Search This Blog

Jan 21, 2016

सरकारी कर्मचारीको मनोमानी


सार्वजनिक विदामा पनि काज मिलाउदै भत्ता खादै

क्षेत्रीय निर्देशक नै वर्षमा ५४ दिन मात्रै हाजिर

    सुर्खेत, ७ माघ ।

  
राष्ट्रिय सतर्कता केन्द्रले बिहिबार सुर्खेतका सरकारी कार्यालयमा गरेको छड्के अनुगमनमको क्रममा मध्यपश्चिमाञ्चल सडक निर्देशनालयका निर्देशक मुक्ति गौतमले निजामति कर्मचारी दिवस र तीजको दिनमा समेत काजमा बसेर भत्ता खाएको भेटिएको छ । ‘हाजिरीमा सार्वजनिक विदाका दिनमा पनि काज लेखिएको छ । काज मिलाएर भत्ता खानकै लागि यस्तो गरिएको हो ।’ सर्तकता केन्द्रका उप–सचिव शेरबहादुर ढुंगानाले भने– २०७२ साल वैशाखदेखि माघ ७ गतेसम्म गौतम १ सय ९२ दिन काजमा वसेको उनको हाजिर खाताले बताउँछ ।’
उप–सचिव ढुगानाका अनुसार क्षेत्रीय निर्देशक गौतमले काजमा वस्दा प्रतिदिन २ हजार रुपैयाको दरले १ सय ९२ दिनको ३ लाख ८४ हजार रुपैयाँ भत्ता मात्रै वुभ्mन पाउने गरि काज मिलाएका छन् । निर्देशक गौतमको हाजिरी हेर्दा वैशाखमा साढे पाचँ दिन, जेठमा छ दिन, असारमा १४ दिन, साउनमा एक दिन, भदौमा सात दिन, असोजमा दुई दिन, कार्तिकमा चार दिन, मंसिरमा साढे सात दिन,  पुसमा साढे पाचँ दिन र माघ महिनाको सात गते (हिजो) सम्म उनी काजमै रहेको देखिएको छ ।
सतर्कता केन्द्रको टोलीले त्यहाँका अन्य कर्मचारीलाई निर्देशक काजमा बसेको पत्र देखाउन भन्दा कर्मचारीले पत्र नभेटिएको बताए । मध्यपश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयको हाजिरी चेक गर्दा निर्देशक मुक्ति गौतम वर्षमा ५४ दिन मात्रै हाजिर भएको पाइएको हो । हाजिरमा सन्चित विरामी विदा ३ सय दिन देखिएकाले उनको जागिर कम्तिमा २५ बर्ष कटेको हुनुपर्ने ढुंगानाले बताए । यस्तो लापरवाही सार्वजनिक सेवामा आफुले ४० वर्ष काम गर्दा कतै नभेटेको उप–सचिव ढुंगानाले बताए । उनले भने–‘यस्तो लापरवाहि देखेको यो मेरो पहिलो अनुभव हो, यहाँ जे देखे विचित्रको लाग्यो ।’ अनुगमनका क्रममा सुर्खेतमा रहेका क्षेत्रीय कार्यालयका अधिकाश प्रमुखहरु महिनामा मुस्किलले १० दिन मात्रै कार्यालयमा हाजिर हुने गरेको तथ्य पनि बाहिर आएको छ । क्षेत्रीय प्रमुखहरु भत्ताका लागि अधिकाश समय काजमा वस्ने गरेको, तल्लो तहका कर्मचारी जानुपर्ने गोष्ठीमा पनि आफै जाने गरेको, सार्वजनिक विदाका दिन पनि काज वसेर भत्ता खाने गरेको भेटिएको छ । यस्तो अनियमितता गर्नेमा खरिदारदेखि सह–सचिवसम्मका कर्मचारी रहेको सतर्कता केन्द्रका उप–सचिव ढुंगानाले बताए ।
क्षेत्रीय कार्यालयहरुमा यतिसम्मको लापरवाही देखिएको छ कि निर्देशकवाट निमित्त सर्दै आठ जनासम्म पुगेका छन् ।  यस्तो लापरवाही हुने कार्यालयमा वन निर्देशनालय पहिलो देखिएको छ । वन निर्देशक वावुराम भण्डारीले उप–सचिव अनिरुद्ध ठाकुर, अनिरुद्धले प्रल्लादप्रसाद धिताल, धितालले कम्प्यूटर अधिकृत कृष्णदेव गिरी,  गिरीले सहायक वन अधिकृत हरिवंश न्यौपाने, न्यौपानेले रेन्जर दिगम्वर झा, झाले रेन्जर एजान अहमत अन्सारी र अन्सारीले रेन्जर संजीव सुवेदीलाई  निमित्त  दिएर अफिस नआउने गरेको पाइएको सर्तकता केन्द्रका उप–सचिव ढुंगानाले जानकारी दिए । केन्द्रले अनुगमन गरेका क्षेत्रीय पशु सेवा निर्देशनालय, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, डिभिजन सडक कार्यालय, क्षेत्रीय सिचाई, क्षेत्रीय शिक्षा निर्देशनालय, नेपाल विद्युत प्राधिकरण लगायतका कार्यालयमा पनि समयमै कर्मचारी कार्यालय नआउने गरेकोे, तोकिएको पोशाक नलगाएको, कर्मचारी परिचय पत्र बोक्ने नगरेको पाइएको छ । कार्यालयमा उपस्थित भएका कर्मचारीहरुले पनि कतिले कार्यालय समय पालना नगरेको, हाजिरी खाता अनियमित देखिएको तथ्य पनि सार्वजनिक भएको छ । काज स्वीकृत नगराई काजमा जाने, कार्यालयको काम भनेर बाहिर जाने तर निजी काम र मोजमस्तीमा रमाउने कर्मचारीको संख्या पनि अत्याधिक रहेको पाइएको छ । सरकारी काममा अनियमितता गर्ने कर्मचारीलाई कारबाहिका लागि माथिल्लो निकायमा पत्राचार गर्ने उप–सचिव ढुंगानाले बताए । राष्ट्रिय सतर्कता केन्द्र र जिल्ला प्रशासन कार्यालयले मंगलबार सुर्खेतका सरकारी कार्यालयमा गरेको आकस्मिक अनुगमनमा २० कार्यालयका ४१ जना कर्मचारी अनुपस्थित भेटिएका थिए । अधिकाशं क्षेत्रीय कार्यालयका प्रमुखहरुहरु कार्यालयमा अनुपस्थित थिए । क्षेत्रीय कार्यालयमा मात्र होइन दैनिक जसो सेवाग्राहीको अत्याधिक चाप हुने जिल्लाका अन्य सरकारी कार्यालयका कर्मचारीहरु पनि उपस्थित नभएको पाइएको थियो ।

0 comments:

Post a Comment