Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Apr 19, 2016

‘हेज’को अध्यक्षमा पौड्याल

सुर्खेत, ६ वैशाख ।

स्वास्थ्य तथा वातावरण पत्रकार समुह (हेज) सुर्खेतको तदर्थ समिति गठन गरिएको छ । सोमबार वीरेन्द्रनगरमा भएको पत्रकारहरुको भेलाले लोकमञ्च दैनिकका सम्पादक श्रीधर पौड्यालको अध्यक्षतामा समिति गठन गरिएको हो । 
जसको उपाध्यक्षमा लोकमञ्च दैनिकका कमल न्यौपाने, महासचिवमा काँक्रेविहार दैनिकका कार्यकारी सम्पादक ईश्वरराज अधिकारी, सचिवमा बुलबुले एफएमका समाचार प्रमुख कृष्ण आचार्य र कोषाध्यक्षमा साझाविसौनी दैनिकका गीता थापा चयन भएका छन् । 

यसैगरी, सदस्यहरुमा सुर्खेत पहिचान दैनिकका मुना हमाल, हाम्रो अखबार दैनिकका जानकी शाही, जागरण एफएमका सहायक स्टेशन मेनेजर दिपेन्द्र वली र सुक्ष्मदृष्टि साप्ताहिकका प्रकाशक खगेन्द्र अधिकारी चयन भएका छन् । 
जिल्ला जन स्वास्थ्य कार्यालयका सुचना अधिकारी बसन्तमान श्रेष्ठको अध्यक्षता तथा जन स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लोकबहादुर शाहीको आतिथ्यतामा समिति गठन गरिएको हो ।

सुर्तिजन्य पदार्थ नियन्त्रण गर्ने सचिवहरुको प्रतिवद्धता


सुर्खेत, ६ वैशाख ।

गाउँ विकास समितिका सचिवहरुले जिल्लाका सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थको सेवन तथा विक्रि वितरणलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन् । सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ र सुर्तिजन्य पदार्थको हानिकारक असरबारे जिल्ला स्वास्थ्य कार्यालयले सोमबार आयोजनामा गरेको गाविस सचिवबीचकोे अन्तरक्रिया कार्यक्रममा सहभागि सचिवहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्  ।

धुम्र्रपान तथा सुर्तिजन्य पदार्थको सेवन तथा विक्रि वितरण विरुद्धमा गाविस सचिवहरुको समिति गठन गरी अभियानका रुपमा नै लाग्ने उनीहरुले बताएका छन् । विद्यापुर गाउँ विकास समितिका सचिव नारायणदेव गिरीले धुम्रपान तथा सुर्तिजन्य पदार्थको खुल्ला रुपमा विक्रि वितरणमा रोक लगाउन गाविस सचिवहरुले अभियान नै चलाउने तयारी गरेको बताए । गिरीले भने, ‘धुम्रपान तथा सुर्तिजन्य पदार्थ खुल्ला रुपमा विक्रि वितरणमा रोक लगाउन अब शुरुवात हामी सचिवहरुले गर्दै छौ ।’ उनले गाविस सचिवहरुले शुरुवात गरे मात्र अभियान सफल हुने बताए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को जानकारी दिँदै प्रत्येक कार्यालयका कर्मचारीहरुले यस विरुद्धको अभियानमा साथ दिनुपर्ने बताए । उनले गाविस सचिव सरकारी निकायको जिम्मेवार व्यक्ति भएकाले सचिवहरुले नै यस अभियानलाई अगाडि बढाउनु पर्ने बताए ।

सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दा गदै पनि जवरजस्ती र लुकी छुपी बेचविखन गरेको पाईएमा कारवाही हुने नीतिनियमलाई कार्यान्वय गर्न आवश्यक रहेको उनको भनाई थियो । प्रशासकीय अधिकृत पौडेलले धुम्रपान तथा सुर्तिजन्य पदार्थ बालबालिका र गर्भवती महिलाले बेच्न नपाइने र बेचेको पाइएमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ अनुसार कारवाही हुने बताए । उनले प्रत्येक कार्यालय अगाडि धुम्रपान तथा सुर्तिजन्य पदार्थ निषेधित क्षेत्रको सन्देश मुलक पर्चा ठास्नु पर्ने बताए ।

