Search This Blog

Jan 26, 2016

असाहयका अगूवा सारथी मल्ल

 
डिलप्रसाद शर्मा
सुर्खेत,

संसारमा जहा“ जन्मे पनि एउटै मन, भावना र विचार भएका मानिसहरु एकै थलोमा उभिन्छन् । परोपकारी ह्दय अरुलाई आफु जस्तै ठान्दछ, अर्काको पिर मर्का जान्दछ र सहयोगी कदम बढाउन पछि पर्दैन ।  मानव सेवा गर्न इच्छुक महानुभावहरु रगतको नाता भन्दा मानवीय व्यवहार सम्बन्धलाई महत्व दिन्छन् र एक आपसमा हातेमालो गर्दे पीडितहरुलाई माया ममता र सेवा सुविधाले न्यानो अ“गालोमा राख्न सध“ै तयार हुन्छन् भन्ने दृष्टान्त विरलै भए पनि मानव जीवन जगतमा भेटिन्छन् ।  हाम्रै सेरोफेरोमा देख्न पाइने यस्ता अनुकरणीय कर्म पद्धतिहरुलाई कसैले पनि बिर्सनु हु“दैन । 
यस्तै संयोग जुटेको छ –टोपबहादुर मल्लको बाल कल्याणकारी कार्य क्षेत्रमा । पिता मन बहादुर र माता पुलका मल्लका दुई छोरा र एक छोरी गरी तिन सन्तानमध्ये कान्छा पुत्रका रुपमा २०२८ साउन २५ गते कर्णाली अञ्चलको  विकट जिल्ला कालिकोट ओदानकू गाविस वडा नं. ३ अन्तर्गत पर्ने ओदा गाउ“मा जन्मेका हुन् – टोप बहादुर मल्ल । उनी एक वर्ष ह“ुदा पिता र दश वर्ष पुग्दा माताको निधन भएको थियो । सामान्य घरपारिवारिक पृष्ठभूमिमा अनुकूल वातावरणको अभाव भई पढ्ने रुचि अनुरुप घरायसी सहयोग जुटेन मल्ललाई । कक्षा ८ सम्म ओदानकु गाविसको डिल्लीकोट स्थित एक विद्यालयमा पढे उनले । विद्यालयका करिव ३  सय विद्यार्थी मध्ये निकै लगनशील इमान्दार विद्यार्थीका रुपमा चिनिन्थे मल्ल । गरिवीका कारण उनले आफ्नो पढाईलाई निजरन्तरता दिन सकेनन् । यसैकारणले मल्ल भारत जानुपर्ने बाध्यता रह्यो । त्यसपछिको पढाइ निजी तथा अनौपचारिक रुपमा १४ वर्षसम्म भारतमा पढे । वि.स. २०४७–४८ सालमै भारत पसेका मल्लले २०५२ देखि ३–४ वर्ष जति भारतको देवप्रयागमा उयचतभच ९कुल्ली० बन्नु प¥यो । २ वर्ष जेनेरेटर चलाउने श्रमिकका रुपमा काम गरे मल्लले । उनले आफ्नो इमानदारी, लगनशीलता र सीप क्षमताका आधारमा रमना सेवा समिति (एनजीओ) ऋषिकेशमा योजना प्रबन्धकको पदीय जिम्मेवारी पाए । त्यतिखेर उनको मासिक तलव भारु. ५०,०००० ९पचास हजार ० थियो । सो समितिमार्फत विभिन्न १७ वटा विद्यालयको निरीक्षण गर्थे । विद्यालयका गडवाली विद्यार्थीका अतिरिक्त देवप्रयाग, ऋषिकेश, देहरादुन, मनसुरी पहाड जस्ता स्थानमा सडक र गल्लीमा भेटिने असहाय नेपाली बालबालिकालाई मौसम अनुसार स्वीटर जुत्ता लगायत खाजा र औषधि समेत बा“ड्ने गर्ने मल्ल । केही नेपाली सहितका दीनहीनहरुलाई त्यस्ता माल सामग्री लत्ताकपडा बा“डदा नेपाली समाजको तस्बीर सम्झने मल्ल आफ्ना गाउ“घरका दयनीय अवस्थाका केटाकेटीलाई यसरी नै दिन पाए कति राम्रो हुन्थ्यो भन्ने सोचेर एक प्रकारले पछुताउने गर्ने । उनकी पत्नी कुसुम मल्लको पनि त्यही“ भान्सेको जागिर थियो । उनले १४ वर्ष भान्से भएर विताइन् । आपूmले बाल्यकालमा अनाथ भई मातृपितृ स्नेह गुमाएको, स्थानीय स्तरमा धेरै पढ्न नपाएको र प्रदेशको दुःख भोग्नु परेको पीडा बोध गर्ने उनमा आपूm कार्यरत रमना सेवा समिति ऋषिकेशबाटै  रोजगारीका रुपमा आफू जस्ता कस्टकर जीवन बिताउने बच्चाहरुलाई बल मद्धत दिन पाए हुन्थ्यो भन्ने भावनाले घचघच्यायो र मानव सेवा गर्ने प्रेरणा जाग्यो ।
काम कै शिलशीलामा भारतमा आफ्नो पढाइलाई निरन्र्तता दिन पसेकी अमेरिकी नागरिक
म्यागी डोयन सँग भेट भयो । उनले भने–‘डोयन् एक दिन  रमना सेवा समितिमा स्वयम् सेवा गर्न आउ“दा मल्ल स“ग त्यही“ भेट भयो ।’ २ वर्ष जति स“गै काम गरे म्यागी र मल्लले ।
त्यतै बसेर संस्था खोली अनाथ सहाराविहीनहरुको सेवामा लाग्ने विचार अमेरीकि नागरिक म्यागीको विचार भन्दा मल्लको विचार एउटै भएपछि उनीहरुको सल्लाह भएको थियो । अनी मल्लले एक दिन म्यागीलाई भने–‘भारतमा त नेपालबाट गएका छिटपुट गरिब निमुखा मात्र छन्, नेपालको दृश्य उतै गएर हेर्दा कस्तो होला भनी दुर्गम नेपाली समाजको कहालीलाग्दो वास्तविक रुप देखिन्छ ।’ त्यसपछि म्यागीलाई नेपाल भित्र्याई मध्यपश्चिमका हिमाली पहाडी जिल्लाहरु घुमाउन प्रभावकारी भूमिका खेलेका थिए मल्लले ।
   उनले अमेरीकि नागरिक डायनको सहयोगमा वि.स.२०६४ मा सुन्दर ठाउ“ सुर्खेत वीरेन्द्रनगरमा संस्था खोल्ने मनसाय व्यक्त गरेपछि सोही वर्षमा पारस्परिक सल्लाहले कोपिला भ्याली समाज सुर्खेत नामक संस्था दर्ता गरी मल्लले नेतृत्व गरे । उनकै नेतृत्वमा वीरेन्द्रनगर –४,  भैरवस्थान स्थित  झण्डै सवा दुई कट्ठा जग्गा उपयोगमा ल्याइयो । तत्काल ११ लाख रुपैयामा भवन निर्माण गरियो । जसमा मल्लले एक्लै लगानी गरेका थिए । अमेरिकाको ब्लिङ्कनाउ फाउन्डेसनस“ग समन्वय गरेर चन्दा सहयोग जुटाउ“दै २०६६ सालदेखि भैरवस्थानमा १०–१२ कठ्ठा जग्गा बहालमा लिई कोपिला भ्याली स्कुल पनि चलाउन थालियो । असहाय बालबालिकाका आधारभूत आवश्यकता आपूर्तिसहित आवास व्यवस्था मिलाई शिक्षा प्रदान गर्न थालियो कोपीला भ्याली स्कुलमा ।  हाल मल्लले व्यक्ति भन्दा संस्थालाई जोड दिएका कारण संस्थाकै  नाउ“मा दर्ता रहेको वी.न. २ अन्तर्गतको ४५ कट्ठा जग्गामा भवन निर्माण भइरहेको छ । आगामी २ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । विद्यालयमा अध्यान गर्दै आएकी  पहिली छात्रा निशा घर्ती अहिले सुर्खेत होराइजनमा कक्षा ११ मा पढ्दै आएकी छिन् । उक्त विद्यालयबाट अहिले कक्षा ८ मा अध्यानरत  कविता शाहीलाई अमेरिकामा उपचारार्थ पठाइएको छ भने झरना बीसी र सृजना सिंह पनि उतै स्वास्थ्य लाभ र अंग्रेजी अध्ययन गर्दैछन् । दुईजना शिक्षकलाई अमेरिका भ्रमण गराइसकेको संस्थाले अंग्रेजी माध्यमबाट शिक्ष्ाँ दिइरहेको छ ।
करिब चार सय बालबालिकालाई पोसाक, स्टेशनरी भोजन सुविधा सहित बस र औषधी उपचारको व्यवस्था गरिएको मल्ले बताए । उच्च मा.वि.का लागि बाह्य पढाइ खर्च बेहोरिरहेको अवस्था छ ।
२०६९ देखि महिला सिपमूलक तालिम पनि चालु गरिदैंछ । अमेरिका, स्पेन, जर्मन, हल्यान्ड, अष्टे«लिया र बेलायत समेतका देशहरुमा गरी मल्लका करिब ३००० साथी छन् । उहा“ले आफ्ना सन्तानहरुलाई विदेश पढाउन सक्नुहुन्थ्यो तर आफ्ना सन्तानलाई अरु सरहकै समान नजरले हेर्नेहु“दा त्यसो गरेनन् । उनकी २१ वर्षे छोरी रमिता मल्ललाई हालसम्म रमना सेवा समिति ऋषिकेशले नै स्नातक तहसम्म उतीर्ण गराइसकेको छन्  भने अब स्नातकोत्तर पढाउने अभिभारा पनि बोकेको उनले बताए ।  उहा“का १८ वर्षे छोरा नवीन मल्ल कालिकोटबाट प्रवेशिका परीक्षा उतीर्ण गरी अहिले सुर्खेत होराइजन एकेडेमीमा कक्षा ११ मा अध्यनरत छन् । उनले अझैपनि कोपिला भ्यालीलाइ कसरी अगाडी बढाउने भन्ने बारेमा सोचेका छन् । विद्यालयलाई अबका दिनमा उच्च मावि चलाउन सकिन्छ की भन्न्े साच बनाएका छन् मल्लले ।

0 comments:

Post a Comment