Search This Blog

Mar 19, 2016

कथा ः होली र दिलौरी


हरिमाया भेटवाल
Harimaya 
सानो पसलमा ठूलो स्वरले रेडियो घन्काउँदै दिलौरी चुरोट बेच्छे दिनभरि । हक्की भएर बोल्ने मात्र नभई सुन्दर हुनाले पनि नरेखाल जति खर्लप्पै आउँथे दिलौरीको पसलमा । चुरोटको कमाल हो कि दिलौरीको रु नखानेहरू खान थालेका थिए भने खानेहरूले कोटा बढाएका थिए । दिलौरीलाई हेर्नकै लागि भए पनि चुरोट किन्न आउँथे नरेहरू ।

यो कस्तो कस्तुरी सुगन्ध उसैसँग थियो तर ऊ बेखबर थिई आफ्नै नाभीसँग । कतिले भन्थे, ‘तँ सारै राम्री छेस् नम्बरी सुनजस्ती । अरु सुनको के भाउ र तेरो अघि ।’ कोही भन्थे, ‘तँ आफैँ हीरा होस्, जो राति उधुमले चम्किन्छ ।’ उसलाई फुर्काउनेहरू ठिटा मात्र थिएनन्, घरबार बसिसकेका बँधुवा गोरुहरू पनि थिए ।
आँसु पुछ्ने रुमाल हातमा परेपछि आँसु नै आएन । जुनबेला आँसु आयो त्यो बेला पुछ्नलाई रुमाल थिएन छेउमा । कस्तो अचम्म १  दिलौरी एक्लै हाँसी । हाँसो पुछ्न मिल्ने भए त्यही रुमालले पुछ्थी होला उसले यतिबेला ।
हातको रुमाललाई पट्याएर जतनसाथ राखी उसले । फेरिएको त केही थिएन तर आज सबैकुरा फेरिए जस्तै लाग्दै थियो उसलाई । सुन्दर लाग्दै थियो घामको राप, रुखको छाया, रेडियोको गीत । सायद रुमालसँग रुमाल मात्रै नभएर होला ।
अरु जसरी आउँथे ऊ पनि त्यसरी नै आउँथ्यो, चुरोट किन्ने निहुँमा दीपक र वचनले जिस्क्याएर जान्थ्यो । आउँदाआउँदै, जिस्किँदाजिस्किँदै मनका सारा कुरा साटासाट गर्ने बानी परेका थिए दुवै ।
चिया खान्छस् ?

खान्न, बरु चुरोट दे ।
चुरोट नखा धेरै, छाती दुख्छ ।
छाती त कति दुखेको छ कति, तँलाई के थाहा रु भन्न मन लागेर पनि भनेन, बरु बिस्तारै आफैँले आफैँलाई सुनायो दीपकले । किन चिन्तामा छस् त ?

तँलाई छौडेर जानुपरेकाले‘
कत्ति न टाढा जालाजस्तो ।
टाढा त हो नि । दिनदिनै भेट नभए’सी ।
धुलोका कणहरू बोकेर बेसरी दगुर्छ हावा, यो उराठलाग्दो चैत महिनामा । लाग्छ दीपकको मन र यो महिना उस्तै(उस्तै हो ।

किन म टाडाँ जांदा तलाई केहि हुदैन ?

अहँ हुँदैन, हुन्छ कसरी भन्नु र ? बल्ल(बल्ल पाएको जागिर जो छ । बुझक्की दिलौरीले दिलकै कुरा गरी ।

जागिर आवश्यकता थियो, प्रेम पनि आवश्यकता नै थियो, तर बाध्यता बीचमा उभिएको थियो ठिंग ।

एउटा कसम खा आज ।
किन विश्वास छैन तँलाई मप्रति ?
छ, तर कुनै दिन कुनै चोर पस्यो भने ?
चोर पस्ने दैलो बन्द गरे’सी कसरी पस्छ ?
कहिलेकाहीँ चोरहरू दैलोबाट नभएर झ्यालबाट, छतबाट पनि पस्छन् त्यो बेला ?
मेरो सानु यो पसलमा न झ्याल छ, न त छतबाट पस्ने ठाउँ छ । छ त  सिंगल सटर, तँ नडरा ।
दुवै हाँसे एकले अर्कालाई हेर्दै । दिलौरीका आँखाले भन्दै थिए( तँ पनि त चोरै होस्, मेरो मन चोर्ने तर मुखले केही भनिन उसले ।

हाँसेर नटार न दिलौरी ।

ल मेरो कसम खाएर भन, म तँ सिबाय अरु कसैलाई प्रेम गर्दिनँ भनेर । तेरो यो पसलमा मभन्दा राम्रा कति आउँछन् कति, कतै ।

यी केटाहरू यस्तै हुन्छन्, आफ्नै मात्र कुरा गर्ने, तेरोजस्तै हैन र मेरो पनि मन । के प्रेम रुपसँग मात्रै हुन्छ, मान्छेसँग हुँदैन रु दिलौरी सुकसुकाउन पो थाली ।

भो नरो प्यारी प्रेम मान्छे सँगै हुन्छ । उसले दिलौरीको गालामा चुक्क गर्यो । किन यति छिटो फर्किन्छन् होला केटी मान्छेहरू ? दिलौरी आफैँलाई सोधी ।

 म त खुसी छु, खुसीले नै होला सपना पनि उस्तै दिखिछु ।

के देखिस् नि खुसीको सपनाचाहिँ ?

तँ र म दुवै माछा भएछौ क्या । राता पखटा भएका माछा ।

अनि ?

हामी नदीबाट पौडिँदै पौडिँदै समुद्र पुगेछौ ।

त्यहाँ ठूला माछाले खाएनन् त हामीलाई ?

खान खोज्दा हामी ढुंगाको चेपमा लुक्दा रैछौ । घरी तँ घरी म अघि गर्दै अहा‘ पानीभित्र कस्तो मजाले पौडिएका हामी, हाम्रा थुप्रै साथीसँग ।

९भावुक हुँदै० जीवनको समुद्रमा जस्तोसुकै समस्या आए पनि हामी माछा जसरी नै पौडिने छौ म कहिल्यै साथ छोड्ने छैन तेरो ।

मलाई ठूलो माछाले खाएर तँ बाँचिस् भने ?

म ढुंगाको चेपमा लुक्दिनँ । अनि, मलाई पनि खान्छ, एक दिन ठूलो माछाले ।

धत्, के के गरौँला भन्ने छ १ भो छोड यो सपनाको कुरा । आफ्नो ख्याल गर्नु आउँदा मोटाएर आउनु बिहा गर्ने बेला बाघ र बिरालोको जोडीजस्तो देखिएला फेरि १

दुवै हाँसे, जसरी हाँसेको छ आँगनको फूल ।

हृदयबाट गरिने प्रेमले हृदय नै दुखाइरहन्छ । नचाहेरै पनि दीपकले दिलौरीको हृदय दुखायो । आफू कति दुख्यो त्यो नाप्ने औजार कहाँ पाउनु र रु कुरा गर्दा गर्दै बोल्न नसकेपछि उसले हातमा बोकेको रुमाल सायद जानिजानी छोडेर निस्किएको थियो । दिलौरीको पसलबाट ।

दिलौरीले उसको अघि रोएर देखाइन । उल्टो उसको मन फुरुंगिएको थियो, यो सोचेर कि, अब बाआमाले कुनै बहाना बनाउने छैनन्, नोकरी छैन केटाको भनेर । अब भने दीपकले जागिर खान थाल्नु भनेको विवाहका लागि लाइसेन्स पाउनु सोसरह हो, दिलौरीका लागि । एउटा मनले खुसी व्यक्त गर्दै थियो भने अर्को मनले दुःख । होइन मान्छेभित्र कतिवटा मन छ हँ १

जतिजति उकालो बाटो चढ्छ, उति नै मनबाट मस्तिष्कतिर सर्छ सम्झना । पाँच फुट दुई इन्चकी दिलौरी एक इन्चको आँखामा थपक्क बसेकी छे । आँखाबाट पसेकी ऊ मनमा बसेर मस्तिष्कमा डेरा जमाएकी छे । एकछिन घोत्लियो दीपक र सोच्यो( महिना दिनमा एकपटक त आउँछु आउँछु । उसले हिँडेकै दिनबाट गन्ती सुरु गर्यो गाडीमै । बसको रफ्तार र ऊ फर्किने समयको रफ्तार कमिला र हात्तीको हिँडाइझैँ लाग्यो उसलाई । तर विकल्प अर्को थिएन ।

रातको समय, दिलौरीलाई विवाह गरी भर्खर ल्याइपुर्याएको थियो घरमा दीपकले, घाँटीमा एउटा तिलौरो र हातमा एउटा औठी पहिर्याएर । अनुहार जस्तै मन पनि सारै सफा दिलौरीको । उसलाई तारा झारिदिन्छु जुन झारिदिन्छु भनेर फुल्याउनै परेन कहिल्यै ।

जुन आफैँले झर्ने वचन दिएको यो घडीमा दीपकलाई संसार एक्लै जितेझै लाग्यो । अरुबेला जिस्किँदै बोल्ने दिलौरी आज लाटी बनेकी थिई । उसको मुख बोलिरहेको थिएन तर आँखाले भने अरुबेला भन्दा धेरै बोलिरहेको थियो । रातै लुगामा सजिएकी दिलौरीलाई एकछिन आँखा नझिम्काई हेरिरयो उसले र सोच्यो( यति राम्री दिलौरी अरु कसैले पाए के के दिन सक्थे होला उसलाई १ अरुसँग भए के के माग्थी होला उसले रु

 दिलौरी, मैले तँलाई धेरै गरगहना दिन नसके पनि प्रेम त तँलाई १

ऊ बसेको ठाउँबाट सर्दै दिलौरीतिर जुरुक्क उठेर सरेको त आफैँ सुतेको खाटबाट तल खस्यो । अत्तालिदै भुँइबाट जुरुक्क उठ्यो, यताउता हेर्यो त्यहाँ न दिलौरी थिई न त आफू बेहुलो भएकै थियो । निधार छाम्यो पसिनै पसिना थियो ।

धत् सपना पनि के के देख्या होला त लौ १ राति नै फोन गर्न खोज्यो, घडी हेर्यो रातको एक बजेको थियो । हिजो मात्र दिलौरीले फोनमा रिसाउँदै भनेको सम्झियो( मलाई फोनै मात्र गरिरहन्छौ भने पैसा के बचाउँछौ तिमी रु हप्तामा एकदिन मात्रै गर्ने गर फोन । केही हुँदा म नि गर्छु । हुन त मभन्दा थोरै पढेकी छे तर प्रेममा अनेक अनुशासनको पाठ पढाउँछे ऊ मलाई भुक्तभोगी जसरी । सपनाबाट  ब्युँझिएपछि आफैँसँग एक्लै बात मारिरह्यो दीपक । रात मैनझैँ पग्लिएर सकिँदै थियो तर  सकिएको थिएन दिलौरीको सम्झना आँखाबाट ।

धत् एउटी दिलौरीले कसरी बिर्साएकी बाआमा, सारा आफन्त १ सम्झनै पो आउँदैन त अरु कसैको १ सायद प्रेममा सबै बिर्सिन्छन् होला केटा मान्छे र विवाहपछि माइतका सबै बिर्सिन बाध्य हुन्छन् होला केटी मान्छे ।

बिहान सबेरै सपनाको कुरा सुनाउन फोन गर्यो उसले । तर फोन उठेन दिलौरीको, सायद फोन छोडेर पसलमा होला ! एकछिनमा गर्छु । ऊ अफिस पुग्यो र पुग्ने साथ उसैलाई फोन गर्यो तर फेरि पनि फोन उठेन । तात्तिएको मनमा कसैले तातो पानी खन्याएझैँ भो उसलाई । मन भित्रभित्रै थुप्रै पानी फोकाहरू उठ्दै फुटे ।

महिना दिनमा गाउँ पुग्छु भन्ने दीपक चार महिना हुँदा पनि घर जाने वातावरण बनेको थिएन । घरी हाकिमले आफ्नु पनि कामको बोझ उसैलाई सुम्पिदिन्थे त घरी साथीभाइले ।

जागिरको लगामले बाँधिएको दीपक चर्न जान कहाँ पाउनु र रु उसले क्यालेन्डर हेर्यो( ९ चैतमा होलीको बिदा । ७ गते अझै दुई दिन बाँकी छ । अचानक दीपकको मनमा दिलौरीलाई सरप्राइज दिने जुक्ति फुर्यो फोन नगरी पुग्ने । पसलको छेवैबाट उसैलाई लुकेर हेर्दै फोन गर्छु के भन्दिरैछ हेरौँ न १

होली प्रेमको दिवस, विजयको उल्लास मनाउने दिवस, शत्रुता बिर्सिएर शत्रुसँग पनि हात मिलाउने दिवस यसै भन्छ हाम्रा संस्कारले । विजयीको रातो रङलाई महोत्सवको रुपमा लिइन्छ । दीपकले पनि सोच्यो( जीवनभरको साथ दिने दिलौरीलाई केही प्रेम उपहार लिएर जाउँ घर जाँदा ।

माटोले बनेको सुन्दर चुच्चो जोडिएका भाले पोथी सेता परेवा किन्यो उसले, फेरि सम्भिmयो रातो पनि केही किन्नुपर्छ । एउटा रातो साइडमा बोक्ने ब्याग किन्यो, आमालाई सम्भिmयो र खैरो ब्याग किन्यो । भर्खर गाडी चढ्यो, तर गाडी भन्दा तेजवान मनमनकै खुड्किला चढेर अघि घर पुगिसक्यो ।

हैनहैन पहिले घर गयो भने बाआमाले कसका लागि सामान ल्याइस् यो भनेर सोध्दा के जवाफ दिनु । हैन पहिले दिलौरीको पसलमा जान्छु उसलाई प्रेम उपहार दिन्छु न्यास्रो अलिकति भए पनि मेटिन्छ अनि घर जान्छु । कुरा गर्न साथी कहाँ चाहिनु नि १ मनसँगको एकोहोरो संवादले होला बसमा अरु कसैसँग बोल्नै परेन दीपकलाई ।

हावाको गति र दीपकको पैतालाको गति उस्तै । परदेशबाट आएको लाहुरे जसरी बेडिङ बिस्तारा नभए पनि जागिरे छाती आर्मीले परेड खेल्न उभिएझैँ ऊभन्दा अगाडि थियो । लोग्नेमान्छे हुनुको अभिमानलाई सटको गोजीमा कलम सिउरिएझैँ सिउरिएको थियो अनुहारमा । हिँड्दै गर्दा स( साना कमिलाको त के कुरा ठुल्ठूला ढुंगालाई पनि देखिरहेको थिएन, उसले र लागिरहेको थियो ठेस ।

धत् कैले बन्ला यो गाउँ सहरजस्तो रु चुनाव जितेको गाउँको नेतासँग यत्तिकै पनि रिसायो ऊ । भेटे भने योपालि दुई(चार कुरा भन्छु, नेतालाई पनि । पहिलेको दीपकजस्तो अहिलेको दीपक आफैँलाई लागेन उसलाई । ऊ आफ्नै प्रगतिमा फिस्स हाँस्यो ।

दिलौरीको पसल पुग्नुभन्दा दुई(सय मिटरजति अघि उसले परैबाट देख्यो मान्छेहरूको माहोल । किन झुम्मिएका होलान् मान्छेहरू यसरी रु सायद आज होलीमा रातो रङ खेल्न जम्मा भएका होलान् सबै । त्यही माहोलमा मिसिएर हेर्छु दिलौरीलाई पहिले अनि मात्र फोन गर्छु । ऊ पसलनजिक गयो, भीडलाई छिचोलेर भीडलाग्नुको रहस्य बुझ्न भित्रियो भिडभित्रै ऊ ।

चारजना सैनिकछेउ आधा उभिएकी दिलौरीको खुट्टाबाट रगत बगिरहेको थियो, लुगा च्यातिएको थियो ठाउँठाउँमा नीला डाम प्रशस्तै थिए । दिलौरीका बाआमा छेउमा रोइरहेका थिए आमा छोरीलाई पुरापुर उभ्याउन खोज्दै थिइन् । दुई दिन अघिदेखि हराएकी दिलौरीलाई अघि मात्र झोडीमा भेटेर ल्याइदिएका थिए, सैनिकहरूले र होस भर्खर आएपछि बयान लिन खोज्दै थिए उनीहरू । दिलौरी बोल्नुभन्दा अघि तर्सिन्थी । उसको बोली उसको जस्तो थिएन पूरै भसिएको थियो ।

