वाल विवाह रोक्ने प्रतिवद्धता
डिलप्रसाद शर्मासुर्खेत, २४ भदौ ।
जिल्लामा क्रियाशिल सरकारी तथा गैर सरकारी संघ–संस्थाहरुले वालविबाह रोक्ने प्रतिवद्धता जायर गरेका छन् । बाल बिवाह न्यूनिकरणका लागि सरोकारवालाहरुको भुमिका विषयक बहस कार्यक्रमका सहभागिहरुले यस्तो प्रतिवद्धता जायर गरेका हुन् । कार्यक्रमका सहभागिहरु जिल्लाका सरोकारवाला निकायका प्रमुखहरु विच अन्तरक्रिया भएको थियो । जिल्लाका ग्रामिण क्षेत्रमा बाल विबाह बढ्न थाले पछि न्युनिकरणका लागि सरोकारवाला निकायको ध्यान गएको छ ।
जिल्ला बाल कल्याण समितिका वाल संरक्षण अधिकृत रमा भण्डारीले वर्षेनी ६० प्रतिशत बालबिबाह हुने गरेको वताईन् । उनले बालविबाह न्युनिकरणका लागि जिल्ला वाल कल्याण समितिले मात्र एक्लो पहलले सम्भव नभएको वताईन् । जिल्लामा बालबिबाह अवस्था र यसको न्युनिकरणमा थुप्रै चुनौति रहेको भण्डारीको भनाई छ ।
त्यस्तै, जिल्ला विकास समिति सामाजिक विकास अधिकारी टंक लामिछानेले हरेक वर्ष हुने जिल्ला परिषद्बाट कुल बजेटको १० प्रतिशत वालबालिकाकालागि रकम छुट्याउने गरेको वताए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि प्रभा भण्डारी, जिल्ला बाल मञ्च सुर्खेतका अध्यक्ष बाशुदेव शर्मा, जिल्ला शिक्षा कार्यालय विद्यालन निरीक्षक वलवीर सुनार, आवाज संस्थाका कार्यक्रम संयोजक पवित्रा शाही, लगाएतले सहभागिहरुका प्रश्नमाथि प्रकाश पारेका थिए । आशा नेपाल सुर्खेतको आयोजना र स्ट्रोम फउण्डेसन, किडार्क नेपाल तथा समाज जागरण केन्द्र (स्याक) नेपालका सहयोगमा कार्यक्रम समपन्न भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारतीले गरेका थिए ।
0 comments:
Post a Comment