Search This Blog

Feb 8, 2016

सोनाम ल्होछार, शुभचिन्तकमा शुभकामना


  शान्ती तामाङ्ग
          नेपाल एक बहुभाषिक, बहुधार्मिक, बहुसाँंस्कृतिक र बहुजातीय विविधता यूक्त विषेशता र संस्कार भएको मुलुक हो । हाम्रो देश नेपालमा विभिन्न जातजातिहरु बसोबास गरी आईरहेको सबैलाई छर्लङ्गै छ । आदिम कालदेखि वसोवास गर्दै आइरहेको विभिन्न आदीवासी जनजाती मध्येमा तामाङ्ग, जाती मुल आदिवासी जनजातीको रुपमा मानिन्छ । यस जातिको आफ्नै किसिमको मौलिकता छ । तामाङ्ग जातीहरु अरु जाती भन्दा भिन्न छ किनभने तामाङ्ग जातीको आफ्नै किसिमको चाडपर्वहरु छन् । जस अनुसार तामाङ्ग जातीहरुको मुल पर्वको रुपमा सोनाम ल्होछार पर्व मनाईन्छ । नेपालमा मुलभुत रुपमा तीन किसिमको ल्होछार मनाईन्छ । पहिलो तोला ल्होसार, दोस्रो सोनाम ल्होछार र ग्याल्वो ल्होछार । हाल नेपालमा मनाङ्गे ह्योल्मोली, शेर्पा, थकाली आदी जातीहरुले ग्याल्वो ल्होछारपर्व मान्छन् । भने तामाङ्ग जातिले सोनाम ल्होछारपर्व मान्ने गर्दछन् । यो पर्व प्रत्येक वर्षको माघ शुक्ल पक्षको पहिलो प्रतिप्रदाका दिन मनाइन्छ । यसको पाँचैं दिनपछि पञ्चमि वा सरस्वती पुजा (बसन्त पञ्चमी) पर्ने गर्दछ । तामाङ्ग जातिले मान्ने सोनाम ल्होछार बाहेक तोला ल्होछार मान्ने जातजाति पनि छन् । तर, यसलाई विश्लेषणको रुपमा ल्याउन मैले उचित ठान्दिन् । त्यसो गर्नपनि हुदैँन् । संसारभरी एकै उत्सव वा पर्वको रुपमा मनाइआएको ल्हो फेरिने परम्पराको प्राम्भर उत्पति र विकासको गहन पुर्वक अध्यान विना हामीले तामाङ्गको छ्याल्योको गुरुङ्गको शेपा, तिब्वतीको या चिनको भन्ने र मेरो यति हजार हजार वर्ष पुरानो, मैले मानेको ल्होछार चाही ठिक हो । भन्ने तर्क वितर्कको श्रजना गर्नु मेरो विचारमा गलत हो । किनकी ल्हो भनेको वर्ष हो । छार भनेको नयाँ हो । यसलाई ल्होछार वा नयाँ वर्ष भनेर भनिन्छ । यो नयाँ वर्ष ल्होछार पर्वको परम्परा विश्वभरी प्रचलनमा रहेको चन्द्र नयाँ वर्ष अथवा चन्द्र वर्ष र चन्द्र मासको आधारमा प्रचलिन पश्चिमी ग्रगोरिएन र भारतीय काल चक्र अथवा चन्द्र तथा सौर्य पात्रोसँग मेल खान्छ । साल, संवत्, वर्ष, महिना, दिन, रात, फेरिने कुरा आधुनिक र वैज्ञानिक भाषामा खगोल शास्त्र र ज्योतिष विज्ञानसँग गाँसिएको कुरा हो । ज्योतिष विज्ञान कुनै जाती वा समुदायको भन्ने हुदैँन त्यसैले चन्द्र पात्रोको नयाँ वर्ष अथवा ल्होछो फेरिने परम्पराको आफ्नै छुट्टै मुल्य र मान्यता छ । यहि मान्यताले विश्वभर चन्द्र नयाँ वर्षको उत्सवका रुपमा मनाईन्छ । तामाङ्ग जातीको यो सोनाम ल्होछारको पर्व तामाङ्ग जातीले आफ्नो बोल्ने भाषाबाट ल्होछार भनिन्छ । यहाँ ल्हो शव्दको शाव्दिक अर्थ परम्परागत रुपमा प्रचलनमा रहेको विभिन्न १२ वटा जीवजन्तुको नामाकरण गरिएको वर्ष चक्रलाई बुझाँउदछ । जसलाई ल्हो खोलो वर्ष चक्र भनिन्छ १२ वर्ष चक्र ल्हो खोलो मा निम्न अनुसारको जीवजन्तुहरुको नामाकरण गरिएको छ । मुसा, गोरु, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बादर, चरा, कुकुर बँदेल यसलाई हाम्रो भाषामा जीवा, लाङ, ताम, छ्योई, ढुक, दुल, ताक, लुक, डे, झैयर, रियो, फाक भनिन्छ । यसलाई १२ वर्ष चक्र ल्हो खोर च्याअीनी पनि भनिन्छ । ल्होले साल र सम्वत् उमेर पनि बुझाउँछ । डिल्लीसँग गुरुङ्गको तमु नेपाली अँग्रजी शव्दकोष अनुसार गुरुङ्ग भाषामा पनि ल्होले वर्ष वा वर्गलाई छार ले नयाँ हो भन्ने बुझाउँछ । यी दुई शब्दावली मेलि ल्होछार शब्द नै नयाँ वर्ष हो भन्ने बुझाँउछ । तामाङ्ग भाषामा ल्होले वर्ष पोवा फेरिनु अर्थात ल्हो पोवा वर्ष फेरिनु र छार नयाँ दिङ, साल अर्थात् छार दिङ नयाँ साल भन्ने बुझाउँछ । तामाङ्ग भाषामा ल्हो छोवा ल्हो पोवा र छार दिङ भनिन्छ । त्यसैगरी १२ चन्द्र महिनाको नाम आफ्नै भाषामा नामाकरण गरिराखेको पाइन्छ । तामाङ्ग भाषामा चन्द्रमालाई लाङ्गी भनिन्छ । चन्द्रमा लानिबाटे तामाङ्ग भाषामा महिनालाई ला भनिन्छ । ति हुन् खोला, वेतेला, नाम्दुङ्गा, दुगुला, डोवाफ्रेला, ठ्याल्वोला, गोनेला, यान्देला, म्हेनीङ्ला, सेरातिला, वोअीनायाला, तापाला हुन् । चन्द्रवर्षको तामाङ्ग पहिलो महिना खोला हो । यो तामाङ्ग चन्द्र महिनाको पहिलो दिनलाई नै तामाङ्गहरुको वर्षारम्भको दिन मान्दछन् । अर्थात् १२ औं चन्द्र महिना तापाला सकेर नयाँ चन्द्रमा उदाँउने दिनबाट ल्हो फेर्दछ । तामाङ्ग चन्द्र महिनाको प्राम्भ दिनबाट माघ शुक्ल पक्ष प्रतिपदा परेवा हो जसलाई छेपागी भनिन्छ । त्यसरी नै तामाङ्ग चन्द्र महिनाको अनितम दिन आंैसी हो । जसलाई दोम्पा भनिन्छ । ल्होछारको समयमा गाँउ टोल बाटो घााटो आगन चौतारा, सफासुगर र लिप पोत गर्दछन् । खानपीनका लागि आवश्यक सामग्रीहरु तयार पार्दछन् । अन्तिम ल्होछारको दिन हरेक परिवारले कुलदेवताको थान वा देवीदेउताको थानमा आगामी वर्ष खेतीबाली राम्रो होस् भनि प्रार्थना गरी विऊविजन पानीमा भिजाई टुसा उमार्ने गर्दछन् । त्यसैगरी गुम्बामा गई वत्तिबाल्नु प्रसाद चढाउनुका साथै दिउँसोमा सञ्चालन हुने उत्सवमा भाग लिन्छन् । लामाहरुले मार माथि सत्यको विजय देखाउने खालका मुकुण्डो नाँच देखाउने गर्दछन् । ल्होछारको दिनमा मुलतः छो चढाउने दर्जु उठाउने र आर्शीवाद र शुभकामना लिने दिने काम गर्छन् । ल्होछार पश्चात् उक्त चाडलाई हर्श उल्लास पुर्वक सम्पन्न गर्न मान्यजन नातागोता, कुलकुटुम्व, इष्टमिट्र सबै सँग भेटघाट गरी टिका लगाई खादा सहित शुभकामना आदान प्रदान सहित गच्छे अनुसार भोजभतेर गर्दछन् । विशेषत खाद्य परिकारहरु दुचि, छेमार, खाम्से, वाल्दु, आलुम, वावर, कन्दमुल, फलफुल, माछा, मासु र गुथुक खाने गर्दछन् । यसरी नै हामी तामाङ्ग जातीहरुले लहोछार पर्व मनाउने गर्दछौं । यस वर्ष हामी तामाङ्ग जातीहरुले महान साँस्कृतिक पर्व मञ्जुश्री सम्वत् २८५२ आंै सोनाम लहोछार (टे ल्हो÷बाँदर वर्ष) मनाउदैँ छौ । अन्तमा ल्होछार पर्व को अवसरमा सम्पुर्ण तामाङ्ग बन्धुहरु तथा सम्पुर्ण शुभचिन्तकहरुमा हार्दिक शुभकामना ।

0 comments:

Post a Comment