बाढी पीडितको बाध्यता की रहर ?
डिलप्रसाद शर्मा
सुर्खेत, १६ भदौ ।
गत बर्ष साउन २९ र ३० गतेको अविरल बर्षाका कारण आएको बाढी
र पहिरोले जिल्लामा ठुलो धन जनको क्षति ग¥यो । विनाशकारी बाढीले हजारौैं
घर डुवानमा परे । धेरैले आफ्ना प्रियजन गुमाए । वीेरेन्द्रनगरको खोर्के
खोला र इत्राम खोलामा आएको बाढी तथा जिल्लाका अन्य गाविसहरुमा गएको पहिरोका
कारण घरबार विहिन भएकाहरु कोही अझै त्रिपाल मुनी बसिरहेका छन् भने कतिले
आधा भत्किएको घरमा ओत लाग्नु पर्ने बाध्यता छ । मनसुन कहिले वरदान भएर
आउँछ, भने कहिले अभिषाप ।
एक बर्षसम्म सुत्केरी, बृद्धबृद्धा र वालवालिकाले त्रिपालमुनीको कष्टकर दैनिकी विताउँदा समेत राज्यले उनीहरुको उचित प्रबन्ध गर्न नसक्दा त्यही भत्किएको घरमा फर्कनु पीडितहरुको रहर नभई बाध्यता थियो ।
कुसुम सुनारको विननपा– १८ को खोर्के खोलाको छेउमा ४ कोठाको पक्की घर थियो । खोला किनारका बस्ति त्यसै पनि जोखिममा हुन्छन् । उनको घर पनि किनारमै थियो । घरमा बाढी पसेपछि ३ कोठा बगायो । बाँकी रहेको एक कोठा पनि धराप थापे झै तुरुलुङ्ग भएपछि उनका चार जना परिवार विस्थापित शिविरमा ७ महिना दुःखजिलो गरी बसे ।
विस्थापितका पिडा लेख्ने मात्रै काम गरेको कुसुम वताउँछिन् । उनले भनिन् –‘हाम्रो पिडा धेरैले देखे र लेखे पनि तर, समस्या समाधान गर्ने निकायका आँखा खुलेनन् । घर बाढीले बगाएपछि कति सरकारी र एनजीओका थरिथरि मान्छे आएपनि कसैले पीडा नबुझेको उनको गुनासो छ । ३३ वर्षिय कुसुमको परिवार अहिले त्यही आधा भत्किएरको घरमा बसेर जोखिम मोलिरहेका छन् । ‘विस्थापित भएको एक महिना जति त सहयोग गर्नेहरु पनि आउथे पछि अहिले त उनीहरु पनि आउन छाडे’ कुशुमले भनिन् । सरकारले पुनस्थापन गर्ला भन्ने आशमा महिनौं शिविरमा बसे पनि पुर्नस्थापना गर्ने छाटँ नदेखिएपछि शिविर छाड्न बाध्य भएको उनले बताइन् । ‘सरकारले पुर्नस्थापनाका नाममा दस हजार रुपैयाँ मात्र दिएको छ । यहि दश हजारले कहाँ जग्गा किन्ने कसरी घर बनाउने ?’ उनले थपिन् ।
सुर्खेतका वाढी र पहिरो पीडितहरु अहिले ओत लाग्न भएपनि भत्किएकै घर फर्किन बाध्य भएका छन् । कतिपय अझै पनि शिविरमै बस्न बाध्य छन् भने कतिले आधा भत्किएकै घर र पुर्णरुपमा घर वगाएका पिडितहरु बाँकी रहेको जग्गामा छाप्रा हालेर बसेका छन् ।
बजारमा कोठा भाडामा लिएर बस्ने नसकिने भएकाले आफु भत्केको घरमा बस्न बाध्य भएको अर्का बाढी पीडित टिका नेपालीले बताइन् । आधा घर वाढिले वगाएपनि बाँकी रहेको घरमा उनले अहिले कपडा सिलाउने काम गर्दै ४ जनाको परिवार पाल्दै आएकी छिन् । वाढीले घर वगाएपछि शिविरदेखि भत्केको घरमा बस्दाको वाध्यता र पीडा कसैले नबुझेको टिकाले बताइन् । ‘खोर्के खोला किनारमा सानो झुुप्रो बनाएर बसेकाले छोरा÷छोरी डराइरहन्छन् । आफूहरु पनि पानी पर्न थाल्यो भने गत बर्ष झै हुने हो की भन्ने डरले वाहिर निस्केर वस्छौ ।’ उनले भनिन् । वाढीले ४ कोठाको घर पुरै वगाए पछि बाँकी रहेको जग्गामा छाप्रो हालेर उनको परिवार वसेका छन् ।
भूकम्पबाट राजधानी काठमाण्डौंलगायत थुप्रै जिल्लाहरुमा ठूलो धनजनको क्षति भएका कारण बाढी प्रभावितको राहत, पुर्नबास तथा अन्य पुनलाभ कार्यक्रम ओझेलमा परेको कतिपय जानकारहरु बताउँछन् । यसरी वस्नु विस्थापितहरुको रहन नभई बाध्यता बनेको छ । निरन्तरको दबाब पछि सरकारले मन्त्रिपरिषदको चैत १३ गतेको बैठकले बाढी प्रभावित ५ जिल्लामा पुनःस्थापना तथा पुनर्निर्माण कार्यक्रम संचालनका लागि एक अर्ब बजेटसहित कार्ययोजना पारित गरेको थियो । सरकारले शहरी विकास तथा भबन निर्माण बिभाग मार्फत बाढी तथा पहिरो प्रभावितको पुनःस्थापनाका लागि कार्ययोजना पारित गरेको डेढ महिनाभन्दा पछि २ करोड बजेट निकाशा भएपनि सो रकम अझै प्रभावितसम्म पुगेको छैन । कतिपय पीडितले रकम पाएपनि त्यति थोरै रकमले आफूहरुको पुनःस्थापना हुन नसक्ने भन्दै रकम बुझ्न मानेका छैनन् ।
सरकारले बाढी पहिरोबाट घरमा आंशिक क्षति भएका परिवारलाई घर मर्मतका लागि ५ हजार उपलब्ध गराउने, त्यसैगरी घर पूर्ण रूपमा क्षति भए पनि जग्गा भएका परिवारलाई घर निर्माणका लागि तीन किस्तामा ७५ हजार उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसैगरी बाढी तथा पहिरोबाट घर र जग्गा दुबै पुर्ण रुपमा क्षति भएका र अन्य कुनै पनि स्थानमा जग्गा जमिन नभएका परिवारलाई जग्गा खरिदका लागि ५० हजार पहिलो किस्तामा र जग्गा खरिद गरेपछि घर निर्माणका लागि तीन किस्तामा गरी ७५ हजारसहित १ लाख २५ हजार दरले राहात रकम उपलब्ध गराउने निर्णय गरेको थियो । तर, यो निर्णयप्रति पीडितहरु सन्तुष्ट देखिदैनन् । पीडितहरु भन्छन् – ‘५० हजारमा कहाँ जग्गा पाउनु र घर बनाउनु ।’ राहतको आडमा बाँचेका प्रलयको सिकार पीडितहरू स्थायी समाधानको प्रतीक्षामा महिनौं शिविरमा बस्दा पनि केहि उपलब्धी नहुने देखिएपछि जुन ठाउँबाट विस्थापित भएका हुन् त्यहि फर्किन थालेका छन् ।

0 comments:
Post a Comment