समाचार डेक्स सुर्खेत
छलफल केन्द्र सुरु भएको तीन महिनामै यहाँका महिलाले आफ्ना अधिकार र हिंसाका कुरा बुझ्न थालेका छन्, उनीहरू धेरै जिज्ञासु भएका छन्, घरभित्रका समस्या पनि राख्न थालेका छन्।
सुर्खेत जिल्लाकै विकट गाविस हो, खानीखोला जहाँ दैनिक एउटामात्र बस जसोतसो भीरको साँघुरो बाटो छिचोल्दै पुग्छ र फर्किन्छ । वर्षायाम सुरु भएपछि यो सेवा पनि बन्द हुन्छ । जिल्लाको पूर्वी सीमामा रहेको यो गाविस यस भेगकै दुर्गम मानिन्छ ।
भौगोलिक विकटताजस्तै छ, खानीखोलाको
शैक्षिक स्तर । ‘शिक्षित पुरुषको संख्या त कम छ, यहाँका महिला कहिले
शिक्षित हुने होलान् ?’ लालिगुराँस छलफल केन्द्रकी सहजकर्ता तुलसा खनाल
(खत्री) चिन्ता गर्छिन् ।
उनको अनुभवमा महिलालाई सशक्त र
अधिकारसम्पन्न गराउनुपर्छ भन्ने पुरुषको उपस्थिति यस गाविसमा निकै कम छ ।
शिक्षित पुरुष कम भएकै कारण महिलाको वृत्तिविकासमा समस्या छ । यसकै कारण
महिलामाथि हुने हिंसाका घटना पनि त्यत्तिकै बढ्दो छ । शिक्षा यहाँको एउटा
प्रमुख समस्या हो । अज्ञानताका कारण हुने स्वास्थ्य समस्या स्वाभाविक नै
भए ।
‘पाठेघर खस्ने समस्या धेरै छ, घरेलु हिंसा पनि बढी छ,’ खनालले सुनाइन् ।
‘अक्सफाम’ले स्थानीय ‘वाम’ नामक संस्थाको सहयोगमा तीन/ चार महिनाअघिदेखि मात्र खानीखोला गाविसका नौवटै गाविसमा छलफल केन्द्र चलाइरहेको छ । यी केन्द्रका सहजकर्ताले भर्खर काम थालेका छन् । यी केन्द्रका सहजकर्तालाई कक्षामा महिला सहभागिता बढाउनै हम्मेहम्मे परेको छ । ‘कोही महिला आउनै मान्दैन, पुरुषहरू पनि कक्षामा गएर के हुन्छ र भन्छन्, आउनै दिँदैन,’ खनालले भनिन्, ‘जानुपर्छ भन्ने पढेलेखेका पुरुष धेरै कम छन् ।’
‘अक्सफाम’ले स्थानीय ‘वाम’ नामक संस्थाको सहयोगमा तीन/ चार महिनाअघिदेखि मात्र खानीखोला गाविसका नौवटै गाविसमा छलफल केन्द्र चलाइरहेको छ । यी केन्द्रका सहजकर्ताले भर्खर काम थालेका छन् । यी केन्द्रका सहजकर्तालाई कक्षामा महिला सहभागिता बढाउनै हम्मेहम्मे परेको छ । ‘कोही महिला आउनै मान्दैन, पुरुषहरू पनि कक्षामा गएर के हुन्छ र भन्छन्, आउनै दिँदैन,’ खनालले भनिन्, ‘जानुपर्छ भन्ने पढेलेखेका पुरुष धेरै कम छन् ।’
कार्यक्रम ६ महिनाअघिबाट सुरु भए पनि
वर्षायाम, तालिम र चाडबाडले तीन महिनादेखि मात्र नियमित रूपमा छलफल केन्द्र
सञ्चालन भइरहेका छन् यस गाविसमा । कक्षा सुरु भएको तीन महिनामात्रै भए पनि
यहाँका महिलामा चेतनाको स्तर भने बढिरहेको छ । लालीगुराँस केन्द्रमा
हिजोआज दैनिक २५ जना महिला सहभागी हुन्छन् ।
‘अधिकांश महिला पहिला–पहिला त परिचय
आदानप्रदान गर्न पनि सक्दैनथे । हिजोआज त नयाँ मान्छे देखेपछि परिचय गर्न
खोज्छन् । आफ्नो विस्तृत परिचय दिन्छन्,’ उनले भनिन् ।
तुलसाको अनुभवमा पहिला–पहिला यहाँका महिला नयाँ पुरुष मान्छे देखेपछि डराउँथे । घरबाट बाहिरै निस्कँदैनथे ।
यहाँको समाजलाई घरेलु हिंसाले पनि त्यत्तिकै गाँजेको छ । श्रीमान र श्रीमती, देवर र भाउजूबीचका झगडा धेरैपटक मिलाएको अनुभव छ तुलसासँग । केन्द्रकी अध्यक्ष तुलसाले सामाजिक महिला नेतृ तथा कक्षाकी सहभागी चन्दा पुन र उनका श्रीमान टीकारामको संयुक्त पहलमा धेरैपटक घरेलु झैझगडा मिलाएकी छन् ।
यहाँको समाजलाई घरेलु हिंसाले पनि त्यत्तिकै गाँजेको छ । श्रीमान र श्रीमती, देवर र भाउजूबीचका झगडा धेरैपटक मिलाएको अनुभव छ तुलसासँग । केन्द्रकी अध्यक्ष तुलसाले सामाजिक महिला नेतृ तथा कक्षाकी सहभागी चन्दा पुन र उनका श्रीमान टीकारामको संयुक्त पहलमा धेरैपटक घरेलु झैझगडा मिलाएकी छन् ।
यस्तै अवस्था छ, खानीखोला गाविस–२
चोल्पाको पनि । यहाँ भोटेचुली सामुदायिक छलफल केन्द्र सञ्चालन भइरहेको छ ।
नियमित कक्षा सञ्चालन भएको तीन महिनामात्र भयो । यस केन्द्रकी सहजकर्ता ३०
वर्षीया भीमा मल्ल आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा धेरै चुनौती सामना
गरिरहेकी छन् ।
विवाह भएको एक वर्षमै घर छाडेर माइत बसेकी
मल्लले घरभित्रै आफ्नो अधिकारका लागि संघर्ष गरिरहेकी छन् । श्रीमानले
विवाहको एक वर्षपछि कान्छी श्रीमती ल्याएपछि उनी माइतै बस्न थालेकी हुन् ।
‘श्रीमान कान्छी श्रीमतीसँग बस्नुहुन्छ, म माइतै बस्छु,’ उनले दुखेसो
गरिन् ।
श्रीमानसँगको सम्बन्धबारे उनी यसभन्दा बढी
खुल्न चाहिनन् । ०५६ मा विवाह भयो, ०५७ मा श्रीमानले अर्की श्रीमती
ल्याए । भीमाको एउटा छोरो छ, उनीसँगै बस्छ ।
माइत बसे पनि स्वावलम्बी बन्न सिकाएको छ
छलफल केन्द्रले भीमालाई । उनी आफ्नै कमाइबाट दैनिकी चलाउँछिन् । श्रीमानको
कुनै पनि सम्पत्ति आफूले नलिएको उनको भनाइ छ । माइतमा उनका बुबा, दिदी,
दाइ–भाउजू र दुई भदै छन् ।
आफ्नै परिवारभित्र हिंसा र अधिकारको
लडाइँमा रहेकी उनी टोल, समाजका महिलाका अधिकारका लागि पनि उत्तिकै
क्रियाशील छिन् । उनको अनुभवमा चोल्पामा पनि धेरै संख्याका महिला अशिक्षित
छन् । घरेलु हिंसा त्यत्तिकै छ । ‘महिला सधैँ चुलोचौकोमा सीमित हुनुपर्छ
भन्ने सोचले जरा गाडेको छ,’ भीमा भन्छिन्, ‘म आफैँले पनि धेरै पछिमात्र
महिला अधिकार र महिला हिंसाबारे बुझ्ने मौका पाएको हुँ ।’ आफू अहिले महिला
अधिकार के–के हुन्, यसको प्राप्तिका लागि राज्यबाट के–कस्ता नियम–कानुन
बनाइएका छन् भनेर अध्ययन गरिरहेको उनले सुनाइन् ।
‘म आफैँ महिला अधिकारबारे पढ्दै छु,
कक्षामा सहभागी महिलालाई पनि त्यसका आधारमा पढाइरहेकी छु,’ उनले भनिन् ।
