Search This Blog

May 31, 2016

बुलबुले तालमा डुंगा सरर..


सुर्खेत, १७ जेठ ।
सुर्खेत उपत्यका नगर विकास समितिले वीरेन्द्रनगरमा रहेको वुलवुले तालमा डुंगा सञ्चालनमा ल्याएको छ । समितिले सोमबारदेखि तालमा चार वटा डुंगा हाललाई सञ्चालनमा ल्याएको हो ।
केही समय पहिले सञ्चालनमा आएका डुगांहरु असुरक्षाको कारण स्थगित थिए । सर्वसाधारण व्यक्तिका लागि प्रतिव्यक्ति १५ रुपैयाँ टिकट दर कायम छ भने, विद्यार्थीका लागि १० रुपैयाँको टिकट कायम गरिएको सुर्खेत नगर विकास समितिका अध्यक्ष धुव्रकुमार चपाईले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको स्थापना दिवसको अवसरमा बुलबुलेमा आयोजित अन्तरसंवादमा समितिले जेठ १५ भित्र डुंगा सञ्चालन गर्ने प्रतिवद्वता जनाएको थियो । डुगां सञ्चालनमा आएदेखि अवका दिनमा बुलबुले तालमा भ्रमण एवम् मनोरञ्जनका लागि आउने पर्यटकले डुंगा चढ्न पाउने भएका छन् ।

सुर्खेतको पर्यटन प्रवर्धनका लागि यस कार्यले थप भूमिका निर्वाह गर्ने आशा रहेको नेपाली काँग्रेसका नगर कमिटीका सभापति देवकुमार सुवेदीले बताए ।

0 comments:

Post a Comment