Search This Blog

Mar 19, 2016

पत्रकारको न्यूनतम मासिक तलब साढे १९ हजार


चैत्र ५,
सरकारले आगामी वैशाख १ देखि लागू हुने गरी पत्रकारको न्यूनतम मासिक तलब १९ हजार ५ सय रुपैयाँ कायम गर्ने भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न लागेको हो ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शुक्रबार मन्त्रालयमा सञ्चार सम्बन्धी संघसंस्थाका प्रतिनधिसितको छलफलपछि समितिको सिफारिसअनुसार पत्रकारको न्यूनतम पारिश्रमिक मासिक १९ हजार ५ सय  र सञ्चार खर्च १ हजार रुपैयाँ वैशाख १ देखि लागू हुने गरी मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागिएको जानकारी दिए ।

पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्यूनतम पारिश्रमिक १० हजार ८ बाट बढाएर १९ हजार ५ सय र सञ्चार खर्च मासिक १ हजार कायम गर्न सिफारिस गरेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना आह्वान गरी पारिश्रमिक पुनरवलोकनका सम्बन्धमा कुनै राय, सुझाव, प्रतिक्रिया भए सञ्चार गृहहरूलाई एक साताभित्रै बुझाउन आग्रह गर्ने जानकारी छलफलमा सहभागी पारिश्रमिक निर्धारण समितिका सदस्य रामप्रसाद दाहालले दिए ।

0 comments:

Post a Comment