Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Showing posts with label स्थानिय. Show all posts
Showing posts with label स्थानिय. Show all posts

Jun 1, 2016

वप्लवको २१ र २७ गते बन्द


सुर्खेत, १८ जेठ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले थुनामा राखिएका आफ्ना नेता तथा कार्यकर्ताको रिहाईको माग गर्दै २१ र २७ गते बन्दको आव्हान गरेको छ । विप्लव माओवादीले २१ गते मेची, चाम्सालिङ र कर्णाली तथा २७ गते नेपाल बन्दको आव्हान गरेको हो । 

कहिले रोकिने खुल्ला धुम्रपान ?

सुर्खेत, १८ जेठ ।

सुर्खेतका अधिकाशं स्थानहरुमा खुल्ला रुपमा धुम्रपान बिक्री वितरण हुदै आएको छ । सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि ऐन २०६८ साउन २२ गतेदेखि कार्यान्वयनमा ल्याएपनि सुर्खेतमा भने खिल्ली तथा फुटकर रुपमा सुर्ती, चुरोट बिक्री वितरण गरिदैँ आएको छ । 
ऐन लागु भएदेखि सार्वजनिक स्थलमा धुम्रपान र सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाएको छ । शिक्षण संस्था, स्वास्थ्य, बालगृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम र अनाथलन जस्ता सार्वजनिक स्थलको एक सय मिटरको घर पसलबाट सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नपाईने भएपनि जिल्लाका अधिकाशं ठाँउहरुमा खुलमखुल्ला बिक्री वितरण हुर्दै आएको छ ।

खुलेआम सार्वजनिक स्थानमा धुम्रपान विक्री वितरण र प्रयोग हुनेगरे पनि यसलाई नियन्त्रण गर्न सकिएको छैन । समितिले निरीक्षण तथा अनुगमन निरन्तरता नदिएका कारण वीरेन्द्रनगर बजार क्षेत्रमा समेत शिक्षण संस्था वरिपरि धुम्रपान तथा मध्यपान बिक्री वितरण हुने गरेको पाईन्छ । ऐन अनुसार सार्वजनिक स्थलमा बिक्री वितरण गरेको पाइएमा दश हजार जरिवाना हुनेछ । यति मात्रै होइन् बजारका अधिकाशं पसलहरुमा सुर्तीजन्य पदार्थलाई सजावट गर्न नपाईने भएपनि बिक्रेताहरुले खिल्ली वा फुट्कर रुपमा सजावट गरी बिक्री वितरण गर्ने गरेका छन् । यसरी ऐनको उलंघन हुदाँ समेत अनुगमन तथा निरीक्षणको जिम्मेवारी पाएको निकायले नियन्त्रण गर्न नसक्दै मुखदर्शक बनेको छ । 

नियन्त्रण गर्ने निकायका रुपमा काम भुमिका निर्वाह गर्दै आएको जिल्लास्थित नियन्त्रण तथा निरीक्षण समितिले अनुगमनलाई निरन्तरता दिन नसकेको सर्वसाधारणहरु बताउँछन् ।  यस्तै, व्यापारीले समेत ऐनकोे उलंघन गरी मनोमानी खिल्ली वा फुटकर रुपमा बिक्री वितरण गर्दै आएका छन् । ऐन नियमावली अनुसार खिल्ली वा फुटकर, निःशुल्क, चुरोट, विँडी वा सिगारको खिल्ली बिक्री वितरण गरेमा दश हजार रुपैयाँ जरिवाना हुने व्यवथा छ । सुर्तीजन्य पदार्थ बिक्रेताहरु अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न वा निःशुल्क उपलब्ध गराउन नपाईने ऐनमा व्यवस्था गरिएको छ । बालबालिकालाई सुर्ती किनबेच गर्न लगाउँदा उनीहरुले पनि सजिलै कुलतमा फस्न सक्ने भएकाले ऐनमा यस्तो व्यवस्था ल्याइएको जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी बसन्तमान श्रेष्ठले बताए । वालवालिकालाई सानै उमेरदेखि सुर्तीजन्य पदार्थ किनमेल गर्न पठाएका कारण ग्रामिण भेगका अधिकाशं ठाँउमा बालबालिकाले सानै उमेरदेखि सुर्ती, चुरोट सेवन गर्ने गरेको पाईन्छ ।
उनका अनुसार ऐनमा थप सुर्तिजन्य पदार्थको जथाभावी उत्पादन र विक्री वितरण तथा जथाभावी प्रचार–प्रसार गर्ने गराउन नपाईने व्यवस्था छ । ऐनलाई उदृत गर्दै सुचना अधिकारी श्रेष्ठले भने, ‘१८ वर्ष नपुगेका व्यक्ति वा गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ विक्रि वितरण गरेमा दश हजार जरिवाना छ । यस्तै, फुटकर विक्रीवितरण गरेमा, सजाई राखिएको पाईएमा, विद्यालय वा सर्वजनिक स्थलदेखि १ सय मिटरमा बिक्री गरेको पाईएमा दश हजार जरिवाना समेत छ ।’
सरकारले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई जरिवाना गर्ने, सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन गर्न नपाईने लगायतको व्यबस्था गरेपनि प्रभावकारी कार्यान्वयन गर्न नसकेको सर्वसारधणको गुनाँसो छ ।
सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खानेलाई कारवाही गर्ने निती सरकारले निर्माण गरेपनि फितलो अनुगमनका कारण बिद्यालय, पसल तथा सार्वजनिक गाडीमा धुम्रपान गर्नेहरु उत्तिकै भेटिन्छन । पछिल्लो समय चुरोट सुर्ती खानेको संख्या बढ्दै गएको छ । बेरोजगार, तनाव जस्ता कारणले युवा पुस्ता चुरोट र सुर्तीजन्य लतमा फस्न थालेका छन् । चुरोट र सुर्तीजन्य पदार्थ नखाए क्यान्सर जस्ता दिर्घरोग लाग्छ भन्ने जानकारी हुदाँहुदँै पनि धुम्रपान गर्ने गरेको पाईन्छ । चुरोट तथा सुर्ती खाँदा मुख घाँटी, पेट, मृगौला, फोक्सोलगायतमा क्यान्सर हुने भएकाले यस्तो लतबाट टाढा नै रहन र बच्न डाक्टरले सुझाब दिएका छन् ।
यता, सरकारी कार्यालय परिसरका पसलमा कुनै पनि प्रकारका सुर्तिजन्य पदार्थ (सुर्ति, गुटखा, चुरोट, बिडी) लगायतका बस्तु विक्रि वितरण गर्न समेत नपाउने गरि रोक लगाइएको निरीक्षण समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हितप्रसाद पौडेलको दाबी छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गठन गरिएको समितिले सरकारी कार्यालय र सार्वजनिक ठाँउहरुमा सुचना टाँस भए नभएको बारेमा अनुगमन गर्ने काम गर्दै आएको छ ।
क्यान्सर रोग लाग्नुका विविध कारकतत्वहरु भएपनि प्रमुख कारकतत्व मध्ये धुम्रपान पहिलो भएकाले समयमै नियन्त्रण गर्न आवश्यक रहेको  जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख बसन्त अधिकारीले बताए । सुर्तीजन्य पदार्थको प्रयोगलाई मात्रै रोक्न सकेपनि ४० प्रतिशत क्यान्सरको भार घटाउन सकिने जिल्ला जनस्वास्थ्य कार्यालले जनाएको छ ।
३९ जनालाई उपचारका लागि सिरफारिस
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले ३९ जना क्यान्सरका रोगीहरुलाई उपचारका लागि सिफारिस गरेको छ । सिफारिस गरिएका अधिकाशं रोगीहरुलाई क्यान्सर हुनुको प्रमुख कारण धुम्रपान सेवन नै भएको बताइएको छ । आव २०७१÷०७२ मा २४ जना महिला थिए भने १७ जना पुरुष गरी ४१ जनालाई सिफारिस गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले यस वर्ष भने ३९ जनालाई मात्रै सिफारिस गरेको छ । विश्व धुम्रपान रहित दिवसको अवसरमा सार्वजनिक गरिएको तथ्यांक अनुसार १७ जना महिला र २२ जना पुरुष रहेका छन् । उनीहरुको उपचारका लागि सरकारले एकलाख बरावरको उपचार खर्च व्यहोर्ने भएकाले सिफारिस स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जनस्वास्थ्य कार्यालयको तथ्यांक हेर्ने हो भने सुर्खेतमा क्यान्सर रोगीको संख्यामा केही सुधार आएको छ । तर, जिल्लामा धुम्रपानको जथाभाविरुपमा बिक्री वितरण भने रोकिएको छैन् ।

