Search This Blog

Feb 2, 2016

हतारोमा खुदिमु घोषणा गर्दाको परिणाम, रंगशालामा शौचालय नहुँदा खेलाडी खुल्ला शौच गर्न बाध्य

     
 डिलप्रसाद शर्मा
सुर्खेत, १९ माघ ।
      वीरेन्द्रनगरको रंगशालामा यतिबेला ‘आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०७२’ का लागि क्षेत्रीय खेलकुद छनौंट प्रतियोगिता चलिरहेको छ । छनौंट प्रतियोगितामा भाग लिन आएका खेलाडी तथा दर्शकहरु खुल्ला रुपमा शौच गर्न बाँध्य छन् । खेलाडी तथा दर्शकहरु खेलमैदान नजिकै सार्वजनिक शौचालय नहुँदा खुल्ला शौच गर्न बाँध्य भएका हुन् ।
अति आवश्यक ठाउँमा प्रयाप्त शौचालय निमार्ण नगर्दै जिल्लालाई पुस १४ गते हतारोमा खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरियो । जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गरेको करिव एक महिना बितिसक्दा पनि सार्वजनिक शौचालय निमार्णमा सरोकारवाला निकायहरुको ध्यान पुग्न सकेको छैन । मानिसहरु ओहोर–दोहोर गर्ने र भेला एवम् कार्यक्रम हुने खुल्ला मञ्चमा निमार्ण थालिएको शौचालय समेत अझै पुरा हुन सकेको छैन । मध्यपश्चिमको प्रवेशद्धारका रुपमा रहेको वीरेन्द्रनगरका मुख्य ठाउँमा समेत सार्वजनिक शौचालय नहुनु लाजमर्दो भएको रंगशालामा राष्ट्रपति रनिङ्ग शिल्डको क्षेत्रीय छनौंट प्रतियोगिता हेर्न आइपुगेका  मात्रिका अधिकारीले बताए । शौच लागेका बेला नजिकै शौचालय नहुदाँ खेलाडी तथा दर्शकहरुलाई समस्या हुने गरेको अधिकारीले सुनाए । रंगशालामा नै शौचालय नभएपछि दैनिक खेल अभ्यास गर्न जाने खेलाडीहरु समेत कुइँनेपानीमा खुल्ला शौच गर्न बाँध्य छन् । जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भइसकेको भएपनि हरेक दिन सयांैको संङख्यामा खेलाडी र दर्शकहरु जम्मा हुने रंगशालामा सार्वजनिक शौचालय निर्माणमा कसैले चाँसो नराखेको बताए । जिल्लामा हुने खेलकुद प्रतियोगिताका सहभागिहरुले खेलकुद समितिको कार्यालयमा रहेका शौचालय प्रयोग गर्ने गरेको तर, धेरै दर्शकहरु हुँदा उनीहरुलाई अन्यथा खुल्ला क्षेत्रमा दिसापिसाव गर्नुपर्ने बाँध्यता रहेको अध्यक्ष गिरीको भनाई छ । सार्वजनिक शौचालय निमार्ण नहुँदा शारीरिक व्यायम गर्न दैनिक रंगशाला आउने व्यतिmहरुलाई समेत शौचालयको अभाव खड्किएको छ । नगरक्षेत्रका अधिकांश सार्वजनिक ठाउँमा शौचालय अति आवश्यक भएपनि निर्माण हुन सकेका छैनन् । नियमित खेल अभ्यास र खेलकुद प्रतियोगिता हुने मैदान वरिपरीे दिशा देखिने गरेको छ । हाल जिल्लामा १२ वटा मात्रै सार्वजनिक शौचालय छन् । सबै घरमा शौचालयको निर्माण र त्यसको प्रभावकारी प्रयोग अभ्यास तथा सार्वजनिक शौचालयको निमार्णको ग्यारेन्टीनै नभएको अवस्थामा हतारमा जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरिएको भनेर आलोचना समेत भैरहेको छ । खुल्ला दिसा मुक्त जिल्ला बनाउन विभिन्न संघ संस्था र एनजिओ आईनजिओ सम्मको लाखौ लगानी भएपनि शौचालय निर्माण भएका घरमा शौचालय प्रयोग नगरेका, बजार क्षेत्रमा खुल्ला दिशा गर्ने क्रम नरोकिएको लगायतका तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।https://www.facebook.com/kankre.bihardaily/posts/897206060394377?ref=notif&notif_t=like

0 comments:

Post a Comment