Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Feb 9, 2016

सडकबाट : मरेको दिन मात्र गुणगान गाउने नहोस्

86
 
50
 
5
 
अमृत गुरुङ, व्यवसायी, भैँसेपाटी
‘सादा जीवन, उच्च विचार’का उदाहरण हाम्रा पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति सुशील कोइरालाको निधनले दुखित बनाएको छ । आधा रातमा नराम्रो खबर कानमा परेपछि एकछिन विश्वास नै लागेन । छरछिमेकमा हल्ला फैलिन थालेपछि मात्र विस्वस्त भए ।
sadk bata (1)नेपालको राजनीतिक इतिहासमा कोइराला जस्तो राजनीतिज्ञ कमै होलान् । कोइरालाको निधनप्रति मेरो व्यक्तिगततर्फबाट भावपूर्ण हार्दिक श्रद्धान्जली छ । कोइरालाले आजीवन विवाह नगरी आफ्नो सम्पूर्ण मेहनत, ध्यान र लगाव राजनीतिमा समर्पण गरे उनको यस्तो समर्पणप्रति हामीले ताली बजाउनैपर्छ जस्तो लाग्छ । कोइराला सरकारमा हुँदै देशले नयाँ सविंधान पायो । जनतामा नयाँ आशा पलायो, यसलाइ हामीले मनैदेखि मान्नुपर्छ । क्यान्सर जस्तो भयानक रोगबाट लडिरहँदा पनि उनले आफ्नो काम र कर्तव्यलाइ निरन्रता दिइनैरहे । उनको यस्तो इमान्दारिताको हृदयदेखि नै तारिफ गर्दछु । एउटा त्यागी कुशल नेताका रुपमा कोइराला सँधै हाम्रो सम्झनामा रहिरहनेछन् ।
 केशव धिताल, नेपाल प्रहरी, दाङ
काँग्रेस सभापति सुशील कोइरालाको असमहिक निधनले आज हामी सबै नेपालीहरुलाई मर्माहित तुल्याएको छ । आधा रातमा कोइरालको मृत्युको खबर सुनेपछि निदाएको छैन । रातभर उनको जीवनी र राजनितिक योगदानको समिक्षा गरिरहेँ । उनको आत्माले चिर शान्ति पाओस् हामी प्रहरीहरुको तर्फबाट पनि भावपूर्ण श्रदान्जली दिन चाहन्छु । कोइराला अब सम्झनामा मात्र रहे भन्नु पर्दा दुःख लागेको छ । कांग्रेस १३ औँ महाधिवेशनको चटारो चलिरहँदा बीचैमा sadk bata (2)कोइरालाको निधनले महाधिवेशन अलपत्र हुन पुगेको छ । ढिलैगरि बल्ल–बल्ल हुन लागेको महाधिवेशन पनि अड्कियो । देशले कोइराला जस्ता निष्ठावान् नेता गुमाएको छ । उहाँले विहेसमेत गर्नु भएन । आम मानिसले झै घरजम गरेर आफ्नो बाटो लाग्नुभन्दा एकचित्त भएर राजनीतिमा लाग्न मन पराउनुभयो । बीचमा चर्को आलोचनासँग जुधिरहे । उनको यस्तै आत्म विश्वासले उनले पटक–पटक क्यान्सर जस्तो रोगसँग लडेर क्यान्सर जित्न सफल भए । उनको आत्मविश्वास र दृढता साँच्चिकै मान्न लायक थियो झै लाग्छ । कोइरालाकै नेतृत्वमा देशमा नयाँ सविंधान जारी हुनु इतिहासमै उदाहरणीय काम हो भन्न सकिन्छ । जन्म लिएर आएपछि एकदिन सबैलाइ मर्नैपर्छ भनी चित्त बुझाउन बाहेक उपाय पनि छैन । अब उनको राजनीतिक जीवनबाट केहि पाठ सिकेर देश बनाउनतिर लागौँ । यदि हामी यस्तो गर्न सक्छौँ भने मात्र कोइरालाप्रति श्रद्धान्जली काम लाग्नेछ ।
शिशिर शाह, विद्यार्थी, कोपण्डोल