चार हजार बढी राजश्व संकलन
जिल्लाका सरकारी कार्यालय परिसर तथा सार्वजनिक स्थानहरुमा सुर्तिजन्य पदार्थको सेवन गर्नेहरुबाट कारवाही गरि राजश्वमा बृद्धि गरेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक क्षेत्रमा त्यस्ता पदार्थ विक्रि वितरण तथा सेवनमा रोक लगाएसँगै सार्वजनिक स्थानमा चुरोट र सुर्ती सेवन गर्ने ब्यक्तिहरु कारबाहीमा पर्ने गरेका छन् । चालु आर्थिक बर्षमा सरकारी कार्यालय परिसर, होटेल र प्रतिक्षालयजस्ता सार्वजनिक ठाउँमा धूम्रपान गर्ने ४४ जना कारबाहीमा परेका हुन् ।  गत साउनदेखि कारबाहीमा परेका ४४ जना  व्यक्तिबाट प्रतिव्यक्ति एक सय रुपैयाँका दरले ४ हजार ४ सय  संकलन भएको निरीक्षण समितिका संयोजक पौडेलको भनाई छ ।
सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८’ मा सार्वजनिक स्थलमा चुरोट वा सुर्ती सेवन गर्नेलाई एक सय रुपैयाँदेखि सार्वजनिक स्थलबाट बहिष्कार गर्ने जस्ता कारबाहीको व्यवस्था छ । सार्वजनिक स्थानमा धुम्रपान रोक्न जिल्लास्थित नियन्त्रण तथा निरीक्षण समितिले अनुगमनलाई तिव्र पारेको सहायक प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए । 
उनले पछिल्लो ९ महिनामा सार्वजनिक ठाउँमा सुर्तीजन्य पदार्थ सेवन गर्नेबाट साढे ४ हजार राजश्व संकलन भएको बताए । जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन तथा निरीक्षण समितिले जिल्लामा पटक–पटक निरीक्षण गर्नेक्रममा उक्त राजश्व संकलन भएको हो ।

May 31, 2016

पदाधिकारीलाई दुई करोड हिनामिनाको आरोप


सुर्खेत, १४ जेठ ।
शान्ति सेरोफेरो बहुउद्देश्य सहकारी संस्थाका समितिका पदाधिकारीले आर्थिक हिनामिना गरेको आरोप लागेको छ । सहकारीमा आवद्ध रहेको करिव ४ सय शेयर सदस्यहरुबाट जम्मा भएको करिव २ करोड बराबरको रकम समितिका पदाधिकारी र कर्मचारीको मिलेमहत्वमा हिनामिना गरेको आरोप लागेको हो ।
सहकारीका शेयर सदस्यहरुले रकम हिनामिना गर्ने कर्मचारी तथा पदाधिकारीलाई तत्काल कारवाहीको गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन् । बचत रकमको व्याज झिक्न जादाँ कर्मचारी तथा पदाधिकारीले समेत आनाकानी गर्न थालेपछि शेयर सदस्यहरुले प्रशासनमा ज्ञापन पत्र बुझाएका हुन् । नाम नखुलाउने शर्तमा एक शेयर सदस्यले भने, ‘हामीले बचत गरेको रकम नपाएको गुनासो गर्दा समेत समितिले केही वास्था गरेन्, समितिका अध्यक्षले समेत बे–वास्था गरेपछि कर्मचारी र अध्यक्ष तथा अन्य पदाधिकारी सबैको मिलेमहत्वमा रकमको हिनामिना भएको प्रष्ट्रै छ र तत्काल आवश्यक कारवाही गरिनुपर्छ ।’ सहकारीको आधिकारी रुपमा गरिने लेखा परिक्षण समेत गलत भएको उनीहरुले आरोप लगाएका छन् । सहकारीमा पछिल्लो समयमा भएका गलत गतिवीधिले गर्दा संस्थाका कार्यालयमा समेत तालाबन्दी गरिएको छ । ‘रकम हिनामिना भएको कर्मचारी देखि कार्यालय सहयोगीलाई समेत थाहा छ, कर्मचारी र पदाधिकारीमा पनि अझै विवाद छ, त्यसैले कार्यालयमा ताला समेत लागेको छ’ राधिका (नाम परिवर्तन)ले भनिन् । सहकारीको लेखा परिक्षण गर्दा परिक्षकले समेत भ्रष्ट्रचार गरेको आरोप शेयर सदस्यको छ । सहकारीमा कार्यरत कर्मचारी समेत प्रबन्धक र अध्यक्षको नाता पर्ने भएकाले पनि रकम हिनामिना हुने गरेको आरोप उनीहरुको छ । सहकारीले दैनिक, मासिक रुपमा बचत उठाउदैँ आएको छ ।
संस्थाका अध्यक्ष चेतनकुमार थानीले आफुले कार्यभार समालेदेखि रकम हिनामिना नभएको बताएका छन् । सहकारीका गतिबिधीका बारेमा समाल्दै आएको प्रबन्धकले यसको जिम्मेवारी लिनुपर्ने उनको भनाई छ । लेखालाई पारदर्शी बनाउन आफुले पुरानो समितिले समेत गरेको लेखा परिक्षणलाई आफुले पूनः परिक्षण गर्न लगाएको उनी बताउँछन् ।
यता, सहकारीका प्रबन्धक दुर्गाप्रसाद बास्कोटाले अध्यक्ष थानीले रकमको हिनामिना गरी शेयर सदस्यलाई फसाउन खेल खेलेको आरोप लगाएका छन् । उनले काँक्रेविहार दैनिकसँग भने, ‘मेरो कुनै मिलेमहत्व छैन्, अध्यक्षले राम्रो काम के गरे मलाई थाहा भएन्, उनी अध्यक्ष भएदेखि मात्रै ६५ लाख रकम घाटामा गएको छ ।’ २०६२ सालमा सहकारीको लगानीमा किनेको जग्गा समेत लालपुर्जा विहिन भएको उनले बताए । आफुले छानविनका लागि पटक–पटक डिभीजन सहकारी कार्यालय र जिल्ला प्रशासनमा उजुरी दिदाँ समेत बेवास्था गरेको बताए ।

बुलबुले तालमा डुंगा सरर..


