Search This Blog

May 31, 2016

पदाधिकारीलाई दुई करोड हिनामिनाको आरोप


सुर्खेत, १४ जेठ ।
शान्ति सेरोफेरो बहुउद्देश्य सहकारी संस्थाका समितिका पदाधिकारीले आर्थिक हिनामिना गरेको आरोप लागेको छ । सहकारीमा आवद्ध रहेको करिव ४ सय शेयर सदस्यहरुबाट जम्मा भएको करिव २ करोड बराबरको रकम समितिका पदाधिकारी र कर्मचारीको मिलेमहत्वमा हिनामिना गरेको आरोप लागेको हो ।
सहकारीका शेयर सदस्यहरुले रकम हिनामिना गर्ने कर्मचारी तथा पदाधिकारीलाई तत्काल कारवाहीको गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन् । बचत रकमको व्याज झिक्न जादाँ कर्मचारी तथा पदाधिकारीले समेत आनाकानी गर्न थालेपछि शेयर सदस्यहरुले प्रशासनमा ज्ञापन पत्र बुझाएका हुन् । नाम नखुलाउने शर्तमा एक शेयर सदस्यले भने, ‘हामीले बचत गरेको रकम नपाएको गुनासो गर्दा समेत समितिले केही वास्था गरेन्, समितिका अध्यक्षले समेत बे–वास्था गरेपछि कर्मचारी र अध्यक्ष तथा अन्य पदाधिकारी सबैको मिलेमहत्वमा रकमको हिनामिना भएको प्रष्ट्रै छ र तत्काल आवश्यक कारवाही गरिनुपर्छ ।’ सहकारीको आधिकारी रुपमा गरिने लेखा परिक्षण समेत गलत भएको उनीहरुले आरोप लगाएका छन् । सहकारीमा पछिल्लो समयमा भएका गलत गतिवीधिले गर्दा संस्थाका कार्यालयमा समेत तालाबन्दी गरिएको छ । ‘रकम हिनामिना भएको कर्मचारी देखि कार्यालय सहयोगीलाई समेत थाहा छ, कर्मचारी र पदाधिकारीमा पनि अझै विवाद छ, त्यसैले कार्यालयमा ताला समेत लागेको छ’ राधिका (नाम परिवर्तन)ले भनिन् । सहकारीको लेखा परिक्षण गर्दा परिक्षकले समेत भ्रष्ट्रचार गरेको आरोप शेयर सदस्यको छ । सहकारीमा कार्यरत कर्मचारी समेत प्रबन्धक र अध्यक्षको नाता पर्ने भएकाले पनि रकम हिनामिना हुने गरेको आरोप उनीहरुको छ । सहकारीले दैनिक, मासिक रुपमा बचत उठाउदैँ आएको छ ।
संस्थाका अध्यक्ष चेतनकुमार थानीले आफुले कार्यभार समालेदेखि रकम हिनामिना नभएको बताएका छन् । सहकारीका गतिबिधीका बारेमा समाल्दै आएको प्रबन्धकले यसको जिम्मेवारी लिनुपर्ने उनको भनाई छ । लेखालाई पारदर्शी बनाउन आफुले पुरानो समितिले समेत गरेको लेखा परिक्षणलाई आफुले पूनः परिक्षण गर्न लगाएको उनी बताउँछन् ।
यता, सहकारीका प्रबन्धक दुर्गाप्रसाद बास्कोटाले अध्यक्ष थानीले रकमको हिनामिना गरी शेयर सदस्यलाई फसाउन खेल खेलेको आरोप लगाएका छन् । उनले काँक्रेविहार दैनिकसँग भने, ‘मेरो कुनै मिलेमहत्व छैन्, अध्यक्षले राम्रो काम के गरे मलाई थाहा भएन्, उनी अध्यक्ष भएदेखि मात्रै ६५ लाख रकम घाटामा गएको छ ।’ २०६२ सालमा सहकारीको लगानीमा किनेको जग्गा समेत लालपुर्जा विहिन भएको उनले बताए । आफुले छानविनका लागि पटक–पटक डिभीजन सहकारी कार्यालय र जिल्ला प्रशासनमा उजुरी दिदाँ समेत बेवास्था गरेको बताए ।

0 comments:

Post a Comment