Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Dec 11, 2015

जनमोर्चाको तेस्रो सम्मेलन शुरु

डिलप्रसाद शर्मा

सुर्खेत, २५ मंसिर ।

राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिति सुर्खेतको तेस्रो जिल्ला सम्मेलन शुक्रबारदेखि वीरेन्द्रनगरमा शुरु भएको छ ।  ‘राष्ट्र राष्ट्रियता र स्वाधीनताको रक्षा गरौं, भारतिय नाका बन्दिको विरोध गरौं’ भन्ने मुल नाराका साथ सम्मेलन शुरु भएको हो ।  सम्मेलन उद्घाटनका क्रममा जिल्ला कार्य समिति सुर्खेतका अध्यक्ष धनप्रसाद देवकोटाले पहिलो संविधान सभाको विगठन देखि दोस्रो संविधानको निर्वाचन तथा संविधान जारी गर्दा समेत पार्टीले संघियताको विरोध, संविधान निर्माणका लागि दवाव, जनहित, राष्ट्रियता, सार्वभौमिता तथा अखण्डताको रक्षाका निम्ती निरन्तर लागि परेको बताए । जनताले गणतन्त्रलाई संस्थागत गर्न सफल भएपनि राष्ट्रिय स्वाधिनता अझैपनि सफलहुन नसकेको भन्दै उनले  स्वतन्त्रता, राष्ट्रियता, सार्वभौमिकता र अखण्डता माथि भारतले ठाँडो हस्तक्षप गरेको बताए । त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्दिय उपाध्यक्ष जनकराम शर्माले देश कहाली लाग्दो अवस्थामा गुज्रिरहेको बेला जनताको समृद्धि, उन्नती, विकास तथा राष्ट्रियताको रक्षाका लागि सबै जनताले  नेतृत्व गरेर अगाडि बढ्नुपर्ने बताए । उनले नेपाली जनताले चुनेको संविधान जारी गर्दा भारतले आफ्नो अनुकुल नभएको भन्दै गरिएको नाकाबन्दी हैकम जमाउन खोजेको बताए । वर्तमान सरकारले नाकाबन्दीको खुलाउनका लागि कुनै पनि कदम चाल्न नसकेको उनको भनाई छ । राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिति दैलेखका अध्यक्ष मयाराम अधिकारीले नेपालको स्वाभिमान माथि आँच आउन नदिन  विश्वभर रहेका नेपाली जनताहरुले नाकाबन्दीको विरोध गर्नाले सार्वभौम र स्वतन्त्र रहन सहयोग पुगेको बताएका थिए । सम्मेलन उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तुल्सीप्रसाद सापकोटा, रत्नविक्रम राना प्यासी, राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष गौरीलाल कार्कीलगायत जिल्लामा क्रियाशिल कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रहरीबाट झन् पीडित

आयोगले पत्र पठायो

शंकाका भरमा जाहेरी–प्रहरी

नेपालगञ्ज, २५ मंसिर ।
नेपालगञ्ज–१७, मसानघाटका मो. वसिम मनिहारलाई प्रहरीले झन् पीडित बनाएको छ । छोरी सोनीलाई बेपत्ता बनाउनेको नाममा दिएको जाहेरी प्रहरीले दर्ता नगरेपछि मनिहार उल्टै पीडित भएका हुन् । स्थानीय मुन्नी खाँ, मिस्त्राइन भन्ने नूरजहा खाँ, उनका छोराहरु नसिम र बब्बुले मिलेर मंसीर ३ गते सोनीलाई बेपत्ता बनाएको मनिहारको भनाई छ । अपहरण तथा शरीर बन्धकमा मनिहारले दिएको जाहेरी प्रहरीले दर्ता नगरेपछि हुलाकबाट पठाइएको थियो । हुलाबाट आएको पत्र बुझेपनि प्रहरीले दर्ता गरेन । ‘प्रहरीकहाँ जान्छु उल्टै मलाई नै हप्काएर भगाइदिन्छन्, मनिहारले भने– उतातिर स्थानीय नेताहरु मिलेकाले प्रहरीले उनीहरुकै कुरा सुन्छ ।’ छोरीलाई बेपत्ता बनाइएपछि मनिहारको परिवारमा रुवाबासी छ । विरामी श्रीमती रुदारुदै झन् थलिएकी छन् । मजदुरी गरेर खाने मनिहार प्रहरी, मानवअधिकार आयोग, महिला विकास, संघ संस्थामा धाइरहेका छन् । ‘घरमा गयो श्रीमती–छोराछोरी रुन्छन्, काम गर्न मन लाग्दैन, मनिहारले दुःख पोखे – घरमा खानेखर्च छैन ।’
राष्ट्रिय मानव अधिकार आयोगले मनिहारको जाहेरी दर्ता नहुनु र घटनाका बारेमा यथार्थ बुझेर खबर पठाउन प्रहरीलाई पत्र लेखेको छ । यसअघि महिला विकास कार्यालयले जिप्रकामा पत्र लेखेको थियो ।

प्रहरीले दुवै पक्षलाई सँगै राखेर छलफल गरिरहेको जनाएको छ । ‘दुवै पक्षलाई राखेर छलफल गरिएको छ, जिप्रका बाँकेका प्रहरी निरीक्षक बीरबहादुर थापाले भने– आरोपितले खोज्न सहयोग गर्ने बताएका छन् ।’ मनिहारले आफ्नो १५ वर्षकी छोरीलाई उल्लेखित व्यक्तिले बेचेको आशंका गरेका छन् । ‘मेरो छोरीलाई कसैले विवाह गरेको भए या कसैसँग विवाह गराइदिएको भए पनि देखाइदिए हुन्छ, मनिहारले भने । टोलका सबै मान्छेले सोनी असल केटी थिई । लप्पन–छप्पन गर्थिन भन्छन् । प्रहरीले भने यत्तिका चर्चा परिचर्चा हुँदा पनि टोलमा गएर बुझ्ने काम गरेको छैन । छोरीले प्रेम विवाह गरेर भाग्ने र बाबु आमाले अपहरण, शरीर बन्धकको जाहेरी हाल्ने प्रवृत्ति रहेकाले मनिहारको घटनालाई पनि त्यहीसँग जोडेर हेरिएको छ । गरीव मनिहारको पक्षमा बोल्ने मान्छे नभएकाले पनि सम्बन्धित निकायले बेवास्ता गरिरहेको देखिन्छ । मनिहारले जाहेरी दिएका व्यक्तिले दुई पटकसम्म ‘तिम्रो छोरी ल्याइदिन्छु कसैलाई नभन्नु’ भनेर थम्थम्याएका थिए । उनीहरुले भनेको समयमा पनि छोरीलाई नल्याइएपछि मनिहार प्रहरीकहाँ पुगेका थिए । अहिले उल्टै खाँ परिवारले मनिहारलाई इल्लीबिल्ली बनाइरहेका छन् । प्रहरीले पनि आरोपितले नलगेको बरु कसै पठाइदिन सहयोग गरेको हो कि भन्ने आशंका गरेको छ । आरोपितलाई दबाब दिएर केरकार नगरेको बरु आफूलाई थर्काउने, चार–चार घण्टासम्म नियन्त्रणमा राख्ने काम भएको मनिहारको भनाई छ । सोनीसँगै बेपत्ता भएका खाँ परिवार केही दिनयता आएका छन् । प्रहरीलाई भने भारतमा चुनाव भएकाले मत हाल्न गएको विश्वास दिलाएका छन् ।