सुर्खेत, १७ जेठ ।
सुर्खेत उपत्यका नगर विकास समितिले वीरेन्द्रनगरमा रहेको वुलवुले तालमा डुंगा सञ्चालनमा ल्याएको छ । समितिले सोमबारदेखि तालमा चार वटा डुंगा हाललाई सञ्चालनमा ल्याएको हो ।
केही समय पहिले सञ्चालनमा आएका डुगांहरु असुरक्षाको कारण स्थगित थिए । सर्वसाधारण व्यक्तिका लागि प्रतिव्यक्ति १५ रुपैयाँ टिकट दर कायम छ भने, विद्यार्थीका लागि १० रुपैयाँको टिकट कायम गरिएको सुर्खेत नगर विकास समितिका अध्यक्ष धुव्रकुमार चपाईले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको स्थापना दिवसको अवसरमा बुलबुलेमा आयोजित अन्तरसंवादमा समितिले जेठ १५ भित्र डुंगा सञ्चालन गर्ने प्रतिवद्वता जनाएको थियो । डुगां सञ्चालनमा आएदेखि अवका दिनमा बुलबुले तालमा भ्रमण एवम् मनोरञ्जनका लागि आउने पर्यटकले डुंगा चढ्न पाउने भएका छन् ।

सुर्खेतको पर्यटन प्रवर्धनका लागि यस कार्यले थप भूमिका निर्वाह गर्ने आशा रहेको नेपाली काँग्रेसका नगर कमिटीका सभापति देवकुमार सुवेदीले बताए ।

द्वन्द्वपीडित भन्छन्, ‘मेलमिलाप होइन्, दोषीलाई कारवाही हुनुपर्छ’


सुर्खेत, १७ जेठ ।
सुर्खेतका द्वन्द्वपीडितहरुले सशस्त्र द्वन्द्वको समयमा भएका घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेका छन् । उनीहरुले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगले छुट्टा–छुटै उजुरी संकलन गर्न थालेपछि दोषी ठहर भएको व्यक्तिलाई मेलमिलाप नभई कारवाही हुनुपर्ने माग गरेका हुन् । द्धन्द्धको समयमा भएका कुनैपनि घटनालाई मेलमिलाप गरी पीडितलाई न्याय हुन नसक्ने भन्दै उनीहरुले यस्तो बताएका हुन् । द्वन्द्वको समयमा भएका घटनाहरुले अहिले पनि आफुलाई आयोगले पटक–पटक कोट्याउने काम गरेको  भन्दै उनीहरुले दोशीसँग मेलमिलाप गरी आयोगमा उजुरी संकलन नगन्दा नै राम्रो हुने बताएका छन् ।
विद्यापुर गाँउ विकास समितिका द्वन्द्वपिडित ताराप्रसाद पौडेलले आयोगबाट न्याय पाउने कुरामा पीडितहरु धैर्य गरेर वसेको उल्लेख गर्दै भने, ‘आयोगले  कारवाही गर्न सक्दैन भने हामी आफै गर्छौ, होइन भने पीडित र दोषी विच मिलाउने काम नगरियोस् ।’ आयोगले उजुरी संकलन गरी पीडितलाई न्याय दिलाउँला भन्ने आशा मरिसकेको उनी बताउछन् । भन्छन्, ‘मेरो वुवालाई मार्ने मान्छे अहिलेपनि आफ्नै आँखा अगाडी घुमिरहेको छ, दोशी खुलेआम हिडिरहेको छ, खै कारवाही कारवाही गर्ने निकाय ?’
युद्धरत र सरकारी दुवै पक्ष शक्तिमा भएका समयमा न्याय पाउने आश मरिसकेका द्वन्द्व पीडित ममता ढकालको भनाई छ । उनले शान्ति समितिकै कतिपय सदस्यले राहत पाएका व्यक्तिले उजुरी दिन मिल्दैन् भनेर  पीडितलाई हतोत्साहित  गर्ने खोजेको आरोप लगाइन् ।
यता, अधिवक्ता कृष्णवहादुर हमालले डर त्रासको कारण पीडितले उजुरी दिन नसकिरहेको उल्लेख गदै पीडितलाई भेटेरै उजुरी लिने व्यवस्था मिलाउन आयोगलाई सुझाव दिएका छन् । उनले गम्भिर प्रकृतिका मुद्धामा संलग्नलाई कारवाही हुने कुरामा विश्वस्त हुन पनि पीडितलाई आग्रह गरेका छन् ।

स्थानीय शान्ति समिति सुर्खेतका संयोजक मोहन थापाका अनुसार आईतबारसम्म सत्य निरुपण तथा मेलमिलाप तर्फ ४ सय २० र वेपत्ता तर्फ ३७ वटा उजुरी परेको छन् । जसमा स्थानीय शान्ति समितिमा परेका मेलमिलापका १ सय ४१ र वेपत्ताका ३३ उजुरीहरु आयोगमा पठाइ सकिएको छ । आयोगमा पठाएका उजुरीहरु मध्ये ४९ वटा उजुरीहरु बाहिरी जिल्लाका परेका स्थानीय शान्ति समितिले बताएको छ ।  २०७१ साल माघ २७ गते स्थापना भएका आयोगले १५ महिनापछि उजुरी लिन थालेको हो ।
स्थानीय शान्ति समितिले सोमबार वीरेन्द्रनगरमा गरेको अन्तरक्रिया कार्यक्रममा पीडितहरुले मेलमिलाप नभई दोषीलाई कारवाही हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले पीडितलाई न्यायको अनुभुति दिलाउनु सवैको जिम्मेवारी भएको बताए । उनले सवैको साझा प्रतिवद्धता भएमात्र पीडितले न्याय पाउने र पीडकले कारवाही भोग्ने अवस्थाको सृजना हुने उल्लेख गरे ।
नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले कुनै पनि पीडित न्याय पाउनवाट बञ्चित नहोस भन्नेतर्फ सवैको ध्यान जानुपर्ने वताए । उनले गाविस सचिव र गाउँ स्तरीय शान्ति समितिलाई परिचालन गरेर स्थानीय स्तरबाटै उजुरी संकलन गर्ने व्यवस्था मिलाउन सुझाव समेत दिए ।


सत्य निरुपण तथा मेलमिलाप आयोगले वैशाख ५ गतेदेखि असार २ सम्म ६० दिन भित्र सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकारको गम्भीर उल्लङ्घनसम्बन्धी घटनाका उजुरीहरु लिने स्थानीय शान्ति समितिले बताएको छ ।
उजुरी २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मङ्सिर ५ गतेसम्म राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बीच भएको सशस्त्र द्वन्द्वको क्रममा निःशस्त्र व्यक्ति वा समुदायविरुद्ध लक्षित गरी योजनाबद्ध तरिकाले मानवअधिकारको गम्भीर उल्लङ्घसम्बन्धी घटना हुनुपर्ने छ ।
प्रावधानमा हत्या, अपहरण वा शरीर बन्धक, अङ्गभङ्ग वा अपाङ्ग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा रहेको छ । त्यस्तै, व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनी, घरजग्गाबाट जबर्जस्ती निकाला वा अन्य कुनै तरिकाबाट विस्थापन, अन्तर्रा्िष्ट्रय मानवअधिकार वा कानुन विपरीत गरिएको जुनसुकै किसिमका अमानवीय कार्य वा मानवताविरुद्धको अपराध रहेको छ ।
बालिबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा यौनजन्य हिंसामा परेका व्यक्तिलाई उजुरी दिने सम्बन्धमा आयोगको विशेष व्यवस्था गर्न सक्नेछ ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष धुव्रकुमार शाही, नेकपा माओवादी केन्द्रका अध्यक्ष नरवहादुर विष्ट, राष्टिय जनमोर्चाका अध्यक्ष गोविन्द्रप्रसाद सुवेदीलगायतको उपस्थिती थियो ।

May 19, 2016

न्याय पाउने आशमै २ सय ८९ उजुरी दर्ता, पिडा खोतल्दै पिडित


सुर्खेत, ४ वैशाख ।
शसस्त्र द्वन्द्वको समयमा भएका घटनाका पिडितहरुले न्याय पाउँने आशामा उजुरी दिन थालेका छन् । पीडितले न्याय पाउने आशामा पीडित परिवार र आफन्तले  द्वन्द्वका खाटा लागेका घाउ खोतल्दैँ उजुरी दिन थालेका हुन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले  शसस्त्र द्वन्द्वको समयमा भएका घटनाप्रति पिडित  खोतल्दै वैशाख ५ गतेदेखि उजुरी संकलन गर्न थालेको छ । दश वर्षअघिको सशस्त्र द्वन्द्वको पीडामा मलम लगाउने काम आयोगबाट नहुदाँ निराश बनेका पिडितहरु फेरी न्याय पाउने आशामा उजुरी दर्ता गर्न थालेको पिडितहरु बताउछन् ।
२०६१ साल कात्तिक २५ गते अपरिचित व्यक्तिले चलाएको गोली लागि घाईते भएका कविराज खड्का भन्छन्, ‘द्वन्द्वका घटनाको सत्य÷तथ्य पत्ता लगाउने र न्याय प्रदान हुन्छ कि हुँदैन् तर, आशामा भएपनि उजुरी दिएको छु ।’ सोही समुहले हानेको गोली लाग्दा सेनामा भर्ति हुने सपना बोकेर वीरेन्द्रनगर आईपुगेका उनका साथीहरु मैनतडा गाविसका राम घर्ती, रत्नबहादुर खत्री र द्रुर्ण खत्रीको मृत्यु भएको थियो । आफुसँग आएका साथीहरुको आँखा अगाडी मृत्यु भएको घटना अझैपनि काचौ रहेको उनी बताउछन् ।
२०५७ सालमा दैलेखको नौमुलेमा भएको दोहोरो भिडन्तमा श्रीमान मारिए पछि न्याय र राहतको खोज गर्दै स्थानीय शान्ति समिति सुर्खेतमा उजुरी दिन आएकी विन्दु चन्द भन्छिन्,‘सरकारले आशा मात्रै देखाउने काम गरेको छ, ‘न्यायकै आशामा जिन्दगी वित्ने भो, तै पनि उजुरी दिएको छु ।’ जाने मान्छेको गइसक्यो न्यायका नाममा खाटा लागेको घाउ कोट्याउने र दुःख दिने काम मात्रै सरकारले गरेको उनी बताउँछिन् ।
द्वन्द्वकालिन घटनाको छानबीन गर्न स्थानीय शान्ति समितिमा सोमबारसम्म २ सय ८९ उजुरी दर्ता भएका छन् । बेपत्ता छानबीन आयोगमा २९  र सत्यनिरुपण तथा मेलमिलाप आयोगमा २ सय ६० उजुरी परेका छन् । उजुरी पर्ने क्रम जारी रहेको स्तानीय शान्ति समितिका सचिव सिता अचार्यले बताए । मेलमिलाप आयोगले द्वन्द्वका क्रममा यातना पाएका, हिरासतमा राखिएका, अंगभंग भएका, विस्थापित र सम्पत्ती क्षति बेहोराका पीडितहरुले उजुरी दिएका हुन् । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगले पीडित परिवारका उजुरी लिन थालेपछि द्वन्द्वकालका घटना पनि बाहिर आउन थालेका सचिव आचार्यको भनाई छ ।
बेपत्ता छानविन आयोगले जेठ मसान्तसम्म द्वन्द्व पीडितहरुबाट शान्ति समितिमार्फत उजुरी लिने छ भने, सत्य निरुपण तथा मेलमिलाप आयोगले असार २ गतेसम्म द्वन्द्वपिडितबाट उजुरी लिने छ । जिल्लास्थित शान्ति समितिमा संकलन भएको उजुरी हप्ता–हप्तामा केन्द्रमा पठाइने स्थानीय शान्ति समितिले जनाएको छ । परेका उजुरी अध्ययन पछि आयोगको टोली उजुरी दिने पीडितको घर दैलोमा पुगेर थप अध्ययन गर्नेछ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले मारिएका, घाइते पारिएका, अपहरण गरिएका र अरु यस्तै खालका मानवअधिकारका गम्भीर उल्लंघनका घटनाहरु हेर्नेछ भने, बेपत्ता आयोगले बेपत्ता भएका व्यक्तिहरुको सूची बनाउने, उजुरी लिने, अनुसन्धान गर्ने र घटनाको सत्य तथ्य पत्तालगाई स्थिति सार्वजनिक गर्ने बताइएको छ ।
स्थानीय शान्ति समिति सुर्खेतका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगले वैशाख ५ गतेदेखि असार २ सम्म ६० दिन भित्र सशस्त्र द्वन्द्वका क्रममा भएका मानवअधिकारको गम्भीर उल्लङ्घनसम्बन्धी घटनाका उजुरीहरु लिने छ ।
उजुरी २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मङ्सिर ५ गतेसम्म राज्य पक्ष र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बीच भएको सशस्त्र द्वन्द्वको क्रममा निःशस्त्र व्यक्ति वा समुदायविरुद्ध लक्षित गरी योजनाबद्ध तरिकाले मानवअधिकारको गम्भीर उल्लङ्घसम्बन्धी घटना हुनुपर्ने छ ।
प्रावधानमा हत्या, अपहरण वा शरीर बन्धक, अङ्गभङ्ग वा अपाङ्ग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा रहेको छ । त्यस्तै, व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजनी, घरजग्गाबाट जबर्जस्ती निकाला वा अन्य कुनै तरिकाबाट विस्थापन, अन्तर्रा्ष्ट्रिय मानवअधिकार वा कानुन विपरीत गरिएको जुनसुकै किसिमका अमानवीय कार्य वा मानवताविरुद्धको अपराध रहेको छ ।
बालिबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा यौनजन्य हिंसामा परेका व्यक्तिलाई उजुरी दिने सम्बन्धमा आयोगको विशेष व्यवस्था गर्न सक्नेछ ।

May 10, 2016

काँक्रेविहारमा मुर्ति स्थापना गरे आन्दोलन

सुर्खेत, २८ वैशाख ।
नेपालकै पहिलो संरक्षित वन क्षेत्र काँक्रेविहार भित्र कसैले मुर्ति स्थापना गरे कडा आन्दोलन गरिने बताइएको छ । शिखर शैलीको मन्दिर निर्माण गरि यसको अस्थित्व जोगाउनु पर्ने भन्दै उनीहरुले काँक्रेविहारको ऐतिहासिकतालाई बचाउन माग गरेका छन् । विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाहरुले केही धर्म र समुदायले संरक्षित क्षेत्रको नीति र नियमविरुद्धका गतिविधीहरु गरिरहेको भन्दै त्यसलाई रोक्न प्रधानमन्त्री, गृहमन्त्री र वन मन्त्रीस“ग मंगलबार माग गरेका छन् ।

‘दोषी माथि कारवाही भएन’


सुर्खेत, २८ वैशाख ।
कुटपिट गरेको आरोपमा पक्राउ परेका गुटुका दुईजना किशोरलाई हिरासतमा यातना दिने प्रहरी माथि कारवाही नगरेको भन्दै पिडितका आफन्तले विरोध जनाएका छन् । 

यसरी समातिए जरायो मार्नेहरु


सुर्खेत, २७ बैशाख ।
जिल्ला वन अधिकृत हेमराज विष्टको कार्यालयमा गत २५ गते फोनको घण्टी बज्यो । उनले फोन रिसिभ गरे । ‘तपाईहरुले उद्धार गरेको जरायो के भो थाहा छ ?’ उसले पुरा कुरा नगर्दै फोन लाइन काटिदियो । विष्टलाई पहिलो दिन मात्र उद्धार गरिएको जरायोको बारेमा शंका उत्पन्न गरायो । यसैमा बारेमा सोच्दै थिए । साँझ उनको निवासमा कसैले फेरि फोन ग¥यो । उसले जरायो पहिलो दिन नै मारिएको बतायो । फोन गर्ने मान्छेले पुरा कुरा गर्न नपाउँदै डिएफओ विष्टले प्रतिउत्तरमा भने, ‘तपाईले पनि जरायोको मासु खाएर फोन गर्नु, भयो हैन ? अलि पहिले नै भन्नु पर्दैन ?’ विष्टले यति भन्नासाथ उसले फोन राख्यो । निवासको फोनसेटमा कलर आइडि नभएकाले कसले र कति नम्वरबाट फोन आयो भन्ने वारेमा विष्टले सुइको पनि पाएनन् । 

Apr 19, 2016

‘हेज’को अध्यक्षमा पौड्याल

सुर्खेत, ६ वैशाख ।

स्वास्थ्य तथा वातावरण पत्रकार समुह (हेज) सुर्खेतको तदर्थ समिति गठन गरिएको छ । सोमबार वीरेन्द्रनगरमा भएको पत्रकारहरुको भेलाले लोकमञ्च दैनिकका सम्पादक श्रीधर पौड्यालको अध्यक्षतामा समिति गठन गरिएको हो । 
जसको उपाध्यक्षमा लोकमञ्च दैनिकका कमल न्यौपाने, महासचिवमा काँक्रेविहार दैनिकका कार्यकारी सम्पादक ईश्वरराज अधिकारी, सचिवमा बुलबुले एफएमका समाचार प्रमुख कृष्ण आचार्य र कोषाध्यक्षमा साझाविसौनी दैनिकका गीता थापा चयन भएका छन् । 

यसैगरी, सदस्यहरुमा सुर्खेत पहिचान दैनिकका मुना हमाल, हाम्रो अखबार दैनिकका जानकी शाही, जागरण एफएमका सहायक स्टेशन मेनेजर दिपेन्द्र वली र सुक्ष्मदृष्टि साप्ताहिकका प्रकाशक खगेन्द्र अधिकारी चयन भएका छन् । 
जिल्ला जन स्वास्थ्य कार्यालयका सुचना अधिकारी बसन्तमान श्रेष्ठको अध्यक्षता तथा जन स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लोकबहादुर शाहीको आतिथ्यतामा समिति गठन गरिएको हो ।

सुर्तिजन्य पदार्थ नियन्त्रण गर्ने सचिवहरुको प्रतिवद्धता


सुर्खेत, ६ वैशाख ।

गाउँ विकास समितिका सचिवहरुले जिल्लाका सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थको सेवन तथा विक्रि वितरणलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन् । सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र सुर्तिजन्य पदार्थको हानिकारक असरबारे जिल्ला स्वास्थ्य कार्यालयले सोमबार आयोजनामा गरेको गाविस सचिवबीचकोे अन्तरक्रिया कार्यक्रममा सहभागि सचिवहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्  ।

धुम्र्रपान तथा सुर्तिजन्य पदार्थको सेवन तथा विक्रि वितरण विरुद्धमा गाविस सचिवहरुको समिति गठन गरी अभियानका रुपमा नै लाग्ने उनीहरुले बताएका छन् । विद्यापुर गाउँ विकास समितिका सचिव नारायणदेव गिरीले धुम्रपान तथा सुर्तिजन्य पदार्थको खुल्ला रुपमा विक्रि वितरणमा रोक लगाउन गाविस सचिवहरुले अभियान नै चलाउने तयारी गरेको बताए । गिरीले भने, ‘धुम्रपान तथा सुर्तिजन्य पदार्थ खुल्ला रुपमा विक्रि वितरणमा रोक लगाउन अब शुरुवात हामी सचिवहरुले गर्दै छौ ।’ उनले गाविस सचिवहरुले शुरुवात गरे मात्र अभियान सफल हुने बताए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को जानकारी दिँदै प्रत्येक कार्यालयका कर्मचारीहरुले यस विरुद्धको अभियानमा साथ दिनुपर्ने बताए । उनले गाविस सचिव सरकारी निकायको जिम्मेवार व्यक्ति भएकाले सचिवहरुले नै यस अभियानलाई अगाडि बढाउनु पर्ने बताए ।

सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दा गदै पनि जवरजस्ती र लुकी छुपी बेचविखन गरेको पाईएमा कारवाही हुने नीतिनियमलाई कार्यान्वय गर्न आवश्यक रहेको उनको भनाई थियो । प्रशासकीय अधिकृत पौडेलले धुम्रपान तथा सुर्तिजन्य पदार्थ बालबालिका र गर्भवती महिलाले बेच्न नपाइने र बेचेको पाइएमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार कारवाही हुने बताए । उनले प्रत्येक कार्यालय अगाडि धुम्रपान तथा सुर्तिजन्य पदार्थ निषेधित क्षेत्रको सन्देश मुलक पर्चा ठास्नु पर्ने बताए ।

यस्तै, जिल्ला जन स्वास्थ्य कार्यालयका सुचना अधिकृत बसन्तकुमार श्रेष्ठले सुर्तिजन्य पदार्थ सेवनबाट मानव शरीरलाई पर्न सक्ने असरका बारेमा जानकारी गराएका थिए । कार्यालय, विद्यालय, बस तथा सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थको सेवन गर्न नपाइने उनले बताए । उक्त कार्यक्रम जिल्ला जन स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत लोकबहादुर शाहीको सभापतित्वमा भएको थियो ।

प्रभावकारी बन्दै कानूनी सहायता समिति


सुर्खेत, ६ वैशाख ।.


जिल्ला कानुनी सहायता समिति र कानूनी सहायता केन्द्रको भूमिका प्रभावकारी बन्दै गएको बताइएको छ । समितिका आफ्नै चुनौतीहरु रहेपनि कानूनी सहायताका लागि प्रभावकारी काम भएको सरोकारवालाहरुले बताएका हुन् । न्यायमा पहुँच पुग्न नसकेका, वार्षिक ४० हजार रुपिँयाभन्दा न्यून आय भएका गरिब, अपाङ्गता भएका लगायतलाई प्रदान गरिने निःशुल्क कानूनी सहायता जिल्ला कानूनी सहायता समितिले उपलब्ध गराउँदै आएको छ । अन्यायमा परेका असमर्थ पक्षले समितिबाट निःशुल्क कानूनी परामर्श, लिखत तयार, आवास, आर्थिक, आपतकालिन उपचार र मनोविमर्श सेवा समेत लिने गरेका छन् ।

जिल्ला कानूनी सहायता समिति, सामाजिक कानून सहायता केन्द्र सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको समन्वयात्मक  बैठकमा  समितिका अध्यक्ष धर्मानन्द नाथले समितिले हालसम्म सम्पादन गरेका कार्यहरुको जानकारी गराएका थिए । उनका अनुसार केन्द्रको स्थापना भएदेखि हालसम्म ७ सय ७९ जनाले कानूनी सेवा लिएका छन् ।
कानुनी सहायता केन्द्रबाट २ सय ९२ जनाले कानूनी परामर्श, ३ सय ७० जनाले न्यायीक निकायमा लिखत तयार, १ सय ६९ जनाले अदालती प्रतिनिधित्व, १ सय ५४ जनाले अर्धन्यायीक सेवा र ३ जनाले मनोविमर्श सेवा लिएका छन् । त्यस्तै, २ सय ३९ जनाले आर्थिक सहायता (अदालती दस्तुर, यातायात,उपचार र बास सेवा लिएको बताइएको छ ।
जिल्ला कानूनी सहायता समिति बैठक, समन्वयात्मक बैठक, कानूनी सहायता, गाविस स्तरीय सचेतना एवम् घुम्ती शिविर, विद्यार्थी स्तरीय सचेतना र गाविस सचिवहरुसँग अभिमुखिकरण  कार्यक्रमहरु गर्दै आएको समितिले जनाएको छ । कानूनी सहायता समितिले केन्द्रका लागि प्रत्येक तीन महिनाको कार्ययोजना तयार गर्ने र उक्त कार्ययोजना बमोजिम काम गराउने गरेको छ ।

मुद्दाको चाप धेरै र कर्मचारी थोरै भएका कारण द्वन्द्वपिडित महिला तथा बालबालिकालाई भने कानूनी सहायता समितिमा समेटेर कानूनी सेवा दिन नसकिएको समितिका अध्यक्ष धर्मानन्द नाथले बताए । मुद्दा चल्दै गर्दा कतिपय पिडितहरु सम्पर्क बिहिन हुने र पिडितको अवस्थाबारे अनुगमन गर्ने प्रभावकारी समयन्त्र नहुँदा समितिलाई काम गर्न चुनौति भएको उनले बताए । 

