क्याप्टेन मरेर ९ जना बचाए, अधुरै भयो क्याप्टेनको सुर्खेतमा पार्टी गर्ने योजना
सुर्खेत ।
चालक दलका सदस्यहरु क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको उक्त दुर्घटनामा मृत्यु भएको छ
। चालक दलका सदस्य सहित ११ यात्रु रहेको विमानमा खरावी
आएपछि क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले आकस्मिक अवतरणको
निर्णय गरेका थिए । आकस्मिक अवतरण गर्दा विमानको अघिल्लो भाग तीन टुक्रा
हुँदा क्याप्टेन र को–पाइलटले मुत्यु भयो । जहाजमा सवार अन्य यात्रु घाइते
भएका छन् ।
कालिकोटका चिलखाया गाविस वडा नम्बर–३ को आकाशमा विमान थियो । त्यहाँ
गहुँबारीमा विमान अवतरण गर्नु अघी क्याप्टेन दिनेश न्यौपानेले यात्रुहरुलाई
नआत्तिन आग्रह गरेका थिए । विमानको अवस्था ठिक नभएको भन्दै न्यौपानेले
यात्रुहरुलाई आकस्मिक अवतरण गर्न लागेको जानकारी गराउँदै यसरी नआत्तिन
आग्रह गरेका हुन । त्यहाँका जिल्ला प्रहरी कार्यालयका डिएसपी किशान सिंह
वुडालका अनुसार विमान गहुँबारीको कान्लोमा ठोक्किएको छ ।

अवतरणको क्रममा विमानको अघिल्तीरको भाग खेतको कान्लोमा धस्सिँदा चालक दलका
दुवै सदस्यले ज्यान गुमाए । तर अरुलाई बचाए । घटनामा बाँच्न सफल भएकाहरुले
भने–‘‘पाईलट आफू गए, भगवान रहेछन त्यस्तो पहाडमा खस्न लागेको प्लेन
गहुँबासीमा ल्याएर, हामीलाई बचाए ।’’
उक्त दुर्घटनामा चन्द्रनाथ नगरपालिका–५ जुम्लाका धनन्जय केसि, ६ का
गणेशराज गिरी, ६ कै जगदम्बा गिरी उनी छोरी पुना गिरी, ७ नं. वठाका गणेशराज
भटचन्द, उनकी छोरी सोलिना भट्टचन, नुवाकोट जिल्ला निवासी धुब्रप्रसाद
भण्डारी, चन्दनाथ नगरपालिकाकै लक्ष्मी सुनार र पोटमारा गाविस–७ जुम्लाका
लक्ष्मण भण्डारी घाइते भएका छन् ।
यो दुर्घटनमा घाइतेहरुको विवरण
धनन्जय केसि– चन्द्रनाथ नगरपालिका–५ जुम्ला
गणेशराज गिरी चन्दनाथ नगरपालिका–६ जुम्ला
जगदम्बा गिरी चन्दनाथ नगरपालिका–६ जुम्ला
जगदम्बाकी छोरी पुना गिरी
गणेसराज भटचन्द चन्द्रनाथ नगपालिका–७ जुम्ला
उनकी छोरी सोलिना भट्टचन
धुब्रप्रसाद भण्डारी–नुवाकोट
लक्ष्मी सुनार चन्दनाथ नगरपालिका–जुम्ला
र लक्ष्मण भण्डारी, पोटमारा गाबिस–७ जुम्ला
अधुरै भयो क्याप्टेनको सुर्खेतमा पार्टी गर्ने योजना

क्याप्टेन न्यौपानेलाई लिन उनका
भिनाजु दिपेन भुषाल केही दिन अगाडि नै बाँकेको नेपालगञ्जमै पुगेका थिए ।
क्याप्टेन न्यौपाने परिवारसहित बाँकेमा बस्दै आएका थिए । क्याप्टेन
न्यौपानेले सुर्खेतमा दिदी, भान्नजाभान्जीलाई भेट्न संगै बसेर बाहिर खाना
खाने योजना दिदी कृष्णा न्यौपानेका ससुरा हेमप्रकाश भुषाललाई विमान उड्नु
भन्दा अगाडि मात्रै सुनाएका थिए । ‘‘आज सुर्खेतमै बस्ने योजना थियो, विहान
मलाई फोन आएको थियो,’ क्याप्टेन न्यौपानेका दिदीका ससुरा भुषालले भने–‘बुवा
म आउँछु साँझ बाहिर खाना खाउला भन्नुभयो, आफ्नै छोरा जस्तो लाग्थ्यो,
यस्तो घटना भयो ।’’ केही महिना अगाडि मात्रै काष्ठमाण्डपको जहाजमा पाइलट
भएका क्याप्टेन न्यौपानेले राम्रोसंग खुसीयाली बाँड्न नपाउँदै विदा भएका
छन् ।
२८ वर्षे क्याप्टेल न्यौपाने
दक्षिन अफ्रिकाबाट क्याप्टेनको कोर्ष सकेर अमेरिका पुगेका थिए । अमेरिकामै
बस्ने सोच बनाएका न्यौपानेलाई कास्ठमाण्डब एयरले नै बोलाएको थियो । केही
महिना अगाडि मात्रै उनी काष्ठठमाण्डपमा पाइलटका रुपमा काम गर्न सुरु गरेका
थिए । ६ महिना अगाडि मात्रै उनी नेपाल आएका हुन् । डोल्पा घर भएका
न्यौपानेको धेरै आफन्तहरु सुर्खेतमै छन् । दिदीहरु कृष्णा न्यौपाने
सुर्खेतमा विद्यालय संचालक हुन्, यस्तै दिदी अर्चना न्यौपाने पनि सुर्खेतकै
लेखगाउँमा स्टाफनर्स छन् । उनको परिवारमा भाई रमेश न्यौपाने, (हिमालयन
एयरमा काम गर्ने), बुवा मानभक्त न्यौपाने (६५) र आमा लक्ष्मी न्यौपाने (५६)
रहेका छन् । न्यौपानेले चार वर्ष अघी विहे गरेका थिए । भुषालसंग गरिएको कुराकानीमा आधारित ।
तस्बीरहरु : अनलाइन खबरबाट
0 comments:
Post a Comment