दुवै कमाएका छन् ।

सानातिना  आर्थिक समस्यामा कसैसँग हात जोड्न नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागिसमेत आफ्नै कमाइले पुग्ने हुँदा खुसी छन् उनीहरू ।

‘रोजगारीकै लागि विदेश जानु या कुनै कार्यालयमा जागिर खानुपर्दैन, ठेला व्यवसायी भागीरता थापाले भनिन्– ‘काम र दाम यहीँ छ । मात्र पहिचान गर्न सक्नु प¥यो ।’ उनले ठेलामा चलाएको व्यापारले जीवन राम्रोसँग चलिरहेको बताइन् । थापाले व्यवसाय थालेको ६ महिना भयो । 

उनको ठेलामा दैनिक १०÷१२ केजी स्याउ र त्यस्तै सुन्तला र अन्य फलफुलको व्यापार गर्छिन् । बिहान धेरैका आँखा नखुल्दै उनी वीरेन्द्रनगर–७ गुरुङ्ग चौकबाट घण्टाघर चौकमा पुगी आफ्नो व्यापार शुरु गर्छिन् । दैलेखबाट आउँदा उनीको परिवारमा थुपै्र आर्थिक समस्या थिए । 
जिविको पार्जनका लागि ठेला व्यापार शुरु गरे यता भने उनको परिवारलाई नै ठुलो सहयोग मिलेको छ । थापाले भनिन्–‘ सानोतिनो व्यापार भएपनि एकातिर कमाई भएको छ अर्कोतिर साहुजी पनि बन्न पाइएकै छ ।’
व्यापार गर्ने ठाउँको भाडा र महिनाभरिको खर्च कटाएर विभिन्न सहकारीमा  बचत छ उनको । उनले भनिन्– ‘घर खर्चबाट बचेको पैसा तीन वटा सहकारीमा दैनिक र मासिक बचत गर्ने गरेको छु ।’ जाँगर चलाउनेलाई कहीँ पनि भोकै मर्नु नपर्ने उनले बताइन् ।
स्वतन्त्र रूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो लाग्ने ठेला–व्यवसायीहरु बताउछन् ।  पछिल्लो समय सुर्खेतमा पनि कामको सम्मान गर्ने परिपाटी स्थापित हुदै गएको छ । 
यस्तै, पाँच महिनादेखि कपडाको व्यापार गर्दै आएकी कालिका कार्की पनि ४ जनाको परिवार पालेर विभिन्न सहकारीमा बचत गर्छिन् । ‘वीरेन्द्रनगरको बसाइँ, महँगी बढ्दै गएको छ, सबै कुरा किन्नुपर्छ तर पनि बिहानदेखि साँझसम्म खट्न सके राम्रौ आम्दानी हुन्छ, थापाले भनिन् । 
श्रीमानले विदेशमा दुःख गरेर कमाएकोे भन्दा आफुले थोरै लगानीमा गरेको व्यापारले श्रीमानको भन्दा राम्रो कमाइ भएको उनले बताइन् । उनले शुरुमा श्रीमानले विदेशबाट पठाएको ४५ हजारको लगानीमा ठेलामा सामान बेच्न थालेकी हुन् ।  यही व्यापारबााट आएको आम्दानीले दुई छोरीलाई वोर्डिङ्ग स्कुलमा पढाउँदै आएकी छन् । उनी रोजगारीका लागि विदेश जाने यूवायुवतिहरुलाई नेपालमा पनि थुप्रै सम्भावना भएको बताउछिँन् । 
करिव १५ वर्ष पहिले जाजरकोटको मजकोटबाट सुर्खेत पसेकी कार्की भन्छिन्–‘परिवारलाई खर्च धान्नका लागि सबैभन्दा उत्तम काम यही लाग्यो, जाँगर चलाउन सके १५/२० हजार खेलाउन विदेश गइरहनु पर्दैन् ।’ जागिरका लागि कसैलाई सिफारिस गरिरहनुभन्दा स्वाभिमानको यस्तो पेसाले सबैलाई फाइदा पु¥याउने उनले बताइन् । 

यस्तै, भीमबहादुर थापाले पनि स्थानीय घण्टाघर चौक नजिकै ठेलामा कस्मेटिक व्यापार सञ्चालन गरेको ३ वर्ष पुग्न लागेको छ । मेहनत र लगानी गरे विदेश नै कुद्नु नपर्ने उनी बताउँछन् । थापाले भने–‘कमाईकाज गर्न र पेट पाल्न विदेशीनु नै पर्दैन् । 
कामको कमी कहीँ पनि छैन, त्यसलाई पहिचान र सम्मान गर्न सके जाँगर चलाउनेलाई जहाँ पनि काम र दाम दुवै छ ।’ १७ हजारबाट पसल शुरु गरेका उनले अहिले झण्डै लाखको हाराहारीमा लगानी पु¥याइसकेका छन् । तरकारी, फेन्सी र चियानास्ता मात्र होइन ठेलामा चना–चट्पटे बेच्ने व्यापारीले पनि वीरेन्द्रनगरमा राम्रो आम्दानी गरेका छन् ।

Feb 21, 2016

कानुनको उलङ्घन गर्दै सरकारी कार्यालय,


 अनुसन्धान विभागको क्षेत्रीय कार्यालयमा मनोमानी काटियो रुखहरु

सुर्खेत, १० फागुन ।
राष्ट्रिय अनुसन्धान विभाग क्षेत्रीय कार्यालय सुर्खेतको हाताभित्र रहेका मसला र सिसौका तीनवटा रुख गैरकानूनी तरिकाले काटिएको छ । सरकारी कार्यालयका हाताभित्र रहेका रुखहरु काट्दा सरकारी रुख हटाउने सम्बन्धि मापदण्ड ०७१ अनुसार जिल्ला वन अधिकृतको संयोजकत्वमा रहेको जाँचवुझ समितिको सिफारिसको आधारमा मात्र रुख काट्न पाइने कानुनी व्यवस्था छ । यस्तो कानूनी व्यवस्था हुँदा हँुदै राष्ट्रिय अनुसन्धान विभागको क्षेत्रीय कार्यालय सुर्खेतले भने कार्यालय हाताभित्रका रुखहरु सम्बन्धित निकायको सिफारिस विना नै मनोमानी रुपमा काटिएको हो ।सहायक जिल्ला वन अधिकृत सुर्यप्रसाद शर्माका अनुसार सरकारी रुख हटाउने सम्बन्धि मापदण्ड ०७१ अनुसार जग्गा धनी प्रमाणपुर्जा नभएका सरकारी कार्यालय, संस्थान, समिति कार्यालय, सार्वजनिक स्थल तथा अन्य निकायको स्वामित्वमा रहेका रुखहरु नहटाएमा जनधनको क्षेती हुने भनि सम्वन्धित कार्यालय वा निकायले रुख हटाउन अनुरोध गरेमा जाँचबुझ समितिले आवश्यक जाँचबुझ गरी हटाउनु पर्ने देखिएको खण्डमा मात्रै रुखहरु हटाउने कानूनी प्रावधान रहेको छ । 
सहायक जिल्ला वन अधिकृत शर्माले अनुसन्धान कार्यालयले हाताभित्रका रुखहरु काट्नको लागि जिल्ला वनसँग अनुमति नलिएको जानकारी दिए । उनले भने,–‘ अनुसन्धानको क्षेत्रीय कार्यालयमा रुखहरु काटिएको वारेमा जिल्ला वन कार्यालयलाई कुनै जानकारी छैन ।’ सरकारी कार्यालयभित्र रहेका रुखहरु जाँचबुझ विना नै काट्दा सरकारी वन क्षेत्रमा रहेका रुखहरु काटे सरह कानुनी कार्वाही हुने वन कार्यालयले जनाएको छ । सरकारी वन हानी नोक्सानी गर्दा जुन ऐन आकर्षण हुन्छ सरकारी हाताभित्रका रुख काट्दा पनि वन ऐन अन्तरगत बिगो बमोजिम कैद तथा जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।
जाँचबुझ समितिमा जिल्ला वन कार्यालयका वन अधिकृतको संयोजक रहने गरी जिल्ला प्रशासन, मालपोत, नापी, जिल्ला भू–संरक्षण, जिविस र सम्बन्धित आयोजना कार्यालय, निकायका प्रमुख वा निजले ताकेको अधिकृत प्रतिनिधि रहने व्यवस्था छ । यस्तै जग्गा धनी प्रमाणपुर्जा भएका सरकारी कार्यालय, संस्थान, समिति कार्यालयका हाताभित्र रहेका रुखहरु हटाउनु पर्ने भएमा सम्वन्धित कार्यालयको विभागीय निर्णयको आधारमा जाँचवुझ समितिले छानविन गरी हटाउन सिफारिस गरेमा जिल्ला वन कार्यालयले उक्त रुखहरु हटाउन स्वीकृति दिनसक्ने कानूनी प्रावधान छ । अन्यथा रुख काटेमा वन ऐेन अनुसार कानूनी कारवाही हुने जिल्ला वन कार्यालय सुर्खेतले वताएको छ । तर राष्ट्रिय अनुसन्धान विभाग क्षेत्रीय कार्यालय सुर्खेतको जग्गा भने कार्यालयको नाममा नभई उपत्यका नगर विकास समितिले भोगचलनको लागि मात्रै दिएको नगर विकास समितिका अध्यक्ष धुव्रकुमार चपाईले बताए ।
यता राष्ट्रिय अनुसन्धान विभाग क्षेत्रीय कार्यालय सुर्खेतका क्षेत्रीय प्रमुख (डिआईजी) यतिराज पंगेनीसँग रुख काटिएकोबारे  बुभ्mन खोज्दा यसबारे केहि बताउन चाहेनन् ।



Feb 17, 2016

गफ पारदर्शीताका, काम अपारदर्शी सरकारी कार्यालयलाई टेर्दैनन् सुर्खेतका एनजिओ


सुर्खेत, ५ फागुन ।
सुर्खेत जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरुले सरकारी कार्यालयसँग समन्वय नगरी एकलौटी कार्यक्रम सञ्चालन गर्ने गरेको पाइएको छ । सरकारको कामलाई सहयोग गर्ने भनेर सञ्चालित यस्ता एनजिओले जिल्लामा ‘समानान्तर सरकार’ जसरी काम गरिरहेका छन् । दाताले दिएको रकम खर्च गर्दा अधिकांश संस्थाले स्थानीय स्वायत्त शासन नियमावली विपरीत काम गर्ने गरेका छन् ।
     जिल्लामा मुख्यतया शिक्षा, स्वास्थ्य, वातावरण, कृषि तथा पशुका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएका बिभिन्न गैरसरकारी संस्थाहरुले जिल्लास्थित सरकारी निकायसँग समन्वय नगरी काम गरिरहेको पाइएको छ । यसरी गैरसरकारी संस्थाहरुले समन्वय र सहकार्य बिना नै कार्यक्रम सञ्चालन गर्दा जिल्लामा कुन कुन क्षेत्रमा कुन संस्थाले काम गरिरहेका छन्, भन्नेबारे सरकारी निकाय जानकार छैनन् । 
     एउटै प्रकृतिको कार्यक्रम एउटै गाविस र नगरपालिकामा सञ्चालन भैरहेका छन् । एउटै प्रकृतिका कार्यक्रमहरु एउटै कार्यक्षेत्रमा दर्जनौंको संख्यामा सञ्चालन गरिँदा ति कार्यक्रमहरुको प्रभावकारितामा समेत प्रश्न उठ्ने गरेको छ । जिल्लामा सञ्चालित केही गैरसरकारी संस्थाहरुले मात्रै सरकारी निकायसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरेको पाइएको छ । त्यसरी समन्वय गर्ने संस्थाहरुले पनि कार्यक्रम शुरु गर्दा र कार्यक्रम सकिने अवधिमा मात्रै सम्पर्क र समन्वय गर्ने गरेको सरकारी कार्यालयका अधिकारीहरु बताउछन् ।
      जिल्ला शिक्षा कार्यालय सुर्खेतका सहायक जिल्ला शिक्षा अधिकारी ध्रुवराज पौडेलले कतिपय एनजिओहरुले जिल्लामा शिक्षा क्षेत्रमा काम गरिरहेको बताउने गरेपनि शिक्षा कार्यालयलाई ती संस्थाले कहाँ के काम गरिरहेका छन् भन्नेसमेत जानकारी नहुने गरेको बताए । ‘कतिपय एनजिओका कार्यक्रम ६ महिना एक बर्षको लागी सञ्चालित हुन्छन्, ती कार्यक्रम कहिले सकिन्छ र के उपलब्धी भयो त्यसको जानकारीसमेत शिक्षा कार्यालयलाई हँुदैन’– पौडेलले भने । समन्वय र सहकार्यको अभावले एउटै कार्यक्रमको ‘डुब्लिकेशन’ले गर्दा एकिन तथ्याङ्क राख्न अप्ठेरो हुने गरेको उनले बताए । जिल्लामा सञ्चालित शिक्षाका क्षेत्रमा काम गर्ने केहि एनजिओले भने आफूहरुसँग समन्वय गरेरै कार्यक्रम सञ्चालन गरेका र ती कार्यक्रमले साक्षर जिल्ला बनाउने अभियानमा निकै सहयोग पुगेको उनले दावी गरे ।  
     यता सरकारको प्रतिनीधिका रुपमा जिल्लामा रहेका सरकारी कार्यालयहरुले केही अपवाद छोडेर जिल्लामा सञ्चालित गैरसरकारी संस्थाहरुको तथ्याङ्कसमेत राख्ने गरेका छैनन् । जिल्ला शिक्षा, वन, कृषि, नगरपालिकालगायतका सरकारी कार्यालयहरुले सम्बन्धित क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुको तथ्याङ्क नराख्ने गरेको पाइएको छ । वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्माले नगरभित्र कार्यक्रम सञ्चालन गर्दा एक दुई वटा संस्थाले मात्रै समन्वय गर्ने गरेको र बाँकी संस्थाहरु सम्पर्कमै नआउने गरेको बताए ।
        यता गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष हरिप्रसाद अधिकारीले गैरसरकारी संस्थाहरुको नियमन तथा अनुगमन गर्ने निकाय जिल्ला विकास समितिले प्रभावकारी अनुगमन तथा नियमन नगर्दा एनजिओहरु आफ्नै तरिकाले सञ्चालन भइरहेको बताए । जिविसले गैरसरकारी संस्थाका लागि कार्यालयमै ‘डेस्क’ स्थापना गर्नुुपर्ने भएपनि यसो हुन नसकेको उनले जानकारी दिए । उनका अनुसार जिल्ला बाहिरबाट काम गर्न आउने एनजिओलेसमेत जिल्लामा रहेको गैरसरकारी संस्था महासंघसँग समन्वय गर्नुपर्ने भएपनि समन्वयको अभाव छ । अध्यक्ष शर्माले भने–‘ जिल्लामा एउटै काम दश वटाभन्दा बढि संस्थाले गरिरहेका छन् । यसरी समुदायस्तरमा सञ्चालन गरिएका कार्यक्रमको प्रभावकारिता कसरी मापन गर्ने ।’ प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीले चाहे यस्ता समस्याको समाधान तत्काल हुने उनले बताए ।
सुर्खेतमा संघ संस्था दर्ता ऐन २०३४ अन्तर्गत झण्डै ८ सय संस्थाहरु दर्ता भएपनि क्रियाशिल संस्थाहरु भने ७० वटा जति मात्रै रहेको बताइएको छ । जिल्लामै दर्ता भएका र अन्य जिल्लामा दर्ता भई आएका संस्थाहरुले पनि यहाँ काम गरिरहेका छन् । जिल्लामा सञ्चालित एजजिओले हरेक ठाँउमा पारदर्शिताको कुरा उठाउने गरेपनि आफ्नै संस्थाभित्र उनीहरुको आर्थिक प्रणाली अपारदर्शी रहने गरेको स्रोत बताँउछ । यस बुझ्न खोज्दा धेरै जसो एनजिओकर्मी तयार भने भएनन् ।
जिल्लामा गैरसरकारी संस्था खोल्ने लहर छ । संख्यात्मक हिसाबले धेरै संस्था दर्ता भए पनि काम गर्नेहरूको संख्या न्यून छ । अधिकांशले गोष्ठी र बैठकमा मात्रै रकम सिध्याउने गरेका छन् । अधिकांश गैरसरकारी संस्थाका क्रियाकलाप अपारदर्शी रहेको सरोकारवालाको आरोप छ । स्थानीय नागरिक तथा जिल्लास्थित दलका प्रतिनीधिहरुले समेत एनजीओका गतिविधि अनियन्त्रित रहेको बताउने गरेका छन् । एनजीओहरूले जिविसको समन्वयमा कार्यक्रम र बजेट खुलाएर पूर्वस्वीकृति लिनुपर्ने प्रावधान छ । दर्ता भएकामध्ये केही संस्थाहरु मात्रै जिविसमा समन्वयका लागि आउने गरेको जिविस स्रोतले जनाएको छ । गैरसरकारी संघ संस्थाहरुको अनुगमन गर्ने निकायले प्रभावकारी अनुगमन तथा नियमन गर्न नसक्दा संस्थाहरुकोे एकलौटी काम गर्ने परिपाटी रोकिएको छैन ।

Feb 14, 2016

आज फेब्रअरी १४, युवा युवतीलाई प्रणय दिवसको रन्को


सुर्खेत, १ फागुन ।
करिब एक महिना नै हुन थाल्यो । फेसबुक ट्वीटरलयायतका सामाजिक सञ्जालमा ‘भ्यालेन्टाईन डे’का बारे चर्चा परिचर्चा हुन थालेको । फेब्रअरी १४ मा प्रेम दिवस भएपनि यसअघिदेखि नै गुलाफको फूल र गिफ्ट साटासाट गर्ने युवा जमात बढ्न थालेका छन् । वीरेन्द्रनगरको चौक चौकमा रहेको गिफ्ट पसलहरु यतिबेला भरिभराउ छन् । गिफ्ट पसलहरुमा ‘भ्यालेन्सटाइन स्पेशल’ गिफ्ट सजिएर झकिझकाउँ देखिन्छन् ।
गिफ्ट पसलमा रोज्दैछन् प्रेमीहरु के राम्रो होला उसको लागी अनि उनको लागी । अनि वर्षौवर्षदेखी मन पराएकालाई प्रपोजको झटारो हान्दैछन् ।
आज ‘भ्यालेन्टाईन डे’ अर्थात प्रणय दिवस मनाइँदै छ । पश्चिमा मुलुकबाट भित्रीएको ‘भ्यालेन्टाईन डे’ नेपाली युवाहरु माझ पनि पछिल्लो क्रममा निकै लोकप्रिय बन्दै गएको छ । आफ्नो प्रियतम र प्रेमिकालाई ‘भ्यालेन्टाईन डे’ को मौकामा घुमाउन लैजाने, सपिङ गर्ने र मायालाई अझै प्रगाढ बनाउने कोसिस गर्दै छन् भने कोही यहि मौकामा कसैलाई मुटु दह्रो पारेरै भए पनि प्रेम प्रस्ताव राख्ने जमर्के गर्दैछन् ।
विहे गरिसकेका जोडिहरुको भने तयारी अलिक भिन्न छ । तर गिफ्ट पसलहरुमा वढि भिड भाड र रन्को प्रेममा मस्त भएकाहरुकै देखिने गरेको छ । वीरेन्द्रनगरको बुद्धपथमा रहेको एसपी गिफ्ट कर्नरका संचालक प्रताब थापाले गिफ्ट किन्न बिशेषगरी युवा युवतीहरु नै आउने गरेको बताए । उनले अन्य समय भन्दा ‘भ्यालेन्टाईन डे’मा बढी ब्यापार हुने गरेको जानकारी दिए । सचांलक थापा भन्छन्, –‘गिफ्ट छान्दा धेरै ख्याल गर्नुपर्छ, आफुलाई मन पर्ने हैन, आफ्नो मान्छेलाई मन पर्ने किन्नुपर्छ ।’
प्रणय दिवसमा प्रेममा मस्त भएकाहरु, एकअर्काप्रति रुची भएकाहरु, विहे भैसकेकाहरु अर्थात जो कसैले पनि निर्देशन दिएझै यो दिनलाई विशेष अनि फरक वनाउन खोज्दैछन् ।
शुक्रबार वीरेन्द्रनगरको एक गिफ्ट पसलमा भेटिएका २० बर्षे युवा ‘भ्यालेन्टाईन डे’मा आफ्नी प्रेमिकालाई दिने उपहार छान्दै थिए । उनले काँक्रेविहार दैनिकसँग भने– ‘गिफ्ट त जहिले पनि दिईन्छ तर, ‘भ्यालेन्टाईन डे’मा दिदा एक आपसमा प्रेम र विश्वास बढ्छ ।’ उनले थपे–‘हुन त मायालुहरुको ससांरमा रमाउनेहरुको परिभाषा, माया गर्नका लागी यहि दिननै चाहिदैन । तर यो दिनलाई प्रर्खनेहरुले त सार्थक तुल्याउनु प¥र्योनी ।’ यो दिवस अरुहरुको तुलनामा किशोर किशोरी र युवा युवतीहरुलाई बढी लाग्ने गरेको छ ।
‘भ्यालेन्टाईन डे’को सुरुवात १८औँ शताब्दिको अन्त्यतिर रोमबाट भएको थियो । रोमका एक सम्राटले नारीसँगको सम्बन्धका कारण सुरक्षाकर्मीहरूमार्फत गोप्य कुराहरू बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । भनिन्छ सम्राटको आदेशलाई एक पादरी भ्यालेन्टाईन नामका व्यक्तिले उल्लंघन गरेका थिए । सर्वसाधारण नागरिकले आफ्नो आदेशको उल्लंघन गरेको कारण सम्राटले भ्यालेन्टाइन्सलाई मृत्युदण्ड दिए । यसरी नै उनलाई मृत्युदण्ड दिइएको दिन १४ फेब्रअरी संसारमा ‘भ्यालेन्टाईन डे’ मनाउने गरिन्छ । त्यसै समयदेखि नै महान् प्रेमी भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रअरी १४ का दिन विश्वका करोडौं प्रेमी–प्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने गरेका छन् ।

