पाल्पा ।
हुम्ला जिल्लाको दराम गाविस–९ का धनलाल
बोहोरा संग २०६३ मंसिर ९ गतेमा वैवाहिक सम्बन्ध गाँसेकी कुमालको विवाह
अन्तरजातिय विवाह हो । उनी भन्छीन्–‘स्वच्छिक अवकास पाउन भन्दा पहिला देखि
नै जम्मा गरेको केही रकमबाट यहाँ(पानवारी)मा ८ कठ्ठा जमिन किनेका छौ, सानो
पसल छ, लुगा पनि सिलाउने गरेकी छु के गर्ने गोडाफाट सर्तक गर्ने हात
खुट्टा अहिले गोवर सोत्तर गर्दै वितेका छन् ।’ वि.स.२०६३ सालमा मंसिर देखि
कृष्णसेन स्मृती विग्रेडमा बसेका उनका श्रीमान प्लाटुन कमान्डर थिए । उनले
पनि स्वच्छीक अवकास लिएका छन् । पहिला ऋण खाजेर पसल गरेकी वोहोराले पछि
शान्तीका लागि संवाद परियोजना अन्र्तगत २० हजार विना व्याजमा ऋण पाईन ।
त्यसबाट सानो पसल सुरु गरेकी उनले आफ्नो
व्यववसाय पढाउदै लगेकी छिन् । उनी भन्छीन्–‘अहिले पसलबाट राम्रो आम्दानी
हुन्छ, गाउका सबै सामान किन्न यहि आउछन्, भैसी पालेकी छु, आम्ँदानीको
पाटोको रुपमा सिलाई काटाई समेत गर्दे आएकी छु ।’ २५ हजारकोता केही समय
पहिला फ्रिज जोडेकी छिनन् भने घरमा डीस होम समेत जडान गरेकी छिन् । सानो
पविार छ सुखी परिवार छ कम गर्दे जाँदा आफै आत्मनिर्भर भएको छु उनीले
भनिन् ।
देवले अर्चेली माविमा पढ्दै गर्दा पढेकी
थिईन । पढ्दै गर्दा गीत संगीतको मोहको कारण माओवादीमा लागेको उनको भनाई
रहेको छ । दर्जन भन्दा बढि स्थानमा लडाई लडेकी उनी पाल्पाको तीलगीरे,
वि.स.२०६२ चैत २४ तौलिहवा,अन्तमी लडाई हुन । ‘पहिला यिनी माओवादी हुन्
मार्छनकाट्छन् भन्ने समाजका मान्छेहरुले अहिले समान्य व्यावार गरेकोमा
खुसिलागेको उनको भनाई रहेको छ ।
उता पुर्व लडाकु सह कमान्डर उनी सह
कमान्डर सावित्रा वोहोराका श्रीमान् पुर्व लडाकु प्लाटुन कमाण्डर धनलाल
बोहोरा भन्छन्–‘हामी संगै ८ जना जोडीको विवाह भएको थियो , अन्य सबैको
डिभोर्स भयो तर हाम्रो जोडी नमुना जोडी भएका छन् । ’ अन्तरजातिय विवाह
गरेको भएपनि परिवारमा कुनै पनि जातपातको कुरा कहिल्यै नआउने उनको भनाई
रहेको छ ।
अहिले उनको गाउमा ८ जना पुर्व लडाकुहरु
रहेका छन् । बसन्त रावल र राधीका रावल(कुमाल) को जोडी, बलमान विका र बासु
थापाक्षेत्री को जोडी, तुल्य विक र कल्पाना विकको जोडी र ऋषिराम थापा र
मायाँ पौडेलले अविवाहित छन् ।
शान्तीका लागि संवाद परियोजनाको साझलण्डी
गाविसकी सहजकर्ता तथा द्वन्द्व पिडीत गोमा बस्यालले संवाद परियोजना आएपछि
द्वन्द्व प्रभावितहरु एक जुट भएर प्रत्येक महिनाको एक निश्चित गते बस्ने,
पिर मर्का साटासाट गर्ने कसरी आर्याआर्जन गर्ने लगायतका विषयमा जानकारी
लिने र दिने गर्ने गरेको बताए ।
युएसएआईडीको आर्थिक सहयोगमा केयर नेपाल र
नमुनको साझदारीमा सञ्चालनभ एको शान्तिका लागि संवाद परियोजनाले
रुपन्देहीका १२ गाविस र ५ नगरपालिकामा काम गर्दै आएको स्थानिय शान्ती
समितिका संयोजक ज्ञानु पौडेले बताउँछिन् ।
२ सय ५० जना शान्ती स्व्म सेवक छनोट र
परिचालन गरी १७ वटा सहकारी मार्फत कुल ४६ लाख २५ हजार रुपैयाँ द्वन्द्व
प्रभावितहरुलाई विउपुँजी कोष मार्फत प्रदान गरिएको परियोजनाले जनाएको छ ।
अहिले उक्त परियोजना अन्र्तगत रुपन्देहीमा १ सय ७५ जना द्वन्द्व प्रभावित
परिवारमा ८० जना महिलाहरुले जिविकोपार्जन गरेका छन् ।
0 comments:
Post a Comment