सुर्खेत, १० फागुन ।
जाँगर चलाउने हो, भने पैसा कमाउनलाई विदेश जानु तथा कुनै ठूलो कार्यालयमा जागिर खानुपर्दैन, पहिचान गर्न सके काम र दाम यहीँ छ । वीरेन्द्रनगरका विभिन्न सडक छेउमा ठेला–व्यापार गर्ने महिलाले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन् आफ्नो घर खर्च समेत चलाउनसक्ने भएका छन् । यति मात्र होइन् बालबच्चालाई निजी विद्यालयमा समेत पढाउन सफल भएका छन् । ठेलामा चना–चटपटे बेच्ने मात्र होइन, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका छन् । आफ्नो सानोतिनो व्यापारले कसैसँग हात फैलाउन नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागि समेत आफ्नै कमाइले पुग्ने हुँदा खुसी छन् उनीहरू ।
ठेला व्यवसायी भागीरता थापाले ठेलामा चलाएको व्यापारले जीवन राम्रोसँग खर्च चलेको बताईन् । उनको ठेलामा दैनिक १०÷१२ केजी स्याउ र त्यस्तै सुन्तला र अन्य फलफुल व्यपार छ । बिहान धेरैका आँखा नखुल्दै उनी वीरेन्द्रनगर –१८ गुरुङ्ग चौकबाट घण्टाघर चौकमा पुगी आफ्नो व्यपार शुरु गर्छिन् ।
४२ वर्षीया थापा शुरुमा दैलेखबाट आउँदा केही समस्या भए पनि दैनिक काम गर्दै जाँदा आफूजस्ता महिलाले काम गरेको देखेर उनलाई काम गर्ने जाँगर बढेको थापा बताउँछिन् । एक हजारको फलफुल खरिद गरी बेच्दा तीन हजार आम्दानी हुने उनले बताइन् । व्यापार गर्ने ठाउँको भाडा र महिनाभरिको खर्च कटाएर विभिन्न सहकारीमा करिव ५ हजारसम्मको बचत छ उनको । उनले भनिन्– ‘घर खर्चबाट बचेको पैसा तीन वटा सहकारीमा बचत गर्ने गरेको छु । मंगलगढी सहकारी संस्थामा दैनिक एक सय बचत गर्छु, यस्तै बैद्ध र छिमेकी सहकारीमा पनि मासिक रुपमा बचत राखेकी छु ।’
घरपरिवार बिरामी हुँदा वा काम परेको समयमा नगर्न पनि मिल्ने तथा स्वतन्त्र रूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो लाग्ने उनले बताइन् । ‘हातखुट्टा राम्रोसँग चल्नेले पनि माग्दै हिँड्छन्, मलाई त्यो मन पर्दैन् । सानोतिनो काम गरेर जीविकोपार्जन गर्न सकिने हुनाले देशमा केही गर्न सके सबैलाई फाइदा हुन्छ,’ थापा भन्छिन् । उनले भनिन् – ‘जाँगर चलाउनेलाई कहीँ पनि भोकै मर्नु पर्दैन् । कामलाई सम्मान गर्न सके त्यसबाट आम्दानी राम्रो हुन्छ ।’ उनले ठेला व्यापार सञ्चालन गरेको करिव ४ महिना पुग्न लागेको छ ।
यस्तै, पाँच महिनादेखि कपडाको व्यापार गर्दै आएकी २५ वर्षीया कालिका कार्की पनि ४ जनाको परिवार पालेर विभिन्न सहकारीमा बचत गर्छिन् । वीरेन्द्रनगरको बसाइ, महँगी बढ्दै गएको छ, सबै कुरा किन्नुपर्छ तर पनि बिहानदेखि साँझसम्म खट्न सके राम्रौ आम्दानी हुन्छ थापाले भनिन् ।
श्रीमान विदेशमा जस्तै दःख गरेको कमाएको भन्दा आफुले आफ्नो मनोमानीमा व्यापार गर्दा श्रीमानको भन्दा राम्रो कमाइ भएको उनले बताइन् । उनले शुरुमा श्रीमानले विदेशबाट पठाएको पैसाले ४५ हजार बराबरको सामानबाट ठेला व्यवसाय शुरु गरेकी हुन् । पसलबाट आएको आम्दानीले दुई छोरीलाई वोङ्गि स्कुलमा पढाउँदै आएकी छन् । उनले भनिन्–‘अहिले जेठो छोरी कक्षा –४ मा पढछ, कान्छो छोरीलाई नर्सरीमा पढाएको शुल्क तिर्छु, छोरीहरु विरामी हुदाँ उपचार र अन्य खर्चपनि यसै पसलबाट आएको आम्दानीले हो ।’ उनी रोजगारीका लागि विदेश जाने यूवायुवतिहरुलाई नेपालमा पनि थुप्रै सम्भावना भएको बताउछिँन् । करिव १५ वर्ष पहिले जाजरकोटको मजकोटबाट सुर्खेत पसेको कार्की भन्छिन्–‘परिवारलाई खर्च धान्नका लागि सबैभन्दा उत्तम काम यही लाग्यो, जाँगर चलाउन सके १५÷२० हजार खेलाउन विदेश गइरहनुपर्दैन् ।’ जागिरका लागि कसैलाई सिफारिस गरिरहनुभन्दा स्वाभिमानको यस्तो पेसाले सबैलाई फाइदा पु¥याउने उनको भनाइ छ । सानोतिनो काम देशमा गर्न लाज मान्दै ऋण खोजेर विदेश पुग्नेहरू दर्दनाक पीडा लिएर घर फर्केको देखेर बरु आफ्नो परिवारको साथ बसेर केही गरौँ भन्ने सोचले व्यापार शुरु गरेको उनले बताइन् ।
यस्तै, भीमबहादुर थापाले पनि स्थानिय घण्टाघर चौक नजिकै ठेलामा कस्मेटिक व्यापार सञ्चालन गरेको ३ वर्ष पुग्न लागेको छ । मेहिनेत र लगानी गरे विदेश नै कुद्नु नपर्ने बताउछन् । उनले भने–‘कमाई काज गर्न र पेट पाल्न विदेशीनु नै पर्दैन् । ३ जनाको परिवार पाल्नका लागि यस व्यापारले निकै सहयोग पुगेको छ, दैनिक हुने आम्दानीबाट छोरालाई उच्च मावि पढाउन पनि कुनै समस्यै छैन् ।’ घरका लागि सम्पूर्ण सामान किन्नुपर्ने र छोराको पढाइखर्च कटाएर दैनिक एक सय रुपैयाँ बचत गर्छन् । उनले भने–पहिले १७ हजार बाट पसल शुरु गरेको थिए, अहिले करिव ५० हजार बरावरको कस्मेटिक सामान हालेको छु, व्यापार रामै छ ।’
तरकारी, चियानास्ता मात्र होइन ठेलामा चना–चटपटे बेच्ने व्यापारीे वीरेन्द्रनगरमा राम्रो आम्दानी गरेका छन् । ‘वास्तवमा कामको कमी कहीँ पनि छैन, त्यसलाई पहिचान र सम्मान गर्न सके जाँगर चलाउनेलाई जहाँ पनि काम र दाम दुवै छ’ उनले भने ।
0 comments:
Post a Comment