विद्यार्थीसँग डा.योगी विकाशानन्द

सुर्खेत, २ फागुन ।
लोक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरुले आइतबार वीरेन्द्रनगरमा मनोक्रान्ति अभियानका प्रणेता डा.योगी विकाशानन्दलाई सुने । विकाशानन्दको प्रवचन सुन्न हलभरि खचाखच भरिएका विद्यार्थीहरुले उनको प्रवचन मात्रै सुनेनन् पढेका कुरा लामो समयसम्म स्मरण गर्ने कला पनि सिके ।
झन्डै २ घण्टाको समयमा विकाशानन्दले सकारात्मक सोच, सफलता लागि गर्नुपर्ने काम तथा मनस्थिति र परिस्थितिकाबारे विद्यार्थीहरुलाई जानकारी गराएका थिए । विद्यार्थीहरुलाई सफल मानिसका उदारण दिदै विकाशानन्दले भने –‘अरुलाई खुसी राख्न सक्ने कला नै सफलता हो ।’ शिक्षा क्षेत्रमा कल्पनशिलतालाई महत्व नदिनु अपराध सरह भएको उनले बताए ।
विकाशानन्दले मानिसको ‘कन्सियस माइण्ड’ भन्दा ‘सब कन्सियस माइण्ड’ ५ हजार गुणा शक्तिशाली भएको बताउदै मानिसले महान, सफल र शक्तिशाली बन्न ‘सब कन्सियस माइण्ड’को प्रयोग गर्नुपर्ने सल्लाह दिए ।
उनले जीवन र संसार बदल्ने मुख्य माध्यमहरु कल्पना, आत्म सुझाव र काम भएको स्पष्ट पार्दै विद्यार्थीहरुmलाई  ति तीन कुराहरुलाई दैनिक जीवनमा प्रयोग गर्न सुझाब समेत दिए । संसारमा पाँच प्रतिशत मानिस मात्रै जिवनमा सफल भएको भन्दै उनले सफलताका लागि सकारात्मक विचार हुनुपर्ने बताए ।
अरुले काम शुरु गर्नु पहिल्यै आफूले काम थाल्न सके मात्रै सफलता हात पर्ने भन्दै उनले आफुलाई बदल्दै संसार बदल्ने अभियान नै मनोक्रान्ति भएको पनि प्रष्ट पारे । जेनिथ एजुकेशन प्रमोशन र सिसने पुस्तक पसलको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यार्थी र अन्य क्षेत्रका गरी करिब ४ सय जनाको सहभागिता थियो । 
संसारलाई बदल्नु छ, सुरु आपैंmबाट गर्नु छ भन्ने मुल नाराकासाथ नेपालका एकमात्र युवा दार्शनिक डा. योगी विकाशानन्दले मनोक्रान्ति अभियानमा रेकी, साइको साइवरनेटिक्स, माइण्ड टेक्नोलोजी, सुपरलर्निङ, मनोक्रान्ति वैज्ञानिक योग तथा ध्यान, प्राकृतिक चिकित्सा पद्धति आदिलाई समायोजन गर्दै अगाडि बढाउदै आएका छन् ।


Feb 10, 2016

नगरबासीका लागि सस्तो र आरामदायी यात्रा, सबैको रोजाईको सवारी साधन बन्दै ‘ई–रिक्सा’

        
डिलप्रसाद शर्मा
सुर्खेत, २७ माघ ।

        नगर क्षेत्रका बासिन्दाहरुले जुनसुकै काम लिएर किन नहोस्, दैनिक जसो वीरेन्द्रनगर बजार आउनै पर्छ । व्यक्तिगत सवारी साधन हुनेले बाहेक अरुले बजार आउँदा हिड्नुपर्ने बाध्यता छ ।
तर, केहि महिनायता वीरेन्द्रनगरमा छोटो दुरीका लागि ‘ई–रिक्सा’ अर्थात ब्याट्रीबाट चल्ने रिक्सा सञ्चालनमा आएका छन् । सस्तो मस्तो भाडा र आरामदायी यात्रा गर्न पाइने भएपछि ई–रिक्साप्रति यात्रुहहरुको आकर्षण बढ्दो छ ।
वीरेन्द्रनगरभित्र छोटो दुरीका लागि पर्याप्त मात्रामा सार्वजनिक यायायात नहुँदा यात्रुहरुले हैरानी खेप्दै आएका बेला ई–रिक्सा संचालन भएपछि यात्रुहरुलाई राहत मिलेको छ ।
हिजो आज मन्दिर दर्शन गर्न जानेदेखि अफिस जाने कर्मचारी र स्कुल पढ्ने विद्यार्थि सबैको रोजाईको सवारी बनेको छ, ई–रिक्सा । 
‘शुरु शुरुमा त खासै यात्रु पाइएन ।’ ई–रिक्सा चालक याम आचायले सुनाए ।  उनले अहिले यात्रा गर्ने यात्रुहरु बढेपछि आम्दानीको राम्रो स्रोत बनेको बताए । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि नगरक्षेत्रमा ई–रिक्सा सञ्चालनमा आएका हुन् । इन्धनको अभाव भइरहेको समयमा जिल्लामा रिक्सा सञ्चाल भएपछि एकातिर आचार्य जस्ता धेरै बेरोजगारहरुका लागि रोजगारीको अवसर मिलेको छ, भने अर्कोतिर नगरभित्र ओहरदोहोर गर्ने यात्रुहरुलाई पनि उत्तिकै सहज भएको छ । 
दुई लाख ५० हजार मुल्य पर्ने रिक्सा किनेर आचार्यले अहिले दैनिक दुई हजारसम्म कमाई गर्ने गरेको बताए । उनले पाँचजना यात्रु बोकेर प्रतिघन्टा २० किलोमिटरसम्म रिक्सा चलाउने गरेको बताए
यस्तै, एसएलसी पास गरेर पछि पढाई छोडेका वीरेन्द्रनगर–१६ का सरल पौड्यालले रिक्सा ड्राइभिङ्गबाट आएको पैसाले सहकारीमा दैनिक बचत गर्दै आएको बताए । अहिले पौड्यालको रोजगारीको मुख्य आधार रिक्सा ड्राइभिङ्ग बनेको छ । उनले दैनिक नौं सय देखि दुई हजारसम्म कमाउन थालेका छन् । आचार्य र पौड्यालजस्तै लेखगाँउका २६ वर्षिय मनोज गौतमले पनि करिव तीन महिनादेखि वीरेन्द्रनगरमा रिक्सा चलाउँदै आएका छन् । खेती किसानीबाट घर खर्च चलाउदैँ आएका गौतम परिवारको खर्च नै रिक्सा चलाएर आएको आम्दानी भएको उनी बताउँछन् । ई–रिक्सा जिल्ला समितिका अनुसार जिल्लामा अहिले २४ वटा रिक्सा संचालनमा छन्् ।  उनले आफ्नो रिक्सा देखाउँदै भने–‘अहिले मेरो मुख्य आम्दानीको स्रोत रिक्सा हो, एक पटक ब्याट्री फूल चार्ज गरेपछि ८० किलोमिटरसम्म ढुक्कले यात्रुहरु बोक्छु ।’ उकालोमा हिड्दा भने ब्याट्री धेरै नटिक्ने उनले बताए । आरामदायी र सहज रुपमा ई–रिक्सा चढ्न पाएपछि यात्रु पनि खुसी हुने गरेका छन् । आचार्यले रिक्सा किनेको करिव २० दिन पुग्न लाग्यो । रिक्साबाट उनले २२ हजार रुपँैँया कमाई गरिसेकाका छन् ।

Feb 9, 2016

सुशीलले भने, ‘ऊ प्लेन आयो’

 प्लेन हाइज्याकमा सुशील कोइराला
२०३० साल जेठ २९ गते । वसन्त भट्टराई, दुर्गा सुवेदी र नगेन्द्र ढुंगेल, जसले विराटनगरबाट उडेको टुइनअटर विमानलाई कोसी ब्यारेजमाथिको आकाशबाट सिधै फर्काएर फारबिसगञ्जतिर पुर्याउँदै थिए।

सुशील कोइराला फारबिसञ्जको एयरपोर्टमा विमान कुरेर बसिरहेका थिए। बिपी, गिरिजाप्रसाद सबैको योजनामा सम्पूर्ण तयारी सुशीलले गरेका थिए।

बिपी, गिरिजाप्रसाद प्रायः बनारस बस्थे । पञ्चायतविरुद्धको सशस्त्र संघर्ष थियो। सबै भूमिगतै थिए । विनोद अर्याल, जसलाई गिरिजाप्रसादले खुबै विश्वास गर्थे । उनी असल लडाकु पनि थिए पञ्चायतविरुद्धको संघर्षका बखत ।

हतियार किन्न कांग्रेसलाई पैसा चाहिएको थियो तर कहाँबाट जुटाउने भन्ने पक्ष महत्वपूर्ण थियो । अर्याललाई गिरिजाबाबुले भनेका थिए, ‘झापा, मोरङ, सुनसरीबाट कति पैसा जुटाउन सकिन्छ रु’

