Search This Blog

Feb 4, 2016

नयाँ शक्तिको अपरिहार्यता


मानसिंह ठकुरी        
                                
सक्छौ गर, सक्दौनौं नबिगार, जब जब मानिस अगाडी बढ्न सक्दैन् त्यसपछि अरुको इष्र्या गर्न थाल्छ । डा.बाबुराम भट्टराईले भर्खरै माघ १० मा नयाँ शक्तिको अन्तरिम केन्द्रिय परिषद् सार्वजनिक गरे । लोकतन्त्र राष्ट्रिय एकता प्रगतिशील राष्ट्रबाद सुशासन, समावेशीता, समृद्धि र समाजबादको अवधारण आत्मसाथ गर्दै नयाँ शक्ति अगाडि बढ्ने मुलुकको राजनीतिलाई जन उत्तरदायी, रचनात्मक, सुशासित, र सद्भाव पूर्ण बनाउन नयाँ शक्ति निमार्ण गरिएको स्पष्ट भयो । यति हँुदाहुदैँ पनि विभिन्न पत्रपत्रिकामा भट्टराईको यात्रा आफैमा चुनौतीपुर्ण छ भन्ने खालका टिकाटिप्पणी शुरु भएका छन् । मानिसलाई भ्रम नहोस् कि बाटोले के हो भनेर बाटो स्पष्ट देखिएको छ । लक्ष्मी र सरस्वतीसँगै नबस्नेलाई सँगै बसाल्ने प्रयोगात्मक अभ्यासमा अठोटका साथ लागेको देखिन्छ । डा. बाबुरामको विशिष्ठ र विषय विज्ञ क्षमतावान मानिसले नयाँ पाठ्यक्रम निर्माण गर्नु नै पर्छ । त्यसैको रुप हो नयाँ शक्ति । कुनै पनि कर्मचारी आफ्नो पेशाबाट समय अवधि पूरा गरि वाहिरिन्छ । त्यो त समयको माग हो । त्यसलाई बिग्रीएको भनिदैँन् । यसमा सबैले राम्रो गरेर निस्केको भन्ने हैन् । नराम्रो पनि पक्ष हुन्छ तर, आफ्नो कार्यभार भने पुरा गरेरै आएको भने र भन्न सकिन्छ । त्यसै गरी बाबुरामले पनि आफ्नो जनयुद्धको कार्यभार त्यो पुरानै घरबाटै भएपनि संस्थागत गर्दै बाँकी रहेका कार्यलाई र नयाँ युगका नयाँ मान्छेलाई आवश्यकता पुरा गर्ने मनसायका साथ अवको आन्दोलन सडकमुखी नभई निर्माणमुखी आन्दोलन हुनेछ । नयाँ शक्तिको लक्ष्य विकास र समृद्धि बाबुरामले चुनौतीपुर्ण कदम चाल्नु अनौंठो होइन् विश्वास छ । परिश्रम र समयमाथि विजय पाउन सक्छ । भाग्यलाई चुनौती दिन सक्छ । मानवीय सभ्यातामा नयाँ आयाम थप्न सक्छ । विपन्नताबाट सम्पन्नतामा पुग्न अभावबाट पुर्णता तिर असफलताबाट सफलताको शिखरमा पुग्न आफ्ना महोत्वकांक्षालाई मुर्तरुप दिन चाहाने भए परिश्रम गर्नुपर्छ । आज बाबुराम परिश्रम गर्ने यात्रा गर्दैछन् । उनको विचार आफ्नो जीवन राजनीति परिश्रम नै हो । अथक प्रयास पछि माओवादी जनयुद्धलाई पराजयबाट रोक्दै २०६४ को चुवानमा विजयको उचाईमा पु¥याउँदै गर्दा यसरी मानिसको भिड भयो । तत्पश्चात विस्तारै असन्तुष्ट र असहमति बढ्दै गयो समयले यसरी दौडायो, लिकलिके दौड प्रतियोगिताबाट राजा छानिए जस्तै अहिले फेरी नयाँ शक्तिमा चुनौती र शंका गरिएको छ । एक थरीले नयाँ शक्ति ठिक भन्छ, अर्काे थरीले बेठिक भन्छ, भन्नेले जे भनेपनि यात्रामा सफलता पूर्वक हिड्नु छ । बाबुरामले नेपालमा राजनीति पाठ्यक्रम नयाँ लागु गर्नु छ  । यसका लागि माओवादी आएनन् कस्ता राजनितिक पृष्ट बोकेका मान्छे आए भन्ने भन्दा पनि नयाँ शक्ति भनेकै फरक–फरक विषय संगालेका मान्छेको शक्ति हो । फराकिलो सोच, फरक ढंगले हेर्न सक्ने सदस्यको यतिबेला नयाँ शक्तिले आवश्यक ठानेको छ । माआवादीबाट गएर बाबुराम कसरी नयाँ भए भन्ने प्रश्नहरु उठेका छन् । बाबुरामले बनाउने संस्था नयाँ हो । ‘शान्ति भनेको शिशिरको प्रहार हो, भने विकास भनेको बगैँचा हो किनभने शिशिरमा पानी नझरी वसन्तमा केही र कहिल्यै पालुवा आउँदैन ।’ माघ १२, १३ को भेला र १४ गते यूवाहरुले गरेको पत्रकार सम्मेलन पनि नयाँ शक्तिको पुष्ट्याई गरेको देखिन्छ । अहिलेका यूवाहरु देशको लागी ध्वंश होइन्, निर्माण गरेर अराजक होइन्, सिर्जनाशिल बनेर अरुबाट हैन् आफुवाट शुरुवात गरेर देश निर्माणमा जुट्ने प्रष्ट देखिन्छ । राजनीतिमा मान्ने र मनाउने होइन् । राजनीति त प्रतिस्पर्धामा उभिएको देखिन्छ । अहिलेको नयाँ शक्ति, देशभर आएको हलचल, विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । नेपालमा क्रियाशिल थुप्रै क्रियाशिल पार्टी होलान तर, ती आँखा सबैलाई हेर्न मान्ने हुने हुँदैन् । त्यो मान्छेको आँखा सबैलाई हेर्ने दृष्ट्रिकोण एकै प्रकारले होइन् । त्यो आँखाको विश्वास हुँदैन् । आँखा विश्वास तपाई हाम्रो जिव्रोले गर्ने भए स्वादलाई परिक्षण गर्दैन थियो । अहिले नयाँ पुस्ताको माग नै नयाँ शक्ति रुपान्तरण भएको देखिन्छ । सबै जँुटे बाबुरामकै पालामा छिटो भन्दा छिटो सकारात्मक परिवर्तन दिने नीति कार्यक्रम र नेतृत्वको निर्माण अवश्यक हुन्छ । बाबुराम कार्यकारी सत्तामा पुगेर पनि अहिले आफ्नो जिम्मेवारीलाई सफलता पुर्वक संचालन गर्दै देश निर्माणको दौडानमा छन् । हिजोको अवस्था परिवर्तनशिल छ । नयाँ शक्तिले खोक्रो नक्कली राष्ट्रबाद होइन्, प्रगतिशील राष्ट्रयताको पक्षपोषण गर्दै त्यसका निम्ती नेपाललाई दुई ठूला छिमेकी चीन र भारतबीच दुई ढुङ्गा बीचको तरुल होइन् । नेपाललाई गतिशील पुल बनाउने नीति लिनुपर्छ भन्ने आधार सहित देश भित्रको आन्तरिक राष्ट्रिय एकता बलियो पार्ने र आर्थिक रुपले समृद्ध बनेर विदेशी परनिर्भता र प्रभुत्व अन्त्य गर्ने नीति अनुसरण गर्ने देखिन्छ । सबै देशसँग पञ्चशीलताको आधारमा मैत्री पुर्ण सम्वन्ध कायम गरेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्नु नयाँ शक्तिले आवश्यक ठानेको छ । नयाँ शक्तिका अभियान्ता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भन्छन् आउनुहोस् अभियानमा सक्रिय सहभागि बनौं ! घरघरमा टोलटोलमा गाँउमा, शहरमा, क्याम्पसमा, फ्याक्ट्रीमा, कार्यालयमा देशमा र विदेशमा अर्थात हामी जहाँ–जहाँ छौं त्यहाँ नयाँ शक्तिबारे बहस छलफल गर्दै र सुझाव लिदैँ नयाँ शक्ति अगाडी वढिसक्यो । अव रोकेर पनि रोकिने देखिदैन् । नयाँ शक्ति अभियानमा सहभागि बनौं ! स्वाधिन, समृद्ध, समावेशी नयाँ नेपाल निर्माण गरौं ! भन्ने मुल नाराका साथ नयाँ शक्ति निमार्ण भैरहेको छ । माओवादी जनयुद्धमा जाँदा पनि धेरै मानिस घृणा गर्थे । विस्तारै समयले मानिसलाई माओवादीको आकर्षण बढ्यो, देशको पहिलो पार्टी भयो । आज नयाँ शक्तिलाई पनि विभिन्न कोणबाट व्याख्या र विश्लेषण गरेको भेटिन्छ । व्याख्या गर्नु कुनै दुःखद होइन् तर, व्याख्या र भविष्यवाँणी यिनै विश्लेषण सँग पनि गरिएको छ । व्याख्या र विश्लेषणसँग टुङ्गिएको छ नयाँ शक्तिको भविष्यवाँणी गर्ने बेला होइन् । यो समय नयाँ शक्तिको सदस्य बन्ने र बनाउने समय हो । नयाँ शक्ति एउटा पार्टी मात्र नभएर एउटा विशाल र दीर्घकालीन अभियान र आन्दोलन पनि हो । पुरानो शक्ति झंै नयाँ शक्तिमा नेता र कार्यकर्ता बिच श्रेणीगत विभेद हुने छैन् । खाली श्रम विभाजन भन्ने स्पष्ट छ । पुराँनो शक्तिमा झंै जागिरे व्यवसायीक मानसिकता नभएर स्वयंसेवी चरित्र र भाव हुने भन्ने देखिन्छ ।
(नोट ः साभार गरिएको लेख २२ गतेको काँक्रेविहार दैनिकमा प्रकाशित छ ।)

0 comments:

Post a Comment