सुर्खेत, २५ मंसिर ।
 |
क्याप्सनः औषधी व्यवसायीहरु । फोटो ः डिलप्रसाद शर्मा |
भारतले गरेको नाकाबन्दीका कारण अतिआवश्यकिय बस्तुको अभाव सँगै कालोबजारी भएपनि औषधीमा भने कालोबजारी नभएको औषधी व्यवसायीहरुले बताएका छन् । नेपाल औषधी व्यवसायी संघद्धारा शुक्रबार वीरेन्द्रनगरमा उपशाखाको उद्घाटन कार्यक्रममा व्यवसायीहरुले यस्तो बताएका हुन् । गरिएको छ । औषधीमा प्रत्यक्ष रुपमा मुल्य तथा उपभोग गर्न मिल्ने समय तोकिएकाले अन्य व्यवसाय जस्तो औषधी व्यवसाय अभाव भएको बेला लुकाउने र कालोबजारी गर्ने व्यवसाय नभएको नेपाल ओषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्रनाथ श्रेष्ठले बताए । औषधी व्यवसायमा व्यापारीहरुको लगानी सुरक्षाका लागि सरकारले कुनै पनि पहल नगरेको उनको भनाई छ । उनले व्यवसाय सञ्चालनका लागि स्वयम व्यापारीले विहान देखी साँझ सम्म औषधी पसलमा बसनुपर्दा गुणस्तरिय सेवा प्रवाहमा समसया हुने भएकोले केन्द्रिय संघले व्यवसायी सहायकको लागि पहल गर्नपर्ने बताए । औषधी व्यवसायीले सेवालाई पारदर्शीता बनाउन नेपाल सरकार र संघमा दर्ता भएको वोर्ड सेवाग्रहीले देख्न सक्नेगरी राख्न आग्रह गरे । कार्यक्रममा माया नर्सिङ्ग होमका निर्देशक विष्णुबहादुर खड्काले संघमा आवद्ध भएका सदस्यहरुले नराम्रो कामको लागि नभई राम्रो कामको लागि सबै व्यवसायी एक हुनुपर्ने बताए । खड्काले पेशागत हकहितका लािग सम्पुर्ण औषधी व्यसायीहरुले एक भएर अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ भेर िअञ्चल शाखाका अध्यक्ष अवयकुमार वस्नेत, उपशाखा सुर्खेतका अध्यक्ष केशवकुमार रावल, नेपाल स्वास्थ्य कर्मी संघका उपसचिव किरण वली, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नयाव उपरिक्षक बहादुर जंग मल्ललगायत जिल्लामा सञ्चालनमा आएका आौषधी पसलका सञ्चालकको उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment