डिलप्रसाद शर्मा
पुस ४ सुर्खेत
पत्रकारिता क्षेत्रमा आर्कषण बढेसँगै सम्वादातालाई
निरन्तर क्रियाशिल बनाउने उद्देश्यले सुर्खेतमा गठन भएको पत्रकार सञ्जाल
(जेनेट) सुर्खेतको शनिरबार पहिलो बैठक सम्पन्न भएको छ ।सञ्जालका अध्यक्ष यज्ञबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकमा आगामी दिनमा
के कस्ता कार्यक्रम गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।
बैठकले एक महिना भित्रै अर्को मासिक बैठक बस्ने, पत्रकार महासंघ शाखा
सुर्खेतसंग समन्वय गर्ने तथा अन्य विभिन्न विषयमा छलफल गरिएको छ ।
जिल्लामा भए गरेका काममा पारदर्शि बनउन पत्रकारलाई क्रियाशिल बनाउने र क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम, गोष्ठी, सेमिनार सञ्चालन गर्ने संजालले निर्णय गरेको छ । संजालको पहिलो बैठकले नै मानार्थ सल्लाहाकारका रुपमा पत्रकार खेमराज वलीलाई मनोनित गरेको छ ।

0 comments:
Post a Comment