Search This Blog

Jan 25, 2016

पुरानो पार्टी विशेषको पुर्नगठन होइन नयाँ शक्ति अभियान


   मान सिंह ठकुरी


वास्तमा कर्म गरे अवस्य फल प्राप्ति हुन्छ । प्रत्येक मान्छे आफ्नो भाग्य निर्माण गर्ने भाग्य निर्माता एवम आफ्नो भविष्य निर्माता स्वंयम ब्यक्ति आफै हो, भन्ने कुरा बिर्सन हुदैन जस्ले आफ्नो ब्यक्तिगत भाग्य मात्र होइन राष्ट्रकै भाग्य निर्माण गर्ने अभियानका डाःबाबुरामभट्टराइ पट्क पट्क जनताले गरेको परिवर्तनको संघर्ष जहानीय राणाशासन ,राजतन्त्रत्मक शासन प्रणाली संसदीय राजतन्त्र लगायतका शासन प्रणाली वाट देशले समृद्द र सुशासन प्राप्त गर्न सक्नु । समय फेरियो तर समाजका निर्मल सपनामा सजिएको जनताको आकांक्षा फेरी पनि निराशा र असन्तुष्टिको तरेलीमा वहकिरहेको छ ।
नेपाली समाजमा ब्याप्त रहेको वर्गिय,जातिय क्षेत्रीय ,लैगिक भाषिक सास्कृतिक अन्त्य गर्दै समृद्द देश सभ्य समाज सदाचारी र समर्पित शुशासन र सचनात्मक नेपाल र नेपाली वनाउने सपना अझै पुरा भएका छैनान । कुनै पनि शासन प्रणालीले कित जनताले जीवन फेर्ना सक्नु पर्छ कित राज्यको प्रणाली वदल्न सक्नु पर्छ । झन्डै अढाइ सय वर्ष सम्ंम नेपालमा रहेको सामन्त वादी संस्कार संस्कृति र परम्पराकै निरन्तरता दिने पार्टी वा प्रणालीले विकसित हनै पर्ने आजको आवश्यक्ता र बाध्यतालाई सम्वोधन गर्न सक्दैन । अहिलेका राजनितिक दलहरुको अभ्यास पुरानो भइसकेको हुनाले ७० वर्ष अघिको परिवेशमा स्थापित संस्था र संयन्त्रहरु देश र विश्वमा भएका परिवर्तन र विकास अनुसार फेरिनु आवश्यक थियो । तर यसो हुन सकेन । पछिल्लो चरणमा उदायका परिवर्तनका शक्तिहरु पनि कालन्तरमा पुरानै प्रणाली र संरचनामा विलिन हुन पुगेका छन । अहिले नेपालको गति हिनतालाई चिर्नु नेपालको सन्र्दभमा एक प्रगतिशील युगीन र अपरिहार्य बनेको पुरानो विचार बोकेर नयाँ अभियानमा होइन ७० वर्ष पुरानो निरंकुश राज्य प्रणाली बदल्दै लोकतान्त्रिक राजनीतिक परिवर्तन मुलत सम्पन्न भयो । संविधान बाट नयाँ संविधान बनाएपछि राजनीतिक परिवर्तनको एउटा कार्य भार पुरा भएको निष्कर्ष निकाल्दै परन्ततु अगाडि बढेको छ । अत्यान्त पिछडिएको आर्थिक सामाजिक र सास्कृतिक आधारवीच गम्भिर असन्तुलन कायमै छ । तसर्थ नयाँ शक्ति अवको कार्यभार आम नागरिक र राष्ट्रको समृद्दि र विश्व मंचमा प्रभावकारी पहिचान स्थापित गर्नु नै हो । नयाँ राजनीतिक संगठन गति र नेतृत्व चाहिन्छ ,जो काम पुराना राजनीतिक दल तथा नेतृत्व बाट प्राय सम्भव हुदैन,भन्ने कुराको निचोडकमा पुगेको छ, नयाँ शक्ति अभियान । पट्क पटक् प्रयोगात्मक परिक्षणले यो सिद्द भइसकेको छ । पुराना दलहरु खास समयमा खास प्रयोजनका लागि क्रियाशिल थिए ।त्यो समयमा ठिकै काम गरे त्यो समय परिवेश सरहाउँदो थियो । वर्तमान र भविष्यको नेपाली आवश्यक्ता पुरा गर्न सक्ने परिवर्तनको खास विन्दु र ऐतिहासिक आवश्यक्ताले नयाँ शक्तिको माग गरिसकेको स्पष्ट छ । तराईमा हालै भएको आन्दोलनलाई आफ्नै जनताको आन्दोलनका रुपमा बुझ्ने भन्दा पनि आरोपित गर्ने र घोषित–अघोषित राज्य संयन्त्र प्रयोग गर्नु दुखद कुरा हो । सवै खाले आन्दोलनलाई शान्तिपूर्ण पहलकदमी  र सम्बोदनको बाटोबाट समाधान खोज्नमा नयाँ शक्तिको प्रयत्न रहेको छ । आलोचना र जिज्ञासाहरु चौतर्फी नउठेकात होइनान पूर्व पार्टीको निरन्तरता मात्रै हुने होकी भन्ने जिज्ञासा एकातिर अर्को तिर मान्यताहरु छाडेर नयाँ कसरी बन्छ भन्ने चासो नभएको होइन । कुनै पनि सिद्दान्त आविस्कार विज्ञान संगत प्रमाणीत भएको छ भने त्यसलाई छोड्ने वा अँगालने  भन्ने कुरा हुदैन । डार्विनको जीव विकासको माकर््सको द्दान्द्धात्मक भौतिक वादी सिद्दान्त ,न्यूटनको गुरुत्वकर्षणको सिद्दान्त, हाकिन्सको क्वान्टम भौतिक सिद्दान्त लगायत कुनै “वाद” मात्र नभएर विज्ञानद्धारा प्रमाणीत विषयहरु हुन । थुप्रै सिद्धान्त र प्रमाणीत वैज्ञानिक विषयहरुमा नयाँ आविस्कार प्रयोग र निरन्तर विकास गर्दै सक्वृद्दि संग जोडेर लैजानु पर्दछ, भन्ने कुराम नयाँ शक्तिको स्पस्टता रहेको छ ।नयाँ शक्तिको यात्रा र खोजि त्यो हुन पुगेको छ,वाद र विचार के हो भन्ने भन्दा पनि नेपालीको सम्वृद्धि का लागि कुन विचारले नेतृत्व गर्नसक्छ त्यस्को निरन्तर खोजी आजको आवश्यक्ता भन्ने ठानेको छ । देशलाइ स्वाधिनता समृद्धि,सुशासन सदाचार समावेशी र समानुपातिक प्रणाली सहित नयाँ शक्ति निमार्ण अभियानलाई संगठित सुस्पष्ट र निर्दिष्ट गर्नका लागी कार्ययोजना  पत्रहरु तयार भइसकेको छ । नेपालको संविधान २०७२ जारी भए पछि नेपाली जनता नयाँ युगमा प्रवेश गरेको । नयाँ शक्ति स्पष्ट छ ,तिब्र उत्पादनमा र समन्यक साथ समाजवादको निर्माण, दलाल नोकरशाही पुजीवादलाई राष्ट्रिय औद्योगिक पुजीवादले प्रतिस्थापित गर्दैै उत्पादनमा वृद्धि समाजवाद सम्वृदिकालागि काम गर्नु अवको मुख्य राजनितिक दायित्व रहेको छ । राष्ट्रिय औद्योगिक पुँजीबादको जग निर्माण गर्दै समुन्नत समाजबादको रचना गर्नु नेपाली राजनितिमा मुख्य कार्यभार रहेको छ । उत्पादन र उत्पादकत्वको तिब्र बृद्धि गर्दै श्रम समवन्धमा व्यपाक फेरबदल सहित गरिव बेरोजगार महिला दलित, पिछडिएको क्षेत्र जनजाती र मेधेशी समुदायको सांमेलीमा देशलाई समृद्ध बनाउनु आजको लोकतान्त्रिक प्रगतिशील र राजनितिको पहिलो काम हो । समाजमा परिवर्तनका राजनीतिक विचार प्रवृति र कार्यक्रम विच सन्तुलन छैन् । यसको अन्तरविरोध आवश्यकता र मुद्धाहरु फेरिय