आयोगले पत्र पठायो
शंकाका भरमा जाहेरी–प्रहरी
नेपालगञ्ज, २५ मंसिर ।
नेपालगञ्ज–१७, मसानघाटका मो. वसिम मनिहारलाई प्रहरीले झन् पीडित बनाएको छ । छोरी सोनीलाई बेपत्ता बनाउनेको नाममा दिएको जाहेरी प्रहरीले दर्ता नगरेपछि मनिहार उल्टै पीडित भएका हुन् । स्थानीय मुन्नी खाँ, मिस्त्राइन भन्ने नूरजहा खाँ, उनका छोराहरु नसिम र बब्बुले मिलेर मंसीर ३ गते सोनीलाई बेपत्ता बनाएको मनिहारको भनाई छ । अपहरण तथा शरीर बन्धकमा मनिहारले दिएको जाहेरी प्रहरीले दर्ता नगरेपछि हुलाकबाट पठाइएको थियो । हुलाबाट आएको पत्र बुझेपनि प्रहरीले दर्ता गरेन । ‘प्रहरीकहाँ जान्छु उल्टै मलाई नै हप्काएर भगाइदिन्छन्, मनिहारले भने– उतातिर स्थानीय नेताहरु मिलेकाले प्रहरीले उनीहरुकै कुरा सुन्छ ।’ छोरीलाई बेपत्ता बनाइएपछि मनिहारको परिवारमा रुवाबासी छ । विरामी श्रीमती रुदारुदै झन् थलिएकी छन् । मजदुरी गरेर खाने मनिहार प्रहरी, मानवअधिकार आयोग, महिला विकास, संघ संस्थामा धाइरहेका छन् । ‘घरमा गयो श्रीमती–छोराछोरी रुन्छन्, काम गर्न मन लाग्दैन, मनिहारले दुःख पोखे – घरमा खानेखर्च छैन ।’

राष्ट्रिय मानव अधिकार आयोगले मनिहारको जाहेरी दर्ता नहुनु र घटनाका बारेमा यथार्थ बुझेर खबर पठाउन प्रहरीलाई पत्र लेखेको छ । यसअघि महिला विकास कार्यालयले जिप्रकामा पत्र लेखेको थियो ।
प्रहरीले दुवै पक्षलाई सँगै राखेर छलफल गरिरहेको जनाएको छ । ‘दुवै पक्षलाई राखेर छलफल गरिएको छ, जिप्रका बाँकेका प्रहरी निरीक्षक बीरबहादुर थापाले भने– आरोपितले खोज्न सहयोग गर्ने बताएका छन् ।’ मनिहारले आफ्नो १५ वर्षकी छोरीलाई उल्लेखित व्यक्तिले बेचेको आशंका गरेका छन् । ‘मेरो छोरीलाई कसैले विवाह गरेको भए या कसैसँग विवाह गराइदिएको भए पनि देखाइदिए हुन्छ, मनिहारले भने । टोलका सबै मान्छेले सोनी असल केटी थिई । लप्पन–छप्पन गर्थिन भन्छन् । प्रहरीले भने यत्तिका चर्चा परिचर्चा हुँदा पनि टोलमा गएर बुझ्ने काम गरेको छैन । छोरीले प्रेम विवाह गरेर भाग्ने र बाबु आमाले अपहरण, शरीर बन्धकको जाहेरी हाल्ने प्रवृत्ति रहेकाले मनिहारको घटनालाई पनि त्यहीसँग जोडेर हेरिएको छ । गरीव मनिहारको पक्षमा बोल्ने मान्छे नभएकाले पनि सम्बन्धित निकायले बेवास्ता गरिरहेको देखिन्छ । मनिहारले जाहेरी दिएका व्यक्तिले दुई पटकसम्म ‘तिम्रो छोरी ल्याइदिन्छु कसैलाई नभन्नु’ भनेर थम्थम्याएका थिए । उनीहरुले भनेको समयमा पनि छोरीलाई नल्याइएपछि मनिहार प्रहरीकहाँ पुगेका थिए । अहिले उल्टै खाँ परिवारले मनिहारलाई इल्लीबिल्ली बनाइरहेका छन् । प्रहरीले पनि आरोपितले नलगेको बरु कसै पठाइदिन सहयोग गरेको हो कि भन्ने आशंका गरेको छ । आरोपितलाई दबाब दिएर केरकार नगरेको बरु आफूलाई थर्काउने, चार–चार घण्टासम्म नियन्त्रणमा राख्ने काम भएको मनिहारको भनाई छ । सोनीसँगै बेपत्ता भएका खाँ परिवार केही दिनयता आएका छन् । प्रहरीलाई भने भारतमा चुनाव भएकाले मत हाल्न गएको विश्वास दिलाएका छन् ।

0 comments:
Post a Comment