सुर्खेत चैत्र ३ ।
यही चैत्र ५ गतेदेखि
सुर्खेतको वीरेन्द्रनगरमा हुने नेपाल मदुर किसान पार्टीको नेपाल
क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ ।
सम्मेलन सम्मेलन तयारी समितिले आज विहान पत्रकार सम्मेलनको आयोजना गरी
तयारी करिब पुरा भएको जानकारी दिएको छ ।
सात गतेसम्मा चल्ने सम्मेलनको
उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेले उद्घाटन गर्ने
नेपाल क्रान्तिकारी युवा संघले जनाएको छ ।
सम्मेलनका बारेमा जानारी दिदै
सम्मेलन तयारी समितिका संयोजक उकेश कवाँले सम्मेलनले राष्ट्रियतालाई जोड
दिदै भुअखण्डताका पक्षमा आवाज उठाउने बताए ।
अहिले भारतले नेपालमाथी
थिचोमिचो गरिरहेको भन्दै संयोजक कवाँले सम्मेलन त्यसैमा केन्द्रित हुने र
युवाहरुको भूमिकाका विषयमा पनि छलफल गरिने बताए ।
सम्मेलनको उद्घाटन पूर्व
स्थानीय मंगलगढीबाट बृहत ¥याली निकाली बजार परिक्रमा गरिने आयोजकले जनाएको छ
। सम्मेलनका लागि देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधी बिहिबार देखि नै
आउने क्रम सुरु भएको नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सदस्य तथा
सुर्खेतका अध्यक्ष गोविन्दनाथ योगीले जानकारी दिए ।
0 comments:
Post a Comment