Search This Blog

Dec 18, 2015

योजना तर्जुमा सम्बन्धी अभिमूखीकरण

 डिलप्रसाद शर्मा
सुर्खेत, ३ पुस ।
एकीकृत योजना तर्जुमा समितिका पदाधिकारीहरुका तीन दिने लागि अभिमूखीकरण कार्यक्रम शुक्रबार नेटामा सम्पन्न भएको छ । गाविस समितिको कार्यालय र स्याक नेपालले सञ्चालन गरेको साझेदारी परियोजनाको संयुक्त आयोजनामा अखिमूखीकरण सम्पन्न भएको हो । योजनाको प्राथमिकीकरण तथा वडा स्तरमा योजना तर्जुमा गर्दा पदाधिकारीहरुले खेल्नुपर्ने भूमिका लगायतका विषयमा कार्यक्रममा छलफल गरिएको थियो । गाविस सचिव श्यामलाल खरालको अध्यक्षता कार्यक्रम सम्पन्न भएको सामुदायिक स्वंसेवक यशोदा घर्तीले जानकारी दिएकी छन् ।

0 comments:

Post a Comment