समितिको संरचनागत विकास हुन नसके पनि सिमित स्रोत साधनका बिच पनि समितिले  प्रभावकारी काम गरेको समन्वयात्मक बैठकका सहभागिले बताएका थिए ।

सामाजिक कानूनी सहायता केन्द्र सुर्खेतका संयोजक कृष्णबहादुर हमालले सहजिकरण गरेको कार्यक्रममा पुनरावेदन अदालतका न्यायाधिश गुणराज ढुंगेल, जिल्ला न्यायाधिश कृष्णजंग शाह, महान्यायाधि वक्ताको कार्यालयका सहन्यायाधि वक्ता रेवतीराज त्रिपाठी, सर्वोच्चो अदालतका रजिष्टार श्रीकान्त पौडेल, यूएनडिपिका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलगायतको उपस्थिती थियो ।

किसानका मोवाइलमा ‘कृषि घर’


डिलप्रसाद शर्मा

सुर्खेत, ५ वैशाख । 

सुर्खेतमा ‘कृषि घर’ मोवाइल एप्स प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालयले कृषि सेवा सम्बन्धी किसानलार्ई सहज जानकारी दिन मोवाइल प्रविधि ‘कृषि घर’ एप्स शुरु गरेको हो । 

अब इन्टरनेट सुविधाको प्रयोग गरी मोवाइलबाट नै किसानहरुले एप्स डाउनलोड गरेर घरमै बसी कृषि सम्बन्धी सबै खाले जानकारी लिन सहज हुने भएको छ । 

कृषिसम्बन्धी जानकारी लिन प्राविधिकहरुको सहयोगको खाँचो समेत नपर्ने गरी बनाईएको उक्त प्रविधिको आइतबार वीरेन्द्रनगरमा उद्घाटन गरिएको छ । वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी हिरालाल रेग्मी र बरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले मोवाइलमा ‘कृषि घर’ थिचेर उक्त प्रविधिको उद्घाटन गरेका छन् । यो एप्स किसानहरूलाई कृषि उत्पादनका लागि आवश्यक सूचना, जानकारी र प्रविधिहरू सम्बन्धित सेवा प्रदायक निकायहरूबाटै उपलब्ध गराऊन प्रयास गर्ने लक्ष्यसहित शुरु गरिएको नौलो प्रविधि हो ।

कृषिजन्य समस्या र त्यसको समाधान, मौसमको जानकारी, मौसम अनुसारको कुन बाली कहिले र कसरी लगाउने तरिका, कृषि सूचना तथा प्राविधिकलगायतका कृषिसँग सम्बन्धित विविध पक्षबारे जानकारी गराउने उद्देश्यले कृषि मोबाइल एप्सको शुरुवात गरिएको बरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले बताए । मध्यपश्चिममा पहिलो पटक सुर्खेतमा यस्तो प्रविधि भित्रिएकाले सूचना प्रविधिका दृष्टिकोणले यस क्षेत्रकै नमूना जिल्लाका रुपमा अघि बढ्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  

यस एप्सले किसानलाई बाली रोग, पशु रोगका विभिन्न समस्याको समाधान, बाली लगाउँदा प्रयोग गर्नुपर्ने रासायनिक मल तथा विषादीको उचित प्रयोग, पशुमा लाग्ने रोगका लक्षण र व्यवस्थापन प्रविधि, कृषि बजारको जानकारी, मौसमको पूर्वजानकारी जस्ता अत्यावश्यक जानकारीलाई मोवाइल मार्फत दिनेछ । किसानले आफ्नो कुनैपनि एन्ड्रोइड मोबाईल सेटमा सेवाप्रदायक निकायहरूबाट किसानका लागि समय र स्थान सान्दर्भिक पठाइएका उपयोगी कृषि प्रविधि, सूचना तथा जानकारीहरू टेक्स्ट म्यासेजका रूपमा प्राप्त हुनेछ । अफलाइन मोडमा समेत पहिलेका म्यासेजहरू पढ्न सकिने सुविधाका कारण किसानलाई अनलाइन बस्नुपर्दाको खर्च र समय बचत हुने बताइएको छ । 

यो प्रविधिका कारण जिल्लाका किसानहरुले कृषि सम्बन्धी जानकारी लिनका लागि अब सदरमुकाममा रहेको कृषि कार्यालयमा आउनुपर्ने समस्याबाट समेत मुक्ति पाउने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । किसानका लागि आवश्यक प्राविधिक सेवा उपलव्ध गराउन समेत कठिन भईरहेको अवस्थामा बिषय विशेषज्ञहरु मार्फत किसानलार्ई आवश्यक जानकारी उपलव्ध गराउन र किसानका लागि आवश्यक हुने सामाग्रीहरु उनीहरुकै हात हातमा रहेको मोवाइल सेटमा नै उपलव्ध गराई जानकारी गराउन एप्सले मद्धत पुग्ने अपेक्षा गरिएको छ । 

यो एप्सलाई किसानहरुले आफ्नो मोबाइलमा इन्स्टल गरी आफ्नो क्षेत्र र बाली रोजेर सम्बन्धित सेवा प्रदायक निकायबाट सूचना प्राप्त गरी प्राविधिकबाट दिइएका सुझाव र सल्लाह अनुसरण गर्न सकेमा यसले कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्नमा उल्लेख्य सहयोग पुग्ने सरोकारवालाहरुले बताएका छन् । 

यसैबीच, उक्त ‘कृषि घर’को उद्घाटन कार्यक्रममा सोतखोला एकिकृत जलवायू जन्य जोखिम व्यवस्थापनका बारेमा पनि छलफल गरिएको थियो । कार्यक्रममा यूएनडिपीका बरिष्ठ योजना अधिकृत दीपक केसीले सोतखोला परियोजनाका साथै नेपालमा कृषिको अवस्थाका बारेमा सहभागिलाई जानकारी दिएका थिए । नेपालमा अहिले पनि ८० प्रतिशत नागरिक बाढीपहिरोको कारण विपद्मा परिरहेको बताउँदै उनले १ बर्षको अवधीमा नेपालमा १० लाख मानिसहरु विविध खालका विपद्मा पर्ने गरेको बताए । 

सन् २००९ को तथ्याकंलाई हेर्दा विविध खालका विपद्बाट नेपालको कृषि क्षेत्रबढी जोखिममा रहेको केसीले जानकारी दिए । सन् २०५० सम्ममा दक्षिण एशियामा कृषिबालीको उत्पादन ३० प्रतिशतले ह्रास हुने एक अध्ययनले देखाएको पनि उनले बताए । जलवायू परिवर्तनका कारण नेपालमा कृषि क्षेत्र अन्य क्षेत्रको तुलनामा जोखिममा रहेको बताईएको छ ।

साटाखानीमा बेसार मिल सञ्चालन

सुर्खेत, ७ वैशाख ।
सुर्खेतको पश्चिमामा पर्ने साटाखानी गाउँ विकास समितिमा बेसार मिल सञ्चालनमा ल्याईएको छ । नवज्योती महिला बहुउद्देश्यीय सहकारी संस्था साटाखानी–५ चौरासेमा करिव २ लाखको लागतमा  बेसार मिल सञ्चालनमा ल्याएको हो । किसानहरुले उत्पादन गरेको बेसार कुट्नका लागि समस्या हुने गरेपछि महिला सहकारीले मिल सञ्चालनमा ल्याएको हो । 

Mar 29, 2016

बेरोजगार युवायुवतीलाई ठेला व्यापारीको चुनौती, ‘यहीँ छ काम र दाम, विदेशीने किन ?’