बैंकबाट पैसा लुट्ने योजना भित्रभित्रै बन्दै थियो ।

त्यो बेला पैसाको मेलोमेसोको सुइँको पाउने कमै थिए । तर भाइ मदन राष्ट्र बैंकको कर्मचारी भएका कारण विनोदलाई बेर नै लागेन।

भोजपुरमा धेरै पैसा छ भन्ने कुरो आयो । विनोदले गिरिजाबाबुलाई त्यही सुनाए । तर गिरिजाले प्रसादले भने, ‘भोजपुरबाट ूस्केपू हुन गाह्रो हुन्छ ।’

।।।

पैसा जुटाउने मामलामा योजना अगाडि बढ्दै नै थियो । विनोद विराटनगर, फारविसगञ्ज, नक्सलवाडी, दार्जीलिङ आवतजावत गरिरहन्थे ।

एक दिन । नक्सलवाडी अफिसमा थिए । गिरिजाबाबु राति १० बजेतिर त्यहीँ अचानक पुगे ।

‘पैसाको काम कत्ति गर्‍यौरु,’ गिरिजाबाबुले सोधे ।

‘हुँदैछ, मैले जानकारी लिइरहेको छु,’ विनोदले भने ।

‘हामीलाई चाहिएको एमाउन्ट भइसक्यो,’ गिरिजाबाबुले विस्तारै भने ।

विनोद तीनछक्क परे, किनकि जसलाई त्यो कामको जिम्मेवारी दिइएको थियो, ऊभन्दा गिरिजा प्रसाद एक कदम अगाडि रहेछन् । भित्रभित्रै प्लानिङ गरिरहेका रहेछन्। ‘भोक लाग्यो मलाई,’ त्यहीबेला गिरिजाबाबुले भने, ‘केही खानेकुरा पाइँदैन रु’

विनोद हत्तपत्त बाहिर निस्किए । चिनेजानेको भएका हुनाले त्यतै छेऊका एक जना बंगालीलाई दोकान खोल्न लगाएर खाजा खाए ।

‘लौ अब जाऊँ,’ गिरिजाले भने । कहाँ जाने के गर्ने भन्ने विनोदलाई थाहा थिएन, तर पैसाको व्यवस्था भयो भनेको हुनाले त्यही कामका लागि भन्ने बुझे ।

राति नै पूर्णिया आए, एकछिन त्यहाँ बसे । फेरि हिँडिहाले बनारस ।

भोलिपल्ट विहानै नुहाए । दुई तले घर थियो, बिपी दोस्रो तलामा बस्दा रहेछन् ।

बिपीले विनोदलाई डाके । गिरिजा तल्लो तलामा थिए ।

‘जाऊ, सान्दाजुले के सोध्नुहुन्छ भन्दिनू,’ निर्देशनात्मक तरिकाले गिरिजाले भने ।

त्यहीबेला गिरिजाबाबुले थोरै कुरा खुलाएका थिए ।

‘राष्ट्र बैंक विराटनगरमा एक करोड रुपैयाँ छ रे’ गिरिजाले भने, ‘तिम्रो भाइ मदन पनि इन्भल्ब छ ।’

गर्ने मान्छे तयार छ भने विनोदले इन्कार गरिरहन जरुरी ठानेनन् ।

‘ऊ तयार छ भने मैले भन्न केही छैन,’ विनोदले भने ।

‘सान्दाजुसँग त्यही किसिमले कुरा गर्नू,’ गिरिजाले भने ।

विनोद सरासर दोस्रो तलामा गए । बिपीले सामने बस्न भने ।

‘पैसाको के गर्यौंरु,’ बिपीले छोटकरीमा सोधे ।

विनोदले अँ।। भन्दाभन्दै बिपी आफैंले भने, ‘रंगेलीमा पनि होला पैसा तर विराटनगर राष्ट्र बैंकलाई नै गर्ने हो ।’

।।।

गिरिजाबाबुले प्लेनको कुरा गरेकाले विनोदले हल्का छनक पाइसकेका रहेछन् ।

बिपीले सर्रर नाम सुनाए, दुर्गा, बसन्त र नगेन्द्र ।

‘अरुमाथि धेरै विश्वास छैन, बसन्तले चाहिँ एटेम्प्ट गर्छ,’ बिपीले भने, ‘दुर्गाले गर्छ कि गर्दैन रु’

काम गर्ने, तर पैसा एकै रुपैयाँ तलमाथि गर्न नहुने निर्देशन बिपीको थियो । एउटा चिनो पनि बाँकी नरहोस् भनेका थिए बिपीले ।

भोलिपल्टै बनारसबाट जोगबनी हिँडे । विराटनगरमा पैसा ‘काउन्टिङ’ हुँदैछ भन्ने जवाफ आयो । त्यस्तै ३५ लाख भारु पैसा रहेको पत्ता लाग्यो ।

विनोदले तुरुन्तै गिरिजालाई त्यो कुरा सुनाए । उनले जति छ त्यति नै गर्ने हो अहिले पैसा जसरी नि जुटाउनु छ भने ।

अब भने त्यो पैसा कसरी हात लगाउने भन्ने विषयमा रफ्तारमा योजना बन्न थाल्यो ।

‘टुइनअटर आउँछ कि ठूलो आउँछ पत्तो लगाउनू,’ गिरिजा प्रसादले भनेका थिए ।

विनोदको कमाण्डमा सुवेदी, ढुंगेल र भट्टराई खटिए । दिनैपिच्छे विराटनगर विमानस्थल धाउन थाले ।

राष्ट्र बैंकबाट कहिले पैसा जान्छ त्यही दिन तीन भाइ जाने सल्लाह थियो । त्यसैले दिनैपिच्छे टिकट सारिरहन्थे । त्यो क्रम ५र७ दिनै चल्यो ।

त्यहीबेला फेरि गिरिजाले विनोदलाई डाके । मनहरि बरालका सामने सुशीललाई औंल्याउँदै बिपीले विनोदलाई भने, ‘उसले जहाँ भन्छ त्यहीँ प्लेन उतार्ने हो।’

सुशीलले ठाउँ पत्ता लगाइसकेका रहेछन्, फारबिसगञ्ज । जहाँ कच्ची एयरपोर्ट थियो ।

राति त्यस्तै १० बजेको थियो होला । गिरिजाबाबुले भने, ‘तिमीहरू ठूलो मिसनमा जाँदैछौ, त्यसको इञ्चार्ज विनोद हो ।’

तर बिपीलाई भने कहाँ प्लेन उतार्ने भन्नेमा हल्का चिन्ता लागिरहेको रहेछ ।

उनले विनोदलाई भने, ‘फारबिसगञ्जमा भएन भने बंगलादेश हुन्छ कि दार्जीलिङ, खर्साङ जता भए नि हुन्छ ।’

‘सबै मेनेज भइसक्यो,’ विनोदले भने ।

कोहीकोही रक्सी पनि खान्थे । त्यो दिन कसैलाई पनि रक्सी नखान सचेत गराइएको थियो । भोलिपल्ट चक्र बाँस्तोला पटनाबाट आइपुगे, बिपीको कार लिएर। ब्रज सिंह ९बिपीका साथीका भाइ०, विनोद, सुशील एउटा गाडीमा, बिपी, गिरिजा अर्को गाडीमा ।

कांग्रेसको त्यो संघर्षका बेला भारतीय प्रहरीले पनि त्यतिधेरै चेकजाँच गर्दैनथ्यो । सबै जना फारबिसगञ्ज पुगे । त्यो कच्ची रनवेमा गाडी यताउति घुमाउन थाले ।

त्यहीबेला एयरपोर्टका इञ्चार्ज आएर हप्कीदप्की गरे ।

‘रन वेमा के गरेको रु यहाँ गाडी कुदाउन पाइँदैन,’ उनले भने ।

तर विनोदसहितको टिमले त्यसलाई सहजपूर्वक लिएर भने, ‘हामी गाडी सिक्न आएको ।’

एयरपोर्टकै कर्मचारीले हुँदैन भनेपछि गाडी साइड लगाए । प्लेनको प्रतिक्षा गरिरहेका होलान् भन्ने कसैले भेऊ पाएन ।

