Search This Blog

May 10, 2016

काँक्रेविहारमा मुर्ति स्थापना गरे आन्दोलन

सुर्खेत, २८ वैशाख ।
नेपालकै पहिलो संरक्षित वन क्षेत्र काँक्रेविहार भित्र कसैले मुर्ति स्थापना गरे कडा आन्दोलन गरिने बताइएको छ । शिखर शैलीको मन्दिर निर्माण गरि यसको अस्थित्व जोगाउनु पर्ने भन्दै उनीहरुले काँक्रेविहारको ऐतिहासिकतालाई बचाउन माग गरेका छन् । विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाहरुले केही धर्म र समुदायले संरक्षित क्षेत्रको नीति र नियमविरुद्धका गतिविधीहरु गरिरहेको भन्दै त्यसलाई रोक्न प्रधानमन्त्री, गृहमन्त्री र वन मन्त्रीस“ग मंगलबार माग गरेका छन् ।


 जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र गृह मन्त्रालय तथा जिल्ला वन कार्यालयमार्फत वन मन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा पुरातत्व विभागबाट उत्खनन् गरि शिखर शैलीमा पूरानै अवस्थामा निर्माण कार्य भइरहेको भन्दै त्यसैलाई निरन्तरता दिन माग गरेका हुन् । काँक्रेविहार ऐतिहासिक तथा पुरातात्विक संरक्षण समितिमार्फत बुझाइएको ज्ञापनपत्रमा विगत केही समययता धार्मिक समूहहरुले नेपालकै पहिलो संरक्षित वन क्षेत्रभित्र मठ, मन्दिर, मस्जित, चर्च, गुम्वा, चैत्य, गुरुद्धारा, बौद्ध मूर्ति, साई केन्द्रलगायतका स्थापना तथा गर्ने प्रयास गरिरहेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । 

अध्यक्ष पदमदेव गिरीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ज्ञापनपत्रमा केही धार्मिक समुदाय र व्यक्तिले संरक्षित वन क्षेत्रलाई कब्जामा लिने उद्देश्यले गतिविधीहरु गरिरहेको भन्दै त्यसलाई तत्काल रोक्न माग गरिएको छ । ‘कांक्रेविहारलाई नै कब्जा गर्ने उद्देश्यले भइरहेका गतिविधीहरु नरोक्दा सामाजिक सद्भाव खलबलिने अवस्था छ ।’ सनातन धर्म सेवा समिति, क्षेत्री समाज, वैष्णव राधाकृष्ण मन्दिर, इसाई महासंघ, ठकुरी एकता समाज, ब्रम्हाण समाज, सत्य साई केन्द्र, मुस्लिम समुदाय, निम्मार्क वैष्णव सेवा केन्द्र, दशनामी समाज, हिन्दू महासंघलगायतले बुझाएको ज्ञापनपत्रमा कुनै एक जाति र धर्मको मूर्ति स्थापना भएमा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

0 comments:

Post a Comment