कसले तिमीलाई यस्तो गर्यो चिन्छौ तिमी त्यो मान्छेहरूलाई रु

ऊ थर्थराउँदै बोली (एक्कासि फोन आयो मेरो मोबाइलमा, पसल बन्द गर्ने बेला । म दीपकको साथी बोलेको हुँ भन्यो । उसले र मलाई दीपकले सरप्राइज उपहार पठाएको छ लिन आउ भन्यो । हो न हो म गएँ, त्यहाँ पुग्दा झमक्क साँझ परेको थियो । म जहाँ पुगेर उभिएकी थिएँ, त्यहाँ कोही थिएन । एक्कासि चारैतिरबाट चारजना केटाहरू निस्किए । अँध्यारोमा मैले उनीहरूको अनुहार राम्रो देखिन, ऊ बोल्दाबोल्दै बोल्न सकिनँ ।

 यो दीपक भनेको को हो रु

मलाई मन पराउँछ ऊ, हामी प्रेम गर्छौं एकअर्कालाई । अहिले ऊ सदरमुकाममा जागिर खान्छ ।
छेउमा उभिएर दीपक सबै बयान सुनिरहेको थियो ।

अनि, कतिबेलासम्म तिमीलाई होस थियो रु

मेरो मुखमा रुमाल कोचे, मेरो हात पछाडि लगेर बाँधे, मलाई पालैपालो उनीहरूले।। म कति रोएँ‘ भन्दाभन्दै फेरि रोई ऊ ।

वरिपरि हेर्यो दीपकले गाउँका मान्छेको अनुहार त्यहाँ दिलौरीप्रति सहानुभूति त थियो, तर ऊ विवाह गर्ने योग्य पात्र भइन अब । ऊ अरुबाटै बिटुलो भई, जुठो भई । कसको हिम्मत अब कि उसलाई बाजा बजाएरै, बेहुली बनाएरै आफ्नु जीवन संगिनी बनाउने रु के मान्छे समाजसँग यति धेरै डराउँछ रु

हिजोसम्म जुन जस्ती दिलौरी आज कुरुपता भरिएकी देख्यो, दीपकले । उसको चोटमा मलम लगाउने हिम्मतसम्म गरेन ।

म यहाँ छु भन्दै भनेन, चुपचाप उभियो केहीबेर र फटाफट भीडबाट बाहिरियो ऊ । तर दिलौरीको कानमा भने उही सपना गुन्जिँदै थियो( मलाई ठूलो माछाले खायो भने रु दीपकले जवाफ फर्काएको थियो( म लुक्दिनँ ढुंगाको चेपमा अनि मलाई पनि खान्छ ठूला माछाले । तर, दीपक त लुक्यो समाजको ढुंगे चेपमा दिलौरीले फेरि चाहेर पनि भेट्न नसक्ने गरी ।

मान्छेहरू कानेखुसी गर्दै भन्दै थिए( हिजोसम्म नम्बरी सुन थिई, आज फलामको भाउमा पनि बिक्री हुन्न अब ।  दिलौरी दीपक सम्झिदैँ आँखा चिम्लिँदै थिई, फेरि बेहोस भई दिलौरी ।

फेरि पानी खन्याउँदै थिए उसका बाआमा । दीपक भने फटाफट नफर्की हिँड्दै थियो, अलिपर रातो रंग पानीमा घोलेर होली खेलिरहेका यौवनाहरूलाई देखेर एकछिन उभिएर हेर्यो । यता रातो रगतमा होली खेलेकाले दिलौरीको जीवनलाई समाजमा घृणाको पात्र बनाइरहेका थिए भने उता दीपक नयाँ प्रेमको सुरुवाती खाका मस्तिष्कमा कोर्दै हिँडिरहेको थियो । बोकी ल्याएको उपहार दीपक आफैँसँग थियो तर थिएन दिलौरीलाई बोकी आएको मन ।

0 comments:

Post a Comment