।।।

एक घन्टा कुरे । प्लेन आउने सुरसार छैन ।

पश्चिमतिरको आकाश हेरेर बसिरहेका थिए । केही समयपछि जहाज आउँदै गरेको विनोदले देखेछन् । तर पाइलटले एक चोटीमा ल्याण्ड गर्न सकेनन् । जहाज फर्कियो ।

अब भने शंका लाग्न थाल्यो । सबै आश्चर्यमा परे ।

‘मिसन फेल त भएन रु, कि कसैले चाल पायो रु,’ सबै गम्भीर भए ।

मनहरि बराललाई त्यतिबेलै सन्का छुटेछ ।

‘पैसा आउँदैछ, हाइज्याक गरेर आउँदैछ, सब तिमीहरू पागल भयौ, फँसिने भइयो,’ बरालले रिसाउँदै भने, ‘गिरिजा पनि पागल नै हो, तिमीहरू पनि पागल हौ ।’

बराल रिसाउँदै गनगनाइरहेका थिए । त्यहीबेला सुशील बोले ।

‘ऊ प्लेन आयो,’ सुशीलले भने ।

विनोदले कमिज फुकाले । दाहिने हातले कमिज फहराए ।

केही बेर नकट्दै पाइलटले ल्याण्ड गरे । पंखा घुमिरहेको थियो । जहाज रोकिएको थिएन । भित्र तीनै जनाले पाइलटलाई जता लान्छौं त्यतै हिँड्न भनेर पहिले नै आफ्नो कब्जामा लिइसकेका थिए, त्यहीबमोजिम निर्देशन गरिरहेका थिए ।

उनीहरूको योजना थियो, ‘पैसा निकाल्नेवित्तिकै प्लेन हिँडोस् ।’ त्यसैले इञ्जिन बन्द गरिरहन जरुरी थिएन ।

सिँढी थिएन । त्यसैले अग्लो मान्छे भित्र छिर्न चाहिएको थियो ।

विनोदले मनहरिलाई अह्राए, ‘तिमी जाऊ ।’

मनहरि अगाडि बढे । ठिक त्यतिबेलै प्लेनको ढोका खुल्यो । मनहरि चढे ।

तीन वटा बक्सा थिए, दस–दस लाख रुपैयाँ भारु पैसाका ।

सबै अलर्ट भए । प्लेनमा रहेका तीनै जना र मनहरि मिलेर पैसा झारे ।

यात्रुहरू रोइकराइ गरिरहेका थिए, किनकि कोसी ब्यारेज माथिको आकाशमै ‘प्लेन हाइज्याक्ड’ भनिसकेका थिए ।

‘तपाईंहरूलाई केही हुँदैन, यो प्लेन तुरुन्तै विराटनगर कि काठमाडौं गइहाल्छ,’ अपहरणकारीहरूले सम्झाइरहेका पनि थिए ।

।।।

दस मिनेटभन्दा बढी समय बस्न अफ्ठेरो थियो । किनकि त्यहाँको पुलिस स्टेशनबाट पहरी आउन त्यति नै मिनेट लाग्थ्यो । यदि प्रहरी आएर समाएको भए सबै जना जेल पर्थे, न पैसा हात लाग्थ्यो न पञ्चायतविरुद्धको संघर्ष नै अघि बढ्थ्यो ।

तीन वटा जीप तयारी अवस्थामा थिए । सबै जना मिलेर एक–एक वटा बक्सा जीपमा हाले । त्यसपछि सिधै फारबिसगञ्ज गए ।

सरकारी छाप लागेका थिए बाकसमा । भारतीय प्रहरीले चेकजाँच गर्दा त्यो खुल्छ भनेर बाकस चाहिँ फारबिसगञ्जको नहरमै फाल्दिए, बोरा बोरामा पैसा हाले ।

कता भाग्ने भन्ने थाहा थिएन ।

त्यहीबेला गिरिजाबाबुले भने, ‘दार्जीलिङतिर लाग्ने हो ।’

गाडीलाई तीव्र रफ्तारमा दौडाउन भनिएको थियो । कम्तीमा ११० को स्पीड होस् । चालकले त्यही किसिमले गाडी दौडाएका थिए । बागडोग्रा पुगे । त्यहाँ गाडीमा तेल हाले । दुर्गा सुवेदी बिपीको साथीका भाइको गाडीमा हिँडे ।

विनोद, नगेन्द्र, वसन्त सिधै दार्जीलिङ हानिए । जहाँ चक्रप्रसाद बाँस्तोला बस्थे । त्यो दस लाख त्यहीँ फटाफट निकाले ।

।।।

पञ्चायतविरुद्धको सशस्त्र संघर्षका बखत सुशील कोइराला धेरै भारत बसे । उनले लामो समय जेलजीवन पनि बिताए । भारतमै अध्ययन गरे । कांग्रेसको बहुचर्चित ‘प्लेन हाइज्याक’ काण्डका एक व्यक्ति कोइराला पनि हुन्, उनले विमान उतार्नेदेखि लिएर हरेक ठाउँको योजना बनाएका थिए ।

‘उहाँले नै हो लोकसन पत्ता लगाउनुभएको,’ प्लेन हाइज्याक काण्डकै अर्का व्यक्ति दुर्गा सुवेदी भन्छन्, ‘विनोद अर्याल इञ्चार्ज हुनुहुन्थ्यो, त्यो योजनाको सम्पूर्ण तयारी सुशीलजीले गर्नुभएको हो ।’