यस्तै, जिल्ला जन स्वास्थ्य कार्यालयका सुचना अधिकृत बसन्तकुमार श्रेष्ठले सुर्तिजन्य पदार्थ सेवनबाट मानव शरीरलाई पर्न सक्ने असरका बारेमा जानकारी गराएका थिए । कार्यालय, विद्यालय, बस तथा सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थको सेवन गर्न नपाइने उनले बताए । उक्त कार्यक्रम जिल्ला जन स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत लोकबहादुर शाहीको सभापतित्वमा भएको थियो ।

प्रभावकारी बन्दै कानूनी सहायता समिति


सुर्खेत, ६ वैशाख ।.


जिल्ला कानुनी सहायता समिति र कानूनी सहायता केन्द्रको भूमिका प्रभावकारी बन्दै गएको बताइएको छ । समितिका आफ्नै चुनौतीहरु रहेपनि कानूनी सहायताका लागि प्रभावकारी काम भएको सरोकारवालाहरुले बताएका हुन् । न्यायमा पहुँच पुग्न नसकेका, वार्षिक ४० हजार रुपिँयाभन्दा न्यून आय भएका गरिब, अपाङ्गता भएका लगायतलाई प्रदान गरिने निःशुल्क कानूनी सहायता जिल्ला कानूनी सहायता समितिले उपलब्ध गराउँदै आएको छ । अन्यायमा परेका असमर्थ पक्षले समितिबाट निःशुल्क कानूनी परामर्श, लिखत तयार, आवास, आर्थिक, आपतकालिन उपचार र मनोविमर्श सेवा समेत लिने गरेका छन् ।

जिल्ला कानूनी सहायता समिति, सामाजिक कानून सहायता केन्द्र सुर्खेतले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको समन्वयात्मक  बैठकमा  समितिका अध्यक्ष धर्मानन्द नाथले समितिले हालसम्म सम्पादन गरेका कार्यहरुको जानकारी गराएका थिए । उनका अनुसार केन्द्रको स्थापना भएदेखि हालसम्म ७ सय ७९ जनाले कानूनी सेवा लिएका छन् ।
कानुनी सहायता केन्द्रबाट २ सय ९२ जनाले कानूनी परामर्श, ३ सय ७० जनाले न्यायीक निकायमा लिखत तयार, १ सय ६९ जनाले अदालती प्रतिनिधित्व, १ सय ५४ जनाले अर्धन्यायीक सेवा र ३ जनाले मनोविमर्श सेवा लिएका छन् । त्यस्तै, २ सय ३९ जनाले आर्थिक सहायता (अदालती दस्तुर, यातायात,उपचार र बास सेवा लिएको बताइएको छ ।
जिल्ला कानूनी सहायता समिति बैठक, समन्वयात्मक बैठक, कानूनी सहायता, गाविस स्तरीय सचेतना एवम् घुम्ती शिविर, विद्यार्थी स्तरीय सचेतना र गाविस सचिवहरुसँग अभिमुखिकरण  कार्यक्रमहरु गर्दै आएको समितिले जनाएको छ । कानूनी सहायता समितिले केन्द्रका लागि प्रत्येक तीन महिनाको कार्ययोजना तयार गर्ने र उक्त कार्ययोजना बमोजिम काम गराउने गरेको छ ।

मुद्दाको चाप धेरै र कर्मचारी थोरै भएका कारण द्वन्द्वपिडित महिला तथा बालबालिकालाई भने कानूनी सहायता समितिमा समेटेर कानूनी सेवा दिन नसकिएको समितिका अध्यक्ष धर्मानन्द नाथले बताए । मुद्दा चल्दै गर्दा कतिपय पिडितहरु सम्पर्क बिहिन हुने र पिडितको अवस्थाबारे अनुगमन गर्ने प्रभावकारी समयन्त्र नहुँदा समितिलाई काम गर्न चुनौति भएको उनले बताए । 

