राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिति सुर्खेतको तेस्रो जिल्ला सम्मेलन शुक्रबारदेखि वीरेन्द्रनगरमा शुरु भएको छ । ‘राष्ट्र राष्ट्रियता र स्वाधीनताको रक्षा गरौं, भारतिय नाका बन्दिको विरोध गरौं’ भन्ने मुल नाराका साथ सम्मेलन शुरु भएको हो । सम्मेलन उद्घाटनका क्रममा जिल्ला कार्य समिति सुर्खेतका अध्यक्ष धनप्रसाद देवकोटाले पहिलो संविधान सभाको विगठन देखि दोस्रो संविधानको निर्वाचन तथा संविधान जारी गर्दा समेत पार्टीले संघियताको विरोध, संविधान निर्माणका लागि दवाव, जनहित, राष्ट्रियता, सार्वभौमिता तथा अखण्डताको रक्षाका निम्ती निरन्तर लागि परेको बताए । जनताले गणतन्त्रलाई संस्थागत गर्न सफल भएपनि राष्ट्रिय स्वाधिनता अझैपनि सफलहुन नसकेको भन्दै उनले स्वतन्त्रता, राष्ट्रियता, सार्वभौमिकता र अखण्डता माथि भारतले ठाँडो हस्तक्षप गरेको बताए । त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्दिय उपाध्यक्ष जनकराम शर्माले देश कहाली लाग्दो अवस्थामा गुज्रिरहेको बेला जनताको समृद्धि, उन्नती, विकास तथा राष्ट्रियताको रक्षाका लागि सबै जनताले नेतृत्व गरेर अगाडि बढ्नुपर्ने बताए । उनले नेपाली जनताले चुनेको संविधान जारी गर्दा भारतले आफ्नो अनुकुल नभएको भन्दै गरिएको नाकाबन्दी हैकम जमाउन खोजेको बताए । वर्तमान सरकारले नाकाबन्दीको खुलाउनका लागि कुनै पनि कदम चाल्न नसकेको उनको भनाई छ । राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिति दैलेखका अध्यक्ष मयाराम अधिकारीले नेपालको स्वाभिमान माथि आँच आउन नदिन विश्वभर रहेका नेपाली जनताहरुले नाकाबन्दीको विरोध गर्नाले सार्वभौम र स्वतन्त्र रहन सहयोग पुगेको बताएका थिए । सम्मेलन उद्घाटन कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तुल्सीप्रसाद सापकोटा, रत्नविक्रम राना प्यासी, राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष गौरीलाल कार्कीलगायत जिल्लामा क्रियाशिल कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
Dec 11, 2015
जनमोर्चाको तेस्रो सम्मेलन शुरु
डिलप्रसाद शर्मा
सुर्खेत, २५ मंसिर ।

Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment