Search This Blog

Apr 19, 2016

साटाखानीमा बेसार मिल सञ्चालन

सुर्खेत, ७ वैशाख ।
सुर्खेतको पश्चिमामा पर्ने साटाखानी गाउँ विकास समितिमा बेसार मिल सञ्चालनमा ल्याईएको छ । नवज्योती महिला बहुउद्देश्यीय सहकारी संस्था साटाखानी–५ चौरासेमा करिव २ लाखको लागतमा  बेसार मिल सञ्चालनमा ल्याएको हो । किसानहरुले उत्पादन गरेको बेसार कुट्नका लागि समस्या हुने गरेपछि महिला सहकारीले मिल सञ्चालनमा ल्याएको हो । 


सहकारीमा आवद्ध भएका महिला शेयर सदस्यको जनश्रमदान तथा जिल्ला कृषि विकास कार्यालय र महिला तथा बालबालिका कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको मिललाई मंगलबारदेखि सञ्चालनमा ल्याइएको छ ।  

मिलको उद्घाटन गर्दै जिल्ला कृषि विकास कार्यालय सुर्खेतका वरिष्ठ कृषि विकास अधिकृत विजयकुमार गिरीले गाउँ–गाउँमा उद्योगहरु सञ्चालनमा गरी उत्पादनमा बृद्धि गर्न सके गरिबी निवारणका लागि सहयोग हुने बताए । अधिकृत गिरीले सहकारीले आफ्नो सक्रियता बढाउदैँ गए सरकारबाट पाउने अनुदानका कार्यक्रमहरु पनि पाउने बताए । 

मिल सञ्चालनमा आएसँगै गाउँमा बेसारको उत्पादनमा पनि बृद्धि गर्नुपर्ने महिला तथा बालबालिका कार्यालयका यशोदा शर्माले बताईन् । उनले महिलाहरुलाई आय–आर्जन तर्फ लैजाने उद्देश्यले महिला  तथा बालबालिका कार्यालयले आर्थिक सशक्तिकरणका कार्यक्रमहरु गर्दै आएको बताईन् ।
सहकारीका अध्यक्ष कृष्णा आचार्यका अनुसार मिल खरिद र जडानका लागि महिला तथा बालबालिका कार्यालयले एक लाख ५० हजार र जिल्ला कृषि विकास कार्यालयले ५० हजार गरी जम्मा २ लाखमा मिल सञ्चालनमा ल्याइएको हो । 

उनले महिलालाई आर्थिक समृद्धि तर्फ लैजाने उद्देश्यले मिल सञ्चालनमा ल्याएको र उक्त मिलको हेरदेखको जिम्मा पनि महिलालाई नै दिएको बताईन् । गाँउमा मिल सञ्चालनमा आएपछि बेसार उत्पादन गर्ने किसानहरुलाई बेसार कुट्नका लागि सहयोग पुग्ने उनले बताईन् । संस्थाका प्रबन्धक कल्पना लामिछानेले दिएको जानकारी अनुसार २०६३ सालमा दर्ता भएको सहकारीले गाविसका प्रत्येक वडाहरुमा शाखा विस्तार गरेको छ भने, महिलाहरुलाई आयमुलक काम तर्फ अग्रसर गराउँदै आएको छ ।

0 comments:

Post a Comment