भीमाको कक्षामा २० देखि २५ जना महिला सहभागी हुन्छन् । हरेक दिन घरपरिवार,
टोल र छिमेकमा भएको महिला हिंसाका घटनाबारे छलफल हुन्छ । क्षमता अभिवृद्धि,
संरचना र महिला नेतृत्वबारे पनि छलफल हुने गरेको भीमा बताउँछिन् ।
‘आफ्ना अधिकार र हिंसाका कुरा बुझ्न
थालेपछि महिलाहरू धेरै जिज्ञासु हुन थालेका छन् । आफ्ना घरभित्रका समस्या
पनि राख्न थालेका छन्,’ उनले भनिन् । भीमाका अनुसार अहिले महिलाहरू
सार्वजनिक चासोका मुद्दा लिएर गाउँ विकास समितिको कार्यालयमा जानसक्ने भएका
छन् । आफ्ना माग र समस्या राख्न थालेका छन् । ‘यो तीन महिनाको उपलब्धि
हो,’ उनले भनिन् ।
भीमाका अनुसार नाम लेख्न नसक्ने र
हस्ताक्षर गर्न नसक्ने अवस्थाका महिला अहिले कुनै पनि कागजमा हस्ताक्षर
गर्नुअघि पढ्नसक्ने भएका छन् । पढ्न नसक्नेले अरूलाई पढ्न लगाउँछन् र
बुझेपछि मात्र हस्ताक्षर गर्छन् ।
‘यतिमात्र कहाँ हो र ! महिलाहरू
विद्यालयका गतिविधि अनुगमन गर्नसमेत जान थालेका छन् । गाविसमा महिलाका
नाममा आएको बजेटको हिसाबकिताब पनि गर्छन्,’ भीमाले सुनाइन् ।
त्यसो त भीमालाई नै पहिले–पहिले बैंक
पुगेर पैसा निकाल्न गाह्रो हुन्थ्यो । अरूको सहारा लिनुपथ्र्यो । अहिले
आफँै बैंक पुगेर पैसा निकाल्नसक्ने भएकी छन् ।
‘अझै धेरै वृत्तिविकास गर्नुपर्ने भएको छ,
यहाँका महिलालाई सिकाउनुपर्ने कुरा पनि धेरै छन्, मैले सक्दो मिहिनेत
गरिरहेकी छु,’ उनले भनिन् ।
स्थानीय संरचनामा महिलालाई राख्ने क्रम बढेसँगै यहाँका महिलामा वृत्तिविकासको चुनौती थपिएको उनको अनुभव छ ।
भीमा अहिले सहजकर्तामात्र छैनन्, अन्य धेरै संस्थामा संलग्न छिन् । उनी वातावरण बहुउद्देश्यीय सहकारी संस्थाकी उपप्रमुख, कृषि समूहकी सदस्य, खानेपानी उपभोक्ता समूहकी कोषाध्यक्ष, स्थानीय उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिकी सदस्य र महिला सशक्तीकरणकी सचिव पनि छिन् ।
भीमा अहिले सहजकर्तामात्र छैनन्, अन्य धेरै संस्थामा संलग्न छिन् । उनी वातावरण बहुउद्देश्यीय सहकारी संस्थाकी उपप्रमुख, कृषि समूहकी सदस्य, खानेपानी उपभोक्ता समूहकी कोषाध्यक्ष, स्थानीय उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिकी सदस्य र महिला सशक्तीकरणकी सचिव पनि छिन् ।
‘सबैभन्दा बढी समय केन्द्र सञ्चालनमै
दिएकी छु,’ भीमाले भनिन्, ‘यहाँका अरू महिलालाई पनि नेतृत्व तहमा पु¥याउने
अठोट लिएकी छु ।’ खानिखोला गाविसका नौवटै वडामा छलफल केन्द्र सञ्चालन
भइरहेका छन् । अन्य केन्द्रका सहजकर्ताले पनि तुलसा र भीमाले जस्तैगरी
आफ्नो जिम्मेवारी पूरा गरेका छन् ।
प्रकाशित मिति :२०७२ माघ १८ गते साेमवार
(साभार ः महिला खबर अनलाईन पत्रिकाबाट )
0 comments:
Post a Comment