Search This Blog

May 10, 2016

यसरी समातिए जरायो मार्नेहरु


सुर्खेत, २७ बैशाख ।
जिल्ला वन अधिकृत हेमराज विष्टको कार्यालयमा गत २५ गते फोनको घण्टी बज्यो । उनले फोन रिसिभ गरे । ‘तपाईहरुले उद्धार गरेको जरायो के भो थाहा छ ?’ उसले पुरा कुरा नगर्दै फोन लाइन काटिदियो । विष्टलाई पहिलो दिन मात्र उद्धार गरिएको जरायोको बारेमा शंका उत्पन्न गरायो । यसैमा बारेमा सोच्दै थिए । साँझ उनको निवासमा कसैले फेरि फोन ग¥यो । उसले जरायो पहिलो दिन नै मारिएको बतायो । फोन गर्ने मान्छेले पुरा कुरा गर्न नपाउँदै डिएफओ विष्टले प्रतिउत्तरमा भने, ‘तपाईले पनि जरायोको मासु खाएर फोन गर्नु, भयो हैन ? अलि पहिले नै भन्नु पर्दैन ?’ विष्टले यति भन्नासाथ उसले फोन राख्यो । निवासको फोनसेटमा कलर आइडि नभएकाले कसले र कति नम्वरबाट फोन आयो भन्ने वारेमा विष्टले सुइको पनि पाएनन् । 


यस पछि शुरु भयो जरायोको अवस्था बुझ्ने यात्रा । पानी खाने क्रममा पोखरीमा फसेको जरायोलाई जिल्ला वन कार्यालयले २४ गते उद्धार गरि वीरेन्द्रनगर नगरपालिका–१४ सानो सुर्खेत सामुदायिक वन क्षेत्रमा छाडेको थियो । जरायोलाई छाड्न वित्तिकै केहीले मारेको शंका लागे पछि जिल्ला बनले अनुन्धान प्रक्रिया थाल्यो । २६ गते सानो सुर्खेत सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रुद्रवहादुर गुरुङ्गलाई जिल्ला बन कार्यालय सुर्खेतका सहायक बन अधिकृत सूर्य शर्माले जरायोको अवस्था बुझ्न फोन गरे । अध्यक्ष गुरुङ्गले आफूले पनि सुनेको तर थाहा नभएको बताए ।
एकै ठाउँ त्यसमा पनि जरायो जस्तो ठुलो बस्तु मारिएको थाहा नभएको अध्यक्षले बताए पछि थप शंका उत्पन्न गरायो । प्रहरी र स्थानीयको सहयोगमा वन कार्यालय गाउँ पस्यो । प्रमाणहरु गुम्ने भएले सावधानीका साथ उसले अनुसन्धान ग¥यो र २७ गते जरायो मार्नेहरुलाई प्रक्राउ ग¥यो । जिल्ला बन कार्यालयका अनुसार सोमबार सो समितीका अध्यक्ष सहित छ जनालाई पक्राउ परे । ‘थाहा नपाएका अध्यक्षले आफैले मासु खाएपछि कसरी थाहा पाउनु ?’ स्रोतले भन्यो । कार्यालयका अनुसार सोही ठाउँका जयकला गिरी, रामवहादुर नेपाली, पुनम नेपाली, उद्धव खड्का, विकास खरेल पक्राउ परे । ‘जरायोको मासु ८० धार्नी भएको हो । गाउँलेका सवै घरलाई मासु पु¥यो ।’ एक स्थानीयले नाम उल्लेख गर्ने शर्तमा भने । उनका अनुसार झण्डै २ सय किलो मासु भएको थियो । अध्यक्षलाई सुचना तोड्मोड गरि जरायोको मासु खानेकाममा संलग्न भएको आरोप छ ।
उनीहरु सप्रमाण समातिएका हुन । ‘जयराम गिरी र विकास खरेलको घरवाट सिङ र रुद्रवहादुर गुरुङ्गको घरवाट खुट्टाको खुर भेटाएका हौ ।’ गोप्य सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।  उनीहरुले जरायो मारेर खाएको स्विकार गरि सकेका छन् । पक्राउ परेका उनीहरुलाई वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारवाही अघि वढाइएको छ । ऐन अनुसार एक बर्ष सम्म जेल हाल्न सकिने प्रावधान छ । ‘काँक्रेविहार जंगलमा जरायो छन् त्यहाँबाट पनि जरायो मर्न सक्छन् । त्यसैले सवैलाई सचेत बनाउनलाई हामीले अलि बढी चासो दिएका हौ’ विष्टले भने ।

0 comments:

Post a Comment