Search This Blog

May 10, 2016

‘दोषी माथि कारवाही भएन’


सुर्खेत, २८ वैशाख ।
कुटपिट गरेको आरोपमा पक्राउ परेका गुटुका दुईजना किशोरलाई हिरासतमा यातना दिने प्रहरी माथि कारवाही नगरेको भन्दै पिडितका आफन्तले विरोध जनाएका छन् । 

चौकीका प्रहरी हवल्दार अमर चन्द र जवान प्रदीप खड्काले गुटु ८ का १५ बर्षीय प्रवेश सुनार र १९ बर्षीय कृष्ण थापालाई हिरासतमा राखेर यातना दिएको आरोप लगाएको हो । 

पिडितका आफान्तले मंगलवार वीरन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै किशोरका आफन्तले प्रक्राउपछि प्रहरीले जुत्ताको माला लगाई गुटु बजार समेत घुमाएको आरोप प्रहरी माथि छ । वैशाख १२ गतेको घटना भएपनि प्रहरीले न्याय दिन्छु भनेपछि दुई हप्तासम्म कुरेको तर न्याय नपाएपछि घटना सार्वजनिक गर्न वाँध्य भएको उनीहरुले गुनासो गरे । मंगल जोशी र दिपेन्द्र रोकायवीच भएको झगडा छुट्याउन गएको तर राकोयले कुटेको भन्दै उजुरी दिएपछि प्रहरीले आफुहरुलाई प्रक्राउ गरी यातना दिएको सम्मेलनमा रोकायले बताए । 
 प्रवेसका वुवा रणबहादुर सुनारले कुटपिटमा संलग्न प्रहरीलाई कारवाही गर्न माग गदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिंदा मुद्धा दर्ता नगरेको बताए । सुर्खेतका प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठले घटना सार्वजनिक नगर्न भन्दै दोषीलाई कारवाही गर्ने आश्वासन दिए पछि घटना सार्वजनिक नगरेको आफन्तले वताएका छन् । आफन्तले भने, ‘दोषीलाई प्रहरीलाई कुनै कारबाही नभएपछि घटना सार्वजनिक गरेका हौं ।’ पीडितका आफन्तले घाइतेको उपचार गर्नुपर्ने,  दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने र गुटु प्रहरी चौकीमा कार्यरत सवै प्रहरीलाई सरुवा गर्नु पर्नेलगायतका माग राखेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेत उजुरीको आधारमा किशोरहरुलाई प्रक्राउ गरिएको बताएको छ । सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी बहादुरजंग मल्लले उजुरी परेपछि पक्राउ गरिएको बताए । दोषीहरु प्रहरी हवल्दार चन्द र प्रहरी जवान खड्कालाई कारवाही प्रक्रिया अघि वढाइएको बताए । 
उनीहरुलाई इलाका प्रहरी कार्यालय बाबियाचौर तानिएका बताए । घटनाको वारेमा थप अनुसन्धान भैइरहेको भन्दै दोषी पाईए घटनामा संलग्न प्रहरीमाथी कडा कारवाही हुने बताए ।

0 comments:

Post a Comment