यस पटकको दशैंमा सुर्खेतमा मात्रै झण्डै चौध करोड रेमिटेन्स भित्रिएको छ । विदेशका विभिन्न खाडीमूलकमा रहेका यस क्षेत्रका युवाहरुले दशैं खर्च स्वरुप रकम घर परिवारलाई पठाएका हुन । दशैंतिहार तथा छठलगायतका महत्वपूर्ण चाडपर्वहरु नजिकिदै गर्दा रेमिटेन्स बद्धि हुने गरेको छ । खाडि मुलुकमा रहेका यूवा कामदारहरुले अरु बेला तलबबाट थोरै÷थोरै बचत गरेको दसैंको बेला घर पठाउने हुँदा चाडपर्व नजिकिदै गर्दा रेमिटेन्स बृद्धि हुने गरेको पाइन्छ । जिल्लामा सञ्चालनमा आएको रेमिटेन्स सेन्टरहरु तथा बैंकहरुबाट १४ करोड ५० लाख ९२ हजार ४ सय ९० रेमिटान्स भित्रिएको हो । जसमध्ये सुरज ट्राभल्स, सुर्खेत आइ.एम.ई सेन्टर, गौतम ट्रेड लिंक, प्रभुमनि ट्रान्सफर, हिमाल, अन्नपूर्ण, र रिलाइवल मनि ट्रान्सफर, सुनामी रेमिटेन्स लगायतका रेमिटेन्स सेन्टर र राष्ट्रिय वाणिज्य बैंकबाट रेमिटेन्स भित्रिएको हो । जस मध्ये १ लाख ३७ हजार २ सय ७० रुपैंया बरावरको रेमिटेन्स भित्रिएको सुरज रेमिट ट्राभल्सका प्रमुख सुरज गौतमले वताए । त्यस्तै, गौतम ट्रेड लिकंमार्फत १ करोड ४९ लाख ५० हजार, हिमाल रेमिटेन्समार्फत १ करोड २० लाख ५१ हजार ७ सय ५०, अन्नपूर्ण रेमिटेन्समार्फत ३७ लाख, रिलाईवल रेमिटेन्स मार्फत १ करोड रेमिटेन्स भित्रिएको छ । त्यस्तै, सुनमी रेमिटेन्स सेन्टर मार्फत ३ करोड ५० लाख बरावरको रेमिटेन्स भित्रिएको सञ्चालक लोकजंघ रोकायका बताए । यसैगरी राष्ट्रिय वाणिज्य बैंक मार्फत ९ लाख ५७ हजार ७ सय १९ रुपैंया बराबरको रेमिटेन्स भित्रिएको सहायक प्रबन्धक लीलाराम ढुङ्गानाले वताए । त्यस्तै सुर्खेत आइएमई सेन्टरका प्रवन्ध निर्देशक केपी गौतमाका अनुसार ६ करोड ३२ लाख ९५ हजार ७ सय ५१ रुपैया रेमिटेन्स भित्रिएको छ । गत वर्षको भन्दा यस वर्षको दशैमा करिव १५ देखि २० प्रतिशत रेमिटेन्स बृद्धि भएको उनले वताए । आइएमई मार्फत पैसा पठाउन र निकाल्न सहज हुने भएकाले आईएमईमा सेवाग्रहीहरुको बढी आउने गरेको गौतमको भनाई छ । गौतमका अनुसार विशेष गरि भारत, साउदी, कतार, संयुक्त अरब इमिरेट्स (दुबई), अमेरिका, जापान, बहराइन, कुवेत, बेलायत, क्यानडा, कोरिया, अष्ट्रेलिया, लेवनान, इजरायल लगायतका खाडी मुलुकबाट रेमिटेन्स भित्रिएको छ ।
यसरी चाडपर्वको समयमा भित्रिएको रेमिटेन्स रकमको झन्डै ९५ प्रतिशत अंश दैनिक उपभोग्य वस्तु, मोबाइल, लुगा, तथा मनोरञ्जन लगायतमा खर्च हुने गरेको सुनमी रेमिटेन्सका सञ्चालक लोकजंघ रोकायले वताए । यसरी दसैं तिहारलगायतका चाडपर्वमा आउने रेमिटान्स विशेषगरि नाना, खाना र गानामै खर्च हुने गरेको पाइन्छ । खाना खर्च बाटै बचेको पैसा बालबालिकाको शिक्षा, स्वास्थ्य, जग्गा तथा आवास, व्यवसायमा लगानी हुन उनको भनाई छ । वैदेशिक रोजगारमा गएका कामदारले पठाएको रकम पुँजी निर्माणको काममा खर्च हुन नसके पनि परिवारको जीवनस्तर भने सुध्रिने गरेको राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रवन्धक लीलाराम ढुङ्गानाले वताए । कामदारको कमाइ सुरक्षित रुपले परिवारसम्मा पु¥याउने काम रेमिटेन्स कम्पनी र बैंकहरुले गरेकाले कामदार, सरकार, रेमिटेन्स कम्पनी र वित्तीय संस्था सबैलाई फाइदा पुग्ने गरेको उनको भनाई छ ।
शान्ति सुरक्षामा ध्यान दिन्छु ः श्रेष्ठ
डिलप्रसाद शर्मा
सुर्खेत, १३ कात्तिक ।
वीरेन्द्रनगर वजार क्षेत्रको शान्ति सुरक्षामा विशेष ध्यान दिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक वीरेन्द्र श्रेष्ठले वताएका छन् ।
कम्प्यिुटर एसोसियसन नेपाल शाखा सुर्खेतले शुक्रबार आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा श्रेष्ठले यस्तो वताएका हुन् । जिल्लाको अपराध अनुसन्धानमा इमेल÷ इन्टरनेटको ठूलो भुमिका रहेको भन्दै श्रेष्ठले शान्ति सुरक्षा कायम गर्न एसोसियसनको पनि सहयोग गर्नु आवश्यक रहेको बताए । अपराध अनुसन्धा गर्न र जिल्लामा शान्ति सुरक्षा कायम गर्न आफु सबै जनताको साथमा रहेको उनको भनाई छ । नजिकिदै गरेको तिहारमा हुने अपराधिक घटनाको रोकथाम गर्नका लागि कार्यालयमा उपलब्ध भएको साधन श्रोतलाई परिचालन गरिएको उनले वताए । कार्यक्रममा एसोसियसन सुर्खेतका अध्यक्ष पूर्णदेव अधिकारीले वीरेन्द्रनगरको वजार क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्नु पहिलो आवश्यकता भएको बताए ।
0 comments:
Post a Comment