सुर्खेत, १० फागुन ।
जाँगर चलाउने हो, भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन, पहिचान गर्न सके काम र दाम यहीँ छ । वीरेन्द्रनगरका विभिन्न सडक छेउमा ठेला–व्यापार गर्ने महिलाले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन् आफ्नो घर खर्च समेत चलाउनसक्ने भएका छन् । यति मात्र होइन् बालबच्चालाई निजी विद्यालयमा समेत पढाउन सफल भएका छन् । ठेलामा चना–चटपटे बेच्ने मात्र होइन, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागि समेत आफ्नै कमाइले पुग्ने हुँदा खुसी छन् उनीहरू ।

Mar 15, 2016

कृषि उपज केन्द्रको सञ्चालनसँगै कृषकहरु उत्साहित


सुर्खेत, ३ चैत ।
वीरेन्द्रनगरमा कृषि उपज थोक बजार केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रका कृषकहरु उत्साहित भएका छन् । बजार पूर्वाधार अभावका कारण बजारमा छरिएर रहेका व्यापारी र उत्पादक कृषकहरुबीच कारोबार गर्न समस्या भइरहेका बेला उपज केन्द्र सञ्चालनमा आएपछि कृषकहरु उत्साहित भएका हुन् ।
कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गर्ने र स्थानीय उत्पादनलाई बढवा दिने उद्देश्यले सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणामा कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको हो । उत्पादित वस्तुको विक्रि बजार स्थल भएपछि कृषकहरु व्यवसायीक खेतीतर्फ पनि अग्रसर हुँदै गएको बताइएको छ । मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाहरुबाट संकलन भएका कृषि उपजहरु जुम्ला, दैलेख, कालीकोट, बाँके, बर्दिया, दाङ्ग, पोखरा, बुटवल, चितवन कञ्चनपुरलगायतका जिल्लाहरुमा विक्रि वितरण हँुदै आएको बुलबुले क्षेत्रीय कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष हर्कबहादुर खत्रीले बताए । स्थानीय कृषकले उत्पादन गरेको कृषि उपज सङ्कलन गरी सहज रूपमा बजारसम्म पु¥याउने उद्देश्यले कृषि विकास मन्त्रालय र कृषिका क्षेत्रमा काम गर्ने अन्य संस्थाहरुको सहयोगमा केन्द्र स्थापना गरिएको हो । नगरविकास समितिबाट लिइएको १८ कठ्ठा क्षेत्रफलको जग्गामा पूर्वाधार निमार्ण गरी सञ्चालनमा ल्याइएको उक्त उपज केन्द्रको पूर्वाधार निमार्णका लागि झण्डै १ करोड ४० लाख लगानी भएको बताइएको छ । लगानी भएको रकम मध्ये ९५ प्रतिशत सरकारको मात्रै लगानी छ ।
उपज केन्द्रमा हाल केहि तरकारी तथा फलफूल मण्डी मात्रै सञ्चालन गरिएको छ । ‘अन्य मण्डीहरु संचालनका लागि १० वटा कोठा निमार्णको काम सम्पन्न भईसकेकाले केहि दिनभित्र अन्य व्यवसायीहरुले पनि उपज केन्द्रभित्र मण्डी सञ्चालन गर्न पाउँछन्,’ सञ्चालक समितिका उपाध्यक्ष प्रवल शाहीले भने । उनका अनुसार वीरेन्द्रनगरमा छरिएर रहेका तरकारी तथा फलफुल व्यवसाय धेरै भएकाले हाल केन्द्रमा निमार्ण गरिएका भवनहरु प्रयाप्त भने छैनन् । शाहीले भने,‘ हामीसँग १० कोठा छन् । २८ निवेदन परेका छन् । सबैलाई समेट्न गाह्रो छ ।’ उनले समितिले निर्देशिका र कार्यविधि बनाएर केन्द्रलाई व्यस्थित गर्न लागेको पनि जानकारी दिए ।
सञ्चालक समितिले परेका निवेदनहरुको छनोट समिति बनाई टुंगो लगाउने तयारी गरेको छ । उपज केन्द्रमा हाल सञ्चालनमा रहेका मण्डीहरुबाट ४१ हजार ३ सय ५० क्वीन्टल तरकारी तथा फलफुलको कारोबार हुने गरेको छ । बुलबुले क्षेत्रीय कृषि उपज थोक बजार केन्द्रले कृषि उपजको मूल्य एग्रीबीज मार्फत जानकारी दिने, कृषकहरुलाई एकद्धार प्रणालीबाट उत्पादित वस्तुहरु विक्रि गर्न प्रोत्साहन गर्ने र प्रांगारिक उपज विक्रिका लागि छुट्टै स्टलको व्यवस्था गर्नेलगायतका प्रयासहरु गरिरहेको छ । यस्तै जिल्ला कृषि विकास कार्यालय र उच्च मूल्य कृषि वस्तु विकास आयोजनालगायतका कार्यालयहरुसँग समन्वय गरी कृषि वस्तुको बजारीकरणका लागि काम गरिरहेको समितिले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख विजयकुमार गिरीले उपज केन्द्र पूर्णरुपमा सञ्चालनमा आएपछि बजार पूर्वाधार अभावका कारण व्यापारी र उत्पादक कृषकहरुले आफ्नो कृषि उपज डुलाएर विक्रि गर्नुपर्ने बाध्यता केही हदसम्म भएपनि कम हुने बताए । उपज केन्द्रका लागि शौचालय, कम्पोस्ट विट, लेबलिङ र ढल निकासको लागि नाला निमार्ण जस्ता अत्यावश्यक पूर्वाधारको भने निमार्ण हुन सकेको छैन ।
यसैबीच, कृषि विकास मन्त्रालयको टोलीले उक्त उपज केन्द्रको मंगलबार अनुगमन तथा निरिक्षण गरेको छ । अनुगमनका क्रममा तरकारी तथा फलफूल व्यवसायी र विषयगत कार्यालयका प्रतिधिहरुबीच आयोजना गरिएको अन्तरक्रियाका सहभागिले उपज केन्द्रले व्यवसायीक योजना बनाएर केन्द्र सञ्चालन गर्नुपर्ने बताएका छन् । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले कृषि उपज केन्द्रको संचालक समितिलाई केन्द्रलाई व्यवस्थित र दिगो बनाउन व्यवसायीक योजना बनाएर काम गर्न सुझाव दिए । उनले युवाहरुलाई कृषि कर्ममा टिकाईराख्न बजार, कृषक समुह र सहकारीको सम्बन्ध मजबुत बनाउँदै लैजानु पर्ने बताए । सचिव भट्टराईले यस क्षेत्रको कृषिलाई व्यवसायीक र बजारीकरण गर्न मन्त्रालयले सहयोग गर्ने बचन पनि दिए । उक्त अन्तरक्रियामा कृषि विभागका महानिर्देशक डा.युवकध्वज जिसी, नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक रामबहादुर केसी, राष्ट्रिय योजना आयोगका सह– सचिव बालकृष्ण घिमिरे, उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका प्रमुख राजेन्द्र भारी, उच्च मुल्य कृषि वस्तु विकास आयोजनाका क्षमता विकास अधिकृत हरिमदन अधिकारी, जिल्ला कृषि सहकारी संघका अध्यक्ष अमृतबहादुर विसीलगायतको उपस्थिती रहेको थियो ।

नेपाल क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलनको तयारी पुरा

सुर्खेत चैत्र ३ ।
 यही चैत्र ५ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरमा हुने नेपाल मदुर किसान पार्टीको नेपाल क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । 
सम्मेलन सम्मेलन तयारी समितिले आज विहान पत्रकार सम्मेलनको आयोजना गरी तयारी करिब पुरा भएको जानकारी दिएको छ । 
सात गतेसम्मा चल्ने सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन गर्ने नेपाल क्रान्तिकारी युवा संघले जनाएको छ । 
सम्मेलनका बारेमा जानारी दिदै सम्मेलन तयारी समितिका संयोजक उकेश कवाँले सम्मेलनले राष्ट्रियतालाई जोड दिदै भुअखण्डताका पक्षमा आवाज उठाउने बताए । 
अहिले भारतले नेपालमाथी थिचोमिचो गरिरहेको भन्दै संयोजक कवाँले सम्मेलन त्यसैमा केन्द्रित हुने र युवाहरुको भूमिकाका विषयमा पनि छलफल गरिने बताए ।
 सम्मेलनको उद्घाटन पूर्व स्थानीय मंगलगढीबाट बृहत ¥याली निकाली बजार परिक्रमा गरिने आयोजकले जनाएको छ । सम्मेलनका लागि देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधी बिहिबार देखि नै आउने क्रम सुरु भएको नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सदस्य तथा सुर्खेतका अध्यक्ष गोविन्दनाथ योगीले जानकारी दिए । 