तर, राजनीतिक ज्ञान नारा आन्दोलनहरु उस्तै छन् । यहि राजनितिक अन्तरद्धन्दको अन्त्यका लागि नयाँ शक्ति आवश्यक देखिएको छ । विशिष्ठ उद्देश्यका निम्ती गठन भएका पार्टीहरु अर्काे परिवेश र उद्देश्यका लागि जस्ताको तस्तै नहुने हुदाँ परिस्थितिमा आएको परिवर्तन सँगै पार्टी संरचनामा पनि परिवर्तन आवश्यक हुन्छ । नयाँ पार्टीमा अस्वीकारको व्यवस्था नेतलाई फिर्ता बोलाउने हक ( राईट टू रिजेक्ट एण्ड राइज टू रिकल) जस्ता नयाँ व्यवस्था विभिन्न आन्दोलनको उच्चतम रुप  माओवादी जनयुद्धको जगमा सम्पन्न २०६२÷०६३ को आन्दोलनले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर महत्वपूर्ण काम पुरा गर्दै यि सबै आन्दोलनहरु आशतित रुपमा सफल हुन नसकेको विगतका राजनीतिक उपलब्धीलाई कसंस्थागत गर्ने कुरा पनि विगतमा दलहरु कमजोर रहे । अवको यात्रा राष्ट्रिय समृद्धि आत्मनिर्भता बाट समाजबादी लोकतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्नु नै नयाँ शक्ति मुलभुत लक्ष्य हो । जीवन र जगतमा प्रयोग हुने सिद्धान्तहरु तथ्य सहितको आलोचना र प्रमाणित विषयहरुको विकास गर्ने युगमा नयाँ अवसर बनेर आएको छ । यो अभियान पुरानो पार्टी विशेषको पुर्नगठन होइन् । नितान्त नयाँ वैकल्पिक धार सहितको नव निर्माण हो । नयाँ शक्ति जिज्ञाशा, छलफल र बहश बाट अगाडी बढ्ने, एमाओवादी छलफल होइन् एमालेसँग कार्यगत एकता गर्दै अगाडी बढ्ने फरक यही देखिएको छ ।
नयाँ शक्ति बहशलाई केन्द्र देखि गाँउ सम्म पु¥याई पार्टी निर्माणको देश व्यापी नविन र व्यवस्थित आधार तयार पार्ने समन्वय समितिको सचिवालयको रुपमा केन्द्र, प्रदेश, जिल्ला र नगर तथा गाँउ सम्म सम्पर्क कार्यालय स्थापित गर्ने बाटो स्पष्ट देखिएको छ । नयाँ शक्ति अभियानमा डा. बाबुराम भट्टराईले त्यसै आफ्नो समयलाई खर्च गरेका छैनन् । अब्दुल्ले भने–‘ झैं सपना त्यो होइन, जून निद्रामा देखिन्छ, सपना त्यो हो, जसले तिमीलाई निदाँउन दिदैन् ।’ प्रशिद्ध बैज्ञानिकले भने जस्तै त्यो सपनाले डा. बाबुरामलाई कयौं रात जागराम बसाएको थयो । बाबुरामको कुरा मात्रै होइन् कार्य पनि हेर्न सकिन्छ । लक्ष्मी र सरस्वती सँगै नबसेझैँ सतय सत्ता अवसरसँगै बस्दैनन् भन्ने थाहा भएपनि तिनीहरुलाई सँगै राख्ने नयाँ घरको खोजीको यात्रामा दश देखि एक लाख अभियान्ता सदस्यको तयारीमा पुगि सकेका छन् नयाँ शक्ति निर्माण अभियानका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई ।
    ‘म नयाँ शक्ति, बनौं सबै नयाँ शक्ति’
ब्लगमा अपलोड गरिएको लेख २०७२/१०/११ गतेको काँक्रेविहार दैनिकमा प्रकाशित गरिएको छ ।
डिलप्रसाद शर्मा (संवाददाता) काँक्रेविहार दैनिक सुर्खेत । 

0 comments:

Post a Comment