समितिको संरचनागत विकास हुन नसके पनि सिमित स्रोत साधनका बिच पनि समितिले  प्रभावकारी काम गरेको समन्वयात्मक बैठकका सहभागिले बताएका थिए ।

सामाजिक कानूनी सहायता केन्द्र सुर्खेतका संयोजक कृष्णबहादुर हमालले सहजिकरण गरेको कार्यक्रममा पुनरावेदन अदालतका न्यायाधिश गुणराज ढुंगेल, जिल्ला न्यायाधिश कृष्णजंग शाह, महान्यायाधि वक्ताको कार्यालयका सहन्यायाधि वक्ता रेवतीराज त्रिपाठी, सर्वोच्चो अदालतका रजिष्टार श्रीकान्त पौडेल, यूएनडिपिका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलगायतको उपस्थिती थियो ।

किसानका मोवाइलमा ‘कृषि घर’


डिलप्रसाद शर्मा

सुर्खेत, ५ वैशाख । 

सुर्खेतमा ‘कृषि घर’ मोवाइल एप्स प्रविधि भित्रिएको छ । जिल्ला कृषि विकास कार्यालयले कृषि सेवा सम्बन्धी किसानलार्ई सहज जानकारी दिन मोवाइल प्रविधि ‘कृषि घर’ एप्स शुरु गरेको हो । 

अब इन्टरनेट सुविधाको प्रयोग गरी मोवाइलबाट नै किसानहरुले एप्स डाउनलोड गरेर घरमै बसी कृषि सम्बन्धी सबै खाले जानकारी लिन सहज हुने भएको छ । 

कृषिसम्बन्धी जानकारी लिन प्राविधिकहरुको सहयोगको खाँचो समेत नपर्ने गरी बनाईएको उक्त प्रविधिको आइतबार वीरेन्द्रनगरमा उद्घाटन गरिएको छ । वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा स्थानीय विकास अधिकारी हिरालाल रेग्मी र बरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले मोवाइलमा ‘कृषि घर’ थिचेर उक्त प्रविधिको उद्घाटन गरेका छन् । यो एप्स किसानहरूलाई कृषि उत्पादनका लागि आवश्यक सूचना, जानकारी र प्रविधिहरू सम्बन्धित सेवा प्रदायक निकायहरूबाटै उपलब्ध गराऊन प्रयास गर्ने लक्ष्यसहित शुरु गरिएको नौलो प्रविधि हो ।

कृषिजन्य समस्या र त्यसको समाधान, मौसमको जानकारी, मौसम अनुसारको कुन बाली कहिले र कसरी लगाउने तरिका, कृषि सूचना तथा प्राविधिकलगायतका कृषिसँग सम्बन्धित विविध पक्षबारे जानकारी गराउने उद्देश्यले कृषि मोबाइल एप्सको शुरुवात गरिएको बरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले बताए । मध्यपश्चिममा पहिलो पटक सुर्खेतमा यस्तो प्रविधि भित्रिएकाले सूचना प्रविधिका दृष्टिकोणले यस क्षेत्रकै नमूना जिल्लाका रुपमा अघि बढ्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  

यस एप्सले किसानलाई बाली रोग, पशु रोगका विभिन्न समस्याको समाधान, बाली लगाउँदा प्रयोग गर्नुपर्ने रासायनिक मल तथा विषादीको उचित प्रयोग, पशुमा लाग्ने रोगका लक्षण र व्यवस्थापन प्रविधि, कृषि बजारको जानकारी, मौसमको पूर्वजानकारी जस्ता अत्यावश्यक जानकारीलाई मोवाइल मार्फत दिनेछ । किसानले आफ्नो कुनैपनि एन्ड्रोइड मोबाईल सेटमा सेवाप्रदायक निकायहरूबाट किसानका लागि समय र स्थान सान्दर्भिक पठाइएका उपयोगी कृषि प्रविधि, सूचना तथा जानकारीहरू टेक्स्ट म्यासेजका रूपमा प्राप्त हुनेछ । अफलाइन मोडमा समेत पहिलेका म्यासेजहरू पढ्न सकिने सुविधाका कारण किसानलाई अनलाइन बस्नुपर्दाको खर्च र समय बचत हुने बताइएको छ । 

