Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

May 31, 2016

पदाधिकारीलाई दुई करोड हिनामिनाको आरोप

सुर्खेत, १४ जेठ । शान्ति सेरोफेरो बहुउद्देश्य सहकारी संस्थाका समितिका पदाधिकारीले आर्थिक हिनामिना गरेको आरोप लागेको छ । सहकारीमा आवद्ध रहेको करिव ४ सय शेयर सदस्यहरुबाट जम्मा भएको करिव २ करोड बराबरको रकम समितिका पदाधिकारी र कर्मचारीको मिलेमहत्वमा हिनामिना गरेको आरोप लागेको हो । सहकारीका शेयर सदस्यहरुले रकम हिनामिना गर्ने कर्मचारी तथा पदाधिकारीलाई तत्काल कारवाहीको गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन् । बचत रकमको व्याज झिक्न जादाँ कर्मचारी तथा पदाधिकारीले समेत आनाकानी गर्न थालेपछि शेयर सदस्यहरुले प्रशासनमा ज्ञापन पत्र बुझाएका...

बुलबुले तालमा डुंगा सरर..

सुर्खेत, १७ जेठ ।सुर्खेत उपत्यका नगर विकास समितिले वीरेन्द्रनगरमा रहेको वुलवुले तालमा डुंगा सञ्चालनमा ल्याएको छ । समितिले सोमबारदेखि तालमा चार वटा डुंगा हाललाई सञ्चालनमा ल्याएको हो । केही समय पहिले सञ्चालनमा आएका डुगांहरु असुरक्षाको कारण स्थगित थिए । सर्वसाधारण व्यक्तिका लागि प्रतिव्यक्ति १५ रुपैयाँ टिकट दर कायम छ भने, विद्यार्थीका लागि १० रुपैयाँको टिकट कायम गरिएको सुर्खेत नगर विकास समितिका अध्यक्ष धुव्रकुमार चपाईले जानकारी दिए । नेपाल पत्रकार महासंघ...

द्वन्द्वपीडित भन्छन्, ‘मेलमिलाप होइन्, दोषीलाई कारवाही हुनुपर्छ’

सुर्खेत, १७ जेठ ।सुर्खेतका द्वन्द्वपीडितहरुले सशस्त्र द्वन्द्वको समयमा भएका घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेका छन् । उनीहरुले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगले छुट्टा–छुटै उजुरी संकलन गर्न थालेपछि दोषी ठहर भएको व्यक्तिलाई मेलमिलाप नभई कारवाही हुनुपर्ने माग गरेका हुन् । द्धन्द्धको समयमा भएका कुनैपनि घटनालाई मेलमिलाप गरी पीडितलाई न्याय हुन नसक्ने भन्दै उनीहरुले यस्तो बताएका हुन् । द्वन्द्वको समयमा भएका घटनाहरुले अहिले पनि आफुलाई आयोगले पटक–पटक कोट्याउने काम गरेको  भन्दै उनीहरुले दोशीसँग मेलमिलाप गरी आयोगमा उजुरी संकलन नगन्दा...

May 19, 2016

न्याय पाउने आशमै २ सय ८९ उजुरी दर्ता, पिडा खोतल्दै पिडित

सुर्खेत, ४ वैशाख । शसस्त्र द्वन्द्वको समयमा भएका घटनाका पिडितहरुले न्याय पाउँने आशामा उजुरी दिन थालेका छन् । पीडितले न्याय पाउने आशामा पीडित परिवार र आफन्तले  द्वन्द्वका खाटा लागेका घाउ खोतल्दैँ उजुरी दिन थालेका हुन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले  शसस्त्र द्वन्द्वको समयमा भएका घटनाप्रति पिडित  खोतल्दै वैशाख ५ गतेदेखि उजुरी संकलन गर्न थालेको छ । दश वर्षअघिको सशस्त्र द्वन्द्वको पीडामा मलम लगाउने काम आयोगबाट नहुदाँ निराश बनेका पिडितहरु फेरी न्याय पाउने आशामा उजुरी दर्ता गर्न थालेको पिडितहरु बताउछन् । २०६१ साल कात्तिक २५ गते अपरिचित...

May 10, 2016

काँक्रेविहारमा मुर्ति स्थापना गरे आन्दोलन

सुर्खेत, २८ वैशाख ।नेपालकै पहिलो संरक्षित वन क्षेत्र काँक्रेविहार भित्र कसैले मुर्ति स्थापना गरे कडा आन्दोलन गरिने बताइएको छ । शिखर शैलीको मन्दिर निर्माण गरि यसको अस्थित्व जोगाउनु पर्ने भन्दै उनीहरुले काँक्रेविहारको ऐतिहासिकतालाई बचाउन माग गरेका छन् । विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाहरुले केही धर्म र समुदायले संरक्षित क्षेत्रको नीति र नियमविरुद्धका गतिविधीहरु गरिरहेको भन्दै त्यसलाई रोक्न प्रधानमन्त्री, गृहमन्त्री र वन मन्त्रीस“ग मंगलबार माग गरेका छन्...

‘दोषी माथि कारवाही भएन’

सुर्खेत, २८ वैशाख । कुटपिट गरेको आरोपमा पक्राउ परेका गुटुका दुईजना किशोरलाई हिरासतमा यातना दिने प्रहरी माथि कारवाही नगरेको भन्दै पिडितका आफन्तले विरोध जनाएका छन् ।&nbs...

यसरी समातिए जरायो मार्नेहरु

सुर्खेत, २७ बैशाख ।जिल्ला वन अधिकृत हेमराज विष्टको कार्यालयमा गत २५ गते फोनको घण्टी बज्यो । उनले फोन रिसिभ गरे । ‘तपाईहरुले उद्धार गरेको जरायो के भो थाहा छ ?’ उसले पुरा कुरा नगर्दै फोन लाइन काटिदियो । विष्टलाई पहिलो दिन मात्र उद्धार गरिएको जरायोको बारेमा शंका उत्पन्न गरायो । यसैमा बारेमा सोच्दै थिए । साँझ उनको निवासमा कसैले फेरि फोन ग¥यो । उसले जरायो पहिलो दिन नै मारिएको बतायो । फोन गर्ने मान्छेले पुरा कुरा गर्न नपाउँदै डिएफओ विष्टले प्रतिउत्तरमा भने, ‘तपाईले पनि जरायोको मासु खाएर फोन गर्नु, भयो हैन ? अलि पहिले नै भन्नु पर्दैन ?’ विष्टले यति भन्नासाथ...