सुर्खेत, १ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय सुर्खेतका उप–सचिव एवम् प्रवक्ता जंगबहादुर डाँगीले भ्रष्टचार गर्ने कुनै पनि दर्जाको व्यक्तिलाई आयोगले नछाँड्ने बताएका छन् ।
उनले सुशासनका पहरेदार भनिएकाहरुले नै भ्रष्ट्रआचारण देखाउने गरेको भन्दै सेवाग्रहीबाट यो या त्यो बहानामा घुस लिने र अनुचित कार्य गर्नेहरुलाई अख्तियारले नछाड्ने बताए ।
उनले भने,‘ अख्यिारले अब घुन पुत्ला कसैलाई छाड्दैन ।’ वीरेन्द्रनगरमा सोमबार आयोजित भ्रष्टाचार निरुत्साहित गर्नका लागि सम्वन्धित सरोकारवाला र यूवाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रवक्ता डाँगीले यस्तो बताएका हुन् .
उनले आयोगले भ्रष्टाचार गर्ने व्यक्तिलाई सजायका लागि विशेष अदालतमा मुद्धादायर गर्ने मात्र नभई भ्रष्टाचार हुने संकास्पद ठाँउहरुमा पटक–पटक तर्साउने काम पनि गर्दै आएको बताए । उनले भने,‘कुनै ठूलो दर्जाको कर्मचारी मात्रै भ्रष्टाचार गर्छ र साना दर्जाका कर्मचारीले गर्दैनन् भन्ने हुदैन, जो सुकै व्यक्तिले पनि जतिबेला पनि भ्रष्टाचार गर्न सक्छ, त्यसैले आयोगले पटक–पटक तर्सादै आएको छ ।’
कार्यक्रममा उनले ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने ध्येयले सबै अगाडी बढे भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने उल्लेख गरे । अख्तियारले सक्रियता बढाएसँगै भ्रष्टाचार गर्नेहरुको शैली परिवर्तन भएको उनको भनाई थियो । उनले पछिल्लो समयमा कार्यालयमा हुने भष्टचारका बारेमा आयोगले निगरानी वढाएपछि कार्यालय वाहिर र विदाका दिनमा पनि लेनदेन हुने बताए ।
प्रवक्ता डाँगीले भ्रष्टाचार न्यूनीकरणका लागि ‘एक्सन’ मा जानु आवश्यक रहेको बताए । यस्तै कार्यक्रममा जिल्ला विकास समितिका समाजिक विकास अधिकृत टंक लामिछानेले भ्रष्टाचारको रुप फरक भएपनि सार एउटै भएको बताए । उनले भ्रष्टाचार र अनियमितताको प्रत्यक्ष असर विकास निमार्णका काममा पर्ने गरेको भन्दै नियन्त्रणका लागि सव सचेत हुनुपर्ने बताए । अन्तरक्रिया कार्यक्रम युवा अभियान सुर्खेतले आयोजना गरेको हो ।
0 comments:
Post a Comment