यो प्रविधिका कारण जिल्लाका किसानहरुले कृषि सम्बन्धी जानकारी लिनका लागि अब सदरमुकाममा रहेको कृषि कार्यालयमा आउनुपर्ने समस्याबाट समेत मुक्ति पाउने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । किसानका लागि आवश्यक प्राविधिक सेवा उपलव्ध गराउन समेत कठिन भईरहेको अवस्थामा बिषय विशेषज्ञहरु मार्फत किसानलार्ई आवश्यक जानकारी उपलव्ध गराउन र किसानका लागि आवश्यक हुने सामाग्रीहरु उनीहरुकै हात हातमा रहेको मोवाइल सेटमा नै उपलव्ध गराई जानकारी गराउन एप्सले मद्धत पुग्ने अपेक्षा गरिएको छ । 

यो एप्सलाई किसानहरुले आफ्नो मोबाइलमा इन्स्टल गरी आफ्नो क्षेत्र र बाली रोजेर सम्बन्धित सेवा प्रदायक निकायबाट सूचना प्राप्त गरी प्राविधिकबाट दिइएका सुझाव र सल्लाह अनुसरण गर्न सकेमा यसले कृषि उत्पादन र उत्पादकत्व बृद्धि गर्नमा उल्लेख्य सहयोग पुग्ने सरोकारवालाहरुले बताएका छन् । 

यसैबीच, उक्त ‘कृषि घर’को उद्घाटन कार्यक्रममा सोतखोला एकिकृत जलवायू जन्य जोखिम व्यवस्थापनका बारेमा पनि छलफल गरिएको थियो । कार्यक्रममा यूएनडिपीका बरिष्ठ योजना अधिकृत दीपक केसीले सोतखोला परियोजनाका साथै नेपालमा कृषिको अवस्थाका बारेमा सहभागिलाई जानकारी दिएका थिए । नेपालमा अहिले पनि ८० प्रतिशत नागरिक बाढीपहिरोको कारण विपद्मा परिरहेको बताउँदै उनले १ बर्षको अवधीमा नेपालमा १० लाख मानिसहरु विविध खालका विपद्मा पर्ने गरेको बताए । 

सन् २००९ को तथ्याकंलाई हेर्दा विविध खालका विपद्बाट नेपालको कृषि क्षेत्रबढी जोखिममा रहेको केसीले जानकारी दिए । सन् २०५० सम्ममा दक्षिण एशियामा कृषिबालीको उत्पादन ३० प्रतिशतले ह्रास हुने एक अध्ययनले देखाएको पनि उनले बताए । जलवायू परिवर्तनका कारण नेपालमा कृषि क्षेत्र अन्य क्षेत्रको तुलनामा जोखिममा रहेको बताईएको छ ।

साटाखानीमा बेसार मिल सञ्चालन

सुर्खेत, ७ वैशाख ।
सुर्खेतको पश्चिमामा पर्ने साटाखानी गाउँ विकास समितिमा बेसार मिल सञ्चालनमा ल्याईएको छ । नवज्योती महिला बहुउद्देश्यीय सहकारी संस्था साटाखानी–५ चौरासेमा करिव २ लाखको लागतमा  बेसार मिल सञ्चालनमा ल्याएको हो । किसानहरुले उत्पादन गरेको बेसार कुट्नका लागि समस्या हुने गरेपछि महिला सहकारीले मिल सञ्चालनमा ल्याएको हो ।