Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Dec 11, 2015

शिक्षा कार्यालयलाई रिँगाउदै शिक्षिका

ताकेता पत्र पठाउँदै, तलब खुवाउँदै
डिलप्रसाद शर्मा
सुर्खेत, २५ मंसिर ।
राधिका बोगटी, नेरा प्रावि सिम्ताचौर छाप्रेमा महिला परियोजना दरबन्दिमा कार्यरत थिइन् । तत्कालिन अवस्थामा विद्यालयमा स्थायी दरबन्दिको शिक्षक नभएकाले उनी प्रधानाध्यापक भइन् । विव्यस अध्यक्ष थिइन्, मोतिकला साउद । ०७१÷०१÷१६ गते विद्यालय व्यवस्थापन समितिको बैठक राखियो । बैठकले निर्णय नं. २ मा शिक्षिका बोगटीलाई नेरा प्रावि भुडेभावर विजौरा जाने निर्णय ग¥यो । आफै प्रअ भएको मौका छोपि उनले यस्तो निर्णय गराइन्् । विव्यसले विजौरा भडेभावर जानु भनि निर्णय गरेपनि शिक्षिका बोगटीले त्यसो गरिनन् । विजौरा जानु पर्ने उनले जगन्नाथ उमावि विजौरामा पठाउन शुरु गरिन । नेरा प्रावि सिम्ताचौर छाप्रेमा उनको सट्टा पठाउने शिक्षक नभएपछि विव्यस र स्थानीय बारम्बार (करिब दश महिना) शिक्षा कार्यालय डेलिकेशनमा आए । बारम्बारको डेलिकेसन पछि शिक्षाले गत वैशाख २४ गते राधिकाको काज फिर्ता भएको विद्यालय र शिक्षिकालाई पत्र लेख्यो । पत्र विद्यालयलाई प्राप्त भएपछि व्यवस्थापन समितिले शिक्षिका राधिकालाई नेरा प्रावि सिम्ताचौर छाप्रेमा फर्किन अनुरोध ग¥यो । तर, उनले न शिक्षा कार्यालयले पठाएको काज फिर्ता पत्रको वास्ता गरिन नत विव्यसले आउन गरेको अनुरोधको नै । जगन्नाथबाट नेरा प्रावि सिम्ताचौर जानु पर्ने शिक्षिका बोगटी रेक्चा निमावि विजौरामा पुगिन् र पढाउन शुरु गरिन ।

शिक्षाले काज फिर्ता गरेको लामो समयसम्म पनि प्रावि सिम्ताचौरमा उपस्थित नभएपछि विव्यसले पुनः शिक्षा कार्यालयलाई जानकारी गरायो । शिक्षाले फेरी अर्को पत्र लेख्यो । पत्रमा यस्तो लेखिएको छ –‘तपाई आफ्नो पदाधिकार भएको विद्यालयमा हाजिर नभएको पाइएकाले तुरुन्त उक्त विद्यालयमा हाजिर हुनु ।’ उनलाई त्यस पत्रले पनि हल्लाउन सकेन । स्रोतका अनुसार उनले शिक्षा कार्यालयकै मिलेमतोमा रेक्चामै पढाइन् । र, शिक्षाले एक महिनाका लागि नेरा प्रावि सिम्ताचौरमा गुदरलाल चौधरीलाई पठायो । उनको काज सकियो विद्यालय अहिले एक जना स्थायी दरबन्दि र एक जना स्थानीय स्रोतबाट राखेका शिक्षकको भरमा चलिरहेको छ । शिक्षिका बोगटी अहिले कुन विद्यालयमा पढाउँछिन् शिक्षा कार्यालय र बरबन्दि रहेको विद्यालय दुवै बेखबर छन् । अचम्मको कुरा त के छ भने उनी जुन विद्यालय जान्छिन्, उनको तलब शिक्षाले त्यहि पढाइदिन्छ । शिक्षिका र शिक्षा कार्यालयले मनोमानी गरेको भन्दै नेरा प्रावि छाप्रेको विव्यसले असोज २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा छानविन गरिदिन भन्दै मुद्धा हाल्यो । शिक्षा कार्यालयले आफू र शिक्षिका विरुद्ध उजुरी परेको सुइको पाएपछि पत्रमा असोज २४ गते मिति राखि शिक्षिकालाई फेरी तोकेता पत्र पठायो । जुन पत्रमा माथि राखिएको मिति असोज २४ छ, भने पत्रको तल शिक्षा अधिकारी दिपा हमालले हस्ताक्षर गरेको मिति कात्र्तिक १२ छ । यसबाट  शिक्षा कार्यालयले आफू बच्न जुक्ति लगाएको प्रष्टै देखिन्छ । तर, एकै पत्रमा फरक मिति हुनुले यो उसको चलाखिपना सबैले सहजै पत्ता लगाउन सक्छन् ।

