Search This Blog

Sep 19, 2015

छेकेन अभावले पर्व

त्रिपालमुनि तीजको रौनक

डिलप्रसाद शर्मा
सुर्खेत, २९ भदौ ।
बाढीपिडित विस्थापित शिविरमा वस्दै आएका महिलाहरुलाई अभावकाबीच पनि तीजको रौनकले छोएको छ । विहान बेलुकीको छाक टार्न मुस्किल भएपनि हिन्दु नारीहरुका लागि महत्वपुर्ण मानिने तीज पर्वमा भने उनीहरुले रुखो सुखो भएपनि नाचगान र रमाइलो गरेर मनाइरहेका छन् ।
मंगलबार दिउँसो महिला प्रशिक्षण केन्द्रमा रहेको विस्थापित शिविरमा बस्दै आएका महिलाहरु तीजि भाकामा नाचगान गरिरहेका भेटिए । प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएकी गिता विकले भनिन् –‘दर खाने र एक सरो नयाँ कपडा किन्न नसकिएपनि जे जस्तो छ त्यसैमा सन्तोष मानेर तीज मनाइरहेका छौ ।’ गत वर्ष वाढीले घर वगाएको पिडाले आफुहरुलाई तिज आए नआएको थाहा भएन गीताले सुनाइन्–‘मिठो मिठो पकाएर खाने र राम्रो किनेर लगाउने पैसा छैन्, नाँचेरै भएपनि तीज मनाउछौं ।’ उनले विगतका बर्षहरुमा तीज मनाएको सम्झिन् –‘पहिले घर थियो, कपडा थिए, सबै थियो तर अहिले त्रिपाल मुनिको तिज मनाउनु परेको छ ।’ तिजमा राम्रो लगाउने र मिठो खाने चाहाना भएपनि चाहानमै सिमित रहेको गीताले बताइन् ।
अहिले ७५ परिवार रहेको शिविरका महिलाहरु माइती गएर तीजमा छमछमि नाँच्ने र सबै सँग रमाइलो गर्ने इच्छा भएपनि आफुसँग माइती जाने भाडासम्म नभएको बताउछन् । परिक्षण केन्द्रकै शिविरमा बस्दै आएकी शशी नेपालीको माइती घर धनगढी हो उनी भन्छिन् –‘यहाँ बाट धनगढी जाने भाडा छैन्, बरु शिविरमा रहेका सबै दिदिबहिनी मिलेर रमाइलो गर्ने सोचमा छौ ।’ आफ्नो मन बुझाउन त सजिलो छ शशीले भनिन् –‘तर, छोराछारीले राम्रो कपडा किन्न भनि जिद्धी गरेर हैरान पार्ने गरेका छन् ।’
को बेला भोली किनौला भन्ने गरेको उनले वताईन् । गत वर्ष राम्रो सँग कुनै चाडपर्व मनाउन नपाए पनि यसपालिको तीजलाई पिडा दबाएरै भएपनि मनाउने कोशिस गरेको शिविरका महिलाहरु बताउँछन् । वाढीले घरवार विहिन बनाएपछि गत बर्ष तीज आएको पत्तो नपाएका जिल्ला स्थित विभिन्न विस्थापित शिविरमा बस्दै आएका महिलाहरु यसपालिको तीजमा भने पिडालाई दवाएरै भएपनि नाँच्ने गाउँने गरिरहेका छन् ।

0 comments:

Post a Comment