सडकबाट : मरेको दिन मात्र गुणगान गाउने नहोस्

86
 
50
 
5
 
अमृत गुरुङ, व्यवसायी, भैँसेपाटी
‘सादा जीवन, उच्च विचार’का उदाहरण हाम्रा पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति सुशील कोइरालाको निधनले दुखित बनाएको छ । आधा रातमा नराम्रो खबर कानमा परेपछि एकछिन विश्वास नै लागेन । छरछिमेकमा हल्ला फैलिन थालेपछि मात्र विस्वस्त भए ।
sadk bata (1)नेपालको राजनीतिक इतिहासमा कोइराला जस्तो राजनीतिज्ञ कमै होलान् । कोइरालाको निधनप्रति मेरो व्यक्तिगततर्फबाट भावपूर्ण हार्दिक श्रद्धान्जली छ । कोइरालाले आजीवन विवाह नगरी आफ्नो सम्पूर्ण मेहनत, ध्यान र लगाव राजनीतिमा समर्पण गरे उनको यस्तो समर्पणप्रति हामीले ताली बजाउनैपर्छ जस्तो लाग्छ । कोइराला सरकारमा हुँदै देशले नयाँ सविंधान पायो । जनतामा नयाँ आशा पलायो, यसलाइ हामीले मनैदेखि मान्नुपर्छ । क्यान्सर जस्तो भयानक रोगबाट लडिरहँदा पनि उनले आफ्नो काम र कर्तव्यलाइ निरन्रता दिइनैरहे । उनको यस्तो इमान्दारिताको हृदयदेखि नै तारिफ गर्दछु । एउटा त्यागी कुशल नेताका रुपमा कोइराला सँधै हाम्रो सम्झनामा रहिरहनेछन् ।
 केशव धिताल, नेपाल प्रहरी, दाङ
काँग्रेस सभापति सुशील कोइरालाको असमहिक निधनले आज हामी सबै नेपालीहरुलाई मर्माहित तुल्याएको छ । आधा रातमा कोइरालको मृत्युको खबर सुनेपछि निदाएको छैन । रातभर उनको जीवनी र राजनितिक योगदानको समिक्षा गरिरहेँ । उनको आत्माले चिर शान्ति पाओस् हामी प्रहरीहरुको तर्फबाट पनि भावपूर्ण श्रदान्जली दिन चाहन्छु । कोइराला अब सम्झनामा मात्र रहे भन्नु पर्दा दुःख लागेको छ । कांग्रेस १३ औँ महाधिवेशनको चटारो चलिरहँदा बीचैमा sadk bata (2)कोइरालाको निधनले महाधिवेशन अलपत्र हुन पुगेको छ । ढिलैगरि बल्ल–बल्ल हुन लागेको महाधिवेशन पनि अड्कियो । देशले कोइराला जस्ता निष्ठावान् नेता गुमाएको छ । उहाँले विहेसमेत गर्नु भएन । आम मानिसले झै घरजम गरेर आफ्नो बाटो लाग्नुभन्दा एकचित्त भएर राजनीतिमा लाग्न मन पराउनुभयो । बीचमा चर्को आलोचनासँग जुधिरहे । उनको यस्तै आत्म विश्वासले उनले पटक–पटक क्यान्सर जस्तो रोगसँग लडेर क्यान्सर जित्न सफल भए । उनको आत्मविश्वास र दृढता साँच्चिकै मान्न लायक थियो झै लाग्छ । कोइरालाकै नेतृत्वमा देशमा नयाँ सविंधान जारी हुनु इतिहासमै उदाहरणीय काम हो भन्न सकिन्छ । जन्म लिएर आएपछि एकदिन सबैलाइ मर्नैपर्छ भनी चित्त बुझाउन बाहेक उपाय पनि छैन । अब उनको राजनीतिक जीवनबाट केहि पाठ सिकेर देश बनाउनतिर लागौँ । यदि हामी यस्तो गर्न सक्छौँ भने मात्र कोइरालाप्रति श्रद्धान्जली काम लाग्नेछ ।
शिशिर शाह, विद्यार्थी, कोपण्डोल
काँग्रेस सभापति सुशील कोइरालाको मृत्युले हामी सबैलाइ स्तब्ध बनाएको छ । उनको आत्मालाई शान्ति मिलोस् यहि नै मेरो हार्दिक श्रदान्जली । म भर्खर प्लस टु पढ्दैछु त्यति राजनीति त मैले बुझेको छैन तर पनि मैले जाने अनुसार कोइराला अरु नेता र मन्त्रीभन्दा फरक नै थिए । हुन त बाँचुञ्जेल गाली गलोज र आलोचना गर्ने अनि मरेको दिन गुणगान मात्र गाउने हाम्रो परिपाटी पुरानै हो । आजको दिन सबैले कोइरालाको sadk bata (3)गुणगान नै गाउँलान् । तर कमजोरी र बलियो पक्ष हामी सबैमा हुन्छ नै । त्यसैले हामी मान्छे हौँ । कोइरालामा पनि यहि कुरा लागु भयो । बाचुन्जेल सबैले उहाँको मुख थाकुन्जेलसम्म आलोचना सुनिन्थ्यो घर नजिकको चिया पसलमा, आज त्यही चिया पसलमा मानिसहरु कोइरालाको भजन गाइरहेको सुनियो । नराम्रो लाग्यो । कमजोर पक्षहरुलाई बिर्सिएर उनको जिवनी र राजनितिक योगदानबाट केहि सिक्नुपर्छ जस्तो लाग्छ । कोइराला नरहेपनि उनले दिएको योगदान जिवितै रहनेछ । त्यसको आदर र संरक्षण गरौँ ।
- See more at: http://www.ratopati.com/news/30736/#sthash.XnUyYvbR.dpuf
अन्तिम स्वास लिनुअघि कोइरालाले भनेका थिए– ‘मैले बुझिसकेँ’
20160209_070605काठमाडौं–नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराती १२ः५० मा उनकै निवास महाराजगञ्जमा निधन भयो ।
उनले अन्तिम पटक आफ्ना निजी सहयोगीका रुपमा कार्यरत कृष्ण अर्याल र निजी चिकित्सक डा। करबीर योगीसंग सम्वाद गरेका थिए भने अन्तिम वाणी ‘मैले बुझिसके ’ भन्ने रहेको कोइराला प्रधानमन्त्री हुँदा प्रेस संयोजक रहेका प्रकाश अधिकारीले जानकारी दिए ।द्दण्ज्ञटण्द्दण्ढ)ण्ठण्टण्छ
उनका अनुसार कोइरालालाई अलिक बढी चापेपछि निजी चिकित्सक डा। योगीलाई बोलाइएको थियो । उनको पल्स कम हुँदै गएपछि उपचारका सम्बन्धमा कुरा हुँदा उनले सो कुरा व्यक्त गरेका हुन् । अन्तिम समयसम्म पनि उनलाई अक्सिजन र नेवुलाइजर दिइएको थियो ।
चिकित्सक योगीका अनुसार पछिल्लो समय निमोनिया र ज्वरो देखिएको थियो । उनलाई निजी चिकित्सक र आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकहरुले सेवा पुर्याउदै आएका थिए । उनमा दमको समेत प्रभाव देखिएकोले उनले केही दिन अगाडिदेखि आवश्यकता अनुसार नेवुलाईजर र अक्सिजन लिने गरेका थिए भने केही दिन यता निद्रा पनि कम हुँदै गएको थियो । यस्तो बेलामा टेलिभिजनमा देश विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसंग चिन्ता व्यक्त गर्थे ।
पार्टीको बाह्रौ अधिवेशनबाट सभापति निर्वाचित भएका सभापति कोइराला त्यस पूर्व कार्यबाहक सभापति,पार्टी महामन्त्री र केन्द्रीय सदस्यको रुपमा रही पार्टी मार्फत देश र जनताको सेवामा संलग्न भएका थिए ।

संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गरेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक नेका सभापति तथा तात्कालिन प्रधानमन्त्री कोइरालाले आफ्नो बचनबद्धता अनुरुप संविधान सभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गरेका छन् ।
प्रधानमन्त्रित्व कालमा भारत, चीन, म्यानमार, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जेम्बर्ग,इण्डोनेशियाको भ्रमण गरेका थिए । प्रधानमन्त्री पदमा रहदा भ्रमण मार्गमा यूएइको अबुधावी, थाइलैण्डको पनि भ्रमण गरेका थिए ।

टाइमलाइनमा सुशीलको राजनीतिः देशले के पायो


२६ माघ, काठमाडौं । Sushil koirala Timelineराणा शासनको अन्त्य भई वि।सं २००७ सालमा प्रजातन्त्र आउँदा सुशील कोइरालाको उमेर ११ वर्षको थियो । १६ वर्षको उमेरमै २०१२ सालमा वीरगञ्जमा कांग्रेसको छैठौं महाधिवशेनमा सहभागी भएका कोइराला ०७२ सालमा हुने तेह्रौं महाधिवेशनमा दोस्रो कार्यकालका लागि दाबी गरिरहेका थिए । समयावधिका हिसाबले विश्लेषण गर्दा कोइरालाको राजनीतिक जीवन ६० वर्षे ९२०१२(२०७२० रह्यो । ०६७ सालदेखि ५ वर्षसम्म उनी पार्टीको कार्यकारी पदमा रहे भने एक वर्ष ९ महिना प्रधानमन्त्रीका रुपमा काम गरे । ६० वर्षे राजनीतिक अवधिमा साढे १९ वर्ष कोइरालाको जीवन निर्वासन र जेलमै बित्यो । जीवनको उत्तरार्धका पाँच वर्षबाहेक अधिकांश समय राजनीतिमा उनको सहायक भूमिका मात्रै रह्यो । वीपी कोइराला र तुलसी गिरीको स्वकीय सचिवको भूमिकाका साथै गिरिजाप्रसाद कोइरालाका पालामा महामन्त्री र कार्यवाहक सभापति बनेर सुशीलले सारथीको भूमिका खेले । कुनै पनि नेतालाई देशले सम्झने भनेको उनले पुर्‍याएको योगदानको हो । ती नेताबाट देशले के पायो र उनको योगदानका कारण मुलुक कति अगाडि बढ्यो भन्ने आधारमा नेताको योगदानको मूंल्याकन हुने गर्छ । यस अर्थमा सुशील कोइरालाले प्रधानमन्त्री भएर संविधान जारी गर्नु र कांग्रेसको सभापति भएपछि सो पार्टीलाई दोस्रोबाट पहिलो दल बनाउनुलाई नै उनको मुख्य राजनीतिक सफलको गणक मान्ने गरिएको छ । उनले गरेका सम्झन लायक काम यिनै हुन् । तैपनि सुशीलले असोज ३ मै संविधान जारी गर्न अन्कनाएको र आफूहरुको जोडबलले मात्रै उनले खुट्टा टेकेको दाबी एमाओवादी अध्यक्ष प्रचण्ड र एमाले नेताहरुले गर्दै आएका छन् । तथापि कोइरालाको निधनपछि प्रचण्डले भनिसकेका छन् कि सुशील नभएको भए संविधान बन्दैनथ्यो । र, राप्रपा नेपालका अध्यक्ष कमल थापाले भनेका छन्( कोइरालाको निधनले संविधानको कार्यान्वयनमा चुनौती थपेको छ । संविधान निर्माणमा सुशील कोइरालाको नेतृत्व सम्झन लायकको भूमिका हो ।

भारतको चरम यातना र राष्ट्रिय अडान

कांग्रेस नेताहरुले बताए अनुसार ०३० सालको विमान अपहरण काण्डपछि सुशील कोइरालालाई भारतीय प्रहरीले चरम एवं अमानवीय यातना दिएको थियो ।पक्राउ गरेर तिहाड जेलमा लैजाँदा उनलाई भारतीय प्रहरीले रेलमा आलुको बोराजस्तै बारेमा बाँधेर लगेको थियो । कोइरालाले लामो समय जेलमा बिताएका थिए । लोकतान्त्रिक आन्दोलनका बेलामा मात्रै होइन, प्रधानमन्त्री बनेका बेलामा पनि भारतले सुशील कोइरालाप्रति राम्रो व्यवहार गरेन । पछिल्लो समयमा पनि पार्टी सभापतिमा कोइरालालाई हराउन भारतले भूमिका खेलिरहेकै थियो । तर, महाधिवेशनमा भारतीय चलखेलको सामना नगर्दै उनको निधन भएको छ ।

प्रधानमन्त्री भएका बेलामा सुशीलले भारतको कुरा सुनेनन् र संविधान निर्माणतर्फ लागे । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा प्रधानमन्त्री पदमा उम्मेद्वारी दिँदा सुशीलले भारतीयहरुको कुरो सुनेको आरोप एमाओवादी र एमालेका नेताहरुले लगाउँदै आएका छन् । तथापि भारतले सुशील कोइरालालाई कहिल्यै विश्वास नगरेको इतिहास साक्षी छ । यो तथ्यलाई आधार मान्दा सुशील राष्ट्रवादी नेता थिए भन्न सकिन्छ, यसमा उनले भोगेको भारतीय यातनाले समेत काम गरेको हुन सक्छ । प्रधानमन्त्री बनेका बेला कोइरालालाई निर्णय क्षमता नभएको सुस्त नेताका रुपमा प्रचार गरियो । त्यही बेला उनी क्यान्सरबाट पनि पीडित भए । शारीरिक रुपमा समेत उनी सिथिल बने । बाह्रौं महाधिवशेनपछि उनले पार्टी परिचालन पनि गतिलोसँग गर्न नसकेको आरोप लाग्यो । भलै उनकै नेतृत्वमा कांग्रेसले चुनावलाई आफूलाई पहिलो दल बनाएको थियो । नेपाली कांग्रेस पहिलो दल बन्नु नै मुलुकका लागि सुशीलको योगदान हो भन्न सकिँदैन, यो एउटा दलगत विषय मात्रै हो । तर, कोइरालाले संविधान बनेपछि नेपाली कांग्रेसलाई प्रतिपक्षमा राखेको विषय अहिलेसम्म बहसकै क्रममा छ । यो उनको राजनीतिक कमजोरी थियो या लोकतन्त्रको मूल्य स्थापित गर्ने जमर्को थियो, यसबारे फैसला नहुँदै उनले विदा लिएका छन् ।तर, मधेसवादी दलहरुलाई पनि विश्वासमा लिएर अघि बढ्ने उनको संविधान निर्माण अघिको चाहनालाई संविधान बनेपछिको संविधान संशोधनले केही सार्थक बनाएको छ ।

सादगी र निष्ठावान नेता

नेपालको राजनीति यतिबेला प्रदुषित एवं भ्रष्ट बन्दै जान थालेको छ । तीनवटा मोबाइलमात्रै सम्पत्तिका रुपमा रहेको भन्दै कोइरालालाई खिल्ली उडाउने कतिपयले प्रयास गरे पनि कोइरालाको सादगी पनलाई चुनौती दिने अवस्था छैन ।प्रधानमन्त्री बनेका बेला कोइरालाको किचेन क्याबिनेटमा रहेको उनका सहयोगीहरुले आर्थिक अनियमितता गरेका समाचारहरु नआएका होइनन् । तर, व्यक्तिगतरुपमा सुशील निश्कलंक नै रहे । श्रीमती र छोराछोरी नभएका उनी व्यक्तिगत विवादमा आएनन् ।पार्टी र देशलाई राम्रोसँग सञ्चालन गर्न नसकेको र सुस्तपन देखाएको असक्षमताको आरोप खेप्नुपरे पनि उनी भ्रष्टाचारमा मुछिएनन् । तैपनि सुशील कोइरालाले पाँच वर्ष पार्टीको सभापति र पौने दुई वर्ष देशको प्रधानमन्त्री बनेका बेला देशमा भ्रष्टाचार नियन्त्रण भएन । सुशीलले वर्षौंदेखि नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीमा तलदेखि माथिसम्म भ्रष्ट र कमिसनखोरी प्रवृत्ति विकास भएको तीतो यथार्थ छ । जसले सुशील कोइरालाको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न थाती राखेको छ ।

अब कांग्रेसका नेताहरुले सुशील कोइरालाको स्वच्छ सवि र निष्ठाको राजनीतिलाई कसरी व्यवहारमा प्रयोग गर्ला रु यो गम्भीर प्रश्न कांग्रेसको भविश्यसँगै जोडिएको छ । भीमबहादुर तामाङजस्ता त्यागी नेतालाई बिर्सने कांग्रेसले अब सुशीललाई कसरी सम्झेला रु
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

काेइरालाकाे पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि रंगशालामा

भाेली पशुपति अार्यघाटमा अन्त्यष्टी

माघ २६, २०७२- कांग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि उनको निवास महाराजगञ्जबाट कांग्रेस पार्टी कार्यालय सानेपा पुर्‍याएर केही समय राखि र‌ंगशाला पुर्‍याइएको छ ।
स्व. कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालय सानेपामा कांग्रेस नेता, कार्यकर्ता तथा सर्वसाधारणको ठूलो भिड लागेको थियाे । अहिले पार्टी कार्यालय सानेपाबाट उनकाे पार्थिव शरिरलाई त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा पनि नेता कार्यकर्ता र सर्वसाधारणको भीड लागेको छ ।
यसअघि पूर्व राष्ट्रपति रामवरण यादवले समेत पार्टी कार्यालय पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । यस्तै पूर्व प्रधानमन्त्रीहरु लाेकेन्द्रबहादुर चन्द, बाबुराम भट्टराई, पूर्व सभामुख सुवास नेम्वाङ, तमलाेपाका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले कांग्रेस पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली दिएका छन् ।
यस्तै काेइरालाकाे निधनकाे खबर पाए लगत्तै उनकाे निवास पुगेका शेरबहादुर देउवा, रामचन्द्र पाैडेल, प्रकाशमान सिंह, सुजाता काेइराला लगायतका नेताले उनकाे पार्थिव शरीरमा पार्टीकाे झण्डा अाेढाएर श्रद्धाञ्जली प्रकट गरेका थिए ।

अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यकर्ताहरु त्यहाँ पुगेका थिए ।