काँग्रेस सभापति सुशील कोइरालाको मृत्युले हामी सबैलाइ स्तब्ध बनाएको छ । उनको आत्मालाई शान्ति मिलोस् यहि नै मेरो हार्दिक श्रदान्जली । म भर्खर प्लस टु पढ्दैछु त्यति राजनीति त मैले बुझेको छैन तर पनि मैले जाने अनुसार कोइराला अरु नेता र मन्त्रीभन्दा फरक नै थिए । हुन त बाँचुञ्जेल गाली गलोज र आलोचना गर्ने अनि मरेको दिन गुणगान मात्र गाउने हाम्रो परिपाटी पुरानै हो । आजको दिन सबैले कोइरालाको sadk bata (3)गुणगान नै गाउँलान् । तर कमजोरी र बलियो पक्ष हामी सबैमा हुन्छ नै । त्यसैले हामी मान्छे हौँ । कोइरालामा पनि यहि कुरा लागु भयो । बाचुन्जेल सबैले उहाँको मुख थाकुन्जेलसम्म आलोचना सुनिन्थ्यो घर नजिकको चिया पसलमा, आज त्यही चिया पसलमा मानिसहरु कोइरालाको भजन गाइरहेको सुनियो । नराम्रो लाग्यो । कमजोर पक्षहरुलाई बिर्सिएर उनको जिवनी र राजनितिक योगदानबाट केहि सिक्नुपर्छ जस्तो लाग्छ । कोइराला नरहेपनि उनले दिएको योगदान जिवितै रहनेछ । त्यसको आदर र संरक्षण गरौँ ।
- See more at: http://www.ratopati.com/news/30736/#sthash.XnUyYvbR.dpuf
अन्तिम स्वास लिनुअघि कोइरालाले भनेका थिए– ‘मैले बुझिसकेँ’
20160209_070605काठमाडौं–नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराती १२ः५० मा उनकै निवास महाराजगञ्जमा निधन भयो ।
उनले अन्तिम पटक आफ्ना निजी सहयोगीका रुपमा कार्यरत कृष्ण अर्याल र निजी चिकित्सक डा। करबीर योगीसंग सम्वाद गरेका थिए भने अन्तिम वाणी ‘मैले बुझिसके ’ भन्ने रहेको कोइराला प्रधानमन्त्री हुँदा प्रेस संयोजक रहेका प्रकाश अधिकारीले जानकारी दिए ।द्दण्ज्ञटण्द्दण्ढ)ण्ठण्टण्छ
उनका अनुसार कोइरालालाई अलिक बढी चापेपछि निजी चिकित्सक डा। योगीलाई बोलाइएको थियो । उनको पल्स कम हुँदै गएपछि उपचारका सम्बन्धमा कुरा हुँदा उनले सो कुरा व्यक्त गरेका हुन् । अन्तिम समयसम्म पनि उनलाई अक्सिजन र नेवुलाइजर दिइएको थियो ।
चिकित्सक योगीका अनुसार पछिल्लो समय निमोनिया र ज्वरो देखिएको थियो । उनलाई निजी चिकित्सक र आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकहरुले सेवा पुर्याउदै आएका थिए । उनमा दमको समेत प्रभाव देखिएकोले उनले केही दिन अगाडिदेखि आवश्यकता अनुसार नेवुलाईजर र अक्सिजन लिने गरेका थिए भने केही दिन यता निद्रा पनि कम हुँदै गएको थियो । यस्तो बेलामा टेलिभिजनमा देश विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसंग चिन्ता व्यक्त गर्थे ।
पार्टीको बाह्रौ अधिवेशनबाट सभापति निर्वाचित भएका सभापति कोइराला त्यस पूर्व कार्यबाहक सभापति,पार्टी महामन्त्री र केन्द्रीय सदस्यको रुपमा रही पार्टी मार्फत देश र जनताको सेवामा संलग्न भएका थिए ।

संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गरेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक नेका सभापति तथा तात्कालिन प्रधानमन्त्री कोइरालाले आफ्नो बचनबद्धता अनुरुप संविधान सभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गरेका छन् ।
प्रधानमन्त्रित्व कालमा भारत, चीन, म्यानमार, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जेम्बर्ग,इण्डोनेशियाको भ्रमण गरेका थिए । प्रधानमन्त्री पदमा रहदा भ्रमण मार्गमा यूएइको अबुधावी, थाइलैण्डको पनि भ्रमण गरेका थिए ।