सुर्खेत, १३ माघ ।
वीरेन्द्रनगरकोे कोपिला भ्याली सेवा समाज र समाजका पदाधिकारीमाथि छानविन गर्न सुर्खेतका पत्रकारहले राष्ट्रिय मानव अधिकार आयोग समक्ष उजुरी दिएका छन् । कहि साता पहिले उक्त सेवा समाजका अध्यक्ष टोपबहादुर मल्ललगायतले समाचार संकलनका लागि भ्याली पुगेका स्थानीय दर्जन बढि पत्रकारहरुलाई दुव्र्यवहार गर्दै प्रहरी बोलाएर थुन्ने धम्की दिएका थिए । समाचार संकलनमा गएका पत्रकारमाथि गरिएको दुव्र्यवहारका साथै उक्त सेवा समाजमा भएको आर्थिक हिनामिना, अध्यक्ष मल्लले महिलामाथि गरिएको भनिएको यौन दुव्र्यवहार, गैरकानुनी रुपमा सन्चालन गरिएको बालगृह लगायतका बिषयमा छानवीन गरिदिन आयोगलाई अनुरोध समेत गरिएको छ । छानविनका क्रममा दोषी देखिएको अबस्थामा कोपिला भ्याली समाजका अध्यक्ष मल्ल र अन्य पदाधिकारीलाई कानुनी कार्वाहीका लागि सिफारिस समेत गर्न आयोगलाई बुझाईएको उजुरीमा उल्लेख छ । समाजका अध्यक्ष मल्लले त्यहाँ कार्यरत महिलामाथि यौन दुव्र्यवहार गरेको भन्दै केही दिनअघि पीडित महिलाहरुले पत्रकार सम्मेलन गरेपछि पत्रकारहरु उक्त घटनाका बारेमा थप वास्तविकता बुझन कोपिला भ्याली गएका थिए । उक्त उजुरी पत्रमा कोपिला भ्याली सेवा समाजका संचालक म्यागी डोयन र डोलोलोले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गर्दै, स्वतन्त्र प्रेसको घाँटी निमोटने काम गरेको पनि उल्लेख छ । उक्त घटनाका बारेमा नेपाल प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको एक टोलीले यसअघि नै स्थलगत अध्यन गरिसकेको छ । यता मानव अधिकार आयोग क्षेत्रीय कार्यालका अधिकृत रमेश थापाले उक्त उजुरीपत्र बुझदै घटनामाथि तत्काल अनुसन्धान गर्ने बताएका छन् । पछिल्लो समय पत्रकारमाथि भएका दुव्र्यवहारको वास्तविकता बुझन आयोगको टोली सोमबार सुर्खेत आएको हो । .
0 comments:
Post a Comment