शिक्षिका बोगटी अहिलेसम्म उनी बरबन्दिमा रहेको विद्यालय गएकी छैनन् । विव्यस अध्यक्ष लालबहादुर लामिछाने भन्छन्– यो शिक्षिकाको भन्दा शिक्षा कार्यालयको कम्जोरी हो । यति लामो समय शिक्षाले दिएको निर्देशन अटेर गर्ने शिक्षिकालाई कारबाहि गर्नुको साटो शिक्षा कार्यालय उनी जहाँ जान्छिन् त्यहि तलब पठाइदिन्छ ।’ विद्यालयमा पढाइ रोकिएपछि शिक्षिका पठाइदिन भन्दै शिक्षा कार्यालय धाउला धाउँदै आफूहरु थाकिसकेको उनले बताए ।यता जिल्ला शिक्षा अधिकारी दिपा हमालले शिक्षिका बोगटी महिला परियोजना दरबन्दिमा भएकाले अरु दरबन्दिमा जादाँ परियोजना दरबन्दि स्वत खारेज हुने हुँदा विव्यसहरुकै सहमतिमा उनले अन्यत्र पढाउने गरेको बताउँछिन् । उनले शिक्षिका बोगटीले हालसम्मको तलब खाएको कुरा साँचो भएको भन्दै अब पनि दरबन्दिको विद्यालयमा हाजिर नभए तलब रोक्का गरिने बताइन् । शिक्षा कार्यालयले शिक्षिका बोगटीलाई काजफिर्ता हुनु भनि तीन पटकसम्म पत्र पठाइसकेको छ । शिक्षिका बोगटीे भने आफूलाई एकपटक पनि काजफिर्ताको पत्र नआएको बताउँछिन् । बोगटीले भनिन् – मलार्ई काज फिर्ताको पत्र आएको छैन । म अहिले रेक्चामै पढाइरहेकी छु ।’ त्यहिको स्थानीय भएकाले आफुले रेक्चामै काजमा पढाउने गरेको उनले बताइन् ।

‘औषधीमा कालो बजारी छैन्’ : व्यवसायी

सुर्खेत, २५ मंसिर ।
क्याप्सनः औषधी व्यवसायीहरु । फोटो ः डिलप्रसाद शर्मा
भारतले गरेको नाकाबन्दीका कारण अतिआवश्यकिय बस्तुको अभाव सँगै कालोबजारी भएपनि औषधीमा भने कालोबजारी नभएको औषधी व्यवसायीहरुले बताएका छन् । नेपाल औषधी व्यवसायी संघद्धारा शुक्रबार वीरेन्द्रनगरमा उपशाखाको उद्घाटन कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन् ।  गरिएको छ । औषधीमा प्रत्यक्ष रुपमा मुल्य तथा उपभोग गर्न मिल्ने समय तोकिएकाले अन्य व्यवसाय जस्तो औषधी व्यवसाय अभाव भएको बेला लुकाउने र कालोबजारी गर्ने व्यवसाय नभएको नेपाल ओषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्रनाथ श्रेष्ठले बताए । औषधी व्यवसायमा व्यापारीहरुको लगानी सुरक्षाका लागि सरकारले कुनै पनि पहल नगरेको उनको भनाई छ । उनले व्यवसाय सञ्चालनका लागि स्वयम व्यापारीले विहान देखी साँझ सम्म औषधी पसलमा बसनुपर्दा गुणस्तरिय सेवा प्रवाहमा समसया हुने भएकोले केन्द्रिय संघले व्यवसायी सहायकको लागि पहल गर्नपर्ने बताए । औषधी व्यवसायीले सेवालाई पारदर्शीता बनाउन नेपाल सरकार र संघमा दर्ता भएको वोर्ड सेवाग्रहीले देख्न सक्नेगरी राख्न आग्रह गरे । कार्यक्रममा माया नर्सिङ्ग होमका निर्देशक विष्णुबहादुर खड्काले संघमा आवद्ध भएका सदस्यहरुले नराम्रो कामको लागि नभई राम्रो कामको लागि सबै व्यवसायी एक हुनुपर्ने बताए । खड्काले पेशागत हकहितका लािग सम्पुर्ण औषधी व्यसायीहरुले एक भएर अगाडी  बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ भेर िअञ्चल शाखाका अध्यक्ष अवयकुमार वस्नेत, उपशाखा सुर्खेतका अध्यक्ष केशवकुमार रावल, नेपाल स्वास्थ्य कर्मी संघका उपसचिव किरण वली,  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नयाव उपरिक्षक बहादुर जंग मल्ललगायत जिल्लामा सञ्चालनमा आएका आौषधी पसलका सञ्चालकको उपस्थिति रहेको थियो ।