डिलप्रसाद शर्मा
सुर्खेत, २१ माघ ।
राष्ट्रिय कृषि, पर्यटन तथा लघु उद्यम महोत्सव–२०७१ को विहीबार संक्षिप्त आय–व्यय सार्वजनिक गरिएको छ । पर्यटन विकास मञ्च सुर्खेतको आयोजनामा पुस २३ गतेदेखी ३ गतेसम्म सञ्चालन गरिएको महोत्सवको मुल आयोजक समितिले आय–व्यय सार्वजनिक गरेको हो ।

समितिले सार्वजनिक गरेको आय–व्यय अनुसार ६१ लाख ५१ हजार ५ सय ३ रुपैयाँ महोत्सवमा आम्दानी भएको छ । यस्तै, ५७ लाख ४३ हजार ८ सय ११ रुपैयाँ खर्च भएको छ, भने ४ लाख ७ हजार ६ सय ९२ रुपैयाँ नाफा भएको मुल आयोजक समितिका संयोजक हरिप्रसाद अधिकारीले बताए । उनका अनुसार समितिले आगामी वर्षका लागि सुर्खेत जिल्लाको पर्यटन गुरु योजना निर्माणको थालनी गर्ने, समितिका सदस्य तथा पदाधिकारीको क्षमता विकासका लागि तालिम संचालन गर्ने, पर्यटन क्षेत्रको अवलोकन भ्रमण गर्ने र स्थानीय निकायसँगको साझेदारीमा बुलवुले, देउतीबज्यै र काँक्रेविहारको सरसफाई र रङ्गरोगन गर्नेलगायतका कार्यक्रमहरु गरिने छ । महोत्सवमा टिकट विक्रिबाट ३१ लाख ८० हजार ८ सय ५३ रुपैयाँ र स्टलबाट १३ लाख ५८ हजार ५ सय ५० रुपैयाँ उठेको बताइएको छ । त्यस्तै स्थानीय कलाकारलाई ३ लाख र राष्ट्रिय कलाकारलाई १२ लाख ५५ हजार पारिश्रमिक दिइएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।
यसैबीच, पर्यटन विकास मञ्चले सुर्खेतको पर्यटन विकासका लागि कलम चलाएको भनि
पुरस्कृत गरेका पत्रकार प्रकाश पन्तले पुरस्कार अस्वीकार गरेका छन् ।
उज्यालो ९० नेटवर्क, समाचार पत्र र रेडियो भेरीमा कार्यरत पत्रकार पन्तले
महोत्सवको वास्तविक आय–व्यय सार्वजनिक नगरेको भन्दै पुरस्कार र सम्मान
पत्र अस्विकार गरेको बताए । पर्यटन विकास मञ्चले हरेक बर्ष आयोजना गर्ने
महोत्सवको वास्तविक आय–व्यय सार्वजनिक नगरेको आरोप लाग्ने गरेको छ ।
0 comments:
Post a Comment