Mar 14, 2016

आयोग घुनपुत्ला कसैलाई छाड्दैनः डाँगी


सुर्खेत, १ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय सुर्खेतका उप–सचिव एवम् प्रवक्ता जंगबहादुर डाँगीले भ्रष्टचार गर्ने कुनै पनि दर्जाको व्यक्तिलाई आयोगले नछाँड्ने बताएका छन् । 
उनले सुशासनका पहरेदार भनिएकाहरुले नै भ्रष्ट्रआचारण देखाउने गरेको भन्दै सेवाग्रहीबाट यो या त्यो बहानामा घुस लिने र अनुचित कार्य गर्नेहरुलाई अख्तियारले नछाड्ने बताए ।

काँग्रेस १३ औं महाधिवेशन, पूर्णबहादुर खड्का केन्द्रिय सदस्यमा निर्वाचित

काँग्रेस खुला तर्फका २५ केन्द्रिय सदस्यको टुंगो
काठमाडौं, १ चैत ।




नेपाली काँग्रेसको खुला तर्फका २५ केन्द्रिय सदस्यको टुंगो लागेको छ । सुर्खेत क्षेत्र नम्बर १ का सांसद एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । 
सोमवार सम्पन्न मतगणनाको परिणाम अनुसार खड्काले १ हजार ६ सय ८६ मत ल्याएर दशौँ स्थान प्राप्त गरेका हुन् ।  

१२ औं महाधिवेशनबाट पनि खुलातर्फ केन्द्रिय सदस्यमा निर्वाचित भएका खड्का सहमहामन्त्रीमा मनोनीत भएका थिए । खड्काले केही समयअघि सहमहामन्त्रीबाट राजीनामा दिएका थिए । 
यद्यपी पार्टीले भने उनको राजीनामा स्वीकृत गरेको थिएन । 
सोमबार सकिएको मतगणना अनुसार डा. शेखर कोइरालाले सबैभन्दा बढी १ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै, खुमबहादुर खड्काले १ हजार ८ सय ४६ मत र प्रकाशमान सिंहले १ हजार ७ सय ९५ मतसहित दोस्रो र तेस्रो भएका छन् । 
निर्वाचित हुनेहरुमा देउवा पक्षका खुमबहादुर खड्का, कुलबहादुर गुरूङ, पूर्णबहादुर खड्का, बिमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, प्रदीप गिरी, रमेश लेखक, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, चन्द्र भण्डारी र प्रकाशशरण महत छन् ।
 त्यस्तै पौडेल पक्षबाट डा. शेखर कोइराला, प्रकाशमान सिंह, महेश आचार्य, डा. रामशरण महत, सुजाता कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, नारायण खड्का, प्रदीप पौडेल, धनराज गुरुङ र बद्री पाण्डे निर्वाचित भएका छन् । निर्र्वाचित हुनेमा अधिकांश पुरानै र पाका अनुहार छन् । 
खुलातर्फको केन्द्रिय सदस्यमा, रमेश लेखक, विश्वप्रकाश शर्मा नयाँ अनुहार हुन् । मत परिणाम अनुसार नवनिर्वाचित सभापति शेरबहादुर देउवा समूहका १४ जना विजयी भएका छन् भने रामचन्द्र पौडेल समूहका ११ जना विजयी भएका छन् । ९० जना प्रतिस्पर्धीमध्ये १४ सय २० भन्दा धेरै मत पाउने २५ जना केन्द्रिय सदस्यमा चयन भएका हुन । उम्मेदवारमध्ये ७ जनाले १ सय मत पनि कटाउन सकेनन् ।
प्रदेश केन्द्रिय सदस्यमा थानी र शाही विजयी
काँग्रेसको १३ औं महाधिवेशनमा प्रदेशतर्फको नतिजा पनि सार्वजनिक भएको छ । सोमबार साँझ सार्वजनिक मतपरिणामअनुसार ७ वटै प्रदेशबाट नवनिवाचित सभापति शेरबहादुर देउवा र सभापतिमा पराजित रामचन्द्र पौडेल प्यानलका बराबर ७–७ जना निर्वाचित भएका छन् । 
केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश ७ बाट हृदयराम थानी र जीवनबहादुर शाही निर्वाचित भएका छन् । यस्तै प्रदेश नम्बर १ बाट गुरुराज घिमिरे र भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन् । २ नम्बर प्रदेशबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल, ३ नम्बर प्रदेशबाट नविन्द्रराज जोशी र मोहनबहादुर बस्नेत विजयी भएका छन् । ४ नम्बर प्रदेशबाट गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डे, ५ नम्बर प्रदेशबाट दीपक गिरी र देवेन्द्रराज कँडेल, र ७ नम्बर प्रदेशबाट दिलेन्द्रप्रसाद बडु र बीरबहादुर बलायर निर्वाचित भएका छन् ।

Feb 26, 2016

जहाजका घाइते भन्छन्– पाइलटले आफू मरेर पनि हामीलाई बचाए


फाल्गुन १४, २०७२- आज (शुक्रबार) कालिकोटको चिल्खयामा दुर्घटना भएको एयर काष्ठमाण्डपको विमानका एक यात्रु गोविन्द्रप्रसाद अधिकारी (धु्रव)ले पाइलटले अन्तिमसम्म पनि यात्रुलाई नआत्तिन भनिरहेको सम्झिन्छन् । उपचारका लागि कोहलपुर अस्पताल ल्याइएका जुम्लाका अधिकारीले  ठाकुरसिंह थारुलाई दुर्घटनाबारे यसरी बताए :
मेरो घर जुम्ला हो । जुम्ला जानका लागि १२ : १५ को जहाज चढियो । सानो जहाज थोरै थियौं । ५–१० मिनेटसम्म सबै ठीकै थियो । एकछिनमा जहाजमा पट–पट गरेको आवाज आयो । हामीले पाइलटलाई के हो भनेर सोध्यौं । उनीहरुले ‘खास केही होइन, नआत्तिनुस्’ भने । तर, यस्तो आवाज फेरि पनि आइरह्यो ।

चौथो पटक पनि आवाज आएपछि जहाज ‘डिस्ब्यालेन्स’ भयो । तलमाथि दायाँबाया गरेर हल्लिन थाल्यो । हामी सबै डरले चिच्च्यायौं । जहाज कहिले पहरातिर कहिले जंगलतिर पुग्यो । म त बेहोशै हुन्छु कि जस्तो भयो । पाइलटहरुले हामी केही हुन दिँदैनौं, नआत्तिनुस् भनिरहेका थिए ।

जहाज एकैचोटि निकै माथि गयो । त्यसपछि के–कसो भयो मलाई राम्ररी राम्ररी याद छैन । म बेहोश भएछु । होशमा आउँदा मलाई जहाजबाट बाहिर निकालिएको थियो । नजिकैको हेल्थपोष्ट नेर मेरो उपचार भइरहेको थियो । पछि थाहा पाएँ, एकजना पाइलट जहाजमै बितेछन् । अर्का पनि पछि बितेछन् ।

उनीहरुले हामीलाई केही हुँदैन भनेका थिए । साँच्चिकै हामीलाई बचाए तर आफू बने बाँच्न सकेनन् ।