Search This Blog

Jan 3, 2016

सैनिक आवासीय महाविद्यालय दिनभर तनावग्रत

 शिक्षकमाथि विद्यार्थीको आक्रमण

घटना गुपचुप राख्न खोजियो

पत्रकारमाथी कर्णेलको दुव्र्यवहार

क्यामेरा खोस्न पत्रकारलाई हातपात गर्दै कर्णेल शिवप्रताप कार्की  ।
डिलप्रसाद शर्मा
सुर्खेत, १९ पौष ।
सैनिक आवासीय महाविद्यालय मगंलगढी आइतबार दिनभर तनावग्रत बन्यो ।  विद्यालयमा कक्षा दशमा पढ्ने विद्यार्थीहरुले शिक्षकमाथि हातपात र विद्यालय तोडफोड गरेपछि विद्यालय तनावग्रस्त भएको हो ।
विद्यार्थीहरुले लागुपदार्थ प्रयोग गरी बारम्बार शिक्षकहरुलाई धम्काउने गरेपछि गत शुक्रबार शिक्षकहरुले विद्यालय प्रशासन समक्ष पाँच जना विद्यार्थीलाई कारबाहि गर्न माग गरेका थिए । तर, विद्यालय प्रशासनले शिक्षकहरुको माग प्रति व्यवास्था ग¥यो । आफूलाई कारबाहि गर्न सिफारिस गरेको थाहा पाएपछि हिजो दिउँसो १५ जना विद्यार्थीको समुहले शिक्षकहरुमाथि लाठी र ढुंगामुढा प्रहार गरे । विद्यार्थीको आक्रमणबाट पाँच जना शिक्षक घाइते भएका छन् । विद्यार्थीहरुले विद्यालयको प्रशासन कक्षका झ्याल ढोकामा समेत तोडफोड गरेका छन् । उनीहरुले ढुंगा, इटाले जहाँ पायो त्यही हिर्काउन थालेपछि शिक्षकहरुको भागाभाग भएको थियो । विद्यार्थीहरुको अवरोधका कारण कक्षा ४ देखि ९ सम्मको दोश्रो त्रैमासिक परीक्षा समेत अवरुद्ध भएको बताइएको छ । स्रोतका अनुसार विद्यालयमा शुरक्षाका लागि बसेका केहि सैनिकहरु पनि घाइते छन् । शिक्षकहरुका अनुसार होस्टेल बस्ने कक्षा दशका ७२ जना विद्यार्थी मध्ये केहिले मादक पदार्थ र गाजाँ चरेस जस्ता लागुपदार्थ सेवन गर्ने गरेका छन् । तोडफोड र आक्रमण गर्ने विद्यार्थी मध्येका अगुवा मेजरको साथीको छोरा भएकाले साथीको छोरालाई मेजरले कारबाही गर्न नचाहेकाले विद्यार्थीहरुको मनोबल बढीे यसरी तोडफोड र हातपात गरेको एक शिक्षकले नाम नखुलाउने सर्तमा बताए । उनले भने यो घटना मेजर र प्रशासनको लापरवाहिले भएको हो । घटना लगतै त्यहाँ पुगेका अभिभावकहरुलाई सेनाले विद्यार्थीलाई भेट्न नदिदा अभिभावकहरु आक्रोशित थिए । कसरी घटना भयो र विद्यार्थीको अवस्था के छ भन्ने आफूहरुलाई जानकारी नदिएको भन्दै अभिभावकहरु साझँ अबेरसम्म विद्यालयको गेटमा बसिरहेका थिए । विद्यालयमा यस अघि पनि पटक पटक यस्ता घटना भएका तर, गुपचुप राख्ने गरिएको अभिभावकहरुले बताएका छन् । त्यहाँ पुगेको एक जना अभिभावकले सैनिकले आवासीय सुविधा दिएर राखेका विद्याथीले नै यसो गर्नु विद्यालय प्रशासनको लापरबाहि भएको बताए । उनले भने –‘सन्तानको भविष्य राम्रो होस् भनि हामीले महँगो शुल्क तिरेर होस्टेल राखेका हौं छोराछोरी विग्रेलान भनेर होइन् ।’ अभिभावकहरुका अनुसार विद्यालय प्रशासनले एउटा विद्यार्थीले गल्ति गर्दा सबैलाई यातना दिने र बढी दवाबमा राख्ने गरेकाले विद्यार्थीहरुले शिक्षकमाथि आक्रमण गरेका हुन् । घटना कसरी भयो भन्नेबारे सेनाले सुचना दिन मानेको छैन । शिक्षकहरुले पढाउने वातारण नबन्दासम्म विद्यालय नजाने बताएका छन् ।
घटनाबारे समाचार संकलन गर्न विद्यालय बाहिर पुगेका पत्रकारमाथि नेपाली सेनाले दुव्र्यवहार  गरेको छ । घटनाबारे बुझ्न खोज्दा सेनाका उच्च तह कै व्यक्तिले दुव्र्यवहार गरेका हुन् । नेपाली सेनाका राजदल गणमा कार्यरत कर्णेल शिवप्रताप कार्कीले पत्रकारका क्यामेरा खोस्नुका साथै अपशब्द प्रयोग गर्दै हातपात गरेका हुन् । विद्यालयमा केहि नभएको भन्दै गेटमा बसिरहेका अभिभावकहरुलाई समेत उनले किन आएको भनि थर्काएका थिए । कर्णेल कार्कीले एक जना पत्रकारलाई फोटो खिचिस् भने जानेको छु भन्दै हातपात गर्नुका साथै क्यामेरामा भएको फोटो समेत मेटाउन लगाएका थिए ।

दुव्र्यवहारप्रति ध्यानाकषर्ण
सुर्खेत, १९ पौष ।
समाचार संकलनका क्रममा सैनिक आवासीय महाविद्यालय मंगलगढी पुगेका स्थानीय सञ्चारकर्मीहरुमाथि नेपाली सेनाका कर्णेल शिवप्रताप कार्कीबाट भएको दुव्र्यवहारप्रति पत्रकारहरुका पेसागत संघ–संगठनहरुले गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । आईतबार प्रेस चौतारी, प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ र प्रगतिशिल पत्रकार संघले संयुक्त विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ–‘कर्णेलको व्यवहारले स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउने पत्रकारहरुको प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको छ ।’ साथै विज्ञप्तिमा समाचार संकलनका लागि गएका पत्रकारमाथि भएको अमानवीय व्यवहार भएको उक्त घटनाको तत्काल छानविन गरी दोषिलाई कारवाही गर्न जोडदार माग गरिएको छ । महाविद्यालयभित्र विद्यार्थीले शिक्षकमाथि आक्रमण गरेको घटनाको समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकारहरु ईश्वर अधिकारी, सुदिप पुरी, सुशील खड्का, र कृष्ण आचार्यमाथि कर्णेल कार्कीले अपशब्द प्रयोग गर्दै हातपात गर्नुका साथै क्यामेरा खोसेका थिए । 

0 comments:

Post a Comment